Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
बेझाड (पाल्पा): पाल्पाको निस्दी गाउँपालिका–५ को गल्धाफाँट क्षेत्रमा एघार वर्षपछि बिजुली बलेको छ । विद्युतीकरणका लागि काम थालनी भएको ११ वर्षमा बलेपछि गाउँवासी खुशी छन् । स्थानीय लालीगुराँस विद्युत् सहकारीले जिम्मेवारी लिएर विसं २०६५ देखि गाउँमा विद्युत् सेवा सञ्चालनका लागि काम अगाडि बढाइएको थियो । सहकारीले दुई वर्ष अघिदेखि तीव्र रुपमा विद्युत् विस्तारको काम गरेपछि आइतवार साँझदेखि गाउँमा बिजुली बत्ती बल्न थालेको छ । बत्तीमुनिको अध्याँरोमा बसेका साविक गल्धा गाविस वडा नं ८ र ९ का २०० घरधुरीमा एकैसाथ बिजुली पुगेपछि गाउँ नै झिलिमिली बनेको छ । लामो समयको प्रयासपछि ११ केभीको राष्ट्रिय प्रसारण लाइनबाट गाउँमा विद्युत् सेवा पु¥याउन…
एजेन्सी: कश्मीरस्थित सीमावारिपारि गोलाबारी भएपछि भारत र पाकिस्तानबीच फेरि तनाव चर्किएको छ। उनीहरूले एकअर्कालाई गोलाबारी गरेको आरोप लगाएका छन्। घटनामा दुवैतिर सैनिक तथा गैरसैनिक नागरिकको मृत्यु भएको छ। दुवै पक्षले एकअर्काले युद्धविराम भङ्ग गरेको र आफूले प्रतिकार गरेको दाबी गरेका छन्। परमाणुअस्त्र भएका दुवै देशले कश्मीरलाई लिएर दुईचोटि युद्ध र एकचोटि कार्गीलमा सीमित सङ्घर्ष गरिसकेका छन्। यो वर्ष उनीहरूबीच तनाव धेरै बढेको छ। फेब्रुअरीमा कश्मीरमा गरिएको एउटा आत्मघाती आक्रमणमा ४० सैनिक मरेपछि भारतले लडाकुलाई लक्षित गरेको भन्दै पाकिस्तानमा हवाई आक्रमण गर्यो। पाकिस्तानमा आधारित जैश-ए-मोहम्मद समूहले भारतपट्टि पुलवामामा आफूले आत्मघाती बम विस्फोटन गराएको स्वीकारेको थियो। अगस्टमा भारतले आफूनियन्त्रित…
बाँके: पहाडी क्षेत्रका बस्तीहरुमा बाँदरले सास्ती दिएका समाचार पढेका नेपालगञ्जवासीले केही दिनदेखि बाँदरको सास्ती भोग्दै आएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित जयसपुरमा बाँदरले आतङ्क मच्चाएका छन् । बाँदरले सास्ती दिन थालेपछि जयसपुरवासीले समाधानका लागि स्थानीय तहसँग गुहार मागेका छन् । बाँदरको झुण्ड स्थानीयवासीको घरमा पस्ने, बालीनाली, तरकारीमा नोक्सानी गर्ने र मान्छेमाथि नै आक्रमण गर्न थालेपछि जयसपुरवासी हैरान छन् । जयसपुरको बस्तीमा पसेर बाँदरले बालीनाली उखेलिदिने, घरभित्रै पसेर खानेकुरा र अन्नपात खाइदिने र मान्छेलाई समेत टोकेर हैरान गर्न थालेको स्थानीयवासी रोशनअली अन्सारीले बताउनुभयो । केही दिनदेखि गाउँमा बाँदर आतङ्क बढ्दै गएको अन्सारीको भनाइ छ । बाँदरको डरले हातमा लठ्ठी बोकेर…
काठमाडौँ: महानगरीय प्रहरी वृत्त बौद्धले नक्कली नोट बनाउने ३ जनालाई नोट बनाउन प्रयोग हुने बिभिन्न समानहरू सहित पक्राउ गरेको छ । प्रहरीले आज बिहान ५:३० बजे काठमाण्डौ गोकर्णेश्वर नगरपालिका(६ नयाँबस्ती बिपुल चोकबाट दोलखाका राजन परियार, सोही ठाउँका सन्तोष नेपाली र महेन्द्र नेपालीलाई पक्राउ गरेको छ । नयाँबस्ती बिपुल चोक स्थित एक घरमा कोठा भाडामा लिई नक्कली नोटहरू छापीरहेको अबस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । निजहरुको साथबाट प्रहरीले नक्कली नेपाली नोट १ हजार दरका ३४ थान ९३४ हजार०, बिभिन्न दरका सक्कली नेपाली नगद १६ हजार १ सय ९५, नोट बनाउने कागज ठुलो १ सय ४२ थान…
काठमाडौँ: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा लडाकु दस्ता (सैन्य संरचना) निर्माणको तयारीमा रहेको खुलेको छ। हालै बरामद राजनीतिक दस्तावेजमा सैन्य संरचना बनाउने निर्णयहरू भेटिएको प्रहरीले जनाएको छ। पार्टीलाई बलियो बनाउन र प्रतिरक्षाका लागि सैन्य संरचना निर्माण गर्ने ती दस्तावेजमा उल्लेख छ। त्यसका लागि तालिम र प्रशिक्षण सञ्चालन गर्ने निर्णय भएको दस्तावेज प्रहरीले फेला पारेको छ। ‘बरामद दस्तावेज र निर्णय–पुस्तिकामा सैन्य शक्ति निर्माण गर्ने उल्लेख गरेको भेटिएको छ’, दाङका प्रहरी प्रवक्ता तथा डीएसपी विनोदविक्रम शाहले भने, ‘प्लाटुनसम्मका सैन्य संरचना बनाउने खाका रहेछ। राजापुरबाट पक्राउ परेका २१ जना विप्लवका नेताहरूबाट बरामद भएका दस्तावेजमा यो भेटिएको हो।’ उनीहरू असोज…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आफू लक्षित अभिव्यक्ति दिएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल शनिबार दिउँसो सिन्धुपाल्चोकको झुले उक्लिए । परिवारका सदस्य, निजी सचिवालय, सुरक्षाकर्मीसहित झुले गएका दाहालसँग नेकपा स्थायी समिति सदस्य अग्नि सापकोटा पनि थिए । शनिबार मध्याह्नदेखि आइतबार बिहानसम्म उतै बसेका अध्यक्ष दाहाल फर्किएपछि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे, करिब २ घण्टा त्यहीँ अलमलिए । ओलीले पुराना सहमति कार्यान्वयनमा चासो नदेखाएको निष्कर्ष निकालेका दाहालको आइतबारको भेट पनि त्यही विषयमै केन्द्रित थियो । स्रोतका अनुसार ‘मिलिनियम चालेन्ज कर्पोरेसन ‘एमसीसी’ को परियोजनासम्बन्धी सम्झौतालाई संसद्बाट अनुमोदन गराउन तत्कालीन सभामुख महराले असहयोग गरेको भन्ने ओलीको अभिव्यक्तिप्रति पनि दाहाल सन्तुष्ट छैनन् । यो…
काठमाडौँ: खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले गुहेश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको निरीक्षण गर्नुभएको छ । खानेपानी मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले गुहेश्वरीमा निर्माण गरिरहेको फोहोर पानी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुग्दै गर्दा मन्त्री मगरले शनिबार स्थलगत निरीक्षण गर्नुभएको हो । निरीक्षणपछि उहाँले पशुपति क्षेत्रस्थित बागमति नदीमा बग्ने पानीलाई सफा पानी बनाउने लक्ष्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भईसकेको भन्दै उहाँले सबैको चाहाना अनुसार बागमतिलाई प्राण भरेर कंचन पानी बग्ने व्यवस्था मिलाउने बताउनुभयो । उहाँले बढ्दो शहरीकरणले सबै शहरमा ढल व्यवस्थापनको समस्या बढ्दै गएको उल्लेख गर्दै काठमाण्डौमा भने चुनौतिपुर्ण नै…
काठमाडौं : निजी क्षेत्रका लगानीकर्ताले काठमाडौं–हेटौंडा सुरुङ मार्ग बनाउन नसकेपछि प्रदेश ३ सरकारले नै यो सुरुङ मार्ग बनाउने तयारी सुरु गरेको छ । बहुचर्चित यस सुरुङ मार्गको काठमाडौं–हेटौंडा सडक खण्ड अन्तर्गत सहिलो चरणमा भीमफेदी–कुलेखानी खण्डमा सुरुङ खन्ने तयारी सुरु भएको छ । सुरुङ मार्गको विस्तृत अध्ययन प्रतिवेदनका लागि चालु आर्थिक वर्ष २०७५–७६ मा ५ करोड रुपैयाँ विनियोजन भएको छ। सुरुङ मार्ग आफैं बनाउन प्रदेश सरकारले प्राविधक तथा ठेकेदार कम्पनीहरुसँग समेत छलफल सुरु गरेको छ । यता, प्रदेश सरकारले निजी क्षेत्रले वर्षौ कुर्दा पनि सुरुङ मार्ग बनाउन नसकेको भन्दै सम्झौता खारेज गर्न गत भदौ ६ गते भौतिक पूर्वाधार विकास मन्त्रालयलाई…
काठमाडौँ: उर्जा मन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत परियोजनाको जग्गाको मुआब्जा निर्धारणबारे सरोकारबालाहरुसँग परामर्श गरेका छन्। गोरखा र धादिङबाट प्रतिनिधित्व गर्ने सांसद र पुर्व सांसदहरुसँग मन्त्री पुनले आइतवार उर्जामन्त्रालयमा परामर्श गरेका हुन्। मन्त्री पुनले बुढीगण्डकी जलविद्युत परियोजना राष्ट्रिय गौरवको आयोजना भएको भन्दै दुवै जिल्लाका जनप्रतिनिधीहरुलाई मुआब्जा निर्धारण गरेर अघि बढ्ने तयारीमा मन्त्रालय रहेको जानकारी दिए। उनले सरोकारबाला सवैलाई यो काममा सहयोग गरिदिन समेत आग्रह गरे। बुढीगण्डकी जलविद्युत आयोजना सरकारको प्राथमिकताको रहेको भन्दै आयोजना अघि बढ्नेमा शंका नगर्न मन्त्री पुनको भनाई थियो। ‘प्रधानमन्त्रीज्यु, सरकार र मन्त्रालय बुढीगण्डकीलाई अघि बढाउन प्रतिवद्ध छ, यो सरकारको उच्च प्राथमिकतामा रहेको परियोजना हो। यसलाई अघि बढाउन…
काठमाडौँ: चिकित्सा शिक्षा आयोगले गरेको एमबीबीएस र बीडीएसको शुल्क बढाउने निर्णयप्रति प्राध्यापक डा. गोविन्द केसीले आपत्ती जनाएका छन् । वैज्ञानिक अध्ययन नगरी शुल्क निर्धारण गर्न नहुने भन्दै आयोगको यो निर्णय मान्य नहुने डा. केसीले बताएका छन् । आइतबार प्रेस विज्ञप्ती जारी गर्दै केसीले यो शैक्षिक शत्रमा शुल्क बढाएर विद्यार्थीलाई मार्का पारे आफू आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । त्यस्तै केसीले आफ्ना पुराना माग पूरा नगरे कात्तिक १३ गतेदेखि अनशन बस्ने समेत जनाएका छन् । उनले सरकारलाई माग पूरा गर्न कात्तिक ८ गतेसम्मको अल्टिमेटम दिएका छन् । आयोगले काठमाडौं उपत्यकाभित्र एमबीबीएस अध्ययनका लागि ४० लाख २३ हजार २५० र उपत्यका बाहिर…