Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
सिमकोट: दशैँको मुखमा दुई वटा डिपो र तीन वटा बिक्री केन्द्रमा चामलको अभाव भएको छ । स्थलमार्ग भएर आउनुपर्ने चामल बिक्री केन्द्र र डिपोमा नहुँदा हुम्लाका पाँच गाउँपालिकाका नागरिकलाई यो वर्षको दशैँ खल्लो हुने भएको छ । जिल्लाको अदानचुली गाउँपालिकाको श्रीनगर डिपो, सर्केगाड डिपो, देउली बिक्री केन्द्र, छप्रेला बिक्री केन्द्र र यो वर्ष खार्पुनाथ गाउँपालिकामा स्थापना गरिएको नयाँ बिक्री केन्द्रमा चामलको अभाव रहेको नेपाल खाद्य संस्थान शाखा हुम्लाले जनाएको छ । चालू आर्थिक वर्षमा संस्थानले टेण्डर प्रक्रिया ढिलो गरेका कारण जिल्लाको दक्षिणी क्षेत्रमा रहेका यी पाँच गाउँपालिकामा चामल नपुगेको जिल्ला संस्थान प्रमुख रामबहादुर विष्टले बताउनुभयो । नेपालीको महान् पर्व दशैँमा…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिमेकी मित्र राष्ट्र चीनसँग आपसी मित्रता अभिवृद्धिमा नै जोड दिने भएकाले यसमा लाभहानिको हिसाबकिताब नहुने बताउनुभएको छ । सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँग प्रधानमन्त्री निवासमा आज अपराह्न कुराकानी गर्दै प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि चीन पिङसँग छिट्टै नेपालमा हुने उच्चस्तरीय भेटघाटमा सरकार सरकार र जनता जनताबीचको सम्बन्ध बहुआयामिक बनाउन नै आफूले प्रयास गर्ने स्पष्ट गर्नुभयो । “ उच्चस्तरीय भेटघाटमा लाभहानिको हिसाबकिताब हुन्न, मैले मित्रतालाई नै जोड दिने छु, आपसी मित्रता भएमा नै दुवै पक्षलाई लाभैलाभ हुन्छ, ”, उहाँले भन्नुभयो । “ दुई देशबीचको भेटघाटमा भौतिक अपेक्षा तपसीलका कुरा हुन्, भेटपछि प्रतिफल प्राप्त होला नै,…
चौतारा: पटक पटकको प्राकृतिक प्रकोपबाट तहसनहस भई झण्डै छ वर्षदेखि बन्द रहेको निजी क्षेत्रबाट सञ्चालित ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी आयोजनाको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकाअन्तर्गत तातोपानीमा बाँधस्थल र फुल्पीङकट्टीमा विद्युत् गृह रहेको सो आयोजनाको पुनःनिर्माणको कार्य हालसम्म ९० प्रतिशत काम सम्पन्न भई चाँडै नै विद्युत् उत्पादन गरिने आयोजनाका कार्यकारी अधिकृत विक्रम स्थापितले जानकारी दिनुभयो । हाल बाँधमा पानी भर्ने काम भइरहेको हँुदा तिहार अघि नै परीक्षण गरिने कार्यक्रम रहेकाले उत्पादित विद्युत् चाँडै नै राष्ट्रिय प्रसारण लाइनमा जोडिने कार्यकारी अधिकृत स्थापितको भनाइ छ । उक्त आयोजनाको पुनः निर्माण कार्यको लागि दुई वर्ष अघि रु…
काठमाडौं: सभामुख कृष्ण बहादुर महराले आफूलाई यौन दुर्व्यवहार गरेको भनेर चर्चामा आएकी रोशनी शाही र उनका श्रीमानबीच डिभोर्स हुने भएको पत्रमा दुबैले हस्ताक्षर गरेका छन् । शाही र उनका श्रीमान चित्रजंग शाहीले २८ वर्षको वैवाहिक सम्बन्धलाई आफूहरुले टुंग्याउने निर्णय आज बिहान लेखिएको डिभोर्स कागजमा उल्लेख गरेका । ‘थुप्रै उचारचढावका बीच हाम्रा साथसाथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असहमति–असन्तुष्टि आउँदारहेछन् । तथापि खुसी साथ अलग अलग बस्ने निर्णय गरेका छौं’ उनीहरु दुबैले हस्ताक्षर गरेर सार्वजनिक गरेको पत्रमा भनिएको छ । अहिले अलग हुने निणर्य भएको भएपनि कानुनी प्रक्रिया भने सुरु भइसकेको छैन। रोशनी शाहीले आफूमाथि…
काठमाडौँ: सरकारले बिदाको दिनमा पनि बजार अनुगमन गर्ने भएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सार्वजनिक बिदाका दिनमा समेत नियमित बजार अनुगमन हुने जानकारी दिँदै कुनै समस्या भएमा, ठगी भएको र कानूनविपरीतको कार्य भए प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । उहाँले यात्रुलाई सहयोगका लागि सहायताकक्ष बनाएर सेवा दिँदै आएको समेत बताउनुभएको छ । केही गुनासो भएमा देशैभरि प्रहरीको १००, उपत्यकाको १०३, सशस्त्र प्रहरीको १११४ नम्बरमा फोन गरेर जानकारी गराउन गृह मन्त्रालयले विज्ञप्ति जारी गरी जनाएको छ । आपसी सद्भाव, मित्रता अभिवृद्धि गर्ने गरी सांस्कृतिक मान्यताअनुसार चाडपर्व मनाउन आग्रह गर्दै मन्त्रालयले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर कार्यान्वयन…
काठमाडौँ: दशैँको समयमा मादक पदार्थ सेवन गरेर यात्रु बोक्ने गरेको पाइएको छ । नयाँ बसपार्कबाट मुलुकका विभिन्न भागमा जाने यात्रुवाहक सवारी साधन जाँचका क्रममा बुधबार साँझ मापसे गरेर यात्रु बोक्ने तीन चालकलाई प्रहरीले पक्राउ गरेको छ । एक चालक भने फरार रहेको महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कले जनाएको छ । ट्राफिक प्रहरीले विभिन्न सङ्घसंस्थाको सहकार्यमा चाडपर्वलाई लक्षित गरेर जनचेतनामूलक अडियो सञ्चालनमा ल्याए पनि मापसे सेवन गरेर सवारी चलाउने कार्य भने रोकिएको छैन । पक्राउ पर्नेमा ना५ख १३२१ नंका चालक रोशन विश्वकर्मा, ना५ख ७३६९ नं बसका चालक शिवजी गिरी, बा४ख ९०६० नंका चालक रितेश नेपाल रहेका छन् ।…
काठमाडौँ: दशैँका लागि काठमाडौं उपत्यकामा पशु भित्रिन थालेका छन्। पशु क्वारेन्टाइन कार्यालयले उपलब्ध गराएको तथ्याङ अनुसार १४ हजार ५ सयको सङ्ख्यामा दशैंका लागि पशु भित्रिएको छ। बाँके, बारा, नवलपरासी, नेपालगञ्ज र रौहट लगायतका जिल्लाबाट ६ सय २५ गोटा राँगाभैँसी भित्रिएको छ। त्यस्तै १ हजार ८१ गोटा खसीबोका भित्रिएको तथ्याङ्कले देखाएको छ। ती खसीबोका दाङ, पाल्पा, धादिङ, कैलाली, नवलपरासी र चिवतनबाट भित्रिएका हुन्। तथ्याङ्क अनुसार चितवन, नवलपारासी, कैलाली, धादिङ र नुवाकोटबाट ११ हजार ३ सय गोटा कुखुरा भित्रिएका छन्। ९ हजार ८ सय १५ किलो माछा भित्रिएको तथ्याङ्कले देखाएको छ। ती माछा चितवन र कपिलवूस्तुबाट भित्रिएका हुन्। त्यस्तै, चितवन, पोखरा…
काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङसँग रेल, सडक, सुरुङमार्ग, जलविद्युत् परियोजना, प्रसारण लाइनलगायत पूर्वाधारका एक दर्जन बढी एजेन्डामा वार्ता हुने भएको छ। यस्तै बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत चीन सरकारले गर्ने सहयोगका परियाजनाबारे सूची तयार भइरहेको परराष्ट्र अधिकारीले बताएका छन्। भौतिक पूर्वाधार तथा योजना मन्त्रालयबाट आठ, ऊर्जा मन्त्रालयबाट तीन, गृह र शिक्षा मन्त्रालयबाट एकएक योजनामा छलफल गर्ने गरी परराष्ट्रका उच्च अधिकारीहरू एजेन्डा तयारीमा व्यस्त छन्। केरुङ–काठमाडौं सडक स्तरोन्नतिसँगै टोखादेखि नुवाकोटको छहरे सुरुङमार्ग, तातोपानी र रसुवागढी नाका स्तरोन्नति, अरनिको राजमार्ग थप व्यवस्थित, राजधानीको चक्रपथको स्तरोन्नति र बाहिरी चक्रपथ निर्माणका विषयमा द्विपक्षीय छलफल हुनेछ। किमाथान्का–धनकुटा–हिले सडक निर्माण, हिल्सा नाकाको विकाससँगै…
धनगढी: नेपाल टेलिकमले सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीसहितका १२ ठाउँमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक चौथो पुस्ताको ‘फोर जी’ सेवा आजदेखि सञ्चालनमा ल्याएको छ । आज यहाँ आयोजित फोरजी सेवा शुभारम्भ कार्यक्रममा सुदूरपश्चिम प्रदेशको धनगढी, चटकपुर, चौमाला, टीकापुर, मसुरिया, लम्की, सुखड, पच्चिसघर, बूढीतोला, अत्तरिया, झलारी र महेन्द्रनगरमा यो सेवा शुरु भएको जानकारी दिइयो । प्रदेशका अन्य ९३ स्थानमा ‘फोरजी एलटिइ’ जडान पूरा हुने क्रममा रहेकामा ११ नयाँ स्थानमा टावर जडान कार्य जारी रहेकाले प्रदेशका थप क्षेत्रमा उक्त सेवा निकट भविश्यमै विस्तार गर्ने तयारी गरिएको जनाइएको छ । आउँदो वर्षभित्र देशभर ‘फोर जी’ सेवा पु¥याउने सरकारको लक्ष्यअनुसार सरकारी स्वामित्वको नेपाल टेलिकमले…
काठमाडौँ: दशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट झण्डै १२ लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यही असोज ५ गतेदेखि आजसम्म ११ लाख ९१ हजार ९८८ यात्रु राजधानीबाट बाहिरिएका छन् । त्यस्तै सात लाख ६९ हजार यात्रु राजधानी भित्रिएका छन् । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यात्रु भित्रिनेक्रम भने विस्तारै घट्दो क्रममा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार यो अवधिमा एक लाख ३७ हजार सवारी बाहिरिएको र एक लाख १७ हजार भित्रिएको छ । अहिलेसम्म दशैँका लागि एक लाख २७ हजार ३०६ यात्रुले अग्रिम टिकट बुकिङ गरेको प्रमुख ढकालले जानकारी दिनुभयो । प्रहरीले यही असोज…