Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- करण केसीको १६ बलमा ४० रनको विस्फोटक ब्याटिङ, ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य
- खगेन्द्र सुनारलाई रास्वपाद्धारा औपचारिक कार्यक्रममा जान रोक
- वर्ल्डलिङ्कसहित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाली कांग्रेसको केन्द्रीय समितिमा ११ सदस्य थपिने भएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले विजयकुमार गच्छदार नेतृत्वमा रहेको तत्कालिन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका ११ नेतालाई केन्द्रीय समितिमा ल्याउने निर्णय गरेको केन्द्रीय समिति नवीन्द्रराज जोशीले जानकारी दिए । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मुखमा कांग्रेसमा समायोजन भएको फोरम लोकतान्त्रिकबाट थपिने नेताहरुको नाम भने कांग्रेस उपसभापतिसमेत रहेका तत्कालीन फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले पेस गर्नेछन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।
काठमाडौँ: अन्तर्राष्ट्रिय दूरसञ्चार संघ(आईटीयू) ले नेपाललाई उपलब्ध गराएको स्लटमा नेपालले ३० अर्ब खर्चेर राख्न लागेको कम्युनिकेसन स्याटेलाइट प्रसारकहरुका लागि अनुपयुक्त हुने देखिएको छ । नेपालमा अहिले ६०० मेगाहर्ज स्याटेलाइट ब्यान्डविथ खपत भइरहेको अनुमान छ । तीमध्ये करिब ५०० मेगाहर्ज ब्यान्ड डिसहोमले खपत गर्छ । डिसहोमले नेपालमा राख्न लागेको स्लटको स्याटेलाइट आफ्ना लागि अनुपयुक्त हुने जनाएको छ । ‘सरकारले स्याटेलाइट राखे हामी त्यसलाई प्रयोग गर्छौं,’ डिसहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले भने,‘तर सरकारले १२३.३ पूर्व देशान्तरमा राख्न लागेको स्याटेलाइट हाम्रा लागि प्रविधिक रुपम उपयुक्त हुन्न । यसबारे मन्त्रालयलाई जानकारी गराइसकेका छौं । प्राविधिक विषयहरु प्रस्ट पार्न अनुरोध गरेका…
काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावटलाई रणनीतिक रुपमा कम गर्दै जाने लक्ष्य राखेको छ । चालू आर्थिक वर्षमा प्राधिकरणले तय गरेको योजना शतप्रतिशत कार्यान्वयन भएको खण्डमा चालू आवमा वितरण तर्फको चुहावट आठ दशमलव ५० प्रतिशतमा सीमित हुनेछ । हाल वितरणतर्फको चुहावट ११ दशमलव २८ प्रतिशतमा रहेको प्राधिकरणले जनाएको छ । सो चुहावटलाई दुई दशमलव ७८ प्रतिशतले घटाएर आठ दशमलव ५० प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा वितरणतर्फको ११.२८ प्रतिशतको चुहावटलाई २.७८ प्रतिशत बिन्दुले घटाएर ८.५० प्रतिशतमा झार्ने लक्ष्य तय गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले आफ्ना सात प्रादेशिक तथा दुई प्रदेश डिभिजन कार्यालय र…
जाजरकोट: जाजरकोट नलगाड नगरपालिका– १० का अनक नेपाली पारिश्रमिक माग्दै र ठेकेदार खोज्दै धाउन थालेको दुई वर्ष भयो । तर उहाँले काम गरेबापतको पारिश्रमिक पाएका छैनन् । यो अवधिमा न त उहाँले काम गरेको पैसा पाउनुभयो न त काम लगाउने ठेकेदारलाई नै भेट्न पाएन् । “काममा साक्षी पठाएर काम गर्न लगाए । अहिले काम सकिएको दुई वर्ष भयो । पैसा दिएको छैन”, अनकले भन्नुभयो, “पारिश्रमिक खोज्दै दुई वर्ष बित्यो । ऋण काढेर ठेकेदार खोज्न जानुपर्ने बाध्यता छ । पारिश्रमिक पाउने आशामा दुई वर्ष बित्यो । पैसा पाउला र ऋण तिराँैला भनेको अझ त ब्याज मात्र बढेको छ ।” अनक मात्रै…
धादिङ: त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पु¥याएपछि भएको जामका कारण आज एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल शाह रहेका छन् । रौतहटबाट काठमाडाँै आउँदै गरेको ना७ख ५३६४ नंको बसमा मिर्गाैला रोगी शाहलाई उपचारका लागि काठमाडौँ ल्याइँदै थियो । उनको थाक्रे गाउँपालिका–२ हुलाकडाँडास्थित राजमार्गमा बसभित्र आमाको काखमा मृत्यु भएको महादेवबँेसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बाबुलाल श्रेष्ठले जानकारी दिनुभयो । दुवै मिर्गाैलाले काम गर्न छाडेपछि शाहलाई डायलसिसका लागि सार्वजनिक यातायातमा काठमाडाँै ल्याइँदै थियो । लामो जाममा १२ घण्टाभन्दा बढी समय कुर्नु पर्दा बिरामीको मृत्यु भएको महादेवबँेसीस्थित जनजागृति…
सल्यान: सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । कपुरकोट गाउँपालिका–४ किमुचौरबाट तरकारी बोकेर कपुरकोट आउँदै गरेको लु१च ४२५३ नंको जिप हिजो राति दुर्घटना हँुदा किमुचौर निवासी ६७ वर्षीया कर्मी पुनको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएकी कर्मीको उपचारका क्रममा तुलसीपुर अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ छ । यस्तै दुर्घटनामा परी कपुरकोट गाउँपालिका–४ की ६८ वर्षीया महिनी पुन, ५३ वर्षीय लोकबहादुर घर्ती, ५३ वर्षीय टीकाराम घर्ती, २४ वर्षीया कृष्णा घर्ती, ४३ वर्षीय तिलक पुन र ३७ वर्षीय तिलक पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको…
काठमाडौँ: दसैं र तिहारलाई लक्ष्य गरी राष्ट्र बैंकले आजदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण (सटही) गर्ने भएको छ । यसका लागि राष्ट्र बैंकले आन्तरिक तयारी पूरा गरिसकेको छ । असोज १० देखि १७ गतेसम्म सर्वसाधारणले राष्ट्र बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक वा आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि नयाँ र सुकिला नोट साट्नसक्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट वितरण गरिसकेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले गत वर्ष करिब १३ अर्ब रुपैयाँको नयाँ तथा सुकिला नोट वितरण गरेको थियो । यो वर्ष पनि सोही हाराहारीमा नोट बाँड्ने…
काठमाडौँ: नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्ष्य गर्दै पूर्वाधार निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । सरकार तथा निजी क्षेत्रको साझेदारीमा पर्यटकीय पूर्वाधार निर्माणसँगै प्रवद्र्धनात्मक गतिविधि प्रभावकारी रुपमा अघि बढिरहेको छ । यसै सन्दर्भमा ‘स्विफ्ट होलिडेज’ कम्पनीले पर्यटकका लागि आरामदायी र सर्वसुलभ यात्रा गराउने उद्देश्यका साथ सेवा शुरु गरेको छ । पोखरा मुख्य कार्यालय भएको कम्पनीले पर्यटकलाई सुरक्षित, भरपर्दो, आरामदायी भ्रमणको व्यवस्था गर्दै स्विफ्ट होलिडेज सञ्चालनमा ल्याएको हो । अहिले सुविधा सम्पन्न २० वटा गाडी सञ्चालनमा ल्याइएको छ । तीमध्ये १० वटा चार्टरमा र १० वटा मुख्य पर्यटकीय शहर पोखरा, चितवन, लुम्बिनीलगायतमा चलाउने योजना रहेको कम्पनीका प्रबन्ध निर्देशक…
ताप्लेजुङ: हिमाली जिल्ला ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलमा तीन महीनापछि उडान शुरु भएको छ । असार ४ गते यता उडान नभएको विमानस्थलमा आजदेखि उडान शुरु भएको हो । यसअघि मौसम खराबीका कारण उडान नभएको विमानस्थलमा मौसममा सुधारसँगै उडान शुरु भए पनि यात्रु अभावमा जहाज रित्तै फर्किएको छ । काठमाडौँबाट नौ जना यात्रु लिएर आएको नेपाल वायुसेवा निगमको जहाज सुकेटारबाट यात्रु नपाएपछि रित्तै फर्किएको हो । यसअघि असार ४ गते पनि जहाज ताप्लेजुङबाट रित्तै फर्किएको थियो । लामो समयसम्म उडान गर्न नसकेकाले यात्रु नपाएको स्थानीयको भनाइ छ । कहिले जहाज बिग्रिएर, कहिले मौसम खराबी लगायतका कारण नियमित उडान हुन नसक्दा…
काठमाडौं: यातायात व्यवसायीले टिकट बुकिङ खुला गरेसँगै चार दिनको अवधिमा ५८ हजार ३७० जनाले अग्रिम टिकट बुकिङ गराएका छन् । यातायात व्यवसायीले दशैंलाई लक्षित गर्दै गत असोज ५ देखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए । चाडबाड सुरु भएसँगै ट्राफिक प्रहरीले दशैं, तिहार र छठ पर्वको अवसरमा उपत्यकामा ट्राफिक व्यवस्थापन सुरक्षा योजना लागू गरेको छ । चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रण र यात्रुहरुको सहजताका लागि ट्राफिक प्रहरीले सुरक्षा योजना लागू गरेको हो । जसअनुसार ट्राफिक प्रहरीले यात्रुहरुको समस्यालाई समाधान गर्नेगरी गुनासो सुन्ने व्यवस्था मिलाएको छ । जसमा अग्रिम बुकिङ टिकट नपाएको, टिकटमा भएको गाडी नम्बर र चढ्ने गाडी…