Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ केही दिनअघि काठमाडौँको नागढङु्गादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रु नराम्ररी प्रभावित भए । यहाँको २०÷२५ किलोमिटरको बाटो पार गर्न यात्रु घण्टौँसम्म कुर्न बाध्य भए । यात्रु शान्ति अधिकारीले गल्छीबाट नागढुङ्गा उत्रिन नौ घण्टा लागेको तीतो अनुभव सुनाउनुभयो । सामाजिक सञ्जालमा यात्रुको आक्रोश पोखिएका ‘स्टाटस’ले भरिएका थिए । अस्तव्यस्त भएपछि सरकारले जाम हटाउन प्रहरीलाई निर्देशन नै दिनुप¥यो । त्यो देख्दा यसपालिको दशैँ सास्तीमै बित्ने त होइन भन्ने आशङ्का भइरहेका बेला महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने सबै समस्या हल भइसकेको र अब त्यस्तो समस्या नहुने भन्दै नागरिकलाई आश्वस्त पारेको छ । “आज बिहानको अवस्था भन्नुपर्दा नागढुङ्गामा सबै सहज…
काठमाडौँ: लगातार नेपाली बजारमा उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको भाउ आज भने ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ७० हजार २०० मा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ७० हजार ८०० मा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज प्रतितोला रु ६०० ले घटेको छ । यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला रु ७० हजार ५०० मा कारोबार भएकोमा आज भने प्रतितोला रु ६९ हजार ९०० मा कारोबार भएको छ । तेजाबी सुन पनि प्रतितोला रु ६०० ले घटेको हो । अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा ओरालो…
काठमाडौँ: नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तर्राष्ट्रिय उडान भर्ने निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी कात्तिक महिनादेखि चीनको राजधानी बेइजिङलगायत मुख्य शहरमा उडान गर्ने भएको छ । चीनका गन्तव्यमा उडान भर्नका लागि लामो समयदेखि प्रयासरत कम्पनीले बेइजिङ, चाङ्सा, नाङचाङ, गुइयाङ, चोङकिङ, अलि र शेन्जेङमा उडान विस्तार गर्ने तयारी गरेको हो । चीनसँग सञ्जाल विकास गर्ने लक्ष्यका साथ हिमालयले बेइजिङमा पहिलो उडान शुरुआत गर्ने र क्रमशः अन्य गन्तव्यमा उडान भर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार आगामी कात्तिक १० देखि बेइजिङस्थित नवनिर्मित डाक्सिन इनटरनेशनल विमानस्थलमा हिमालयले उडान शुरु गर्ने छ । विश्वकै…
काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीको महान् पर्व बडादसैंको पहिलो दिन आइतबार घरघरमा जमरा राखिँदै छ। दसैंको पहिलो दिन ‘शैलपुत्री’ नामकी दुर्गाभवानीको पूजा गरी घटस्थापना गर्ने र जमरा राख्ने परम्परा छ। नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। दसैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा लिइन्छ। दसैंको पहिलो दिन नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा या दसैंघरमा जमरा राखिन्छ।…
डोटी: जिल्लामा दशैँ, तिहारलगायतका चाडपर्वमा अखाद्य वस्तु बिक्री वितरण नहोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा शनिबार बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, दिपायल सिलगढी नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाणिज्य सङ्घ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, उपभोक्ता अधिकार मञ्च, पत्रकारसहितको टोलीले शनिबार दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा छड्के अनुगमन गरेको हो । अनुगमनका क्रममा दिपायलको पिपल्ला बजारमा रहेको दिल्पेश्वर जनरल स्टोरमा करीब रु पाँच लाख बराबरको म्याद नाघेको अखाद्य वस्तु फेलापरेको अनुगमनमा गएका दिपायल सिलगढी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “करीब पाँच लाखबराबरको अखाद्य वस्तु…
कास्की: पोखरामा आगामी कात्तिक पहिलो हप्तादेखि पाँचौँ संस्करणको मेरो नेपाल कप खुला नकआउट सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । देशलाई चाहिने राष्ट्रिय तथा अन्तरराष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्यसहित मेरो नेपाल युवा क्लब पोखरा–१४ को आयोजनामा हुने प्रतियोगिता कात्तिक ३ देखि ८ गतेसम्म सञ्चालन हुने प्रचारप्रसार संयोजक पृथ्वी कुँवरले जानकारी दिनुभयो । यसअघि असोज १० गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने तयारी गरे पनि प्राविधिक कारणले पछि सार्नुपरेको क्लबको भनाइ छ । प्रतियोगितामा पहिलो हुने टिमले रु एक लाख ५५ हजार ५५५, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने दोस्रो हुने टिमले रु ७५ हजार ५५५ ट्रफी, मेडल प्रमाणपत्र…
अर्घाखाँची: कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालले भारतबाट अनुमति विना ल्याइने विषादीमा कडाइ गर्ने बताउनुभएको छ । विश्व मुटु दिवसको अवसरमा लायन्स÷लियो क्लब अफ काठमाडौँ लर्ड बुद्धले सन्धिखर्क–५ बलेवाङमा आयोजना गरेको दुईदिने स्वास्थ्य शिविरको उद्घाटन गर्दै उहाँले विषादीले मानिसको शरीरमा गम्भीर असर पु¥याउने भएकाले यसको प्रयोगलाई कम गर्दै लैजानुपर्ने बताउनुभयो । मन्त्री खनालले खानपिनमा ध्यान दिएमा धेरै रोगबाट बच्न सकिने भन्दै समय, समयमा स्वास्थ्य परीक्षण गर्न सुझाव दिनुभयो । “मानिसहरु अन्तिम अवस्थामा पुग्दा पनि मिर्गौला र क्यान्सरबाट ग्रसित भएको थाहा नपाएको धेरै घटना भेटिए” उहाँले भन्नुभयो, “हरेक छ, छ महीनामा अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्छ ।” मन्त्री खनालले प्राङ्गारिक मलको प्रयोग…
काठमाडौँ: नेपाल क्रिकेट सङ्घ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित हुनुभएको छ । उहाँले आफ्ना प्रतिद्वन्द्वी क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेलाई पराजित गर्नुभएको हो । आज राजधानीमा सम्पन्न निर्वाचनमा चन्दले ४४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी पाण्डेले १५ मत पाउनुभयो । यस्तै उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा केन्द्रीय सदस्यमा समेत चन्द समूहका उम्मेदवार विजयी हुनुभयो । क्यान उपाध्यक्षमा राजबाबु श्रेष्ठ, सचिवमा अशोकनाथ प्याकुरेल र कोषाध्यक्षमा रोशन सिंह विजयी हुनुभयो । श्रेष्ठले ४१ तथा उहाँका प्रतिद्वन्द्वी मिङ्मा डण्डू शेर्पाले १७ मत पाउनुभयो । सचिवमा प्याकुरेलले ४३ मत पाउनुभयो भने उहाँका प्रतिस्पर्धी विनोद मैनालीले १५ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा सिंहले…
काठमाडौँ: सिंगापुरमा जारी दोश्रो दिनको त्रिकोणात्मक सेरिजको पहिलो खेलमा कप्तान पारस खड्काको अविजित १०६ रनको सतकीय पारीसंगै नेपालले सिंगापुरलाई उसैको घरेलु मैदानमा ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ। सिंगपुरले २० ओभरको खेलमा ३ विकेट गुमाउंदै १५१ रनको चुनौती पेश गरेकोमा कप्तान पारसले ५२ बलमा १०६ रनको सतकीय योगदानले नेपालको जित सुनिस्चित बनेको थियो। उसलाई आरिफ सेखले दोश्रो नम्बरमा आएर ३९ रनको व्यक्तिगत योगदान दिएका थिए। नेपालले २४ रन बाँकी छान्दै खेल आफ्नो पक्षमा पारेको हो। यस त्रिकोणात्मक सिरिजमा नेपालसहित आयोजक सिंगापुर र जिम्वावे रहेका छन्। अंक तालिका अनुसार जिम्वावे दुई खेल जित्दै पहिलो स्थानमा छ…
चितवन: गणतन्त्र पक्षधरको आलोचना गर्दै हिँडेका भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाहीमाथि आज यहाँ साङ्घातिक आक्रमण भएको छ । भरतपुरको चौविसकोठीमा उहाँको समूहले आयोजना गर्न लागेको कार्यक्रम बिथोलिएपछि आफू बसेको होटलबाट बाहिरिने क्रममा दिउँसो उहाँमाथि आक्रमण भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरको होटल ग्लोवलबाट बाहिरिने क्रममा बा३ख ८४५८ नंको माइक्रोबसमा आक्रमण भएको हो । युवा समूहले ढुङ्गा, रड, लाठी प्रहार गरी माइक्रोबसभित्र रहेका शाहीसहितको समूहमाथि आक्रमण गरेको हो । प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार घाइते शाही चितवन मेडिकल कलेजको उपचारपछि काठमाडौँ जानुभएको छ । उहाँको अवस्था खतरामुक्त रहेको मल्लले जानकारी दिनुभयो । शाहीले…