Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
सोलुखुम्बु: जिल्लाको माथिल्लो क्षेत्रमा भालुको बिगबिगी बढेको छ । भालुको बिगबिगी बढेसँगै मानिसलाई आक्रमण गर्ने क्रमसमेत बढेको छ । बुधबार मात्रै सोलुदूधकुण्ड नगरपालिका–१ मा भालुको आक्रमणबाट एक वृद्ध सख्त घाइते भएका छन् । टाक्सिन्दुको हेवा जङ्गलमा बिहीबार दिउँसो गाई चराउँदै गरेका पासाङ शेर्पालाई भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ७६ वर्षीय शेर्पा गाई चराउँदै सितिलिङ भन्ने स्थानमा पुगेपछि एक्कासी भालुले आक्रमण गरेको थियो । उहाँको अनुहार, पेट, टाउको र खुट्टामा गम्भीर चोट लागेको वडा सदस्य उत्रमान खालिङले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते शेर्पाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ । त्रासैत्रासमा बित्छ दिन यतिबेला सोलुखुम्बुको…
न्यूयोर्क: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भूपरिवेष्टित देशलाई अधिक विकास सहायता मात्र नभई लगानी र प्रविधि हस्तान्तरण पनि उत्तिकै आवश्यक भएको बताउनुभएको छ । भूपरिवेष्टित विकासोन्मुख देशको अठारौँ मन्त्रिस्तरीय बैठकलाई आज न्यूयोर्कमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसङ्घीय पद्धति भूपरिवेष्टित देशको सहयोगका लागि महत्वपूर्ण संस्थागत संयन्त्र हो भन्नुभयो । भूपरिवेष्टित देशका लागि महासचिव एन्टोनियो गुटरेस र अल्प विकसित, भूपरिवेष्टित तथा साना टापु राष्ट्रका निम्ति राष्ट्रसङ्घीय उच्च प्रतिनिधि कातोवा युटोकामनुले निर्वाह गर्नुभएको भूमिकाको उहाँले खुलेर प्रशंसा गर्नुभयो । विकटता, भूमिबद्धता, भौगोलिक एकाकीपनबाट भूपरिवेष्टित देशहरूले धेरै चुनौती झेल्नुपरेको यथार्थ सुनाउँदै मन्त्री ज्ञवालीले विश्व व्यापार सञ्जालमा समाहित हुन पनि कठिन भएको बताउनुभयो । उहाँले…
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले ब्रु्रमर सञ्चालन गरेको पाँच महीना बितिसक्दा पनि काठमाडौँको सडकमा कुनै परिवर्तन आउन सकेको छैन । सडकमा धुलो उस्तै रहेको देखिन्छ भने पानी परेको बेला हिलो पार गर्नुपर्ने काठमाडौँवासीको बाध्यता हो । नियमितजस्तो पानी परेकाले बु्रमर सञ्चालन गर्न समस्या भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । कामपाले बु्रमर सञ्चालन गरेको पाँच महीना भयो, महानगरको सडकमा धुलो कम भएको छैन । कामपा वतावरण विभागका अनुसार हरेक दिनजसो पानी पर्दा बु्रमरले नियमित सडक सफा गर्न पाएको छैन, जसका कारण जनअपेक्षाअनुसार धुलो कम हुन सकेको छैन् । कामपा वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार एकातिर पानी परिरहेको छ भने अर्कातिर पानीको…
जनकपुरधाम : नेपाललाई भारतको राजधानी नयाँदिल्ली, कोलकत्तालगायत प्रमुख शहरसँग जोड्ने लक्ष्य लिएको रेल सेवा अझै सुचारु हुन सकेको छैन। गतवर्षको असोजदेखि जनकपुरधाम–जयनगर रेल सेवा सुरु हुने चर्चा थियो तर चलेन। रेल चल्ने भनेर धेरै पटक मिति तोकिए पनि त्यो केवल चर्चामै सिमित रहयो। रेल विभागका महानिर्देशक बलराम मिश्रले मंसिरदेखि रेल चल्ने बताएका छन्। ‘रेल सेवा सुचारु गर्न कम्तिमा २ सय कर्मचारी चाहिन्छ, तर कर्मचारी छैन’, महानिर्देशक मि श्रले भने, ‘कर्मचारी भर्ना प्रक्रिया र रेल ईन्जिन नेपाल ल्याउन केहि महिना लाग्छ, तर अब ढिलो हुँदैन। मंसिरको मध्यसम्ममा रेल चल्छ।’ नेपाल सरकारले रेल ईन्जिन खरिद प्रक्रिया, आवश्यक जनशक्ति जोरजाम गर्न नसकेकाले रेल…
काठमाडौँ: ‘म, मेरो एनआरएन ए र मेरो नेपाल’ मूल विषयमा आधारित भएर यस वर्षको नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली सङ्घको अन्तरराष्ट्रिय महाधिवेशन यही असोजको २८ गतेदेखि ३० गतेसम्म काठमाडौँमा आयोजना गरिने भएको छ । यस वर्षको विश्व सम्मेलन पनि विगतमा झैँ नेपाल सरकार नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घको संयुक्त आयोजनामा हुन गइरहेको छ । उक्त सम्मेलन आयोजनाका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समितिको गठन भइसकेको छ । यस आयोजक समितिमा नेपाल सरकारका प्रतिनिधि र सरोकारवाला सङ्घसंस्थाका अध्यक्ष रहेका छन् । सङ्घको आन्तरिक आयोजक समिति सङ्घका अध्यक्ष भवन भट्टको अध्यक्षतामा गठन भएको…
काठमाडौँ: सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले दशैँ, तिहार, छठलगायतका चाडपर्व मनाउन घर जाने र फर्कने यात्रुुले टिकट लिएको गाडी भेटिएन, टिकटमा उल्लेख गरेको सिट पाइएन र म ठगिए भन्ने अवस्था सिर्जना हुन नदिने प्रतिबद्धता जनाएको छ । महासङ्घको प्रदेश नं ३ कार्यालयको आज कोटेश्वरमा उद्घाटनका अवसरमा अध्यक्ष होमप्रसाद अधिकारीले महासङ्घको लोगो अङ्कित निलो ट्रयाकसुुट लगाएका व्यक्तिसँग आधिकारिक काउन्टरबाट टिकट लिएमा यात्रुुले दुुःख झेल्ने र ठगिनुपर्ने अवस्था नआउने स्पष्ट पार्नुुभयो । यात्रुुले अनावश्यक हैरानी खेप्नुु नपरोस् भन्ने हेतुुले लामा तथा मध्यम दूरीमा चल्ने महासङ्घ मातहतका सवारी साधनको टिकट काउन्टरमा बस्ने कर्मचारीको पहिचानका लागि पोशाक वितरण गरिएको उहाँले बताउनुुभयो । टिकट…
काठमाडौँ: मेगा बैंक नेपाल लिमिटेडले गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमति भएको छ । मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र गण्डकी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सुशील गौचनले दुवै बैंकको सञ्चालक समितिका सदस्यलगायत प्रमुख कार्यकारी अधिकृतको रोहवरमा आज सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ । यो प्राप्तिपश्चात् मेगा बैंकको पूँजी, व्यवसायको आकारका साथसाथै ठूलो शाखा भएको ‘क’ वर्गको वाणिज्य बैंकका रुपमा स्थापित हुने मेगा बैंकका अध्यक्ष शाहले बताउनुभयो । गण्डकी विकास बैंक लिमिटेडको शेयर रोक्काको प्रक्रियालगायत नेपाल राष्ट्र बैंकसमक्ष संयुक्त निवेदन दर्ता गर्ने कार्य यथाशीघ्र अघि बढाइने उहाँले जानकारी दिनुभयो । असार मसान्त २०७६ को…
काठमाडौँ: त्रिभुवन विश्वविद्यालय र काठमाडाँै विश्वविद्यालयले चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस र बीडीएस तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेसँगै निजी मेडिकल कलेजमा भर्ना अन्योल देखा परेको छ । एशोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालले यथास्थितिमा ती तहमा नयाँ भर्ना नलिने घोषणा गरेसँगै निजी मेडिकल कलेजमा भर्ना अन्योल देखिएको हो । निजी कलेजका सिट सङ्ख्या, शुल्क निर्धारण, विदेशी भर्नासम्बन्धी स्पष्ट नीति, छात्रवृत्तिको अनुदानलगायतका स्पष्ट व्यवस्था नगरी सरकारले भर्ना प्रक्रिया अगाडि बढाएकाले एशिोसिएशनले भर्ना नलिने घोषणा गरेको हो । सरकारीभन्दा निजी क्षेत्रका कलेजमा ती तहका अध्ययनमा सिट सङ्ख्या रहेको छ । चिकित्सा शिक्षातर्फ ती दुई तहका लागि…
काठमाडौं: आफ्नो कार्यकालमा काठमाडौँ-तराई/मधेस द्रुत मार्गको परियोजना प्रमुख रहेका बेला करोडौं कमाएको आरोप लागेका सेनाका दुई तारे पूर्व जर्नेल (उपरथी) योगेन्द्र खाँड एतिबेला फरार जस्तै भएका छन् । निजगढ–काठमाडौं द्रूतमार्ग (फास्ट ट्रयाक)को ठेक्कामा व्यापक अनियमितता गरेका तत्तकालिन इञ्जिनियरिङ्ग महाशाखा प्रमुख रहेका खाँडविरुद्ध सैनिक मुख्यालयले छानबिन शुरु गरेपछि एकाएक फरार भएका हुन्। उनलाई पक्राउ गर्न सैनिक टोली खटिएपछि फरार भएका हुन्। प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा खाँड लगायत सैनिकमाथि छानबिन सुरु भएको हो । प्रधानसेनापतिपछिका सिनियर जर्नेल रथी शरद गिरीको नेतृत्व अनियमितताबारे छानबिन थालिएको हो । फास्ट ट्रयाक निर्माणक्रममा अग्लो पुल र सुरुङ बनाउने काम नेपालीले नसक्ने…
काठमाडौं: नेपालगञ्जबाट दैलेख लैजाने क्रममा सुर्खेतको कटकुुवा जङ्गलमा गाईगोरु फालेको घटनाका सम्बन्धमा छानबिन गर्न बनेको समितिले बुधबार गृहमन्त्री रामबहादुर थापालाई आफ्नो प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका अनुसार छानबिन समितिले उक्त घटनामा केही व्यक्ति दोषी देखिएकाले कारवाहीका लागि सिफारिस गर्दै बुधबार गृहमन्त्री थापालाई प्रतिवेदन पेश गरेको हो । प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनको सिफारिसका आधारमा दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाए । गत भदौ १२ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाएको झण्डै ३०० मध्ये ३५ गाईगोरु सुर्खेतको कटकुवा जङ्गल आसपास क्षेत्रमा मृत फेला परेका थिए । घटनापछि भदौ १४ गते गृह मन्त्रालयले गाईगोरुको अस्वभाविक मृत्यु भएको…