Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- करण केसीको १६ बलमा ४० रनको विस्फोटक ब्याटिङ, ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य
- खगेन्द्र सुनारलाई रास्वपाद्धारा औपचारिक कार्यक्रममा जान रोक
- वर्ल्डलिङ्कसहित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सरकारले तत्कालिन नेकपा माओवादीका जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका यमबहादुर अधिकारी‘प्रतीक्षा’ लाई सहायक रथी (ब्रिगेडियर जनरल) मा बढुवा गरेको छ । बिहीबार आयोजित नियमित पत्रकार भेटघाटमा भदौ २६ र ३१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सोको जानकारी दिएका हुन् । मन्त्री बाँस्कोटाकाअनुसार महासेनानी अधिकारीलाई सरकारले सहायक रथी विशेष पद (चार वर्षका लागि)सिर्जना गरी सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको होे । अधिकारीलाई सहायक रथी बनाउन जंगी अड्डाको सिफारिसमा रक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको थियो । शान्ति प्रक्रियाको केही काम अझै टुंगोमा पुग्ने…
काठमाडौँ: राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिका लागि खरिद गरिएको महँगो र अत्याधुनिक नयाँ हेलिकप्टर बिहिबार काठमाडौँ आइपुगेको छ । भीभीआईपीको विशेष सवारीमा प्र्रयोग गरिने उक्त हेलिकप्टरको मूल्य डेढ अर्ब रुपैयाँ छ । सेनामार्फत सञ्चालनमा हुने हेलिकप्टरलाई त्रिभुवन विमानस्थलस्थित सेनाको हवाई अड्डा ११ बाहिनीमा राखिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
काठमाडौँ: संविधान जारी भएयता पनि रोजगारीका लागि विदेशीनेको संख्या बढिरहेको छ । श्रम स्वीकृति नवीकरण गर्नेको भीड थपिँदो छ । यो चार वर्षमा ४ लाख २७ हजारजति नयाँ कामदार कतार गइसके । गत वर्षमात्रै ५ लाख ८ हजार जना वैदेसिक रोजगारीमा गएका छन् । संविधानको धारा ३३ मा भनिएको छ,‘प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ । रोजगारीको सर्त, अवस्था, बेरोजगार सहायता संघीय कानुनबमोजिम हुनेछ ।’ यसलाई सुनिश्चित गर्न संघीय संसद्ले २०७५ असोज २ गते ‘रोजगारी हकसम्बन्धी ऐन’ पनि जारी गरेको छ । ऐनमा प्रत्येक नागरिकले कम्तिमा १०० दिनको न्यूनतम रोजगारी, त्यो नसके निर्वाह भत्ता उपलब्ध गराउने उल्लेख छ…
काठमाडौं: राष्ट्र बैंकले दशैंका लागि असोज १० गतेदेखि नयाँ नोट सटही सुरु गरिने भएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै १० गतेदेखि १७ गतेसम्म नयाँ नोट सटही हुने जानकारी दिएको हो। उपत्यकाबाहिरको हकमा राष्ट्र बैंकका क्षेत्रीय कार्यालय सहित नोट कोष रहेका वाणिज्य बैंकका शाखाबाट समेत सटही सुविधा उपलब्ध हुनेछ । जस अनुसार उपत्यकाबाहिर बिराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका राष्ट्र बैंक कार्यालयबाट नयाँ नोट सटही हुनेछन्। त्यस्तै राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारबाट पनि नयाँ नोट सटही हुनेछ। प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट सटही हुनेछ। यसका अतिरिक्त थप नोट लिन चाहनेहरुका लागि…
भक्तपुर : देशभरि फैलिएको डेंगु रोग भक्तपुरमा माहामारीका रूपमा फैलिँदै गएको छ । भक्तपुरमा दुई साताको अवधिमा जिल्लामा १९७ जना बिरामीमा डेंगु रोग भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा बुधबारसम्ममा १९७ बिरामीमा डेंगु रोग भएको पुष्टि भएको जानकारी दिनुभयो । यो रोगको सङ्क्रमण बढ्दै गएको बताउँदै उहाँले अहिले प्रत्येक टोल, गल्ली र विद्यालय डेंगु रोगको जोखिममा रहेकाले जनचेतना फैलाउने कार्यलाई सबैले तीव्रता दिनुपर्ने बताउनुभयो । भक्तपुरमा डेंगु सङ्क्रमण नियन्त्रण बाहिर जाँदै गरेको प्रतिक्रिया दिँदै कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले देशकै बढी जनघनत्व रहेको भक्तपुरमा डेंगु सङ्क्रमणको उच्च जोखिममा रहेको बताउनुभयो । यस…
काठमाडौँ: गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशबहादुर थापा धरौटीमा छुटेका छन्। काठमाडौं जिल्ला अदालतले बुधबार उनलाई एक लाख धरौटीमा छोड्ने आदेश दिएको हो। जेलमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग मिलेर व्यवसायीलाई धम्काउँदै रकम असुलेको आरोपमा पक्राउ परेका सात जनामध्ये नरेशलाई अदालतले धरौटीमा छोड्न आदेश दिएको हो। अदालतका अनुसार धरौटी बुझाएर नरेश बुधबार नै थुनामुक्त भएका छन्। सो प्रकरणमा पक्राउ परेका अन्य छ जनालाई भने अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासमा सोमबारबाट थुनछेक बहस सुरू भएको थियो। बुधबार बहस सकिएपछि थापालाई धरौटीमा छाड्ने आदेश भएको अदालतले जनाएको छ।
काठमाडौँ: नेपाल टेलिकमले संविधान दिवसका अवसरमा आफ्ना सम्पूर्ण ग्राहकहरुलाई विशेष सुविधा सहितको कार्यक्रम ल्याउने जनाएको छ । नेपाल टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले आज एक विज्ञप्ति जारी गर्दै त्यस्तो जनाएकी हुन। प्रवक्ता बैद्यले जारी गरेको विज्ञप्तिमा टेलिकमले आफ्ना ग्राहको सुविधालाई ध्यानमा राखी संविधान दिवसका अवसरमा एकसय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना अघि सारेको बताएका छन । विज्ञप्तिमा भनिएको छ–‘यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले जम्मा ३ जिबी डाटा प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको हो ।’ उक्त सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध हुने बताइएको छ । उक्त योजनामा सहभागी हुनका लागि *1415*3#…
बाँके: तपाई दूध किन्नका लागि डेरी पसल वा किसानको गोठमै पुग्नुभयो भने तपाईलाई पहिलो प्रश्न सोधिन्छ, दूध कति लिटर चाहियो ? तपाईले प्रतिलिटर दूधको मूल्य सोध्दै आवश्यकताअनुसार दूध माग्नुहुन्छ । पसले वा किसान आफैँले दूध लिटरले नापेर तपाईलाई दिन्छन् । यो अहिलेसम्म चलिआएको पद्धति नै हो भन्नुपर्छ तर बाँकेको कोहलपुर नगरपालिका–११ को शीतलनगरमा एउटा घर छ, जहाँ ग्राहकले आफैँ नापेर दूध लैजान्छन् । दूध नाप्दा कहिल्यै तलमाथि हुन्न । ग्राहकले गोठमै पुगेर दुहुँदै गरेको अवस्थामा प्रतिलिटर रु ७० तिर्छन्, आफँैले लिटरमा नाप्छन् र चाहिए जति लैजान्छन् । दूध बेच्ने र किन्नेबीच मोलमोलाई हुँदैन । न त ग्राहकलाई दूध कम प¥यो…
काठमाडौँ: विदेशी पुस्तक आयातकर्ताहरुले पुस्तक आयातमा लगाइएको मूल्य अभिवृद्धि कर ९भ्याट०प्रति आपत्ति जनाउँदै कर फिर्ता लिन पुनः अर्थमन्त्रालयसित माग गरेका छन् । मन्त्रालयले साउन १ गतेदेखि आयातीत पुस्तकमा मूल्य अभिवृद्धि कर लगाउने निर्णयलाई कार्यान्वयनमा ल्याएको थियो । आयातीत पुस्तकको बिक्री मूल्यमा १० प्रतिशत कर तिनुपर्ने व्यवस्था भएपछि साउनदेखि विदेशी पुस्तक आयात बन्दसमेत गरिएको आयातकर्ताले आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिनुभयो । विद्यालय, विश्वविद्यालय तहका कतिपय अनिवार्य तथा ऐच्छिक विषयका पाठ्यपुस्तक तथा अनुसन्धानमा अति आवश्यक पुस्तक आयात बन्द हुँदा विद्यार्थी तथा अनुसन्धानकर्तालाई समस्या परिरहेको बताइएको छ । नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक सङ्घद्वारा आयोजित कार्यक्रममा पूर्वमन्त्री एवं नेकपाका नेता…
मध्यपुरथिमि: दुई दिनदेखि परेको वर्षाका कारण यहाँको हनुमन्ते र मनोहरा खोलामा आएको बाढीका कारण खोला किनारामा रहेको बस्ती जोखिममा परेको छ । मनोहरा खोलामा आएको बाढीका कारण मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित सुकुम्बासी बस्ती र त्यस आसपासका क्षेत्रका बस्ती डुबानमा पर्ने जोखिममा परेको छ । स्थानीय राम मगरले हिजोदेखि परेको पानीका कारण खोलाको बहाव बढेर बस्ती नजिक पुगेको बताउँदै पानी नरोकिए बस्तीमा पानी पसेर डुबानमा पर्ने बताउनुभयो । पानीको बहाव बढेपछि यहाँका बस्तीका बासिन्दा डरमा बसेको बताउँदै हरेक वर्ष बस्ती डुबानमा पर्ने समस्याबाट पीडित हुनुपरेको बताउनुभयो । बस्तीकी सावित्री कार्कीले रातभर पानी परेपछि खोलाको बाढी पस्ने डरले सुत्न नपाएको बताउँदै बालबालिकालाई…