Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Thursday, November 19
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » खुल्यो ‘कपडा बैंक’: गरीबलाई सित्तैमा

    खुल्यो ‘कपडा बैंक’: गरीबलाई सित्तैमा

    पहिलोक्लिकपहिलोक्लिकAugust 23, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    भद्रपुर: लत्ताकपडा खरीद गर्न नसक्ने गरीब परिवारलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले झापामा ‘कपडा बैंक’ स्थापना गरिएको छ ।

     

    आर्थिक अवस्था कमजोर भएका गरीब परिवारका व्यक्तिले आफूलाई चाहिएको कपडा छानीछानी पैसा नतिरी लैजानसक्ने व्यवस्था उक्त बैंकले गरिदिएको छ ।

    सामाजिक कल्याणकारी सोच राखेर झापामा यस्ता ‘कपडा बैंक’ यसै साता तीन ठाउँमा सञ्चालनमा आएका छन् । विर्तामोड, दमक र भद्रपुर नगरपालिकामा खुलेका यी बैंकबाट गरीब तथा अति विपन्न परिवारलाई ठूलो राहत पुग्ने देखिएको छ ।

     

    सामाजिक सेवामा क्रियाशील रोटरी क्लब, लायन्स क्लबलगायतका सङ्घ संस्थाले ‘कपडा बैंक’ सञ्चालनमा ल्याएका हुन् । भद्रपुरमा तीन दिनअघि र दमकमा एक सातादेखि खुलेको यस्तो नौलो बैंकमा कपडा छानीछानी लैजान खासगरी मजदूर वर्गका व्यक्ति धेरै सङ्ख्यामा झुम्मिने गरेका छन् ।

    ‘कपडा बैंक’मा महिलाले लगाउने सारी, चोलो, पेटिकोट, कुर्था, सुरुवाल, सल, टिसर्ट आदि कपडा सङ्ग्रह गरेर राखिएका छन् । पुरुषका निम्ति पेन्ट, सर्ट, हाफपेन्ट, टिसर्ट, गन्जी, कट्टुलगायतका तयारी कपडा राखिएको छ । सित्तैमा पाइने ती कपडा लिन गरीब परिवारका महिला, बालबालिका र ज्येष्ठ नागरिक धेरै आउने गरेका छन् ।

    ‘सहयोगको हात बढाऔँ, खुशी बाँड्न सिकाऔँ’ भन्दै भद्रपुरमा बुधबारदेखि ‘कपडा बैंक’ सञ्चालन गरिएको रोटरी क्लब अफ भद्रपुरका अध्यक्ष टीकाराज ढकालले बताउनुभयो । “किनेर लुगा लगाउने जसको आर्थिक अवस्था छैन, उहाँहरुको कल्याण गर्नका लागि अभियानकै रुपमा यस्तो बैंक खोलेका हौं”,रोटरी क्लब अफ भद्रपुरका अध्यक्ष ढकालले भन्नुभयो ।

    भद्रपुर–५ स्थित दुर्गा मन्दिर अगाडि बजारकै छेउमा एउटा कोठालाई ‘कपडा बैंक’ बनाइएको छ । त्यहाँ गएर गरीब व्यक्तिले छानीछानी लत्ताकपडा लैजान पाउने सुविधा छ । कपडा लैजाने व्यक्तिले आफ्नो परिचय भने टिपाउनुपर्नेछ । रोट्र्याक्ट क्लब अफ भद्रपुरले अभियानमा साथ दिएको छ ।

    भद्रपुरको ‘कपडा बैंक’ सातामा दुई दिन अर्थात प्रत्येक बुधबार र शनिबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म खुल्ने र एक व्यक्तिले एक जोर कपडा लैजान पाउने नियम बनाइएको अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

     

    ‘कपडा बैंक’मा नयाँ र पुराना, सुकिला र सफा लुगा राखिने गरेका छन् । महिला उद्यमी सङ्घ झापाका अध्यक्ष गोमा भट्टराईका अनुसार व्यापारीका गोदाम र पसलमा मौसम सकिएर थन्किएका कपडा सङ्कलन गरेर ‘कपडा बैंक’मा ल्याउने गरिएको छ । घरमा प्रयोग नभएका कपडासमेत खोजीखोजी बैंकमा थुपार्ने गरिएको छ ।

     

    विर्तामोडमा देवी पञ्चकन्या मर्निङ वाक ग्रुप, रोटरी क्लब अफ बिर्तामोड र महिला उद्यमी सङ्घ झापाले ‘कपडा बैंक’ सञ्चालनमा ल्याएको हो । बिर्तामोडका व्यवसायी सुरेशकुमार बंशलले ‘कपडा बैंक’ सञ्चालनका लागि एउटा कोठा निःशुल्क उपलब्ध गराउनु भएको महिला उद्यमी सङ्घ झापाका अध्यक्ष भट्टराईले बताउनुभयो ।

    सामाजिक कल्याणको यस अभियानमा जोडिएका सङ्घ संस्थाले घरमा प्रयोग नभएका र गोदाममा मौसम सकिएर थन्किएका कपडा उपलब्ध गराइदिन सर्वसाधारण तथा व्यापारीलाई सार्वजनिक आह्वान गरेका छन् । विर्तामोडमा सोमबार बाहेक साताको ६ दिन ‘कपडा बैंक’बाट गरीब तथा असहायलाई कपडा वितरण गरिने व्यवस्था मिलाइएको छ । कपडा वितरण र अभिलेखका लागि एक कर्मचारी खटाइने गरिएको छ ।

    दमकमा लायन्स क्लब अफ दमकले जिल्लामा नै पहिलोपटक गत साउन २२ गतेदेखि ‘कपडा बैंक’ सञ्चालनमा ल्याएको हो । दमकस्थित पूर्व बसपार्कमा रहेको ‘कपडा बैंक’मा ज्येष्ठ नागरिकसमेत कपडा लिन आउने गरेको क्बलका अध्यक्ष सन्दीप बस्नेतले बताउनुभयो ।

    Facebook Comments Box

    कपडा बैंक’
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.