Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
बाजुरा : जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका– ५ मिगुङ्मा भाइरल ज्वरोको प्रकोप देखिएको छ । भाइरल ज्वरोले पूरै गाउँमा सन्त्रास फैलिएको छ । गाउँपालिकाको केन्द्रदेखि करीब चार घण्टाको पैदलदूरीमा पर्ने उक्त गाउँमा भाइरल ज्वरोले बालबालिका, बूढाबूढी थला पर्दा गाउँ नै सुनसान बनेको वडा सदस्य सिंहबहादुर महताराले बताउनुभयोे । सामुदायिक स्वास्थ्य एकाइ केन्द्रमा औषधि भए पनि औषधि खादा काम नगरेको उहाँको भनाइ छ । स्वास्थ्य एकाइ केन्द्रमा दैनिक १० देखि १५ सम्म भाइरल ज्वरोका बिरामी औषधि उपचारका लागि आउने गरेका अहेव कमल कट्टेलले बताउनुभयो । मिगु गाउँमा बसोबास गरिरहेका ७० परिवारमा भाइरलको सङ्क्रमण फैलिँदा त्रास बढिरहेको छ । भाइरलले स्थानीयवासीको घारायसी कामदेखि…
काठमाडौँ: लगानी बोर्डले निजगढ अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माणका लागि जुरिच इन्टरनेसनल एयरपोर्ट (एजी)सँग विस्तृत प्रतिवेदन माग गरेको छ। लगानी सम्मेलनका क्रममा निजगढमा अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माणका लागि ७ वटा प्रस्ताव परेका थिए। लगानी बोर्डले सातमध्ये ६ वटा प्रस्तावकले मापदण्ड नपुर्याएको ठहर गरेको हो। लगानी बोर्डको बैठकपछि प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जुरिच इन्टरनेसनल एयरपोर्ट (एजी)को मात्र मापदण्ड पुगेको जानकारी दिए। जुरिच स्विटजरल्याण्डको कम्पनी हो। त्यस्तै, लगानी बोर्डले काठमाडौं उपत्यकामा बाहिरी चक्रपथ निर्माणका लागि चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीसँग विस्तृत प्रतिवेदन माग गरेको छ। चार वटा प्रस्ताव परेकोमा तीन वटा प्रस्तावकले मापदण्ड पूरा नगरेको अधिकारीले बताए। लगानी बोर्डले तल्लो अरुण हाइड्रोपावर निर्माणका लागि तीन…
खोटाङ: मादक पदार्थ सेवन गरेर कार्यक्रममा सहभागी बनेका एक प्रधानाध्यापक कार्यक्रमस्थलबाटै पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित मुलाबारी आधारभूत विद्यालयका प्रअ खम्बराज राई सोमबार कार्यक्रमस्थलबाटै पक्राउ परेका हुन् । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिका र नगरभित्र रहेका आधारभूत तह कक्षा १ देखि ५ सम्मका प्रधानाध्यापकबीच कार्यसम्पादन करार सम्झौता गर्न आयोजित कार्यक्रममा उनी मादक पदार्थ सेवन गरेर आएपछि नगरपालिकाका तर्फबाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको नगरपालिकाका शिक्षा शाखा प्रमुख पुष्पा राईले बताउनुभयो । “शैक्षिक गुणस्तर सुधारका लागि कार्यसम्पादन करार सम्झौता गर्न नगरपालिकाभित्र सञ्चालित कक्षा १ देखि ५ सम्मका सबै विद्यालयका प्रअलाई झिकाइएको थियो”, उहाँले भन्नुभयो, “घरबाटै मातेर कार्यक्रममा आएका…
नवलपुर: नवलपुरको पूर्व–पश्चिम राजमार्गमा सोमबार राति ट्रक र कार ठोक्किँदा पाँचजनाको ज्यान गएको छ । कावासोती नगरपालिका–८ मा पर्ने उक्त राजमार्गमा राति सवा १० बजे ट्रक र कार ठोक्किँएको थियो। प्रहरीका अनुसार ज्यान गुमाउने सबै कारमा सवार रहेका छन् । खरकट्टा जंगलमा पश्चिमबाट पूर्वतिर छुटेको गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाका लागि छुटेको बा २१ च ६४०९ नम्बरको कार एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते पाँचैजनाको उद्धार गरी उपचारका लागि चितवन लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको हो। नवलपरासीको देवचुली–१ केउरेनीका ३५ वर्षे दिपक भनिने पूर्णबहादुर बिक, देवचुली–५ का…
काठमाडौं : नागढुंगा सुरुङमार्ग निर्माण सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापा र कम्पनी हाम्जाको तर्फबाट सुरुङमार्ग आयोजना प्रबन्धकले हस्ताक्षर गरेका हुन् । सुरुङमार्ग निर्माण कार्य भने मंसिरदेखि सुरु गर्ने तयारी भएको छ । जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले साढे १३ अर्ब रुपैयाँमा ठेक्का पाएको हो । सुरुङमार्ग निर्माण गरेको ४२ महिनामा भित्रमा ठेकेदार कम्पनीले निर्माण सम्पन्न गनुपर्नेछ । आयोजनाले तोकेको शर्तअनुसार यो सुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किमि र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट पाँच सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ । दहचोकदेखि–सिस्ने खोलासम्म सुरुङको लम्बाइ २.६८८ किलोमिटर चौडाइ…
काठमाडौँ: पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन–२०७६) आजदेखि जारी भएको छ । आज प्रेस काउन्सिल नेपालमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य र प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले संयुक्तरुपमा हस्ताक्षर गरी पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन–२०७६) जारी भएको घोषणा गर्नुभएको हो । सञ्चार क्षेत्रको नयाँ परिवेशअनुरुप आचारसंहितालाई समसामयिक बनाइ समग्र मिडिया क्षेत्रलाई मर्यादित, जवाफदेही र जिम्मेवार बनाउने उद्देश्यअनुरुप सरोकारवाला सङ्घ, सङ्गठन पत्रकारसँग विभिन्न चरणको छलफल, अन्तरक्रिया र प्राप्त राय सुझावलाई समावेश गरी संशोधित आचारसंहिता जारी गरिएको हो । काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठले पछिल्लो समयमा सूचना, सञ्चार प्रविधिमा भएको तीव्र विकासका कारण आचारसंहिता परिमार्जन गर्नुपरेको प्रष्ट…
चौतारा: अविरल वर्षाले तिब्बतको खासा बजारनजिक रमिते भन्ने ठाउँमा सडकको बीच भागमा करीब डेढसय मिटर चर्किएपछि तातोपानी नाका बन्द भएको छ । सीमा पुलबाट सात किलोमिटरमाथि रहेको सो सडकमा चिनियाँ प्राविधिक टोलीले निरीक्षण गरी मर्मत कार्य शुरु गरिएकाले आठ÷दश दिनसम्मका लागि बन्द हुने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । सडक बन्द भएकाले मर्मत गरी पुनः सञ्चालन हुन १० दिन लाग्ने जानकारी पाएको तोतोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी केशव वलीले बताउनुभयो । सो नाका भएर आउन लागेका मालवाहक कन्टेनर भ्यानहरु पनि सडक बन्द भएपछि केरुङतर्पm फर्काइएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । यस नाकाबाट भूकम्पपछि यस…
दार्चुला: नौगाड गाउँपालिका–२ की २५ वर्षीया मानमती धामीले तीन छोरी जन्माउनुभएको छ । आज बिहान स्वास्थ्य चौकी खारको सुरक्षित प्रसूति गृह (बर्थिङ सेन्टर) मा बच्चा जन्मिएका हुन् । तेस्रो सन्तानको रूपमा गर्भवती बन्नुभएकी धामीले निर्धारित समय अगावै बच्चा जन्माएको खार स्वास्थ्य चौकीका अनमी कौशा ठगुन्नाले बताउनुभयो । कात्तिकमा प्रसूति हुनुपर्ने धामीले एक महीना अघि नै तीन बच्चा जन्माउनुभएको हो । यसअघि धामीका एक, छ र अर्को तीन वर्षका छोरी छन् । नौगाड सुरक्षित प्रसूति गृहमा तीन बच्चा जन्मिएको यो पहिलो घटना हो । तीनै छोरीको तौल औसतमा कमी छ । पहिलो पटक जन्मिएकी छोरीको दुई किलोग्राम र दुई छोरीको…
काठमाडौँ: सरकारले तोकिएको भन्दा बढी शुल्क लिएका मेडिकल कलेजलाई एक महीनाभित्र शुल्क फिर्ता नगरे कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । आज गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसहित दुई मन्त्रालयसम्बद्ध पदाधिकारीको बैठकले विभिन्न मेडिकल कलेजले तोकिएको भन्दा बढी शुल्क लिए शुल्क फिर्ता गर्नुपर्ने निर्णय गरेको हो । बैठकले तोकिएको शुल्कभन्दा बढी रकम एक महीनाभित्र फिर्ता गर्न मेडिकल कलेजलाई सार्वजनिकरूपमा आह्वान गर्ने र नगरे कारवाही अघि बढाउने निर्णय गरेको हो । बैठकमा गृहमन्त्री थापाले मेडिकल शिक्षाको शुल्क विसं २०७२ मा तोकिएपछिको अवधिमा लिइएको बढी शुल्क फिर्ता गराउन राजनीतिक समाधान र कानुनी कारवाही दुवै प्रक्रिया अघि…
काठमाडौँ: सप्ताहव्यापी संविधान दिवस मनाउने क्रममा कृषि विकास बैंकले माईतिघर मण्डलाको चौरीमा विभिन्न जातका फलफूलका विरुवाहरु रोपेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायको नेतृत्वमा माईतिघर मण्डलाको चौरीमा विभिन्न जातका फलफूलका विरुवाहरु रोपेको हो । उक्त कार्यक्रममा उपस्थित कर्मचारीहरुलाई मण्डलाको संरक्षण र गार्डनको सरसफाई विगत केहि वर्ष देखि बैंक आफैले गर्दै आएको र हाल रोपीएका विरुवाहरुलाई पानी सिंचित गर्ने लगायतका संरक्षण सम्बन्धी प्रमुख दायित्व पनि कृषि विकास बैंक लि.कै हुने भएकोले विरुवाको संरक्षण र मण्डलाको सरसफाईमा विशेष ध्यान दिन उपाध्यायले निर्देशन दिए । सो कार्यक्रमका बैंकका का.मु.उपमहाप्रबन्धकहरु प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, धु्रवचन्द्र गौतम, दिर्घ बहादुर अर्याल, बैंकका…