Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको ६ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने २० हजार ४ सय ३३ जनालाई कारबाही गरेको छ । महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी साउनयता २० हजार ४ सय ३३ जना सवारी चालकलाई कारबाही गरेको जनाएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जथाभावी पार्किङ, सवारी मोड्ने, ढाका खुल्ला राख्ने, एकतर्फी बाटोमा सवारी प्रवेश गराउने, हर्न बजाउने, लेन अनुशासन पालन नगर्ने लगायतका सवारी चालकलाई कारबाही गरिएको बताए । ‘पुस १ गतेदेखि सञ्चालन गरिएको ट्राफिक उज्यालो कार्यक्रमअन्तर्गत ८१ हजार २ सय ८९ जनालाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना लगायतका…
काबुल (एजेन्सी) : हातहतियारबाट सुसज्जित एक जना अफगानी सैनिकले चलाएको गोली लागेर अफगानिस्तानमा तैनाथ दुई जना अमेरिकी सैनिकको मृत्यु हुनुका साथै अरु छ जना घाइते भएका छन् । अमेरिकी सेनाका अनुसार अफगानिस्तानको पूर्वी नान्गारहार प्रान्तमा शनिबार उक्त दुःखद घटना भएको हो । शरजाद जिल्लाको सैनिक अखडामा अमेरिकी र अफगान कमान्डोहरुले तालिम गरिरहेका बखत अफगान सैनिक कमान्डोले गोली चलाएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १८ वर्ष लामो अफगान युद्ध समाप्त गरी अमेरिकी सैनिक स्वदेश फर्काउने योजना बनाइरहेको नाजूक समयमा उक्त घटना भएको हो । अफगानिस्तानमा तैनाथ अमेरिकी फौजका प्रवक्ता सोन्नी लेगिटले आइतबार जारी गरेको वक्तव्यमा अफगानी…
सुरुङ्गा: सिङ्गो नगरलाई नै विषादी मुक्त बनाउने अभियान बिर्तामोड नगरपालिकाले शुरु गरेसँगै यहाँका कृषक प्राङ्गारिक खेतीतर्फ आकर्षित भएका छन् । अहिले नगरपालिकाको सहयोगमा ‘एक समूह, एक उत्पादन’ कार्यक्रमअन्तर्गत विभिन्न ठाउँमा व्यावसायिक रुपमा सामूहिक खेती शुरु गरिएको छ । तोरी, आलु, फापर, राजमा र सूर्यमुखी फूलको खेती कृषकले अहिले व्यावसायिक रुपमा गरिरहेका छन् । उनीहरुले गरेको सामूहिक खेती पूर्णरुपमा प्राङ्गारिक भएको नगरपालिकाका कृषि शाखाप्रमुख राजेन्द्र कडरियाले बताए । उनले भने, “व्यावसायिक रुपमा सामूहिक खेती गर्दा थोरै लागतमा पनि धेरै उत्पादन गर्न सकिने अपेक्षा छ ।” अहिले बिर्तामोडका हाम्रो कृषक र बद्रीवाडी कृषक समूहले पाँच÷पाँच बिगाह क्षेत्रफलमा सामूहिक आलु खेती…
सिड्नी(एजेन्सी ) : पपुआ न्यु गिनीमा आइतबार ६.२ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्प निकै शक्तिशाली भए पनि कुनै सुनामीको चेतावनी दिइएको छैन । युएसजिएसका अनुसार पपुआ न्यु गिनीको राजधानीबाट करिब १२२ किलोमिटर दक्षिणस्थित कोकोपोलाई केन्द्र बनाएर स्थानीय समय अनुसार अपराह्न ४ बजे भूकम्प गएको थियो । अस्ट्रलियाली भूगर्भ वैज्ञानिक ट्रेभर आलेनले भूकम्पको गहिराई कम रहेकाले तटीय क्षेत्रका मानिसले भूकम्पको ठूलै झट्का महशुस गरेको हुन सक्ने बताए । मानव बस्ती पातलो रहेको र घरहरुको बनावट भूकम्प प्रतिरोधी रहेकाले धनजनको क्षति कम हुने उनले विश्वास व्यक्त गरे । पपुआ न्यु गिनी भूकम्पीय उच्च…
झिमरुक: प्रदेश नं ५ सरकार सामाजिक विकास मन्त्रालयले एसइई दिने विद्यार्थीको पढाइलाई दृष्टिगत गर्दै सामुदायिक विद्यालयमा गणित र विज्ञान विषयको नतिजा सुधार कार्यक्रम सञ्चालन गरेको छ । प्रदेश सरकारले अघिल्लो शैक्षिक सत्रमा एसइई दिएका विद्यार्थीको नतिजा बिग्रिएपछि यो कार्यक्रम लागू गरेको हो । गणित र विज्ञान विषयमा डी र ई गे्रड लिएपछि नतिजा सुधार गर्ने योजनासहित प्यूठानमा पनि यो कार्यक्रम शुरु भएको हो । प्यूठानमा यही माघ ५ गतेदेखि यो कार्यक्रम शुरु भएको सामाजिक विकास डिभिजन कार्यालय प्यूठानका कार्यालय प्रमुख विष्णुप्रसाद भुसालले जानकारी दिए । जिल्लाका १० कक्षामा अध्ययनरत २० देखि माथि विद्यार्थी रहेका विद्यालयमा यो कार्यक्रम छनोट भएको…
मङ्गलबारे: इलामको माई नगरपालिकामा रहेको पुरानो चिया कारखाना जीर्ण बन्दै गएको छ । इलामको दक्षिणी क्षेत्र माई नगरपालिकाको सोक्तिम चिया बगानमा रहेको कारखाना जीर्ण बन्दै गएको हो । सोक्तिममा विसं १९२२ मा चिया रोप्न शुरु गरिएको थियो । विसं १९४० मा चिया प्रशोधन उद्योग स्थापना गरेर हरियोपत्ती प्रशोधन शुरु गरिएको सो कारखाना अहिले खण्डहर बनेको छ । नेपाली चियाको इतिहाससँग जोडिएको चिया बगान र कारखाना निजीकरण गरिएसँगै खण्डहर बनेको हो । इलामको माई नगरपालिका–९ मा रहेको कारखाना निजीकरणसँगै प्रशोधनको काम अहिले हुन छाडेको छ । तत्कालीन बडाहाकिम गजराजसिंह थापाले विसं १९२२ मा सोक्तिममा चियाखेती शुरु गर्नुभएको थियो । इलाम…
काठमाडौं: नेपाली कांग्रेसले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विरोधमा आइतबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको इसारामा कांग्रेस नेता गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएकोभन्दै कांग्रेसले तेस्रो दिन संसद अवरुद्ध गरेको हो । कांग्रेसको अवरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले माघ २८ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
चिप्लेढुङ्गा: ट्राफिक नियम उल्लङ्घन गरेर नियन्त्रणमा लिइएका सवारी साधन, सवारी धनी लिन नआएपछि कास्की ट्राफिकलाई त्यसको व्यवस्थापन चुनौती बनेको छ । पोखराको पृथ्वीचोकस्थित ट्राफिक कार्यालय अगाडि वर्षौंअघिदेखिका मोटरसाइकल र स्कुटर बेवारिसे अवस्थामा छन् । खिया लागेका कबाडी अवस्थाका सवारी साधनले शहरको सुन्दरतालाई समेत असर पारेको छ । जिल्ला ट्राफिक कार्यालयका प्रमुख सन्तोष रोकाले नियन्त्रणमा लिइएका सवारी साधन सवारी धनी लिन नआएपछि समस्या भएको बताए । उनका अनुसार चोरीका, पाँच वर्षदेखि नवीकरण नभएका, दुर्घटनाबाट बढी क्षति भएका, विभिन्न झमेला भएका ३६७ सवारी साधन छन् । नियन्त्रणमा लिएपछि प्रक्रिया पूरा गरेर, नवीकरण र जरिवाना तिरेपछि मात्र लैजान पाइने भए पनि त्यसको…
काठमाडौं । काठमाडौं उपत्यकाभित्रका विश्व सम्पदा जोड्ने गरी साइकल लेन बनाइने भएको छ । त्यसका लागि योजना बनिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । सम्पदालाई पर्यटक आकर्षणको केन्द्र बनाउने उद्देश्यले साइकल लेनबाट सबै विश्व सम्पदालाई जोड्ने योजना बनाइएको उनले जानकारी दिए । नेपालका पुरातात्त्विक सम्पदा पुनर्निर्माण, विश्व सम्पदालगायत बारे जानकारी दिन आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले नेपालका सम्पदालाई पर्यटकका लागि आकर्षणको केन्द्र रहेको बताए । नेपालका विश्व सम्पदा खतरा र कालो सुचिमा नपर्ने भन्दै उनले ढुक्क हुन आग्रह समेत गरे । ‘नेपालका सम्पदा कालो सूचीमा पर्दैनन्,’ उनले भने । उनले लुम्बिनीमा व्यापार गर्न…
काठमाडौं: आईसीसी वर्ल्डकप लिग टू अन्तरगत त्रिकोणात्मक सिरिजमा नेपालले ओमानलाई २५० रनको लक्ष्य लिएको छ । उसले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए । नेपालका लागि ज्ञानेन्द्र मल्लले ५६, पारश खड्काले ३८, विनोद भण्डारीले ३५, कुशल मल्लले २८, आरिफ शेखले २८, सुवास खकुरेलले २२ रन बनाए । ओमानका लागि अकिव इलयासले चार विकेट र मोहम्मद नदीमले तीन विकेट लिए । जारी प्रतियोगिताको पहिलो खेलमा ओमानसँगै नेपाल १८ रनले पराजित…
