Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

सोलुखुम्बु: यो वर्षको शरद ऋतुमा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि यो मौसममा अनुमति लिएको विगत तीन वर्षपछिकै पहिलो हो । अघिल्ला दुई वर्षमा एक जनाले पनि अनुमति नलिएको पर्यटन विभागका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिनुभयो । तीन वर्षपछि सगरमाथा आरोहण गर्न अनुमति लिने एउटा समूहमा नौ र अर्को एकसहित १० रहेका उहाँको भनाइ छ । यस्तै निरौलाका अनुसार सोमबारसम्म सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि २७ समूहका २६४ ले अनुमति लिएका छन् । यो हिमाल संसारको आठौँ र नेपालको सातौँ अग्लो हिमाल हो । यसको उचाइ आठ हजार १५६ मिटर…

Read More

काठमाडौँ: काठमाडौंमा टिपरको ठक्करले मंगलबार राति एक युवाको ज्यान लिएको छ। थानकोटबाट कंलकी आउँदै गरेको मोटरसाइकललाई राति करिब साढे ८ बजे टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार टिपरको ठक्करले मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन्। थानकोटबाट कलंकी आउँदै गरेको बा२६ प ४९०३ नम्बरको मोटरसाईकललाई चन्द्रागिरि नगरपालिका-११ सतुङ्गलस्थित बागेश्वरी अस्पताल ओरालोमा बा३ख ३८१७ नम्बरको ट्रिपरले ठक्कर दिएको हो। महानगरीय प्रहरी प्रभाग बलम्बुका अनुसार चितवन रत्ननगर १६ का २५ वर्षीय सुनिल अधिकारीको मृत्यु भएको हो। घाइते हुनेमा ललितपुर महालक्ष्मी नगरपालिका-२ इमाडोल बस्ने ४१ वर्षीय टिकाबहादुर बानियाँ छन्। घाइते बानियाँको ओम…

Read More

काठमाडौँ: यौन अपराधको विवादमा परेपछि सभामुखबाट राजीनामा दिएका कृष्ण बहादुर महराका दुई छोरा निर्मल महरा ‘एटम’ र राहुल महराले बन्दुक समाएको फोटो राख्दै ‘फेरि युद्धमा जाने’ संकेत गरेका छन् । मंगलबार राती साँढे ११ बजे फेसबुकमा स्टाटस लेख्दै ‘समयले नयाँ बाटो पकड भनेकाले क्रान्तिकारीहरुसँग फेरि भेट हुने’ कुरा उल्लेख गरेका छन् । उनीहरुले एउटै स्टाटस सेयर गर्दै जनताको पक्षमा काम गर्दागर्दै अकल्पनीय परिस्थितिको सामान गर्नुपरेको कुरा उल्लेख गरेका छन् । उनीहरुको स्टाटसमा लेखिएको छ ‘राजनैतिक इतिहासमा जनताकै पक्षमा अपूर्व त्याग गरियो, अकल्पनीय परिस्थितिको सामना पनि यही राजनीतिमा खेप्न्नु पर्यो, यो राजनीति भित्रको खेल रहेछ । आज…

Read More

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले स्वास्थ्य सेवा प्रदायक संस्था र स्वास्थ्यकर्मीको सुरक्षाका लागि मन्त्रालयले उच्च प्राथमिकता दिएको जानकारी दिनुभएको छ । गृहमन्त्रालयसँगको समन्वय र सहकार्यमा मन्त्रालयले अस्पताल, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान गएको उहाँले बताउनुभयो । डक्टर्स सोसाइटी अफ नेपालको प्रतिनिधिमण्डलले अस्पताल तथा स्वास्थ्य संस्थामा असुरक्षा बढेको जनाउँदै राज्यमन्त्री डा यादवलाई एप्रोनसमेत बुझाएका थिए । अस्पतालमा बिरामीको उपचारमा सक्रिय रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण र दुव्र्यवहारका घटना बढेका भन्दै सुरक्षाको माग राख्दै मन्त्रालयको ध्यानाकर्षण गराइएको सोसाइटीका महासचिव डा तोसीमा कार्कीले जानकारी दिनुभयो । पछिल्लो समय नेपाल चिकित्सक सङ्घले सङ्घका आजीवन सदस्य प्राध्यापक चिकित्सक भोलाराज जोशीमाथि उपचारकोे…

Read More

काठमाडौँ: नेपाल टेलिकमको महत्वकाङ्क्षी परियोजनाका रूपमा रहेको फोरजी सेवा विस्तारको कामले आज ठोस नतिजा हासिल गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बेलुका ५ बजे मुख्यमन्त्रीसहित विभिन्न नगरका मेयरसँग एकै पटक भिडियो कल गरेर फोरजी विस्तारको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कम्पनीको व्यवसायको अधिकतम हिस्सा थ्रीजीले ओगटेको सन्दर्भमा विस्तार परियोजनासँगै विश्वभर प्रचलनमा रहेको फोरजी पुस्तामा टेलिकमले ठूलो फड्को मार्ने छ । नेपाल टेलिकमले बुधबार सबै महानगरपालिकासहित मुख्य सहरमा फोरजी विस्तार गर्दै छ । यो समाचार आज विश्वास रेग्मीले लेखेका छन् ।

Read More

काठमाडौं: प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि ‘जवरजस्ती करणी’को गम्भीर आरोप लगाएको भनिएकी संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले सभामुख महराले आफूमाथि कुनै पनि दुर्व्यवहार नगरेको बताएकी छिन् । उनले आफूले डिप्रेसनको औषधी सेवन गरिररहेको र कर्मचारी समायोजनको क्रममा चाहेको ठाउँमा नपर्दाको रिसले आफूले गलत आरोप लगाएको बताएकी छिन् । नागरिकखबरलाई भिडियो अन्तर्वार्ता दिएकी उनले आइतबार साँझ आफ्नो कोठामा कोही पनि नआएको र सभामुख महरासँग लामो समयदेखि भेटघाटसमेत नभएको स्पष्ट पारेका छिन् । ‘त्यो दिन मेरो कोठामा कोही आएको छैन । महरा सरसँग संसद सचिवालयमा कहिले काँही बीपी चेक गराउँदा भेट हुने हो’, उनले भनिन्, ‘अहिले त धेरै भयो भेट…

Read More

लमजुङ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले दलालीकरणको संस्कार र संस्कृतिले गर्दा आफ्ना भाषा, संस्कार र संस्कृति छाडी डलरका निम्ति जस्तोसुकै कदम पनि चाल्ने प्रवृत्तिले मुलक खतरामा रहेको बताउनुभएको छ । बेँसीशहरमा अनेरास्ववियु लमजुङद्वारा विजयदशमी, दीपावली तथा छठ पर्व २०७६ का अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । विदेशीको संस्कार, संस्कृतिलाई अँगाल्दै डलरको पछि लागेर आमाबुबा, परिवार, देश बिर्संदै जाँदा जस्लाई मुलुकमा जतिबेला पनि अप्रिय घटनाहरु घट्न सक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “व्यावहारिक र जनवादी शिक्षामा जोड दिनुपर्छ । नेपाली भाषा, संस्कार संस्कृतिको संरक्षण गर्नका लागि बेलैमा सचेत…

Read More

काठमाडौँ: आइतवार साँझ ९ बजेर ३ मिनेटमा महानगरीय प्रहरी कार्यालय कन्ट्रोलको १०० नम्बरमा साधा झैँ फोन बज्यो। फोन गर्ने एक अपरिचित महिलाले आफू दुर्व्यवहारमा परेको जाहेर गरिन् । प्रहरीले सोधे, ‘कसले गर्‍यो ?’ ती महिलाले दिएको जवाफ सुनेर फोनमा कुरा गर्ने प्रहरी एकै छिन् झस्किए । ती महिलाले भनिन्, ‘मलाई सभामुख कृष्णबहादुर महराले दुर्व्यवहार गरे, न्याय पाउँ ।’ त्यसपछि फोन उठाउने प्रहरी कर्मचारीले महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शैलेस थापा क्षेत्रीलाई खबर गरे । क्षेत्रीलाई कन्ट्रोलका कर्मचारीले सोधे, ‘भीभीआईपीको नाम आयो सर, के गरौं ?’ त्यसपछि महानगरीय प्रहरी कार्यालयले महानगरीय प्रहरी वृत्त वानेश्वरका…

Read More

काठमाडौँ: राष्ट्रिय बाल अधिकार परिषद्ले ५४ जना सडक बालिबालिकाको उद्धार गरेको छ । काठमाडौँ उपत्यकालाई सडक बालबालिकामुक्त शहर बनाउने नेपाल सरकारको अभियानअनुरुप राष्ट्रिय बाल अधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रको संयुक्त टोलीले गए राति ठमेल, रत्नपार्क र नयाँ बसपार्कबाट २८ जना बालिकासहित ५४ जनालाई उद्धार गरिएको हो । उद्धार गरिएको सबैलाई अल्पकालीन संरक्षणको व्यवस्था गरिएको छ । उनीहरुलाई मनोपरामर्श दिई अभिभावकसमक्ष जिम्मा लगाइने परिषद्का प्रशासकीय प्रमुख कृष्णप्रसाद भुसालले जानकारी दिनुभयो । गत साउनदेखि परिषद्ले नियमित रुपमा विभिन्न कारणले सडकमा अलपत्र अवस्थामा रहेका बालबालिकाको उद्धार गर्दै आएको छ । साउनदेखि हालसम्म परिषद्ले २०० बालबालिकाको उद्धार गरिसकेको जनाएको छ…

Read More

काठमाडौँ: पदबाट राजीनामा दिनुभएका सभामुख कृष्णबहादुर महराले राजीनामा पत्रमा छानबीन प्रक्रिया नसकिएसम्मका लागि भनी लेख्नुभएको भाषा संवैधानिक दृष्टिकोणबाट अनुपयुक्त रहेको टिप्पणी गरिएको छ । संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि दुव्र्यवहारको आरोप लागेपछि राजीनामा दिनुभएका महराले आजैका मितिदेखि छानबीन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिइएको उल्लेख गर्नुभएको छ । नेपालको संविधानको धारा ९१ उपधारा (६) मा लिखित राजीनामा दिएमा सभामुख र उपसभामुखको पद रिक्त हुने व्यवस्था छ । सभामुखले लिखित राजीनामा दिएपछि पद रिक्त हुने संवैधानिक व्यवस्था रहेको हुँदा राजीनामामा उल्लेख भएका अरु कुराले खासै अर्थ नराख्ने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ बताउनुहुन्छ । सभामुख महराले आपूmमाथि लागेको आरोपबारे सत्य,…

Read More