Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: नेपाली सेनाले सकल दर्जालाई सहुलीयतपूर्ण किस्ताबन्दीमा घडेरी उपलब्ध गराउने नीति परिवर्तन गरेको छ । जग्गा किनेर प्लटिङ गरी घडेरी बनाएर सकल दर्जालाई उपलब्ध गराउने नीति परिमार्जन गरी त्यसको साटो सहुलियतपूर्ण ब्याजदरमा घरकर्जा उपलब्ध गराउने योजना रहेको नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले जानकारी दिए । विगतमा राम्रो उद्देश्य राखेर सकल दर्जालाई आवास उपलब्ध गराउन मुलुकका विभिन्न ठाउँमा जग्गा खरीद गरिएको भए पनि सेना जग्गा प्लटिङको माध्यमबाट व्यापारमा लाग्यो भन्ने विभिन्न आरोप र टिकाटिप्पणीबाट छुटकारा पाउन तथा सहुलियतपूर्ण घरकर्जाका माध्यमबाट धेरैभन्दा धेरै हिताधिकारीलाई सम्बोधन गर्न सकियोस् भन्ने हेतुले सेना यसअघिको निर्णयबाट पछि हटेको बुझिएको छ । सेनाले…
काठमाडौं: नेपाल प्रहरीमा रिक्त रहेका विभिन्न पदहरुमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल ३ हजार ८ सय ३१ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ । नयाँ भर्नामध्ये प्रहरी जवानमा ३ हजार ५ सय ९६ जना र प्रहरी कार्यालय सहयोगी तथा खेलाडीतर्फ २ सय ३५ जनाका लागि दरखास्त आव्हान गरिएको हो । प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा ७४ वटै…
चितवन: भरतपुर महानगरपालिकाले पत्रकार शालिकराम पुडासैनीको मृत्युका सम्बन्धमा भइरहेको उत्पन्न असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महानगरपालिकाले विज्ञप्ति जारी गरी प्रमुखप्रति कपोलकल्पित, मनगढन्ते, अनर्गल तथा भ्रामक विचार सम्प्रेषण गर्ने, अपशब्द प्रयोग एवं गालीगलौज गरी व्यक्तिको वैयक्तिक स्वतन्त्रतामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दुःखद भएको जनाएको छ । कुनै पनि व्यक्तिको अस्वाभाविक मृत्यु हुनु दुःखद विषय भएको उल्लेख गर्दै विज्ञप्तिमा अस्वाभाविक मृत्युको कारणका लागि निष्पक्ष छानबिन गर्नु राज्य र सरकारको दायित्व भएको जनाइएको छ । महानगरपालिका प्रमुख रेनु दाहालद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि मुद्दामा अनुसन्धान गर्ने जिम्मा प्रहरीको,…
काभ्रेपलाञ्चोक: जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले गैरसैनिकलाई ‘कम्ब्याक्ट’ पोशाक निषेध गरेको छ । कार्यालयले गैरसैनिकलाई कम्ब्याक्ट पोशाक लगाउन निषेध गरिएकाले यसलाई कडाइका साथ लागू गर्न स्थानीय तहका प्रमुख प्रशाकीय अधिकृतलाई निर्देशनसमेत दिएको छ । नेपाली सेनाका सकल दर्जाले लगाउने कम्ब्याक्ट पोशाक स्थानीय बजारमा सहजरूपमा बिक्री वितरण हुने हुँदा गैरसैनिकले ‘फेशन’का रूपमा प्रयोग गरेकाले यसलाई निषेध गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिनुभयो । जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको बैठकमा उहाँले भन्नुभयो, “यो कुनै पार्टी विशेष जस्तो पनि देखिने हुँदा सर्वसाधारण अर्थात् गैरसैनिकलाई यस्तो पोशाक लगाउनबाट रोकिन्छ, तपाईंहरुले आ–आफ्नो क्षेत्रमा कडाइका साथ लागू…
भक्तपुर: आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफू बिरामी हुँदा श्रीमान्ले बलात्कार गरेको जाहेरीे श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि प्रहरीले श्रीमान् मोहन (नाम परिवर्तन)लाई बिहिबार पक्राउ गरेको हो । रामेछाप घर भई हाल चाँगुनारायण नगरपालिका–८ जीतपुर बस्दै आएका ३० वर्षीय श्रीमान्ले २६ वर्षीया श्रीमतीलाई बलात्कार गरेको जाहेरी आएपछि श्रीमान्लाई पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । १० वर्षअघि विवाह भएको यो दम्पतीको आठ वर्षको एक छोरा रहेको उहाँले जानकारी दिनुभयो । प्रहरीले थापाथलीस्थित प्रसूतिगृहमा श्रीमतीको स्वास्थ्य परीक्षण गरिएको र श्रीमान्को आज…
काठमाडौँ: एक वर्षमा देशभरका चार हजार ८० पत्रकारले ‘प्रेस पास’ लिएका छन् । सूचना तथा प्रसारण विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा देशभरका विभिन्न स्थानबाट उक्त सङ्ख्यामा पत्रकारले ‘प्रेस पास’ लिएका हुन् । प्रेस पास लिएकामध्ये एक हजार २०७ नयाँ, दुई हजार ७६० नवीकरण, १० स्वतन्त्र, १९ विदेशी, ७५ अध्यक्ष तथा प्रकाशक र ९ अन्य रहेका छन् । नयाँ आर्थिक वर्ष शुरु भएसँगै नयाँ ‘प्रेस पास’ दिने तथा नवीकरण गरिने भएकाले साउन, भदौ र असोज महीनामा धेरै ‘प्रेस पास’ वितरण हुने गरेको छ । विभागले पोखरा, हेटौँडा, विराटनगर, धनगढी र नेपालगञ्ज सञ्चार केन्द्रबाट प्रेस पास नवीकरण गर्न…
राजापुर: बर्दिया गुलरिया नगरपालिका–१२ टेशनपुरबाट १४० वटा खसीसहितको ट्रक सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाले नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रूपमा काठमाडौँतर्फ लैजान लागेको ना६ख ९४९२ नं ट्रकसहित १४० वटा खसी प्रहरीले आज नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाका प्रहरी उपरीक्षक यादव विश्वकर्माले बताउनुभयो । पछिल्लो समयमा तस्करहरुले बर्दियाबाट अवैध रूपमा बिना भन्सार भारतीय खसीहरू छिराएर काठमाडौँसम्म पु¥याउन गरेका छन् ।
काठमाडौं: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि ३ हजार खसी तथा च्याङ्ग्रा खरिद गर्ने तयारी अघि बढाएको छ । यसै साता बस्ने कम्पनीको बोर्ड बैठकले खसी तथा च्याङ्ग्रा किन्नका लागि बजेट व्यवस्था गर्ने महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए । गत वर्ष खाद्य संस्थानले १३ सय खसी तथा च्याङ्गा्र भित्र्याइएको र त्यो अपुग हुने ठानेर संख्या बढाउन लागिएको महानिर्देशक गौचनको भनाइ छ । ‘कहाँबाट कसरी किन्ने भन्ने विषय पनि बोर्ड बैठकले टुङ्ग्याउने र सुपथ मूल्य पसल पनि थप हुन्छ,’ गौचनले भने । स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरी उपत्यकासहित देशैभर दाल, चामल, तेल,…
काठमाडौँ: सरकारले हालसम्म ४४ हजार ९७६ गरीब परिवारलाई परिचयपत्र वितरण गरेको छ । गरीब घरपरिवारको पहिचान गरी परिचयपत्र वितरण गर्ने र व्यावसायिक परियोजनामार्फत उनीहरुलाई सामाजिक सशक्तीकरण गर्ने उद्देश्यले मुलुकको २६ जिल्लामा सर्भेक्षण गरिएको थियो । सर्भेक्षणले तीन लाख ९१ हजार ८३१ घरपरिवारलाई गरीबका रुपमा पहिचान गरेको थियो । सोही आधारमा सरकारले हालसम्म ४४ हजार ९७६ गरीब परिवारलाई परिचयपत्र वितरण गरेको हो । सर्भेक्षणमा परेकोे कूल गरीब घरपरिवारमध्ये यो ११ प्रतिशत रहेको छ । सर्भेक्षणमा अतिगरीब एक लाख ८८ हजार २३२, मध्यम गरीबमा एक लाख १९ हजार ७५४ र सामान्य गरीबमा ८३ हजार ८४५ जना पाइएका छन् । आठ लाख ३२…
काठमाडौँ: मेचम्चीको खानेपानी आयोजनामा सुरुङसहित अन्य निर्माणको जिम्मा पाएको इटालियन कम्पनी सीएससीले १ अर्ब ६८ करोड रुपैयाँ नतिरी ठेक्का तोडेर फर्किँदा स्थानीय सप्लायर्स, मजदुरलगायतको बिचल्ली भएको छ । आयोजना निर्माणका क्रममा सामग्री उधारो दिएका सप्लायर्स र काम गर्ने मजदुरले पैसा नपाएका कारण चर्को ब्याजमा लिएको ऋण तिर्न नसक्ने अस्थामा पुगेपछि उनीहरु बिचल्लीमा परेका हुन् । सीएमसीले ठेक्का तोडेर नै महिनाअघि नै हिँडेको थियो । सीएमसी आफ्नै देश फर्केयता मेलम्चीको काम ठप्प छ । यो समाचार कारोबार दैनिकमा किशोर बुढाथोकीले लेखेका छन् ।