Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- करण केसीको १६ बलमा ४० रनको विस्फोटक ब्याटिङ, ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य
- खगेन्द्र सुनारलाई रास्वपाद्धारा औपचारिक कार्यक्रममा जान रोक
- वर्ल्डलिङ्कसहित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को समग्र व्यवस्थापन सुधारका लागि गठित ‘नेपाल वायु सेवा निगम सुधार सुझाव कार्यादल’ ले आफ्नो प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई बुझाएको छ । पर्यटन मन्त्रालयमा आज पत्रकार सम्मेलन गरी कार्यदलका संयोजक सुशील घिमिरेले निगमको तत्कालीन र दीर्घकालीन सुझावसहितको ५४ पृष्ठको प्रतिवेदन मन्त्रीसमक्ष हस्तान्तरण गर्नुभयो । प्रतिवेदनमा निगम सुधारका लागि तत्कालीन गर्नुपर्ने १३ बुँदे र दीर्घकालीन कामको मूलभूत विषयलाई समेटिएको छ । प्रतिवेदनले निगम आर्थिक रुपमा धराशयी भएकाले पब्लिक लिमिटेडमा लैजान सुझाव दिएको छ । जसमा सरकार र पब्लिकको समेत लगानी हुनेछ । प्रतिवेदनमा निगमले प्रतिस्पर्धा गर्न नसक्नुमा…
साँखु : घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी नायब निरीक्षकलाई कार्यकक्षबाटै पक्राउ गरेको छ । आज अख्तियारको टोलीले महानगरीय प्रहरी वृत बौद्ध मातहत रहेको प्रहरी कार्यालय थलीका प्रमुख बिपिनचन्द्र पन्तलाई सेवाग्राहीबाट पाँच हजार घुस रकम लिँदै गर्दा अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरको हो । थलीका स्थानीय व्यवसायीलाई बिना कारण पटक–पटक दुःख दिने गरेको र रकम माग गर्ने गरेको भन्दै स्थानीयवासीले अख्तियारमा उजुरी दिएका थिए । पक्राउ परेका पन्तलाई अख्तियारको टोलीले हिरासत पठाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । हालै मात्र बौद्धको प्रहरी प्रमुखका रुपमा आएका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंह महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत हुदाँ…
काठमाडौँ: आगामी चैत २१ र २२ गते आयोजना गरिने अन्तर्राष्ट्रियस्तरको सगरमाथा संवादमा ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ मा बहस हुने भएको छ । नेपालले हासिल गरेका राजनीतिक, सामाजिक, आर्थिक, वातावरणीय, द्वन्द्व समाधान, मौलिक शान्ति प्रक्रियाजस्ता विषयका उपलब्धि तथा अनुभवलाई विश्व समुदायमाझ आदानप्रदान गर्ने उद्देश्यले सगरमाथा संवाद आयोजना हुन लागेको हो । राष्ट्रको गरिमासँग गाँसिएको उक्त संवादलाई सफलतापूर्वक सम्पन्न गर्न सम्बन्धित विषयका जानकार, उच्च राजनीतिक नेतृत्व, सरकारी अधिकारी, सञ्चारकर्मीसँग आज परराष्ट्र मन्त्रालयले राजधानीमा ‘सगरमाथा संवाद राष्ट्रिय परामर्श’ गोष्ठी आयोजना गरेको छ । त्यस अवसरमा परामर्श गोष्ठीका सभापति तथा सगरमाथा संवाद निर्देशक एवं आयोजक समितिका संयोजक परराष्ट्रमन्त्री प्रदीपकुमार…
काठमाडौँ : बालविवाह अन्त्य गर्ने अभियानमा क्रियाशील रहेका विभिन्न १७ वटा गैरसरकारी सस्थाले दिगो विकाससम्बन्धी शिखर सम्मेलनमा बालविवाहको विषयलाई उठान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । यही असोज ६ र ८ गते न्युयोर्कमा आयोजना हुने सो शिखर सम्मेलनमा नेपालले भाग लिँदैछ । दिगोे विकासका लक्ष्यलाई सन् २०३० भित्र हासिल गर्न बालविवाह अन्त्य गर्न जोड समेत दिइएको छ । ‘गल्र्स नट ब्रिड्स नेपाल’ नामक संस्थाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सरकारको सो ध्यानाकर्षण गराइएको हो । नेपाल बालविवाहको दर उच्च रहेको मुलुकभित्र पर्दछ । दक्षिण एशियामा बङ्गलादेशपछि नेपाल बालविवाह हुनेमा दोस्रो स्थानमा रहेको छ । सन् २०१६…
काठमाडौँ: धितोपत्र बजारमा मङ्गलबार झण्डै २७ अङ्कले उकालो लागेको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि सोही लयमा अगाडि बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोवार मापक नेप्से परिसूचक २२.६३ अङ्कले बढेर एक हजार १७३.४२ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि १.६४ प्रतिशत अर्थात् ४.१३ अङ्कले वृद्धि भई २५५.७० मा पुगेको छ । आज कूल १७१ कम्पनीका १६ लाख ४५ हजार ८७७ कित्ता शेयर रु ४७ करोड ६८ लाख ३३ हजार ८४७ मा खरीद बिक्री भयो । कारोवार भएका कूल ११ समूहकै शेयर आज उकालो लागेको छ । बैंकिङ १८.७, होटल ६९.४८, विकास बैंक १०.२६,…
काठमाडौँ: भारतको मध्यप्रदेशस्थित उत्तर–पश्चिमी क्षेत्र र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको असरले देशभर बदली हुनाका साथै वर्षा पनि भइरहेको छ । उक्त प्रणालीको असर आज रातिसम्म कायम रहने र भोलिदेखि मौसममा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताउनुभयो । “बुधबार देशका मध्य र पश्चिमका धेरैजसो स्थान तथा पूर्वका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ ।” उहाँले भन्नुभयो । देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहिरो जानसक्ने, नदीमा पानीको वहाब बढ्न सक्ने र सडक तथा हवाई यातायातमासमेत अवरोध आउन सक्ने…
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चालू आर्थिक वर्षको बजेटअन्तर्गत बोलपत्रको काम यही असोज महीनाभित्र आह्वान हुन नसकेमा मङ्सिरबाट कुनै पनि परियोजना कार्यान्वयनमा आउन नसक्ने स्पष्ट गर्नुभएको छ । मन्त्रालय र अन्तर्गतका निकायसँग सम्बन्धित चालू आर्थिक वर्षका कार्यक्रममाथिको द्वैमासिक प्रगति समीक्षा बैठकमा आज मन्त्री बाँस्कोटाले त्यसरी हुन नसकेका कामको बजेट आगामी माघदेखि फिर्ता लिई अन्य काममा लगाइने जनाउनुभएको हो । मन्त्री बाँस्कोटाले भन्नुभयो,“समयमा काम हुनुपर्छ । हुन नसके के कारणले नभएको हो र माथिल्लो निकायमा पेश गर्नुपर्ने भएमा तत्काल पेश गर्नेगरी प्रभावकारी काम हुनुपर्छ । कार्यसम्पादन सम्झौतामा उल्लेख भएका कामहरु समयमा नभएमा कारवाही गरिनेछ ।” मन्त्री बाँस्कोटाले आमसञ्चारसम्बन्धी…
काठमाडौँ: उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले डेङ्गु रोगका कारण आपत्कालीन अवस्थाको घोषणा गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिनुहुँदै उनले स्वास्थ्य मन्त्रालय महामारी नियन्त्रण गर्न सक्षम रहेकाले आपत्कालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नदेखिएको जानकारी गराए । पछिल्ला दिनहरुमा रोगीको सङ्ख्या घट्दै गएको अभिलेख रहेको उपप्रधानमन्त्री यादवले सुनाए । १५ वर्ष अघि २०६१ मा चितवनमा देखा परेको डेङ्गु हाल ५६ जिल्लामा फैलिएको उनको भनाइ थियो । “पाँच हजारभन्दा बढी मानिस यो रोगबाट प्रभावित भएका छन्, ६ जनाको निधन भएको छ, विश्वमै चुनौतीका रुपमा देखापरेको यो रोगको मुख्य कारण अव्यवस्थित शहरीकरण हो, लामखुट्टेबाट सर्ने अन्य…
काठमाडौं: नेपाल राष्ट्र बैंकले असोज १० गतेदेखि नयाँ नोट साट्ने भएको छ । प्रत्येक वर्ष दशैं अगाडि राष्ट्र बैंकले बजारमा नयाा नोट ल्याउँदै आएको छ । सर्वसाधारणले बैंक तथा वित्तीय संस्थालाई असोज पहिलो सातादेखि र सर्वसाधरणलाई असोज १० गतेदेखि नयाँ नोट साट्ने गरी तयारी पूरा गरेको हो । एक व्यक्तिले ५, १०, २०, ५० र १०० दरका एक एक बन्डल गरे जम्मा १८५०० रुपैयाँ साट्न सक्ने राष्ट्र बैंकले जनाएको छ । नयाँ नोट लिएका अरु वित्तीय संस्थाले पनि असोज १० गतेदेखि मात्रै नोट सटही सुरु गर्नेछन् । राष्ट्र बैंकले यो वर्ष १३ अर्ब रुपैयाँका नयाँ नोट वितरण गर्ने योजना…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद भवनको शिलान्यास गरेका छन्। सिंहदरबारस्थित पुतली बगैँचा रहेको स्थानमा पाँच अर्ब ३० करोड खर्चिएर भवन निर्माण गर्न लागिएको हो। १ सय ७३ रोपनी क्षेत्रमा फैलने भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभा रहनेछ। दुई मुख्य हलसँगै संघीय संसद सचिवालय, दलका कार्यालय, संसदीय समिति समेत भवनमा रहनेछ। हाल नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद सञ्चालन हुँदै आएको छ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई सरकारले वार्षिक १५ करोड भाडा तिर्ने गरेको छ।