Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नेपालसँग जोडिएका चीनका विभिन्न नाकामा व्यवसायीलाई सहजरूपमा प्रवेश गर्न पाउनुपर्ने माग गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा शनिबार एक विज्ञप्ति जारी गरी नेपाल–चीन व्यापारलाई अझ मजबुत र दिगो बनाउन व्यवसायीलाई सहजरूपमा नाकासम्म प्रवेश गर्न दिनुपर्ने माग गरेको हो । हाल नाका जोडिएका जिल्लाका जनतालाई मात्र नागरिकताको आधारमा नाकासम्म जान दिने व्यवस्था गरिएको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले चीनबाट नेपालमा धेरै सामान आयात हुने भएकाले व्यवसायीलाई व्यवसायको सहजताका लागि मल्टिपल भिसाको व्यवस्था गर्नुपर्ने बताउनुभयो । “मल्टिपल भिसाको व्यवस्था गरेसँगै व्यापार व्यवसायमा सहज हुनेछ”, उहाँले भन्नुभयो । महासङ्घले चीनबाट…

Read More

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौँ हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न चाहेको बताउनुभएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आज यहाँ आयोजित राजकीय भोजमा उहाँले रेल्वे क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोतसाधनको परिप्रेक्ष्यमा नेपालीको यो चाहना छिट्टै पूरा हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले गर्नुभएको सम्बोधनको पूर्ण विवरण ः “महामहिमज्यू, निकट छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति महामहिम सी चिनफिङ तथा चिनियाँ प्रतिनिधिमण्डलका विशिष्ट सदस्यहरुलाई यस राजकीय भोजमा न्यानो स्वागत गर्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ । यो एउटा सुखद संयोग नै हो, महामहिम राष्ट्रपतिज्यूको राजकीय भ्रमण जनवादी गणतन्त्र चीन…

Read More

काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई अब भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुक बनाउन मद्दत गर्ने प्रतिबद्धता उद्घोष गरेका छन्। चिनियाँ राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार आयोजना गरेको रात्रिभोजमा उनले यसका लागि दीर्घकालीन र तत्कालका योजनाहरू अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। होटेल सोल्टीमा भएको रात्रिभोजमा राष्ट्रपति भण्डारीको स्वागत मन्तव्यपछि सीले ‘नमस्ते’ भन्दै सम्बोधन गरेका थिए। ‘मैले चिनियाँ भाषामा लेखेको ‘नमस्ते’ राम्रोसँग भन्न जानिनँ होला, सुनिएन होला,’ उनले भने, ‘नेपाल र चीनबीच कुनै समस्या नरहेको र मित्रता मात्र रहेको छ।’ राष्ट्रपति सीले चीनको सहयोगमा केरुङ–काठमाडौं सुरुङ मार्ग र रेल मार्गसम्बन्धी परियोजना अघि बढ्ने संकेत गर्दै आइतबार प्रधानमन्त्री केपी…

Read More

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको हितविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिवद्धता जनाएकी छन्। शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आयोजित रात्रिभोजअघि दुई पक्षीय सम्बोधनका क्रममा होटल सोल्टीमा राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्। ‘नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिवद्ध छ’, राष्ट्रपति भण्डारीले भनिन्, ‘नेपाली भूमि चीनको हितविरुद्ध हुने कुनै पनि प्रकारका गतिविधि हुन नदिन सबै उपाय अपनाउँदै आएका छौँ।’ राष्ट्रपति भण्डारीले नेपाल र चीन हिमाल र नदीबाट जोडिएको उल्लेख गर्दै सदियौँदेखि सामाजिक र सांस्कृतिक सम्बन्ध रहेको उल्लेख गरिन्। ‘नेपाल र चीन हिमाल र नदीबाट जोडिएका छन्’, उनले भनिन्, ‘हामीबीच सदियौँदेखि सामाजिक र संस्कृतिक सम्बन्ध रहि आएको छ।’ उनले चिनियाँ…

Read More

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता प्रारम्भ भएको छ । राष्ट्रपति भवन शीतल निवासमा जारी भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भइरहेको छ । राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी आज अपराह्न नेपालको दुईदिवसीय राजकीय भ्रमणमा यहाँ आइपुग्नुभएको हो ।

Read More

काठमाडौँ: दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आउनुभएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको भव्य स्वागत गरिएको छ । त्रिभुवन विमानस्थलदेखि सोल्टी होटलसम्म उहाँ सवार हुने मार्गमा राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारणले उहाँको स्वागत गर्नुभएको थियो । अपराह्न पौने ५ बजे राष्ट्रपति सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उहाँको स्वागतका लागि कर्मचारी र सर्वसाधारण ४ बजेदेखि नै सडकमा दुवै देशको झण्डा लिएर स्वागतका लागि प्रतीक्षारत थिए । उनीहरुले करीब दुई घण्टाको प्रतीक्षापछि सीलाई स्वागत गर्न पाएका थिए । सी विमानस्थलबाट सोल्टी होटेलमा जाँदा सडकका दुवै किनारमा रहेका कर्मचारी, युवा, विद्यार्थी, बालबालिका र सर्वसाधारणले उहाँलाई नेपाल र चीनको झण्डा हल्लाएर स्वागत गरेका…

Read More

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेकी छन् । शनिबार अपरान्ह काठमाडौं अवतरण गरेका सीलाई राष्ट्रपति भण्डारीले स्वागत गरेकी हुन् । चिनियाँ राष्ट्रपति शनिबार भारतको चेन्नइबाट एयर चाइनाको विशेष विमानमार्फत काठमाडौं अवतरण गरेका हुन् । राष्ट्रपति सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरु पनि विमानस्थल पुगेका छन् । राष्ट्रपति सी विमानस्थलबाट सीधै होटल सोल्टी जानेछन् ।

Read More

काठमाडौँ: नेपाल र चीनबीचको दुई महत्वपूर्ण नाकामध्ये तातोपानी नाकामा सुक्खा बन्दरगाह निर्माण भई सञ्चालनमा आइसकेको छ भने रसुवागढीमा निर्माण कार्य शुरु भएको छ । अत्याधुनिक सुविधासहितको तातोपानी नाकाभन्दा कूल छ किलोमिटर तल लार्चामा निर्माण भएको सुक्खा बन्दरगाहले दुई देशको व्यापार विस्तारलाई थप सहज बनाएको छ । यस्तै आगामी ३० महीनाभित्र रसुवागढीमा सुक्खा बन्दरगाह निर्माणसक्ने लक्ष्य राखिएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । गोरखा भूकम्पको त्रासदिपछि करीब चार वर्ष बन्द भएको तातोपानी नाका गत जेठदेखि सञ्चालनमा आयो । सो नाका सञ्चालनमा ल्याउन नेपालले गरेको आग्रहलाई स्वीकार गर्दै चीनले दुई देशबीचको व्यापार तथा वाणिज्यको विस्तारमा सहयोग ग¥यो । दुई…

Read More

सोलुखुम्बु: सीता एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । शनिबार बिहान ८ः३० बजे रामेछापको मन्थलीबाट सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लातर्फ उडेको उक्त ट्वीटअटर विमान दुर्घटनाबाट जोगिएको हो । नागरिक उड्डयन कार्यालय रामेछापका प्रमुख अमितकुमार चौरसियाका अनुसार विमानको इन्जिनभित्रै चरा पसेको थियो । उड्ने तयारीमा रहेको विमान धावनमार्गको करीब ७५ प्रतिशत भाग पार गरेपछि चरा ठोक्किएको र फरक आवाज आएको विमानस्थल कार्यालयले जनाएको छ । चालक दललाई चरा ठोक्किएको विषयमा तत्काल जानकारी भएकाले सोही विमानस्थलमा आकस्मिक अवतरण गराइएको विमानस्थल प्रमुख चौरसियाले जानकारी दिनुभयो । तीन चालक दलका सदस्यसहित १३ विदेशी पर्यटक यात्रु लिएर उडेको सीता एयरको ९एन–आई–ई विमान…

Read More

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणमा आज अपराह्न विशेष विमानबाट काठमाडौँमा अवतरण गर्नुभएको छ । नेपालको द्विदिवसीय भ्रमणमा रहनुभएका राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिकतापूर्वक स्वागत अभिवादन गर्नुभयो । उहाँहरूलाई चिनियाँ विशिष्ट अतिथिको स्वागतमा पञ्चकन्याले साथ दिएका थिए । त्यसअघि राष्ट्रपति भण्डारीले विमानमा नै पुगेर राष्ट्रपति सीलाई स्वागत गर्नुभएको थियो । चीनका राष्ट्रपति सीको काठमाडौँ आगमनसँगै उहाँको राजकीय भ्रमण प्रारम्भ भएको छ । विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्रीद्वयसहित मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी,…

Read More