Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि

    November 24, 2026

    सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने

    November 24, 2026

    प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’

    November 24, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि
    • सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने
    • प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’
    • सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!
    • १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’
    • मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 24
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » चिनियाँ सहयोगमा अत्याधुनिक बन्दै दुई व्यापारिक नाका

    चिनियाँ सहयोगमा अत्याधुनिक बन्दै दुई व्यापारिक नाका

    पहिलोक्लिकपहिलोक्लिकOctober 12, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: नेपाल र चीनबीचको दुई महत्वपूर्ण नाकामध्ये तातोपानी नाकामा सुक्खा बन्दरगाह निर्माण भई सञ्चालनमा आइसकेको छ भने रसुवागढीमा निर्माण कार्य शुरु भएको छ ।

     

    अत्याधुनिक सुविधासहितको तातोपानी नाकाभन्दा कूल छ किलोमिटर तल लार्चामा निर्माण भएको सुक्खा बन्दरगाहले दुई देशको व्यापार विस्तारलाई थप सहज बनाएको छ । यस्तै आगामी ३० महीनाभित्र रसुवागढीमा सुक्खा बन्दरगाह निर्माणसक्ने लक्ष्य राखिएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

     

    गोरखा भूकम्पको त्रासदिपछि करीब चार वर्ष बन्द भएको तातोपानी नाका गत जेठदेखि सञ्चालनमा आयो । सो नाका सञ्चालनमा ल्याउन नेपालले गरेको आग्रहलाई स्वीकार गर्दै चीनले दुई देशबीचको व्यापार तथा वाणिज्यको विस्तारमा सहयोग ग¥यो । दुई देशबीचको मैत्री सम्बन्धको परिचयका रुपमा स्थापित रहेको अरनिको राजमार्गसमेत चिनियाँ सहयोगमा नै निर्माण भएको हो ।

     

    चिनियाँ राष्ट्रपति सी चिनफिङको आजदेखि हुन लागेको दुई दिवसीय नेपाल भ्रमणका क्रममा समेत सो राजमार्गको स्तरोन्नतिलगायतका विषयसमेत समावेश भएको जनाइएको छ । सो सडक विस्तार र स्तरोन्नति भएपछि दुई देशबीचको सम्बन्ध, आर्थिक विकास र विस्तारमा समेत थप नयाँ आयाम स्थापित हुने विश्वास लिइएको छ ।

     

    सोही नाका खुलेपछि क्रमशः दुईदेशीय व्यापारमा नयाँ आयाम थपिएको छ । सोही नाकामा नै सुक्खा बन्दरगाहसमेत सञ्चालनमा आइसकेको छ । सुक्खा बन्दरगाहले दुई देशको व्यापार विस्तारका लागि सहज मात्रै बनाएको छैन । अत्याधुनिक सेवा सुविधासमेत पाएका छन् ।

     

    प्राकृतिक विपत्तिले दिएको पीडामा आम नेपाली परिरहेका बेला चीनले खुला हृदयका साथ सहयोग गरेको थियो । तातोपानी नाका खुलेपछि काठमाडौँ ल्याउनुपर्ने सामान लामो समय लगाएर कोलकाता बन्दरगाह हुँदै घुमाएर ल्याउनुपर्ने समस्याकोसमेत अन्त्य भएको छ । रोजगारीका अवसरमा समेत वृद्धि भएको छ ।

     

    नाका खुलेपछि उद्योगी व्यवसायीमा पनि ठूलो आशाको सञ्चार भएको छ । उनीहरु विगतको जस्तै नाका व्यस्त हुँदै गएको र व्यापार व्यवसाय फस्टाउँदै जाने अपेक्षामा रहेका छन् । भूकम्पबाट खण्डहर भएको सडक निर्माण भइरहेको छ । त्यसलाई थप विस्तार गर्ने नेपालको कार्यसूची छ ।

     

    भूकम्पपछि निर्माण भएको नेपाल–चीन जोड्ने मितेरी पुल विगतकोभन्दा फराकिलो बनाइएको छ । भूकम्प र बाढीपहिरोका कारण तहसनहस भएको भोटेकोशीको किनार लार्चामा अत्याधुनिक भवन देखिन्छ । आकर्षक पुल तरेपछि देखिने भव्य भवन र संरचना सुक्खा बन्दरगाहसमेत सञ्चालनमा आइसकेको छ ।

     

    चिनियाँ कम्पनी चाइना रेल्वे १४औँ ब्यूरो समूहले लार्चामा निर्माण गरेको सुक्खा बन्दरगाह कुनै अत्याधुनिक विमानस्थलभन्दा कम छैन । नेपाल इन्टरमोडल यातायात विकास समितिले सो बन्दरगाहलाई सञ्चालनमा ल्याइसकेको छ । अत्याधुनिक संरचनासहितको उक्त पूर्वाधारले पनि व्यापार व्यवसायको प्रवद्र्धन गर्न सहयोग पु¥याउनेछ ।

     

    कूल चार दशमलब दुई हेक्टरमा निर्माण भएको बन्दरगाहमा १५८ ठूला कन्टेनर र २३ वटाभन्दा बढी कार अट्ने इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । भन्सार रहेको क्षेत्रमा ६० देखि १०० मेट्रिकटनसम्म तौल गर्नसक्ने मेसिनसमेत जडान गरिएको छ । महाभूकम्पले तोडेको देशको ‘जीवनरेखा’ सञ्चालनमा ल्याउन नेपाल सरकारको जस्तै चीन सरकारको पनि उत्तिकै चासो तथा हुटहुटी देखायो र समयमै काम भयो ।

     

    यस्तै चीन सरकारको सहयोगमा नै केही दिन पहिलेदेखि रसुवागढी नाकामा सुक्खा बन्दरगाह निर्माण शुरु भएको छ । केही समयपछि निर्माण कार्यले थप गति लिने विश्वास गरिएको छ । कूल ३० महीनामा सम्पन्न गर्ने गरी बन्दरगाह निर्माण शुरु भएको छ ।

     

    बन्दरगाह निर्माणका लागि जग्गा सम्याउने काम शुरु भएको छ । निर्माण व्यवसायीले निर्माण सामग्री आयात तथा बासस्थान निर्माणको काम शुरु गरेको छ । बन्दरगाह निर्माणको जिम्मा तिब्बेत फुली कन्स्ट्रक्सनले पाएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा बन्ने बन्दरगाहका लागि आवश्यकपर्ने जग्गा सरकारले अधिग्रहण गरिसकेको छ ।

     

    लाङ्टाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर, स्थानीयको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको १०९ रोपनी गरी आठ हेक्टर जग्गा अधिग्रहण गरिएको छ । चिनियाँ लगानीमा चिनियाँ निर्माण व्यवसायीले नै काम गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ ।

     

    इन्टरमोडल यातायात विकास समितिले २०७५ माघ १ गते चीनको छेन्दुमा पुगेर उक्त सुक्खा बन्दरगाहको डिजाइन स्वीकृति गरेको थियो । बन्दरगाहामा पार्किङस्थल, गोदाम घर, प्रशासनिक भवन, जाँचपास स्थल, भन्सार, क्वारेनटाइन, बैंक, प्रयोगशाला रहनेछ । यस्तै ३५० मालवाहक सवारी पार्किङ गर्न सकिने डिजाइनमा उल्लेख छ ।

     

    भूकम्पपछि अवरुद्ध हुन पुगेको नेपाल–चीनबीचको प्राचीन व्यापारिक रसुवागढी नाकाको व्यवस्थित सञ्चालनका लागि चिनियाँ पक्षले मितेरी पुलको पुनःनिर्माण गरिसकेको छ । नेपालतर्फ पनि नाका व्यवस्थापन र सडक स्तरोन्नतिका काम भइरहेको छ ।

     

    चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय नेपाल भ्रमणमा क्रममा केरुङ–काठमाडौँ रेलमार्गको लगानीको ढाँचाका विषयमा हुने छलफलको तयारीले यो नाकाको चर्चा पुनःशिखरमा पुगेको छ । सोही नाका भएर केरुङ–काठमाडौँ रेलमार्ग र रातमाटे–केरुङ ४०० केभी प्रसारण लाइनसमेत निर्माण गर्ने लक्ष्य राखिएको छ ।

     

    रेलमार्ग निर्माण भएमा चीनसँगको लगानी, व्यापार र पर्यटक आवागमनमा उल्लेख्य वृद्धि हुने अपेक्षा रहेको छ । हिमालयन वारपार बृहत् सम्पर्क सञ्जालमा नेपालले सहमति जनाइसकेकाले भावी दिनमा सहकार्यको दायरा फराकिलो हुने देखिँदा त्यसबाट नाका जोडिएको जिल्लाले मात्रै नभई समग्र देशले नै प्रत्यक्ष लाभ लिनसक्ने विश्वास छ ।

     

    चिनियाँ राष्ट्रपति सीको भ्रमणको पूर्वसन्ध्यामा यही असोज २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विज्ञको बैठकमा रेलमार्गको लगानीको ढाँचा, सुरुङसहित बेत्रावती रसुवागढी दोहोरो मार्गको सडक निर्माण, टोखा छहरे सुरुङ निर्माण, विद्युत् र कनेक्टिभिटीसहित अन्य विभिन्न नाकाको सञ्चालन लगायतका विषयमा चिनियाँ पक्षसँग वार्ता हुने जानकारी दिइएको थियो ।

    Facebook Comments Box

    अत्याधुनिक बन्दै दुई व्यापारिक नाका
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि

    November 24, 2026

    सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने

    November 24, 2026

    प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’

    November 24, 2026

    सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!

    November 24, 2026

    १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’

    November 24, 2026

    मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?

    November 22, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.