Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: पछिल्लो समय वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन तल्लीन देखिएको सरकारले वैदेशिक रोजगारसँग सम्बन्धित ऐन, कानूनलाई कामदारमैत्री बनाउँदै लगेको छ । यसअघिका कानून कामदारभन्दा पनि म्यानपावर व्यवसायी अनुकूलका रहेको भन्दै चर्को आलोचना हुँदै आएको थियो । सरकारले गत वर्ष मात्रै म्यानपावर व्यवसायीलाई व्यावसायिक आचरणप्रति जिम्मेवार बनाउन वैदेशिक रोजगार ऐन, २०६४ संशोधन गरेको थियो । वैदेशिक रोजगारीमा जाने कामदारलाई बढीभन्दा बढी सेवा, सुविधा, सहुलियत प्रदान गर्दै कामदारको भावना सम्बोधन गर्न सरकारले गत साता मात्र वैदेशिक रोजगार नियमावली, २०६४ लाई संशोधन गरी कामदारमैत्री बनाएको छ । नियमावलीको पाँचौँ संशोधनले गन्तव्य मुलुकबाटै पुनः श्रम स्वीकृति प्रदानदेखि कामदारले प्राप्त गर्ने राहतका लागि स्थानीय…

Read More

तनहुँ : तनहुँको व्यास नगरपालिका–११ सेराका युवा नेता रमेश आचार्य राजनीतिसँगै कृषि पेशामा सक्रिय हुनुहुन्छ । उहाँले राजनीतिलाई समाजसेवा र कृषिलाई आफ्नो जीवनयापनको माध्यम बनाउनुभएको छ । उहाँले होलस्टेन र जर्सी जातका दुई÷दुई गाई पाल्नुभएको छ । साथै पाँच रोपनीमा मौसमी र बेमौसमी तरकारी उत्पादन गर्न थाल्नुभएको छ । गाईको दूध बेचेर ४० हजार र तरकारीबाट ४० हजार गरी मासिक ८० हजार रुपैया बचत हुने गरेको आचार्यले जानकारी दिनुभयो । तत्कालिन नेकपा एमाले निकट भातृ सङ्गठन अनेस्ववियु तनहुँ जिल्लाका पूर्वअध्यक्ष तथा अनेस्ववियुको केन्द्रीय सदस्य रहनुभएका युवानेता आचार्य हाल कृषक पेशामा लाग्दा छिमेकीसमेत दङ्ग पर्ने गरेका छन् । गाईको दूध, गहुँत…

Read More

डोटी: जिल्ला प्रशासन कार्यालय डोटीले एक परिपत्र जारी गरी जिल्लाका गैरसैनिक व्यक्तिलाई सैनिकले लगाउनेखालका पोशाक ‘कम्ब्याट ड्रेस’ लगाउन निषेध गरेको छ । जिल्लामा अधिकांशले त्यस्तो पोशाक लगाउने गरेकाले उक्त पोशाक नलगाउन प्रशासनले सबैमा आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले गैरसैनिकलाई कम्ब्याट पोशाक लगाउन निषेध गरिएकाले यसलाई कडाइका साथ लागू गर्न जिल्लाका नौ वटै स्थानीय तहका प्रमुख प्रशाकीय अधिकृतलाई निर्देशनसहितको पत्राचार गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा ‘कम्ब्याक्ट’ पोशाक लगाउने गरेको देखिएकोले रोकथामका लागि पत्राचार गरेका छौँ, अटेर गर्नेलाई कारवाही हुनेछ ।” नेपाली सेनाका सकल दर्जाले लगाउने सैनिक पोशाक स्थानीय बजारमा सहजरुपमा बिक्री वितरण…

Read More

काठमाडौँ:धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल तिहारसम्ममा सञ्चालन गर्न सरकारले रेलवे कम्पनीलाई ब्युँताउने भएको छ । कम्पनीमा दक्ष प्राविधिकसहित झण्डै २०० कर्मचारीको प्रस्ताव गरिएको रेल विभागले जनाएको छ । हालको रेलवे कम्पनी नाम मात्रैको भएको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो । कम्पनीमा हाल न्यून जनशक्ति छन् । ती पनि रेलसम्बन्धी ज्ञान र क्षमता भएका व्यक्ति नभएको महानिर्देशक मिश्रको भनाइ छ । रेल सञ्चालन गर्न उक्त कम्पनीलाई बलियो बनाउने काम भइरहेको छ । उहाँले भन्नुभयो, “सरकार आफैँले गर्दा खातालगायतका समस्या आउने हुँदा कम्पनीमार्फत सञ्चालनको तयारी गरिरहेका छौँ ।” कम्पनी चलाउन २०० बढी जनशक्ति आवश्यक पर्छ । एक प्रमुख, सञ्चालन, मर्मतलजस्ता काममा…

Read More

हेटौँडा: सङ्घीय सरकारका कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले देशका दुई तिहाइ नागरिक संलग्न भएको कृषि पेशालाई नै देशको प्रमुख उद्योगका रूपमा अगाडि बढाउन लागिएको बताउनुभएको छ । प्रदेश ३ सरकारको अनुदानमा अग्रेली कृषि फारमद्वारा निर्मित “एग्रिनेट हाउस” को आज हेटौँडामा उद्घाटन कार्यक्रममा मन्त्री खनालले प्रधानमन्त्रीले समेत देशको मुख्य आम्दानीको स्रोत कृषि नै हुनसक्ने बताउनुभएको उल्लेख गर्नुभयो । मन्त्री खनालले समृद्धिको मूल आधार कृषि भएकाले आधुनिक कृषि प्रणालीमार्फत व्यवहारमा उतारिने बताउनुभयो । निर्वाहमुखी कृषिबाट उचित प्रतिफल प्राप्त गर्न नसकिएकाले आधुनिक प्रविधिमार्फत थोरै लगानीमा धेरै प्रतिफल प्राप्त हुनेगरी खेती हुनुपर्ने उहाँको भनाइ थियो । मन्त्री खनालले देशबाहिर रहेका युवाहरु ठोस योजनाबिनाको…

Read More

भद्रपुर: लत्ताकपडा खरीद गर्न नसक्ने गरीब परिवारलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले झापामा ‘कपडा बैंक’ स्थापना गरिएको छ । आर्थिक अवस्था कमजोर भएका गरीब परिवारका व्यक्तिले आफूलाई चाहिएको कपडा छानीछानी पैसा नतिरी लैजानसक्ने व्यवस्था उक्त बैंकले गरिदिएको छ । सामाजिक कल्याणकारी सोच राखेर झापामा यस्ता ‘कपडा बैंक’ यसै साता तीन ठाउँमा सञ्चालनमा आएका छन् । विर्तामोड, दमक र भद्रपुर नगरपालिकामा खुलेका यी बैंकबाट गरीब तथा अति विपन्न परिवारलाई ठूलो राहत पुग्ने देखिएको छ । सामाजिक सेवामा क्रियाशील रोटरी क्लब, लायन्स क्लबलगायतका सङ्घ संस्थाले ‘कपडा बैंक’ सञ्चालनमा ल्याएका हुन् । भद्रपुरमा तीन दिनअघि र दमकमा एक सातादेखि खुलेको यस्तो नौलो…

Read More

काठमाडौँ: भाइटल हेल्थ केयर प्रालिले आइभी सेट (सलाइन चढाउन प्रयोग गरिने पाइपसहितको सेट) खरिदमा रु एक करोड बढीको राजश्व छली गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ । वीरगञ्ज भन्सार कार्यालमया न्यून मूल्य घोषणा गरी छ हजार १०० थान आइभी सेट खरिदमा रु एक करोड १९ लाख राजश्व छली गरेको अनुसन्धानमा खुलेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो । भाइटल हेल्थ केयरका सञ्चालक राजेशकुमार अग्रवाल र सरोज गोयलले भन्सार ऐजेन्टका प्रतिनिधि तथा ट्रक धनी कुमार खरेल र चालक रञ्जन अधिकारीको सहयोगमा भारतबाट ना७ख ६२५९ नम्बरको ट्रकमा पैठारी गर्दा उक्त सेट खरिदमा राजश्व छलेको पाइएको हो । एमआरपी…

Read More

भक्तपुर: मध्यपुरथिमि नगरपालिकाका विभिन्न टोलमा आएका विभिन्न देवी देवताहरु चार दिन चार रातपछि आगामी एक वर्षका लागि बिदा भएका छन् । गाईजात्राको भोलिपल्ट रातिदेखि मध्यपुरथिमिको लाय्कू दरबारबाट निस्किएर यहाँका विभिन्न क्षेत्रमा चार रातसम्म घुमेको लाय्कू भैल (भैरव) लगायतका देवताहरुलाई भोज खुवाएर बिदाई गरिएको छ । थिमिको लाय्कू भैल प्याखँमा ज्यापुँगः एक, न्हापा र लिपा गरी दुई भैरव र न्हापा र लिपा दाय्गी अर्थात दुई कुमारी गरी पाँच देवीदेवतालाई शास्त्रीय र तान्त्रिक विधिद्वारा विभिन्न मुद्रामा नाच प्रस्तुत गरेपछि यस वर्षका लागि बिदाई गरिएको हो । भैलः प्याखँमा भैरवले खड्ग र कुमारीले डमरु लिएर नाच्छन्…

Read More

ललितपुर: राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनस्थित कृष्ण मन्दिरको दर्शन गर्नुभएको छ । प्रत्येक वर्ष श्रीकृष्णाष्टमीका दिन यस मन्दिरको राष्ट्रप्रमुखले दर्शन गर्ने परम्परानुसार आज दिउँसो उहाँ पाटन आउनुभएको हो । राष्ट्रपति भण्डारीलाई मन्दिरका मूल पूजारी प्रतापधर शर्माले प्रसाद तथा टीका ग्रहण गराउनुभएको थियो । उहाँलाई मन्दिरका नौ जना पूजारीले हातमा पाती, फलफूल, सगुन, माला र खादा अर्पण गरेका थिए । उहाँले झण्डै १० मिनेट मन्दिरमा पूजाआजा गर्नुभएको थियो । उहाँलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याल, ललितपुरका सांसद र प्रदेशसभाका सदस्य, वडाध्यक्ष, वडा सदस्यलगायतका जनप्रतिनिधिले स्वागत गर्नुभएको थियो । उहाँले पाटन दरबार क्षेत्रमा रहेका स्मारकहरुको अवलोकन गर्दै पुनःनिर्माणका…

Read More

काठमाडौं ः पार्टीमा अनुशासन खस्कँदै गएकामा अध्यक्ष दाहालको चिन्ता काठमाडौँ ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रको अनुशासन विस्तारै खस्कँदै गएकोमा चिन्ता व्यक्त गरेका छन । ललितपुरमा आज आयोजित प्रोग्रेसिभ इञ्जिनीयरिङ एशोसिएशन नेपालको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजोभन्दा आज कम्युनिष्टको अनुशासनको स्तर गिर्दै गएकामा आश्चर्य व्यक्त गरे । कम्युनिष्टमा वैचारिक विचलन आएको उल्लेख गर्दै अध्यक्ष दाहालले पछिल्लो समय सामूहिकताभन्दा पनि व्यक्तिगत निर्णयतर्फ केन्द्रित भएको महसुस भइरहेको टिप्पणी गरे । “हिजो हामी निकै अनुशासित थियौँ, आत्म अनुशासनबाट मात्र हामी अहिलेको अवस्थामा आइपुगेका हौँ”, उनले भने , “आज अनुशासनको स्तर गिरेर जसलाई जे मन लाग्यो…

Read More