Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : साउनमा आइपिओ निकालेको सबैको लघुवित्त वित्तीय संस्थाले एक महिनापछि नै १३% बोनस सेयरको घोषणा गरेको छ । कम्पनीको हिजो आइतबार बसेको सञ्चालक समिति बैठकले उक्त बोनस सेयर दिने निर्णय गरेको हो । यसैगरी, बोनसमा लाग्ने कर तिर्न ०.६८% नगद लाभांश पनि दिनेछ । सबैको लघुवित्तले गत साउनमा आइपीओ जारी गरेको थियो । आइपीओपछिको यो पहिलो लाभांश हो । यसर्थ, कम्पनीले २ करोड १४ लाख ५० करोड रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, ११ लाख २८ हजार ९४७ रुपैयाँ नगद बाँड्नेछ । सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने…

Read More

काठमाडौँ : अवरुद्ध राष्ट्रियसभाको बैठक आजबाट सञ्चालन भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले हिजोको राष्ट्रियसभाको बैठक बाँके जिल्लाको घटनालाई लिएर अवरुद्ध गरेको थियो । बैठकमा काङ्ग्रेसले बाँके जिल्लाका आफ्ना सभापति किरण कोइरालामाथि आक्रमण गर्ने दोषीउपर कारवाही नभएसम्म बैठक चल्न नदिने भन्दै बैठक अवरुद्ध गरेको थियो । सोही घटनालाई लिएर हिजोको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री रामबहादुर थापाले सदनमा जवाफसमेत दिएका थिए । तरकाङ्ग्रेस सांसदहरुले चित्त बुझ्दो जवाफ नआएको र दोषीउपर कारवाही नहुँदासम्म सदन चल्न नदिने भन्दै हिजै बसेको दोस्रो बैठकसमेत अवरुद्ध गरेका थिए । हिजै प्रहरीले सो घटनाका सम्बन्धमा जाहेरी दर्ता गरेकाले आजको बैठक भने काङ्ग्रेसले सञ्चालन…

Read More

काठमाडौं : नेपाली बजारमा आज सुन तोलामा एकै दिन एघार सय रुपैैयाँले बृद्धि भएको छ । योसंगै आज सुन प्रतितोला ७१ हजार तीन सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि बढेको सुनको मूल्य केही दिनदेखि निरन्तर ओरालो लागेको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढ्दै प्रतितोला आठ सय ६५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला आठ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Read More

बाँके : बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेपछि यसले पर्यटकको संख्या पनि क्रमशः बढदै गएको छ । विसं २०६७ मा स्थापना भएपछि बाघलगायतका वन्यजन्तुको संरक्षण हुँदै आएको छ । सन् २०१३ मा बाघ गणना हँुदा बाँकेमा जम्मा चार वटा बाघ भेटिएकामा सन् २०१८ मा गणना हुँदा वयस्क बाघको सङ्ख्या २१ पुगेको हो । छोटो समयमै बाघ संरक्षणमा निकुञ्जले सफलता हात पारेको छ । निकुञ्जमा उचित सुरक्षा, बासस्थान, चित्तल, बँदेल, जरायो, लगुनालगायतका बाघका आहाराजन्य वन्यजन्तु वृद्धि भएसँगै बाघको सङ्ख्या पनि बढ्दै गएको हो । “निकुञ्ज घुम्न जाने पर्यटकमध्ये धेरैले बाघ देख्न पाएका छन् । बाघ देखिएका कारण…

Read More

बेत्रावती : नुवाकोटका नदी र खोलामा अवैधरूपमा बालुवा उत्खननमा संलग्न स्काभेटर (हेभी उपकरण) मा प्रहरीले साङ्लो लगाएको छ । नदी र खोलाबाट अवैधरूपमा बालुवा उत्खननमा संलग्न स्काभेक्टर रोक्न चुनौती देखिएपछि कारवाहीस्वरूप यो वर्ष नियन्त्रणको नयाँ तरिकाअन्तर्गत साङ्लो लगाइएको हो । नदीको अवैध उत्खनन गरेर बालुवा निकाल्ने समूहले प्रयोग गर्दै आएका २१ वटा स्काभेक्टरमा ताल्चासहितको साङ्ला लगाइएको प्रहरीले जनाएको छ । नदीजन्य सामग्रीको व्यवस्थापनसम्बन्धी ‘जिल्ला अनुगमन तथा समन्वय समिति’को टोलीले स्थलगतरूपमा गरेको अनुगमन र अवैध कार्य नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले उत्खननमा संलग्न स्काभेक्टर नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । उनका अनुसार…

Read More

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक र प्रतिक्रियावादी प्रवृत्तिप्रति सजग रहँदै त्यसको प्रतिकार गर्न युवा विद्यार्थीलाई आह्वान गरेका छन । पार्टीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीको पाँचौँ स्मृति दिवसका अवसरमा आज नेकपाको केन्द्रीय कार्यालय धुम्रबाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, “समृद्धि र विकासको प्रक्रियाबाट समाजवादको आधार तय गर्ने प्रक्रियामा हामी छौँ, एकीकृत पार्टीले पनि त्यही भनेको छ, तर यो काम कम चुनौतीपूर्ण छैन । चारैतिरबाट पूँजीवादी र साम्राज्यवादीले घेरेका छन् । व्यक्तिवादी र आत्मकेन्द्रित प्रवृत्ति पनि हामीमा छ । तर सात दशक लामो सङ्घर्षबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रलाई कलिलोमा…

Read More

काठमाडौं : तीन दिनदेखि यता मौसमले साथ नदिएपछि सोलुखुम्बुको लुक्लामा सयौं विदेशी पर्यटक अलपत्र परेका छन् । खुम्बु क्षेत्र भ्रमणमा आएर काठमाडौँ फर्कने करीब ३०० भन्दा बढी पर्यटक लुक्लामा नै रोकिएका छन । नागरिक उड्डयन प्राधिकरण लुक्लाका अनुसार गत शुक्रबारदेखि मौसम प्रतिकूल हुँदा पर्यटक अलपत्र परेका हुन् । शुक्रबार २० वटा उडान तालिका भए पनि कुनै उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ । त्यस्तै शनिबार २५ वटा उडान तालिकामध्ये पाँच वटामात्रै उडान भएको थियो भने आइतबारका लागि ३० वटा उडान तालिका भए पनि एउटै उडान हुन नसकेको प्राधिकरणले जनाएको छ । आइतबारका लागि तारा एयरको १५ सीताको १०…

Read More

दमौली: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नं को बस अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये १२ जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको र बाँकी सबै डिस्चार्ज भइसकेका छन् । घाइतेमध्ये छ जनाको अवस्था मध्यम रहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Read More

सोलुखुम्बु: तीन दिनदेखि मौसम प्रतिकूल बन्दा सोलुखुम्बुको लुक्लामा सयाँै विदेशी पर्यटक अलपत्र परेका छन् । खुम्बु क्षेत्र भ्रमणमा आएर काठमाडौँ फर्कने करीब ३०० भन्दा बढी पर्यटक लुक्लामा नै रोकिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबारदेखि मौसम प्रतिकूल हुँदा पर्यटक अलपत्र परेका हुन् । शुक्रबार २० वटा उडान तालिका भए पनि कुनै उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ । त्यस्तै शनिबार २५ वटा उडान तालिकामध्ये पाँच वटामात्रै उडान भएको थियो भने आइतबारका लागि ३० वटा उडान तालिका भए पनि एउटै उडान हुन नसकेको प्राधिकरण प्रमुख अधिकारीले बताउनुभयो । आइतबारका लागि तारा एयरको १५…

Read More

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मेची–महाकाली विद्युतीय रेलमार्ग अन्तर्गतको निजगढ–हेटौंडा–भरतपुर खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि परामर्शदाता छनोट गर्ने प्रक्रियामा हस्तक्षेप गरेका छन्। मन्त्री महासेठले प्रक्रिया मिचेर ठेक्का दिन दबाब दिएका कारण डीपीआरको काम एक वर्षदेखि अवरुद्ध छ। विभागले परामर्शदाताका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अनुरुप बोलपत्र आह्वान गरेकामा प्राविधिक मूल्यांकनबाट सबललाई महासेठले ठेक्का दिन रोकेका छन्। प्रतिस्पर्धामा पहिलो देखिएको परामर्शदातालाई ठेक्का नदिन महासेठले रेल विभागबाट सम्बन्धित फाइल नै मगाएर मन्त्रालयमा थन्क्याएका छन्। विभागले २०७५ असोज ६ गते निकुञ्ज र वन्यजन्तु आरक्ष क्षेत्रमा रेलमार्गको पुनःडीपीआर तयार गर्न विश्वव्यापी आसय मागेको थियो। मन्त्री महासेठले आफू निकट परामर्शदातालाई…

Read More