Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: स्वास्थ्योपचारका क्रममा सिङ्गापुर रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सदस्यहरुबीच आज दोस्रो पटक भिडियो कन्फरेन्स (टेलिप्रिजेन्स) प्रविधिबाट छलफल भएको छ । प्रधानमन्त्री ओलीले यसबीचमा भएका सरकारका कार्यप्रगतिबारे अन्य मन्त्रीहरुको उपस्थितिमा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसँग ब्रिफिङ लिएर आवश्यक निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले बताउनुभयो । यसअघि यही भदौ ९ गते पहिलो टेलिप्रिजेन्स छलफल भएको थियो तर यो मन्त्रिपरिषद्को औपचारिक बैठक भने होइन । प्रधानमन्त्री विदेशमा वा अनुपस्थित रहेका बेलामा पनि सूचना प्रविधिको प्रयोग गरी मन्त्रिपरिषद्का बैठक र छलफल गर्न सकिने कार्यविधि नेपाल सरकारले यसअघि पारित गरेको थियो । यही भदौ ५ गते उपचारका लागि त्यसतर्फ जानुभएका…

Read More

काठमाडौँ: निरन्तर घटेर धेरै कम्पनीको शेयरमूल्य सस्तिएपछि बजारमा मंगलबार खरीदकर्ताको चाप देखिएको छ। शेयरको मूल्य धेरै फराकिलो ढंगले घट्ने र बढ्ने क्रम चल्दा मंगलबार अन्तिममा समग्र बजार सुधारको दिशामा गएको देखिएको छ। नेप्से सूचक लगातार घटेर सूचीकृत कम्पनीहरुको शेयरमूल्य अवमूल्यन भई ६ दर्जन सूचीकृत कम्पनीहरुको शेयरमूल्य धेरै सस्तिएर मूल्य आम्दानी अनुपात १५ गुणा वा सो भन्दा तल आउँदा सस्तोमा राम्रा कम्पनीहरुको शेयर उठाउनेहरुले मौका छोपे । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से सूचकमा २०.५७ अंक बढीको बढोत्तरी आएको छ भने कारोबार रकममा समेत १० करोड बढीको वृद्धि भएको छ। शेयर बजार परिसूचक ११९०.९० बिन्दुमा उक्लिदाँ कारोबारमा आएका १३५ कम्पनीको शेयरमूल्य…

Read More

काठमाडौँ: भदौ दोस्रो साता केही ओरालो लागेको सुनको मूल्य आज फेरि प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ¬्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार ५०० पुगेको छ । आइतबार र सोमबार छापावाला सुन प्रतितोला रु ७२ हजारमा खरिदबिक्री भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ५०० ले वृद्धि भएको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ७२ हजार २०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । यसअघि तेजाबी सुन प्रतितोला रु ७१ हजार ७०० मा कारोबार भएको थियो । सुनको मूल्य वृद्धि भएसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको…

Read More

काठमाडौँ: आर्थिक वर्ष २०७५/७६ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई रु.८७९ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ८.६ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा भने विप्रेषण आप्रवाह ७.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.२ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०७५/७६ मा खुद ट्रान्सफर प्राप्ति १५ प्रतिशतले वृद्धि भई रु. ९९४ अर्ब ७९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो प्राप्ति १.५ प्रतिशतले बढेको थियो । अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा वर्षमा ३२.६ प्रतिशतले घटेको…

Read More

काठमाडौँ: भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी सवा सात बजेपछि नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज)को व्रत एवं पूजा आजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । …

Read More

काठमाडौँ : देशको राजधानी भएको जिल्ला काठमाडौँ भूकम्पपछिको पुनःनिर्माणमा सबैभन्दा कमजोर अवस्थामा रहेको देखिएको छ । भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये घना बस्ती भएका कारण राजधानी शहर भएको जिल्ला सबैभन्दा पछि परेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका अनुगमन तथा मूल्याङ्कनविज्ञ राजकुमार पौडेलले स्वीकार गर्नुभयो । काठमाडौँका ११ नगरपालिकामध्ये पनि सबैभन्दा बढी समस्या मुलुककै पहिलो महानगर काठमाडौँ महानगरपालिकामै रहेको एकाइले जनाएको छ । काठमाडौँमा शुरुमा गरिएको सर्वेक्षणमा ४२ हजार ४९९ भूकम्पपीडित लाभग्राही सूचीमा सूचीकृत भएका थिए । गुनासोबाट छ हजार ६९ पीडित थपिएपछि हाल ४८ हजार ५६८ लाभग्राही पुगेका पौडेलले जानकारी दिनुभयो । काठमाडौँमा…

Read More

रुकुम पश्चिम : खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मुसिकोट नगरपालिका–३ माछिमीका २७ वर्षीय नवीन खड्काले २५ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको गए राति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अत्यधिक मदिरा सेवन गरी सोमबार तीजका दिन बेलुकी ८ः०० बजेको समयमा नवीनले श्रीमती कमलाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । श्रीमतीको हत्या गरी फरार रहेका नवीनलाई आज बिहान २ः१५ बजेको समयमा घर नजिकैको जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । उनीसँगै श्रीमतीलाई प्रहार गरेको खुर्पा पनि बरामद गरिएको छ । उनले के कारणले श्रीमतीको…

Read More

काठमाडौं : तातोपानी नाकाबाट अध्यागमन सेवा सुरु गर्न चीनले सुरक्षा प्रत्याभूति खोजेको छ। सुरक्षा संवेदनशीलता देखाउँदै चिनियाँ पक्षले तातोपानीबाट तत्काल यात्रुको आवतजावत नहुने संकेत गरेको छ। २०७२ वैशाख १२ को भूकम्पबाट भौतिक पूर्वाधारमा क्षति पुगेपछि नाका बन्द थियो। चिनियाँ पक्षले पारवहन तथा ढुवानी सम्झौता कार्यान्वयन गर्न जेठ १५ देखि नाका पुनः सञ्चालन गरेको हो। यहाँबाट मालवाहक सवारी साधन मात्र ओहोरदोहोर गर्छन्। गृह मन्त्रालयले अध्यागमन कार्यालय भने खोलिसकेको छ। चिनियाँ पक्षले अध्यामगन सेवा सुचारु नगर्नुको स्पष्ट कारण भने खुलाएको छैन। नाकासहित आसपासका क्षेत्रबाट चीनविरोधी गतिविधि हुने उनीहरूको बुझाइ छ। तिब्बती शरणार्थीका ‘अवाञ्छित’ गतिविधिका कारण यो क्षेत्रलाई चीनले संवेदनशील मानेको छ।…

Read More

काठमाडौं : निर्वाचन आयोगले १४ मंसिरमा हुने उपनिर्वाचनका लागि दल दर्ता अह्वान गरेको छ। संघ, प्रदेश तथा स्थानीय तहका रिक्त ५१ पदमा उपनिर्वाचनका लागि दल दर्ताको अह्वान गरेको हो। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय निर्वाचनका लागि दर्ता भएकाबाहेक दलले भदौभित्र दर्ता गर्नुपर्ने आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले बताए। उनका अनुसार उपनिर्वाचनमा भाग लिन राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिम ढाँचामा निवदेन दिनुपर्नेछ। नयाँ दलका रूपमा नेकपा, समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), विवेकशील र साझा विवेकशील पार्टीलगायत दल उपनिर्वाचनका लागि दर्ता हुनुपर्नेछ। आयोगमा १३२ दल दर्ता छन्।

Read More

काठमाडौँ: सरकारले भदौ २५ गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव गरेको छ । यातायात व्यवस्था विभागले यसबारे छलफल गर्न व्यवसायीहरुलाई बुधबार बोलाएको छ । व्यवसायी सहमत भए २५ गतेबाट बुकिङ खुल्ने विभागमा महानिर्देशक गोगबहादुर हमालले जानकारी दिए । ‘व्यवसायीले राख्दै आएका धेरै मागहरु पूरा गरिसकेका छौं, त्यसैले बुकिङ प्रस्तावित मितिमै खोल्न सकिन्छ,’ उनले भने । व्यवसायीहरुले भाडादर बढाउनुपर्ने माग गरेका छन् । विभागसँग भएका छलफलहरुमा उनीहरुले वैज्ञानिक भाडा समायोजनलगायतका मुद्दा उठाएका छन् । दशैंको टिकट बुकिङ खुलाउने निर्णय हुनुअघि नै सार्वजनिक सवारीको भाडा बढाउनुपर्ने माग अघि सारिने एक व्यवसायीले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिए । २०६९ सालपछि वैज्ञानिक…

Read More