Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: बुधबार दोहोरो अङ्कले घटेको धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक पुनः झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से १.३३ अङ्कले घटेर एक हजार १९६.४१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.१६ बिन्दुले घटी २६१.२४ मा पुगेको छ । नेप्से घटेसँगै कारोबार रकमसमेत सस्तैमा समेटिएको छ । कुल १७० कम्पनीको नौ लाख ७५ हजार ८३४ कित्ता शेयर रु २७ करोड ७३ लाख ५९ हजार ६५९ मा खरिदबिक्री भए । कारोबार भएका कुल १२ उपसमूहमध्ये आज दुई उपसमूहको मात्र शेयर बढेको छ । बैङ्किङ ०.८६, र विकास बैङ्क २.९ बिन्दुले बढ्दा व्यापार २.३७, होटल…
सुरुङ्गा: पशुपालन व्यवसायबाट धेरैले अर्थोपार्जन गर्दै आएका छन् । कतिपयले विदेशबाट फर्किएपछि त कतिपयले रोजगारीको अन्य विकल्प नभएपछि मात्र पशुपालन व्यवसायलाई अङ्गाल्ने गरेका छन् । व्यावसायिक पशुपालन गर्नेमध्ये अधिकांश कृषक सफल भएका छन् भने कतिपय कृषकले लगानीसमेत उठाउन नसकेर घाटा व्यहोरेका पनि पाइन्छ । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाका लीला चिमरिया, हरि कार्कीलगायतले पशुपालन व्यवसाय सञ्चालन गर्दा ठूलो आर्थिक घाटा व्यहोर्नुपरेको छ । गाईपालन व्यवसाय सञ्चालन गर्दा मनग्य आम्दानी हुन्छ भन्ने सुनेकै भरमा यो व्यवसायमा लगानी गर्नुभएका उहाँहरुले घाटा मात्र व्यहोर्नु परेन नजानेको काममा हात हाल्दा असफल होईदोरहेछ भन्ने पाठसमेत सिकाएकोे चिमरिया बताउनुहुन्छ । “सूर्योदय कृषि फार्म दर्ता गरेर पाँच वर्षअघि…
काठमाडौँ: नेपाल र भारत पेट्रोलियम पाइपलाइनको दुवै देशका प्रधानमन्त्रीले दुई सातापछि उद्घाटन गर्ने भएका छन् । भदौ २४ गते नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले आआफ्नै देशमा रहेर रिमोट कन्ट्रोलमार्फत पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने भएका हनु् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ओली र मोदीबाट पेट्रोलियम पाइपलाइन उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिएको छ । दुवै मुलुकका प्रधानमन्त्रीले आफ्नै कार्यकक्षबाट एकसात संयुक्तरुपमा रिमोटबाट पाइपलाइनको उद्घाटन गर्ने तयारी रहेको मन्त्रालयले जानकारी दिएको छ । यो समाचार आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छिन् ।
काठमाडौँ:आन्तरिक हवाई उडानमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत शुल्क छुट दिने सरकारी निर्देशन कार्यान्वयन गर्न नसकिने निजी हवाई सेवा प्रदायकहरुले जनाएका छन् । निजी हवाई सेवा प्रदायकहरुको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघले भाडा छुट दिन नसकिने पत्र सरकारलाई बुझाएको हो । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयमा संघको औपचारिक धारणासहितको पत्र पठाउँदै सरकारले कार्यान्वयन गर्न खोजेको अन्तरिक भाडामा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिन नसकिने स्पष्ट गरेको छ । यो समाचार कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन् ।
काठमाडौँ: त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति तीर्थ खनीयाँले अवकासको केही दिनअघि निजी मेडिकल कलेजहरुलाई फाइदा हुनेगरी विवादस्पद निर्णय गरेको भेटिएको छ । निजी मेडिकल कलेज सञ्चालकहरुको प्रस्तावमा उनले त्रिवि प्राज्ञिक परिषद्को निर्णय भन्दै नेपालमा प्रवेश परीक्षा नै नलिई विदेशी विद्यार्थीलाई भर्ना गर्ने बाटो खोलेका छन् । निर्णयबारे बैठकमा सहभागीहरुले फरक÷फरक प्रतिक्रिया दिएका छन् । निवर्तमान उपकुलपति खनीयाँ लगायतले बैठकमै निर्णय भएको बताए । हाल निमित्त उपकुलपति रहेकी रेक्टर सुधा त्रिपाठीले निर्णबारे आफूलाई थाहा नभएको र कार्यालयमा बुझ्नुपर्ने प्रतिक्रिया दिइएन । यो निर्णय कार्यान्वयन भए मेडिकल कलेजहरुले हालकै अवस्थामा एक शैक्षिक सत्रमा ६० करोड रुपैयाँ…
काठमाडौँ: राष्ट्रसंघीय ७४ औं महासभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सट्टा नेपाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्ने भएका छन् । तीन सातापछि न्युयोर्कमा सुरु हुने उक्त बैठकमा प्रधानमन्त्री नजाने टुंगो भएको परराष्ट्र सचिव शंकर बैरागीले बताए । प्रधानमन्त्री ओली हाल स्वाथ्योपचार क्रममा सिंगापुरको नेसनल युनिभसिंटी हस्पिटलमा छन् । अझै एक सातासम्म उपचारका क्रममा देशबाहिर रहने र त्यसपछि तत्कालै शरीरिक सक्रियता देखाउन मुस्किल पर्ने भएकाले महासभामा उनी सहभागी नहुने निर्णय भएको हो । यो समाचार कान्तिपुर दैनिकमा देवेन्द्र भट्टराईले लेखेका छन् ।
पोखरा: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकमा सञ्चालित ठूला विकास निर्माणका आयोजना गुणस्तरीय हुनुका साथै समयमा सम्पन्न हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आज निरीक्षणका क्रममा उहाँले नेपाल ठूला आयोजना सञ्चालन गरेर विश्व समुदायलाई देशमा लगानी आकर्षण गर्ने किसिमको वातावरण तयारीमा जुटेको बताउनुभयो । विश्व समुदायलाई विश्वस्त पार्ने किसिमले आयोजना अघि बढ्ने उल्लेख गर्दै उहाँले निर्माणाधीन योजनालाई पारदर्शीरूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । पोखरा विमानस्थलको काम तोकिएको समयभन्दा छ महीना अघि सम्पन्न हुने विश्वास व्यक्त गर्दै उहाँले हवाई मार्गका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको जानकारी दिनुभयो । सन् २०२०…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार जारी रहेको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले आज ट्विट गर्दै सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उहाँको उपचार प्रक्रिया जारी रहेको जानकारी दिनुभएको छ । सल्लाहकार रिमालले ट्विटमा प्रधानमन्त्रीका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाहले उहाँको सो उपचार प्रक्रिया अर्को सातासम्ममा पूरा हुुने जानकारी दिनुभएको उल्लेख गर्नुभएको छ । प्रा डा शाह आज स्वदेश फर्कनुभएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यावस्था हाल सामान्य स्थितिमा रहेको जनाइएको छ । केही दिनअघि रगतमा एण्टीवडीको मात्रा देखिएपछि मिर्गाैलाको क्षमता अभिवृद्घिका लागि प्रधानमन्त्री ओली यही भदौ ५ गते पुनः सिङ्गापुर जानुभएको हो । प्रधानमन्त्रीका…
काठमाडौँ: नेपालमा सिमेन्ट कारखाना सञ्चालनका लागि चाहिने चुनढुङ्गा उत्खननको क्रम बढ्दो छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न पछिल्लो समय सिमेन्ट कारखाना खोल्न आवश्यक पर्ने कच्चा पदार्थ खोस्रने क्रम बढेको हो । खानी तथा भूगर्भ विभाग खनीज सम्पदा महाशाखाका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा मात्र सिमेन्ट कारखाना सञ्चालनका लागि छ कम्पनीले चुनढुङ्गा उत्खनन गर्न नयाँ खानी भाडामा लिएका छन् । चुनढुङ्गा लिने कम्पनीमा विशाल सिमेन्ट इण्डट्रिज प्रालि, ऋद्धिसिद्धी सिमेन्ट प्रालि, शुभश्री, अग्नि सिमेन्ट प्रालि, मेगा सिमेन्ट प्रालि, सम्राट सिमेन्ट कम्पनी प्रालि र पञ्चकन्या सिमेन्ट प्रालि रहेका छन् । खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रसाद घिमिरे पछिल्लो समय…
काठमाडौँ: धितोपत्र बजारमा आज शेयर कारोवारमापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.२६ अङ्कले घटेर एक हजार १९७.७५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक १.९९ अङ्कले घटी २६१.४० मा पुगेको छ । परिसूचक घटेपनि कारोवार भने औसत नै रहेको छ । स्टकका अनुसार आज १६८ कम्पनीका १३ लाख १९ हजार ८०६ कित्ता शेयर रु ३७ करोड १९ लाख ४४ हजार ४२९ मा खरिद बिक्री भए । आज कारोबार भएका ११ वटै उपसमूहको शेयर ओरालो लागेको छ । धितोपत्र बजारमा बैङ्किङ ९.५८, होटल १.१३, विकास बैंक ६.२२, जलविद्युत् १४.४६, वित्त…