Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: बेलायतमा अध्ययन सकेका अन्तर्राष्ट्रिय विद्यार्थीले दुई वर्षसम्म ‘वर्किङ भिसा’ पाउने भएका छन् । सरकारले सैक्षिक सत्र २०२०/२१ देखि यस्तो नियम लागू गर्ने घोषणा गरेको छ । सन् २०१२ मा तत्कालिन गृहमन्त्री टेरेजा मेको पालामा हटाइएको ‘पोष्ट स्टडी वर्क भिसा’ व्यवस्था पुन ल्याउन लागिएको होम अफिसको अध्यागमनसम्बन्धी पछिल्लो श्वेतपत्रमा उल्लेख छ । अहिले स्नातक वा स्नातकोत्तर अध्ययन सकेपछि ४ महिनामात्र काम गर्न छुट छ । प्रधानमन्त्री बोरिस जोन्सनले घोषणा गरेको नयाँ रणनीतिको मूल उद्देश्य अन्तर्राष्ट्रिय विद्यार्थीलाई बेलायती विश्वविद्यालयमा आकर्षित गर्नु छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

Read More

नेपालगञ्ज: नेपाली काङ्ग्रेस बाँकेका सभापति किरण कोइरालामाथि आक्रमण गर्नेमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आक्रमणको घटनामा संलग्न अन्य तीन जनालाई प्रहरीले खोजिरहेको बाँकेको धनौनी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पोषण थपलियाले बताउनुभयो । सभापति कोइरालालगायतका काङ्ग्रेस कार्यकर्तामाथि नेकपाका कार्यकर्ताको एक समूहले मञ्चमै पुगेर आक्रमण गरेको बाँके काङ्ग्रेसका सदस्य सुधांशु कोइरालाले दाबी गर्नुभएको छ । तर उहाँको आरोपलाई नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले खण्डन गर्नुभएको छ । अध्यक्ष खरेलले भन्नुभयो, “काङ्ग्रेसको कार्यक्रम बिथोल्ने हाम्रो कुनै नीति नै छैन । काङ्ग्रेसका कुनै एक कार्यकर्तासँग हाम्रो पार्टीका समर्थक युवाहरुको व्यक्तिगत विवादले एक्कासि जन्माएको यो दुःखद् घटना मात्र हो ।”…

Read More

काठमाडौँ: नेपाल गुणस्तर तथा नापतौल विभागले सिमेन्टको गुणस्तर सूचाङ्कमा कुनै हेरफेर नभएको बताएको छ । विभागले बिहीबार एक विज्ञप्ति जारी गरी केही समयअघि जारी गरेको सिमेन्टको नयाँ मापदण्डमा कुनै हेरफेर नभएको बताएको हो । छिमेकी राष्ट्र भारतमा समेत सिमेन्टको गुणस्तर आइआरको मान दुई प्रतिशत रहेको अवस्थामा नेपालमा गुणस्तर निर्धारण गर्दा दुई प्रतिशत कायम रहेको थियो । हाल संशोधनपश्चात् भारतीय गुणस्तरमा आइआरको मान पाँच प्रतिशत रहेको र नेपाल गुणस्तर ४९.२०७६ मा पनि ३३ ग्रेडको हकमा चार प्रतिशत र ४३ र ५३ ग्रेडको हकमा तीन प्रतिशत अघुलनशील पदार्थको मान कायम गरिएको विभागका महानिर्देक विश्वबाबु पुडासैनीले जानकारी दिनुभयो । गुणस्तरको…

Read More

काठमाडौं : सरकारले लोकसेवा आयोगलाई छलेर ठूलो संख्यामा करारमा अधिकृत स्तरका कर्मचारी भर्ती गर्ने भएको छ । ठूला आयोजना र परियोजनामा कार्यकर्ता र आफन्त भर्ती गर्न मन्त्रिपरिषद्ले हजारभन्दा बढी अस्थायी दरबन्दी स्वीकृत गरेको छ । तर यसबारे लोकसेवा आयोगलाई जानकारी छैन । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले नयाँ दरबन्दी सिर्जना गरिएको सम्बन्धमा आफूलाई जानकारी नभएको बताए । उनले शुद्ध करारमा दरबन्दी सिर्जना गर्नु गलत भएको बताए । सरकारले काजमा लगेर आयोजना–परियोजनामा आवश्यक कर्मचारी व्यवस्था गर्न सक्ने मैनालीले बताए । उनले भने, ‘रिक्त हो भने ठिकै हो । शुद्ध दरबन्दी हो भने गलत हो ।’ मन्त्रिपरिषद्को बिहीबार सार्वजनिक निर्णयमा आठ…

Read More

काठमाडौं: संगठित अपराधमा मुद्दा दायर भएका गृहमन्त्री रामबहादुर थापाका भाई नरेशकुमार थापासहित आठजना विरुद्ध हालै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। न्यायाधीश मेदिनी प्रसाद पौडेलको इजलासमा तीन अभियुक्तिको बयान भइसकेको र बाँकी आठ जनाको बयान बाँकी भएकाले उनीहरु थुनामै छन्। व्यवसायीलाई धम्क्याउँदै रकम असुल्ने गरेको आरोपमा थापासहितका व्यक्तिलाई संगठित अपराध ठगीमा मुद्दा चलाइएको हो। बिहीबार तीन जनाको वयान लिने कार्य भएको छ भने थापाको वयान लिन बाँकी रहेको बताइएको छ। थापासँगै ८ जनालाई पक्राउ गरी प्रहरीले आपराधिक लाभको आरोपमा मुद्दा दायर गरेको हो। व्यवसायीलाई धम्क्याई रकम असुल्ने कार्यमा संलग्न रहेको आरोप लागेका समीरमान सिंह बस्नेत कारागारमा रहेका छन्। उनीसंगै…

Read More

काठमाडौँ: कर्णाली प्रदेशमा यातायात सञ्चालनदेखि चुरे क्षेत्रमा स्याउ उत्पादनका लागि सार्वजनिक–निजी साझेदारी (पिपिपी) अवधारणामा लगानी आवश्यक हुने युवा उद्यमीले बताएका छन् । बुधबारदेखि काठमाडौँमा सञ्चालन भइरहेको ‘नेपाल पूर्वाधार सम्मेलन–२०१९’ अन्तर्गत आज आयोजना गरिएको ‘पूर्वाधार बजार’ सत्रमा युवा उद्यमी लगानीको सम्भावना र क्षेत्र औँल्याएका हुन् । युवा उद्यमीले विभिन्न पाँच वटा नवीनतम विधामा आफ्ना नमूना उद्यमशील अवधारणा (आइडिया हण्ट) प्रस्तुत गर्दै पिपिपीमा लगानी गर्न सकिने बताएका हुन् । कर्णाली प्रदेशलाई प्रतिनिधित्व गर्दै हेमन्त तिवारीले कर्णाली प्रदेशमा यातायात क्षेत्रमा लगानी गर्न आवश्यक भएको बताउनुभयो । उहाँले कर्णाली प्रदेशको समृद्धिका लागि सडक सञ्जाल विस्तार र यातायात सञ्चालनका लागि रु २४ अर्ब नौ करोड…

Read More

काठमाडौँ: सत्तारुढ तथा प्रतिपक्षी दलका सांसदले मुलुकको परराष्ट्र नीति विपरीत हुने कूटनीति गतिविधिलाई नियन्त्रण गरिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आज भएको बैठकको विषेश समयमा आफ्नो धारणा राख्दै उहाँहरुले कूटनीतिक समान धारणा बनाएर नेपालले असंलग्न परराष्ट्र नीति विपरीत कुनै पनि मुलुकको पक्ष वा विपक्षमा लाग्न नहुने धारणा राख्नुभयो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद पम्फा भुसालले ‘इण्डोप्यासिफिक’बारे सरकारलाई अमेरिकी राजदूतावासले स्पष्टिकरण सोधेको भन्ने विषयको यथार्थ जानकारी दिन माग गर्नुभयो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भएको भेटवार्ताका सम्बन्धमा भएको कुराकानीको विषयलाई लिएर अमेरिकी राजदूतावासले स्पष्टीकरण सोधेको भन्ने विषयबारे सरकारसँग जवाफ माग गर्नुभयो…

Read More

काठमाडौँ: सरकारले रु ११ अर्ब ५० करोडको सहुलियतपूर्ण ऋण सहायताका लागि एशियाली विकास बैंक (एडिबी)सँग वार्ता गर्न अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको नेतृत्वमा पाँच सदस्यीय टोली गठन गरेको छ । ‘फुड सेफ्टी एण्ड एग्रिकल्चर कमर्सलाईजेशन कार्यक्रम’का लागि रु पाँच अर्ब ७५ करोड र ‘रुरल इन्टरप्राइज फाइनान्सिङ परियोजना’का लागि रु पाँच अर्ब ७५ करोड सहुलियतपूर्ण ऋण सहायताका सम्बन्धमा वार्ता गर्न सरकारले उक्त वार्ता टोली गठन गरेको हो । सिंहदरबारमा आज आयोजित नियमित पत्रकार भेटघाटमा सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सो जानकारी दिनुभएको हो । भदौ २२ गते बसेको मन्त्रिपरिषद् बैठकले…

Read More

भक्तपुर : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पको लाभग्राही सूचीमा परेकाले आउँदो कात्तिक मसान्तभित्र घर निर्माण शुरु नगरे अनुदान नपाइने बताएका छन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, भक्तपुरले आज यहाँ आयोजना गरेको निजी आवास पुनर्निर्माण कार्यक्रमसम्बन्धी गोष्ठीमा उनले कात्तिक मसान्तभित्र घरको जग पनि नहाल्ने भूकम्पपीडितले अनुदानको रकम नपाउने भन्दै चेतावनी दिएका छन । तेस्रो किस्ता आगामी माघ मसान्तसम्म लिई सक्नुपर्ने गरी घर निर्माण शुरु गर्न आग्रह गर्दै उनले गाउँगाउँमा रहेका इञ्जिनीयरलाई गाउँ नछाड्न निर्देशन समेत दिए । उनले भने , “विभिन्न परीक्षा र अन्य बाहनामा कोही पनि इञ्जिनीयरले गाउँ नछाड्नुस्, काम…

Read More

काठमाडौँ : सरकारले डेङ्गु रोग नियन्त्रणभन्दा बाहिर नरहेको स्पष्ट पारेको छ । सामाजिक सञ्चालनमा डेङ्गु रोग नियन्त्रण हुन नसकेको भन्दै आलोचना भइरहेका बेला सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले रोग नियन्त्रणको प्रयास जारी रहेको र यसप्रति सरकार सचेत रहेको दाबी गरे । मन्त्री बाँस्कोटाले आज सिंहदरबारमा भएको नियमित पत्रकार भेटघाटका क्रममा भने , “नागरिक, स्वास्थ्य क्षेत्र, मन्त्रालय र अरु सङ्घसंस्थाबाट नियन्त्रणको प्रयास हुँदै आएको छ, रोग फैलँदै गएको भए पनि नियन्त्रण बाहिर भने छैन तर यसले दुःख भने दिएको छ, सबै मिलेर समाधान गर्नुपर्छ ।” उनले रोग नियन्त्रणप्रति सरकार सचेत रहेको उल्लेख गर्दै नियन्त्रणका…

Read More