Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

रोल्पा : गाउँकै राजबहादुर थापासँग १३ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिनुभयो रोल्पा सुनिल स्मृति गाउँपालिका–६ गजुलकी निर्मला थापा । अहिले उहाँको उमेर २० वर्ष पुग्यो । चार वर्षीया एक छोरीसहितको असल परिवार थियो थापा दम्पतीको । थापा दम्पतीमा विस्तारै वेमेल बढ्दै गयो । राजबहादुरले श्रीमतीलाई अनावश्यक आशङ्का गर्ने, कुटपिट गर्ने र खान लाउन नदिने गर्न थाल्नुभयो । सँगै बसेर बाँकी जीवन जीउन नसक्ने निष्कर्षमा पुगेपछि थापा दम्पती एक्ला एक्लै बस्न थाले । निर्मला सदरमुकाम लिवाङ आई ज्याला मजदूरी गरेर पेट पाल्नुपर्ने बाध्यतामा पुग्नुभयो । रोल्पा नगरपालिका–९ ह्वामाकी मिना डाँगीले १६ वर्षमा विवाह गरिन । विवाह गरेको एक वर्षमा जेठो…

Read More

नेपालगञ्ज: नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाउन लागेका झन्डै तीन सय गाई सुर्खेतको कटकुवास्थित जंगलमा भीरबाट खसालिएको छ। नेपालगञ्ज विर्ताको काञ्जी हाउसबाट दैलेख लैजान भनेर ल्याइएका २ सय ९१ गाई बिहीबार राति भीरबाट खसालिएको हो। भीरबाट खसाल्दा बाछीसहित २२ गाई मरेका छन् अरू घाइते भएका छन्। गाई कसको जिम्मामा दैलेख पठाइएको हो भन्ने खुलेको छैन्। नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलसमशेर रानाले यसबारे आफूलाई जानकारी शुक्रबारमात्र जानकारी आएको र कसको जिम्मामा पठाइएको हो भन्नेबारे थाहा नभएको बताए। ‘मैँले भर्खर थाह पाएँ, यसबारे बुझ्दै छौं,’ उनले भने, ‘गाई दैलेख लैजाने भनेर हामीलाई निवेदन दिएर लगिएको हो, कसले हो ठ्याक्कै मलाई थाहा छैन। यसबारे नगरपालिकालाई नै…

Read More

काठमाडौँ: शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७२ हजार ४ सय र तेजावीको ७२ हजार १ सय रुपैयाँ तोकेको छ । बिहीबार छापावल सुनको मूल्य प्रतितोला ७३ हजार ४ सय र तेजावी सुनको मूल्य ७३ हजार एक सय पुगेको थियो । शुक्रबार चाँदीको मूल्य पनि प्रतातोला १० रुपैयाँले घटेर मूल्य ८ सय ८५ कायम भएको छ । हरितालिका तीज पर्व नजिकिए पनि सुनको बढ्दो मूल्यका कारण व्यापार ठप्प भएको व्यवसायीहरुले बताएका छन् ।

Read More

काठमाडौं : नेपाली कांग्रेसले सरकारविरुद्ध सडक र सदनबाट प्रतिरोध गर्नुपर्ने अवस्था आएको बताएको छ। दुई महिनादेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिबारे सहमहामन्त्री डा. प्रकाशशरण महतले पेश गरेको प्रस्तावमा सरकारविरुद्ध सशक्त आन्दोलनको खाँचो औल्याइएको छ। ‘सरकार हरेक क्षेत्रमा असफल हुँदै गएको छ। सुशासन, संविधानको कार्यान्वयन, विदेश मामिला, शान्तिसुरक्षालगायतका सवालमा सरकार असफल देखिन्छ,’ प्रस्तावमा भनिएको छ, ‘नेपाली कांग्रेसमाथि यतिबेला ठूलो जिम्मेवारी आएको छ, सरकारको अकर्मण्यताविरुद्ध सदन र सडक दुबैबाट दबाब दिनुपर्नेबेला आएको छ।’ सरकारप्रतिको बढ्दो असन्तुष्टिलाई लोकतन्त्रप्रतिकै असफलताका रुपमा भ्रम फैलाउन खोजिएको कांग्रेसको ठहर छ। कांग्रेसले लोकतन्त्रविरोधी गतिविधिप्रति सचेत रहन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेको छ। सहमहामन्त्रीले पेश गरेको…

Read More

काठमाडौँ; विज्ञापन नियमनसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट बिहीबार पारित भएको छ । राष्ट्रियसभाबाट पारित भएको यो विधेयकलाई प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो । विधेयकले विदेशी टेलिभिजन च्यानलहरु विज्ञापनरहित प्रशारण गर्नुपर्ने व्यवस्था गरेको छ । हाल विज्ञापनसहित प्रशारण भइरहेका विदेशी टेलिभिजन भने एक बर्षभित्र क्लिन फिडमा जानुपर्नेछ । क्लिन फिडसम्बन्धी नियम नेपालमा पहिलो पटक अभ्यासमा आउन लागेको हो । क्लिन फिड लागू भएपछि नेपालमा प्रशारण हुने टेलिभिजनमा विदेशी भाषाको विज्ञापन प्रशारण हुने छैन । त्यसले नेपाली विज्ञापन बजार विस्तार हुने विज्ञापन व्यवसायीहरु बताउँछन् । अब विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि लागू हुनेछ ।

Read More

काठमाडौँ: राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आजदेखि जापानको ओसाकामा व्यावसायिक उडान शुरु गरेको छ । निगमको वाइडबडी ‘ए’ ३०३० जहाजले पहिलोपटक ओसाका गन्तव्यमा सिधा उडान थालेको निगमले जनाएको छ । आज बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले केक काटेर उडानको औपचारिक उद्घाटन गर्नुभएको थियो । बिहान २ः३८ बजे प्रस्थान गरेको विमान साढे ६ घण्टापछि आज ओसाका पुगेको राससका समाचारदाता सिवी अधिकारीले जानकारी दिनुभयो । उद्घाटनका क्रममा संक्षिप्त मन्तव्य दिँदै मन्त्री भट्टराईले ओसाका उडान नेपालका लागि क्रान्तिकारी फड्को भएको बताउनुभयो । उहाँले अन्य क्षेत्रमा पनि निगमले उडान विस्तार गर्नुपर्नेमा जोड दिँदै निगमको सुधारतर्फ ध्यान दिनसमेत आग्रह…

Read More

काठमाडौँ : सरकारले स्वास्थ्य उपचारका क्रममा सिङ्गापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सदस्यबीचको भिडियो कन्फ्ररेन्सलाई लिएर धेरै उत्तेजित नहुन सबैलाई आग्रह गरेको छ । प्रतिनिधिसभाको आज बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले भिडियो कन्फ्ररेन्स प्रविधिको उच्चतम् प्रयोग भएको भन्दै अनावश्यक टिकाटिप्पणी नगर्न आग्रह गर्नुभयो । “जे कुरा हुँदै भएको छैन, त्यसमा भ्रममा पर्न आवश्यक छैन । त्यो मन्त्रिपरिषद् बैठक होइन, कहाँबाट ‘क्याबिनेट’, ‘क्याबिनेट’ ‘क्याबिनेट’ भएर आयो, बुझ्न नसकिएन, सत्य एउटै मात्र हुन्छ”, उहाँले भन्नुभयो, “प्रधानमन्त्रीसँग विषयवस्तु आदानप्रदान गरिएको हो, कुनै निर्णय गरेनौँ, हामी अवसरवादी बन्दैनाँै र बन्न सक्दैनौँ,…

Read More

काठमाडौँ : विद्युत्भार कटौती अन्त्य भएको लामो समय भइसक्दासमेत शहरी क्षेत्रमा अघोषित रुपमा विद्युत् कटौती भइरहेकामा प्रतिनिधिसभाको बैठकमा प्रश्न उठेको छ । बैठकको विशेष समयमा सत्तारूढ दलकै पम्फा भुसालले बिनासूचना विद्युत् काटिँदा जनजीवन प्रभावित भएको भन्दै पटकपटक बत्ती जाने समस्या समाधान गरी विद्युत् आपूर्ति नियमित बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । उहाँले अनियमित रुपमा के कारणले विद्युत् काटिने गरेको छ भन्ने प्रश्न गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले समस्या समाधानमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । नेपालमा जलविद्युत्को ठूलो सम्भावना भए पनि अझै बिजुलीको मूल्य महँगो छ भन्दै उहाँले जलविद्युत् आयोजना सरकार आफैँले उत्पादन र वितरण गर्नुपर्ने…

Read More

काठमाडौँ : नेपाली यू–१९ ९उन्नाइस वर्षमुनिको० राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्काको स्थानीय क्रिकेट क्लब बादुरेलियालाई जितका लागि १६५ रनको लक्ष्य दिएको छ । श्रीलङ्काको कोलम्बोस्थित सरे क्रिकेट मैदानमा आज भएको दोस्रो अभ्यास खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै २०६ रन बनायो तर वर्षाले खेल प्रभावित भएपछि दोस्रो इनिङ्सको खेल ३५ ओभरमा छोट्टाएपछि बादुरेलियाले डकवर्थ लेविस पद्धतिका आधारमा १६५ रनको लक्ष्य पाएको हो । नेपालका लागि रित गौतम र हरि चौहानले अर्धशतकीय इनिङ्स खेले । रितले सर्वाधिक ७६ रनको योगदान दिए भने हरिले ५६ रन जोडे । त्यसैगरी सन्दीप जोराले २४ तथा आसिफ शेखले…

Read More

चितवन: यती एयरलायन्सले यही भदौ १५ गतेदेखि भरतपुरबाट पोखरा सस्तो भाडादरमा सिधा उडान शुरु गर्ने भएको छ । दैनिक पोखराबाट भरतपुर र सोही जहाज भरतपुरबाट पोखरा जाने गरी नयाँ उडान भर्ने भएको हो । एयरलायन्सका भरतपुर शाखा व्यवस्थापक अनुप ढकालका अनुसार बिहान ११ः३० बजे भरतपुरबाट पोखरा जहाज उड्ने छ । यती एयरलायन्सको ३० सिटको जेडस्टिम जहाज पोखरा–भरतपुर उडान गरिने उहाँले जानकारी दिनुभयो । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै दुई पर्यटकीय गन्तव्य जोड्ने गरी यतीले उडान शुरु गर्न लागेको हो । पोखरा देशकै दोस्रो र चितवन तेस्रो पर्यटकीय गन्तव्य हो । एकतर्फी उडानको रु दुई हजार ५०० मात्र भाडादर तय…

Read More