Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७५ मा मूल ऐनको दफा ५ तथा प्रस्तावित विधेयकको दफा ४ मा रहेको ‘वैवाहिक अंगीकृत नागरिकता प्राप्ति’ सम्बन्धी व्यवस्थामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नोट अफ डिसेन्ट राखेको छ । सांसद अमरेश कुमार सिंहले पार्टीको तर्फबाट राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठलाई फरक मत बुझाएका हुन् । ‘वैवाहिक अंगीकृत नागरिकता प्राप्तिको सन्दर्भमा सरकारद्वारा प्रस्तुत संशोधन र प्रस्तावका विविध विकल्पहरु समेतमा समितिका सांसदहरु बीच सहमति नभइ भिन्न–भिन्न मत रहेको तथा यस संशोधन प्रस्तावबाट नागरिकता प्राप्तिको क्षेत्रमा थप संवैधानिक एवम् सामाजिक जटिलताहरु समेत सृजना हुन…

Read More

गोरखा:ऐतिहासिक गोरखा दरबार पुनःनिर्माण शुरु भएको १६ महीनापछि शुक्रबार दरबारको मूलढोका राखिएको छ । आउँदो पुसको अन्तिमसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने दरबारको पुनःनिर्माणमा ढिलाइ हुँदा बल्ल मूलढोका राख्ने काम सकिएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिनुभयो । दरबारमा पुरानै संरचनाअनुसार विधिपूवर्क परम्परागत शैलीको मूलढोका राखिएको छ । सूचना अधिकारी कट्टेलले भन्नुभयो, “यसअघि भुईंतलामा रहने थामहरु राख्ने काम सकियो, परम्परागत इँटाको गारो लगाउने काम जारी छ ।” लामो समयदेखि विभिन्न कारण देखाउँदै निर्माणमा ढिलाइ भइरहेको दरबारको पुनःनिर्माणले अहिले गति लिएको छ । आउँदो दशैँअघिसम्ममा दरबारको पहिलो तला छाप्ने काम पुरा गरिने दरबार पुनःनिर्माणको जिम्मा पाएको पचली सिभाको जेभी…

Read More

काठमाडौँ: गृहमन्त्री रामबहादुर थापाले नेपाली काङ्ग्रेसले शुरु गरेको दोस्रो चरणको जागरण अभियानअन्र्तगत बाँकेको सीतापुरमा भएको घटनाका दोषीलाई कारवाही गर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्लाका सभापतिले आज बिहान सिंहदरबारमा दिएको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले घटनाका दोषीलाई कारवाही प्रक्रिया अगाडि बढाउने बताउनुभएको हो । “हुन नहुने घटना भएको छ, घटनाका दोषीलाई कारवाही गर्न सरकार गम्भीर छ”, उहाँले भन्नुभयो । गृहमन्त्री थापाले घटनामा दोषी देखिएका जो कोहीलाई पनि कानूनी कारवाही हुने बताउनुभयो । घटनामा दोषी देखिएका केही व्यक्तिलाई नियन्त्रणमा लिइसकेको र बाँकीलाई पनि चाँडो नियन्त्रणमा लिएर कारवाही गर्ने उहाँको भनाई थियो । काङ्ग्रेस काठमाडौँका…

Read More

काठमाडौं: सरकारले विदेशी बुहारीलाई ७ वर्षपछि र विदेशी ज्वाइँलाई १५ वर्षपछि अंगीकृत नागरिकता दिने प्रस्ताव गरेको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा शुक्रबार गृह र कानुन मन्त्रालयले राज्य व्यवस्था समितिसँगको समन्वयमा नागरिकता विधेयकको संयुक्त प्रतिवेदन प्रस्तुत गर्दै विदेशी ज्वाइँलाई पनि अंगीकृत नागरिकता दिने प्रस्ताव गरेको हो । समितिको बैठक शनिबार पनि बस्दैछ। विदेशी ज्वाइँले नागरिकता लिन चाहेमा १५ वर्ष बसोबास गरेको हुनुपर्ने, विदेशी नागरिकता वा राष्ट्रिय परिचयपत्र लिएको भए त्याग्नुपर्ने र नेपालको कुनै राष्ट्र भाषा जानेको हुनुपर्ने लगायतका शर्त प्रतिवेदनमा छ । तर, संविधानमा विदेशी ज्वाइँलाई नागरिकता दिने ब्यवस्था नै नभएको भन्दै प्रमुख प्रतिपक्षी…

Read More

काठमाडौं : नेकपालाई जनवर्गीय संगठनका केन्द्रीय समिति बनाउन सकस परेको छ। पार्टी केन्द्रले तोकिदिएको सिलिङमा पूर्वएमाले र पूर्वमाओवादीतर्फका नेताको भागबन्डा मिलाउन अप्ठ्यारो परेको हो। कतिपय संगठनमा पूर्ववत् समूहको भागबन्डा मिले पनि नाम छनोट हुन सकेको छैन। ‘आआफ्ना पूर्ववत् समूहको संख्या टुंग्याएपछि त्यसभित्र नाम छनोटमा अप्ठ्यारो आइलागेको छ’, अनेरास्ववियुका एक नेताले भने, ‘नाम छनोटमा पूर्वसमूहको आन्तरिक संगठनमा रस्साकस्सी चलिरहेको छ।’ नेकपाका २२ जनसंगठन छन्। वकिल र इन्जिनियरको एकता भइसकेको छ। किसान महासंघको पनि एकता सकिएको छ। यी संगठनले ३ जेठमा संयोजक र सहसंयोजक पाएका थिए। दिनहुँजसो फ्याक्सन इन्चार्ज, सहइन्चार्ज, संयोजक र सहसंयोजकको छलफल चलिरहेको छ। राष्ट्रिय युवा संघ नेपालले बिहीबार…

Read More

काठमाडौं: प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा नेकपाका सदस्यले वैवाहिक अंगीकृतलाई नागरिकता दिने विषयलगायत नमिलेका अन्य विषयमा सहमति नभए मतदानमा जान सभापतिलाई दबाब दिएका छन्। आइतबारसम्म सहमति जुटाउन नसक्ने हो भने चालू अधिवेशनमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रवेश हुन नसक्ने भएकाले यसलाई मतदानबाट भए पनि टुंगोमा पु-दबाब आएको हो। नेकपाका सांसदहरू नवराज सिलवाल, यशोदा सुवेदी, रेखा शर्मालगायतले सहमति नभए मतदानबाट भए पनि आइतबारभित्र नागरिकताको विषयमा टुंगो लगाउन सभापतिलाई दबाब दिएको स्रोतले बताएको छ समिति सदस्य सिलवालले बिहीबारको बैठकमा समेत सहमति नभए मतदान गर्न प्रस्ताव गरेका थिए। सभापति शशि श्रेष्ठले शुक्रबारको बैठकमा सहमति नभएपछि सहमतिका लागि एक…

Read More

काठमाडौँ : डेंगुको संक्रमणबाट एक विद्यार्थीसहित ६ जनाको ज्यान गएको छ। झण्डै चार महिनादेखि विस्तारित डेंगु संक्रमण अहिले ६२ जिल्लामा फैलिएको छ। मुलुक डेंगुमय भइसकेको छ। अझै तीन महिना डेंगुको संक्रमण देखिन सक्ने चिकित्सकको अनुमान छ। तीन सय मिटरसम्म टाढा उड्ने एडिस जातको संक्रमित लामखुट्टेको टोकाइले घरैपिच्छे पीडा दिएको छ। लामखुट्टे पैदा भएको ठाउँ वरपर घुमिरहन्छ। यसर्थ पनि डेंगुको उत्पत्ति घरमै पनि भइरहेको छ। घरका सदस्यलाई टोकेर संक्रमण बढाइरहेको छ। संक्रमण भएको एक सातापछि लक्षण देखिन्छन्। लक्षण नदेखिँदासम्म व्यक्ति घुमफिर गर्ने भएकाले डेंगु संक्रमणले विस्तारित रूप लिएको छ। सरकारले डेंगु नियन्त्रण गर्न खोज र नष्ट गर (सर्च एन्ड डिस्ट्रोय)…

Read More

काठमाडौँ: प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु हुँदै छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । सक्नेले यस पक्षका सोह्रै तिथिमा श्राद्ध गर्नुपर्छ । नसक्नेले पञ्चमीदेखि औँशीसम्म, यति पनि नसक्नेले पिताका तिथिमा श्राद्ध गर्नुपर्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । “कुनै कारणवश पिताको तिथिमा श्राद्ध रोकिएमा अष्टमी, द्वादशी वा औँशीमा…

Read More

काठमाडौं : प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिव बनेका छन्। शुक्रबार अजरबैजानमा सम्पन्न विश्व प्रेस काउन्सिलको सम्मेलनले श्रेष्ठलाई सर्वसम्मत महासचिव चयन गरेको हो। विश्व प्रेस काउन्सिलको अध्यक्षमा साइप्रसका प्रा.डा. सुले अकर, उपाध्यक्षमा अजरबैजानका सांसद अफ्लातुन अमासोभ र कोषध्यक्षमा टर्कीका तामेर अताबारुत निर्वाचित भएका छन्। कार्यवाहक अध्यक्ष श्रेष्ठले फेसबुकमा स्टाटस लेख्दै आफू महासचिवमा सर्वसम्मत निर्वाचित भएको जानकारी दिएका हुन्।

Read More

काठमाडौँ: इन्द्रजात्रामा उछृंखल गतिविधि गरेको भन्दै प्रहरीले पूर्वडिआइजी विजयराज भट्टसहित केही व्यक्तिहरूलाई पक्राउ गरेको छ। काठमाडौं वसन्तपुर क्षेत्रबाट शुक्रबार कार्यक्रम बिथोल्न खोज्ने व्यक्तिहरूलाई नियन्त्रण लिने क्रममा पूर्वडिआइजी भट्ट पनि परेका हुन्। वसन्तपुर क्षेत्रमा आयोजना भएको कार्यक्रममा उछृंखल गतिविधि भएको र कार्यक्रममै अवरोध पुग्ने भएपछि केही व्यक्तिहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। त्यस सिलसिलामा भट्ट पनि पक्राउ परेको परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए। उनले पक्राउ परेका व्यक्तिहरूको संख्या र नाम आइनसकेको बताए। वसन्तपुर क्षेत्रमा इन्द्रजात्राका सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। पक्राउ परेकालाई पुलिस क्लवमा राखिएको छ।

Read More