Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- करण केसीको १६ बलमा ४० रनको विस्फोटक ब्याटिङ, ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य
- खगेन्द्र सुनारलाई रास्वपाद्धारा औपचारिक कार्यक्रममा जान रोक
- वर्ल्डलिङ्कसहित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: कृषि विकास बैंकको ५३ लाख भन्दा बढी रुपैयाँ बढी रकम चोरी भएकोको सवालमा ब्यालेन्स सिट नै ह्याक गरेको आशंका गरिएको छ। यस विषयमा कृषि विकास बैंकले राष्ट्र बैंकलाई जानकारी गराइसेको छ। बैकले साढे २ करोड ह्याक भईसकेकाे पुष्टि गरेको छ। चार कराेड रकम चाेरी भएकाे कृषि विकास बैंक स्रोतले जनाएकाे छ। बैककाे पाँच वटा शाखाबाट पैसा निकालिए बताएकाे छ। ‘अहिलेसम्म बैकका चार/पाँचवटा शाखा मार्फत ह्याकिङ गरिएकाे सूचना आएको छ’ कृषि विकास बैक स्राेत भन्छ, ‘झण्डै चार करोड रकम तलमाथि भएकाे हुन सक्ने देखिएको छ, साढे २ करोड पुष्टि भइसकेकाे छ।’ बैंककाे नाफा नाेक्सान खाताबाट साे…
काठमाडौँ: राष्ट्र बैंकका अनुसार कूल ७५३ स्थानीय तहमध्ये ७३७ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । प्रदेश नं १ मा कूल १३७ स्थानीय तहमध्ये १३६ मा बैंकका शाखा खुलेका छन् । प्रदेश नं २ का १३६ स्थानीय तहमध्ये १३४, प्रदेश नं ३ का ११९ स्थानीय तहमध्ये ११७, गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ८४ मा ‘क’ वर्गका वाणिज्य बैंकको उपस्थिति देखिएको छ । यस्तै प्रदेश नं ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । कर्णाली प्रदेशको ७९ स्थानीय तहमध्ये ७५ र सुदूरपश्चिम प्रदेशको कूल ८८ स्थानीय तहमध्ये ८२ मा बैंकको शाखा खुलेको केन्द्रीय बैंकले जनाएको…
काठमाडौं:प्रहरीले कृषि विकास बैंकको रकम ट्रान्सफरगरी लुटापाट गरेको आरोपमा १० जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार राती अबेरसम्म प्रहरीले उनीहरलाई काठमाडौ र काठमाडौ बाहिरबाट नियन्त्रणमा लिएको हो । प्रहरी स्रोतका अनुसार कृषि विकाश बैंकको केन्द्रीय शाखाबाट करिब ५३ लाख रुपैयाँ रकम टान्सफर गरी एटिएमबाट निकालेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । कृषि विकास बैंकको विभिन्न शाखामात्र ट्रान्सफर गरेर केन्द्रीय शाखाबाट सो रकम निकालेको देखिएको प्रहरीले जनाएपनि कसरी निकालियो भन्ने बारेमा प्रहरी आफै अन्यौलमा परेको छ । यसरी ट्रान्सफर भएको रकम निकाल्ने १० जनामध्ये तीन जनालाई आइतबार काठमाडौंबाट र अन्यलाई काठमाडौं बाहिरबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौंका…
काठमाडौं : दूधको मूल्य अस्वाविक रुपमा बढाउने दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय, लैनचौरका तत्कालीन महाप्रबन्धक गंगा तिमसिनालाई भ्रष्टाचार मुद्दा चलाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौने ४७ लाख विगोसहित उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। २०६९ माघ २२ मा महाप्रबन्धक तिमसिनाले प्रतिलिटर ढुवानी मूल्यमा आफूखुसी पाँच प्रतिशत मूल्यवृद्धि गर्ने निर्णय गराएका थिए। उनले अस्वाभाविक बढी भुक्तानी दिई आफूहरुलाई फाइदा पुर्याउने र दुग्ध विकास संस्थानलाई हानिनोक्सानी पुर्याएका थिए। यो मुल्यबृद्धि सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४, दुग्ध विकास संस्थान आर्थिक प्रशासन सम्बन्धी विनियमावली, २०६६ को साथै दुग्ध विकास संस्थान खरिद व्यवस्थापन शाखा, प्रशासन व्यवस्थापन विभाग र आर्थिक…
गुल्मी: तीन दिनको अवधिमा जिल्लामा अज्ञात व्यक्तिद्वारा ४४ घरमा चोरी भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकामा आइतबारदेखि लगातार रुपमा घर तोडफोड गरी चोरी गर्ने क्रम बढ्दै गएको गुल्मी दरबारका अध्यक्ष अशोककुमार थापाले जानकारी दिनुभयो । यसरी चोरी भएका स्थानमा गुल्मीदरबार–१ अन्तर्गत बलीथुममा आठ र वडा नं २ अन्तर्गत जुभुङको झिरबासमा २१ गरी २९ घरमा चोरी भएको छ भने रेसुङ्गा–१३ अन्तर्गत दुबीचौरमा १५ घरमा चोरी भएको वडाध्यक्ष खुमबहादुर खत्रीले बताउनुभयो । रातिको समयमा चोरी गर्दै आइरहेका व्यक्तिहरुले कतिपय घरमा मानिस सुतिरहेको अवस्थामा ढोका फोडी घरभित्र पसेर दराज र अटेजी फुटाइ नगद, गरगहाना र सुनलगायतका सामग्री चोरी गरी…
काठमाडौँ: शहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा निर्माण शुरु गरेको दीर्घकालीन फोहर सङ्कलनस्थल निर्माणको काम दुई सातादेखि रोकिएको छ । बञ्चरेडाँडा जाने बाटो सिसडोलमा पहिरो गएपछि नुवाकोट र धादिङको सिमानामा निर्माण भइरहेको दीर्घकालीन फोहर व्यवस्थापनको काममा समस्या आएको मन्त्रालयले जनाएको छ । लगातारको वर्षाका कारण निर्माणस्थलसम्म जाने बाटोमा पहिरो गएपछि निर्माणको काममा समस्या आएको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ । उक्त काम सकेपछि निर्माणको काम अघि बढ्नेछ । डिजाइन र माटो परीक्षणको कामसँगै क्षेत्र निरीक्षणको काम सकी दुई साताअघि निर्माणकार्यअन्तर्गत माटो मिलाउने काम भइरहेको थियो । हाल निर्माण भइरहेको दीर्घकालीन फोहर…
काठमाडौं : विमानस्थलभरि नेपाली ध्वजावाहक जहाज देखेपछि एकपटक प्रधानमन्त्रीले सहयात्री साथीलाई सोधेछन्, ‘नेपाल वायुसेवा निगमसँग निकै धेरै जहाज पो रहेछन्।’ ती साथीले भनेछन्, ‘ठीक भन्नुभयो प्रधानमन्त्रीज्यू, जहाज थुप्रै छन्। उड्दैनन् र यहाँ धेरै देखिएका छन्। मैदानभरि छन्। वाइडबडी पनि छन्। तर, जमिनमा छन्। आकाशमा छैनन्।’ प्रधानमन्त्री केपी शर्मा ओलीले निगम दिवसमा यो प्रसंग सुनाउँदा त्यही संस्थाका कर्मचारीले परर्र ताली बजाए। जुलाई १ मा त्यसो भनेको तीन महिना बित्न लाग्यो, थन्किएका जहाज उडेनन्। बरु उडिरहेका थप थन्किए। सुन्दै अचम्म ! निगमसँग १४ जहाज छन्, उड्छन् ६ वटा। बाँकी सबै प्रधानमन्त्रीले भनेजस्तै ‘जमिनमा छन्।’ प्रायः ग्राउन्डेड बेलामा मर्मत नगरी ठूलो समस्या निम्त्याएर…
वीरगञ्ज: बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न प्रदेश नं. २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले सवारीसाधनलाई प्रदेश नं २ को ८ जिल्ला छिचोल्न पाँच घण्टा २५ मिनेटको समयसीमा तोकेको छ । आर्थिक वर्ष २०७६÷०७७ को साउन महीनामा मात्र ९२ वटा सवारी दुर्घटना भएकोमा ४५ जनाले ज्यान गुमाएपछि प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले यस्तो समयसीमा तोकी ‘टाइमकार्ड’ लागू गरेको ट्राफिक प्रहरी निरीक्षक राजकुमार सिंहले बताउनुभयो । समयसीमा तोकिएपछि पश्चिमबाट पूर्वतर्फ जाने तथा पूर्वबाट पश्चिमतर्फ आउने सवारीसाधनले प्रदेश नं २ को ८ जिल्लाको २२५ किलोमिटरको बाटो पाँच घण्टा २५ मिनेटभित्र पार गरी सक्नुपर्ने नियम लागू भएको छ । प्रदेश नं २ को…
खोटाङ: नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपालको संविधानमाथि आक्रमण हुने खतरा रहेको बताउनुभएको छ । खोटाङको दिक्तेलमा आज आयोजित पार्टीको दोस्रो चरणको राष्ट्रिय जनजागरणसभा समापन कार्यक्रममा उहाँले संविधानमाथि आक्रमण हुने सम्भावना देखिएकाले सबै मिलेर संविधानलाई जोगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “यो सरकारले कुनै माखो मार्नेवाला छैन । आजका मितिसम्म विकासको कुनै योजना तर्जुमा गर्न सकेको छैन । अब नेपाली जनताले सोच्ने र प्रतिकार गर्ने बेला आएको छ ।” उहाँले काङ्ग्रेसलाई कसैले हराउन नसक्ने भए पनि गुट–उपगुटले आफैँ ध्वस्त भएको बताउनुभयो । “काङ्ग्रेसको विचार र इतिहास सुन्दर छ । तर, पार्टीलाई गुट–उपगुटले ध्वस्त पारेको छ”, उहाँले भन्नुभयो, “एउटाले…
काठमाडौँ: केन्द्रीय बैंकका अनुसार उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा बढी रहेको पाइएको छ । उपत्यकामा ८.६३ प्रतिशतले उपभोक्ता मुद्रास्फीति रहेको पाइएको हो । यस्तै तराईमा ६.४६ प्रतिशत, पहाडमा ५.९२ र हिमालमा ५.५७ प्रतिशत मुद्रास्फीति रहेको छ । अघिल्लो साउनमा काठमाडौँ उपत्यकामा ३.४९, तराईमा ४.१४, पहाडमा ५.२६ र हिमालमा २.७४ प्रतिशतले मुद्रास्फीति रहेको थियो । २०७६ साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.९५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.१२ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य…