Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुईदिने राजकीय भ्रमणका लागि आज नेपाल आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा सी शनिबार नेपाल भ्रमणमा आउन लागेका हुन् । भारत भ्रमणमा रहेका सी त्यतैबाट शनिबार अपराह्न ०४ः३०–०५ः३० बजेसम्ममा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्रिभुवन विमास्थलमा सीलाई उच्च सम्मानका साथ स्वागत गर्ने तयारी सरकारले गरेको छ । शनिबार काठमाडौंमा विशेष विमानबाट अवतरण गरेपछि सीले केहीबेर विश्राम लिने र त्यसपछि भेटघाटका कार्यक्रमलाई तीव्रता दिने कार्यतालिका रहेको छ । सीले साँझ ६ः३० बजे नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् । भेटवार्ता राष्ट्रपति कार्यालय, शीतल निवासमा…

Read More

काठमाडौं: चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका क्रममा नेपालले रेल, सुरुङ र ट्रान्समिसन लाइनलाई प्राथमिकताका साथ उठाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा सी २५ असोजमा काठमाडौं आउनेछन् । दुई देशका राष्ट्रपतिबीच त्यही दिन भेटवार्ता हुनेछ । राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रतिनिधि मण्डलसहित वार्ता हुनेछ । लगत्तै दुई देशबीच विभिन्न सम्झौता तथा समझदारीहरुमा हस्ताक्षर गर्ने तयारी छ । के–के छन् नेपालका एजेण्डा ? सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाका अनुसार चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा उठाउने विषय र सहमतिबारे नेपालको तयारी पूरा भएको छ । उनका अनुसार नेपालले मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्कलाई पहिलो प्राथमिकतामा राखेको छ…

Read More

काठमाडौं: चिनियाँ राष्ट्रपति सी चिनफ़िङलाई स्वागत गर्न राष्ट्रपति विद्या भण्डारी आफैं विमानस्थल जाने भएकी छन् । उत्तरी छिमेकी चीनबाट २३ वर्षपछि नेपाल आउन लागेका राष्ट्रपति तहको भ्रमणलाई ऐतिहासिक बनाउने सरकारको निर्णय छ । स्रोतका अनुसार मन्त्रिपरिषद्को बिहीबारको बैठकमा सीलाई विमानस्थलमा गर्ने स्वागतबारे छलफल भएको थियो । स्रोतका अनुसार राष्ट्रपति स्वयंम स्वागतमा जाने भएकी हुन् । राष्ट्रपति भण्डारी सीको विमानसम्मै जानेछिन् । प्रधानमन्त्रीसहित मन्त्रीहरु भने केही वर रहनेछन् । उच्च स्रोतले भन्यो, ‘दुई दशकभन्दा लामो समयपछि हुन लागेको उच्चस्तरीय भ्रमणलाई ऐतिहासिक बनाउन दुवै पक्षले निकै तयारी गरेका छौं । भ्रमणलाई ऐतिहासिक बनाउन राष्ट्रपति नै स्वागतका लागि जाने तयारी…

Read More

मेलम्ची: इन्द्रावती गाउँपालिका–१० मा शुक्रबार बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटना भएको हो । सात जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य सात जनाको उपचारका लागि अस्पताल लाने क्रममा र धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएका अन्य ५२ जनामध्ये पाँच जनाको मृत्यु भएको हो । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा गाडी दुर्घटना भएको हो । इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस सडकबाट २०० मिटर तल खस्दा…

Read More

काठमाडौं । भोलि शनिबारबाट नेपालको राजकीय भ्रमणका क्रममा काठमाडौं आउन लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागत र विदाइका लागि निजामती कर्मचारीलाई सडकमा उपस्थित हुन उर्दिनै जारी गरिएको छ। राष्ट्रपति सी नेपाल आउने दिन शनिबार र स्वदेश फर्किने दिन आइतबार कर्मचारीले नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म निजामती कर्मचारीले स्वागत गर्नेछन् । त्यसका लागि निजामती कर्मचारीहरुलाई निजामती पोसाक लगाएर शनिबार दिउँसो ३ः४५ बजे र आइतबार विहान ११ : १५ बजे आउन भनिएको छ । तोकिएको ठाउँमा कर्मचारी आए नआएको हेर्न सडकमै हाजिर गर्ने व्यवस्था समेत मिलाइएको छ । स्रोतका अनुसार सबै मन्त्रालयलाई १०० जना कर्मचारी ल्याउनपर्ने कोटा तोकिएको छ ।…

Read More

काठमाडौं: नेपाल क्योकुशिन–सेईसिन काईकान कराते संघका अध्यक्ष तथा नेपाल ब्रान्च चिफ सिहान अशोक कुमार श्रेष्ठ गोल्ड अवार्डद्वारा सम्मानित भएका छन् । अन्तराष्ट्रिय मार्सल आर्ट्स महासंघ, स्विट्जरल्याण्डद्वारा नेपालका फुल कन्ट्याक्ट विधामा श्रेष्ठ ‘सिनियर मास्टर अफ द इयर–२०१९’ तथा ‘एक्सेलेन्ट एजुकेशनल वक्र्स अफ मार्शल आर्ट्स–२०१९’ को गोल्ड अवार्डद्वारा पुरस्कृत भएका हुन् । सिहान श्रेष्ठलाई विश्व भरीका मार्सल आर्ट्स क्षेत्रका विभिन्न विधामा विशिष्ट योगदान पुर्याएका प्रशिक्षक तथा खेलाडीहरुलाई विशिष्ट तहकोे अन्तर्रा्ष्ट्रिय अवार्डले सम्मान गरिने कार्यक्रम ‘स्विस हल अफ अनर–२०१९’ मा पुरस्कृत गरिएको हो । उक्त अन्तर्रा्ष्ट्रिय अवार्ड कार्यक्रममा अन्तर्राष्ट्रिय मार्सल आर्ट्स महासंघका अध्यक्ष डा.सोके हेइन्ज कोहनेन तथा अन्तर्राष्ट्रिय संयोजक पीएचडी…

Read More

काठमाडौँ: आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष…

Read More

भक्तपुर: भक्तपुर नगरपालिकाले मासु पसल अनुगमन गरेको छ । आज नगरपालिकाका पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा कमलविनायक, व्यासी र भुलाछें लगायतका क्षेत्रमा भएको मासु पसल अनुगमनमा अधिकांश मासु पसल सुधार गर्नुपर्ने र न्यूनतम मापदण्डसमेत नपु¥याई सञ्चालन गरेको पाइएको छ । अनुगमनमा हरिकृष्ण खड्गीले राँगाको मासु पसल पटक पटक गरेको अनुगमनमा पसल दर्ता गर्न दिएको निर्देशन अटेर गरेको, फ्रिजमा कुहिएको र बिग्रेको मासु राखिराखेको पाइएको निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो । टोलीले उक्त पसलबाट कुहिएको र सडेको मासु नष्ट गरेको, फ्रिज सफा गर्न, पसल सरसफाइ गरी व्यवस्थित गर्न, मासु धुलो र झिँगा नभन्किने गरी जालीले छोपेर राख्न, बासी…

Read More

काठमाडौँ: तपाईं कति पटक कलङ्कीको जाममा पर्नुभयो ? एक दुई वा त्योभन्दा बढी पनि हुनसक्छ । यदि तपाईं काठमाडौँ उपत्यका बाहिर ओहोरदोहोर गरिरहनुहुन्छ भने दशौँपटकसम्म पनि जाममा पर्नुभएको हुनसक्छ । कलङ्की खण्डको विकराल जाम अब इतिहास भइसकेको छ । कलङ्कीमा बनेको अण्डरपास धेरैका लागि नयाँ र नौलो प्रयोग पनि भएको छ । डेढवर्ष पहिलेसम्म कोटेश्वर– कलङ्की खण्डमा घण्टांै सवारीको जाम हुन्थ्यो । कार्यालय हिँडेका, अत्यावश्यक कामका लागि निस्केका, अस्पताल जान लागेका बिरामी तथा सर्वसाधारणले ठूलो हैरानी भोग्नु परेको थियो । चिनियाँ सरकारको सहयोगमा नेपालमा पहिलो पटक आठ लेन सडक कोटेश्वर–कलङ्की–चक्रपथ विस्तार सम्पन्न भई सञ्चालनमा आइसकेको छ । यतिखेर कलङ्कीको…

Read More

काठमाडौँ: दशैँ मनाउन दुई दिनमा चार लाख ५० हजारभन्दा बढी मानिसले राजधानी छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँका अनुसार यही असोज १५ गते दुई लाख १५ हजार र १६ गते दुई लाख ४२ हजारले राजधानी छाडेका छन् । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले यही असोज ५ गतेदेखि आज बिहानसम्म १६ लाख ५६ हजारले राजधानी छाडेको जानकारी दिनुभयो । यो बीचमा झण्डै सात लाख यात्रुु राजधानी भित्रिएका पौडेलले बताउनुभयो । अहिले राजधानीमा भित्रिने क्रम भने न्यून भएको छ । उहाँका अनुसार पछिल्ला दुई दिनमा एक लाख ४० हजारको हाराहारीमा यात्रु भित्रिएका छन् । “समग्रमा आजसम्म…

Read More