Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: अधिकांश बैंकका एटीएम सेवा अनिश्चितकालका लागि बन्द भएका छन् । एटिएमबाट पैसा निकाल्न नपाउँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । नेपाल राष्ट्र बैंकले एनआईसी एसिया र प्रभु बैंकको एटीएम सर्भर डाउन भएको पुष्टि गरेको छ । प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने, ‘यसबाहेक अरु बैंकमा पनि समस्या आएको छ र समाधानको कोसिस भइरहेको छ ।’ एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्ने गिरोहले बैंकिङ प्रणाली नै ह्याक गरेकाले एटीएम नचलेको प्रारम्भिक अनुमान गरिएको छ । काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीका अनुसार बैंकिङ सिस्टमको भिसा कार्डसँग सम्बन्धित एक सिस्टम ह्याक भएको छ । स्रोतका अनुसार नेप्स भन्ने संस्थाले बनाएको बैंकिङ…

Read More

मध्यपुरथिमि: मध्यपुरथिमि नगरपालिकाको वडा नं १ लोकन्थलीमा आज बिहान पुनःपहिरो गएको छ । पहिरोमा सडक भासिनुका साथै छ घर उच्च जोखिममा परेको छ । मध्यपुरथिमि– १, २ र ३ मा रहेको खानेपानी समस्या समाधानका लागि ट्याङ्की निर्माण गर्ने क्रममा गत ३ गते राति पहिरो गएपछि रोकथामका प्रयास भएपनि त्यस स्थानमा पुनःपहिरो गएको हो । पानीट्याङ्की निर्माणका लागि खाडल खन्दा ३ गते राति पहिरो जाँदा १६ फिट चौडाइ रहेको करीब ४० मिटर कालोपत्र सडक पूरै बगाउँदा यहाँका यातायात अवरुद्ध भएको थियो भने अहिले थप सडकमा क्षति पुग्ने जोखिममा रहेको छ । पहिरोले स्थानीय लक्ष्मणप्रसाद पौडेल, प्रेमबहादुर तामाङ, सन्तोष तामाङ, भरत पौडेल,…

Read More

जाजरकोट: जाजरकोट भेरी नगरपालिका– २ तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ । आज बिहान १ः४५ बजे आएको पहिरोले घर पुर्दा श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरु नौ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । पार्वतीका श्रीमान् बलबहादुर घर बाहिर सुतेका कारण बाँच्न सफल भएको जाजरकोटका प्रहरी नायब उपरीक्षक श्याम खत्रीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयबाट उद्धारका लागि टोली खटिएको, सशस्त्र प्रहरी पनि खटिएको उहाँले बताउनुभयो । अहिले घटनास्थलमा उद्धारकार्य जारी छ ।

Read More

काठमाडौँ: प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्माणाधित खानेपानी आयोजना र काठमाडौँ–तराई द्रुतमार्गको निर्माण प्रगति तथा खर्च प्रक्रियाबारे अध्ययन थालेको छ । समितिको साउन ५ को बैठकले यी दुई आयोजनाको कागजपत्र झिाउने निर्णय गरेको थियो । समितिको निर्देशनअनुसार खानेपानी मन्त्रालयले मेलम्चीको विवरण पेश गरेको छ । मेलम्चीपछि द्रुतमार्गका विषयमा सरकोकारवालासँग सोधपुछ हुने समितिका सचिव रोजनाथ पाण्डेले बताएका छन् । यो समाचार कान्तिपुर दैनिकमा ऋषिराम पौड्यालले लेखेका छन् ।

Read More

मलंगवा : साहुले ऋण लगानी गर्छ। तोकेबमोजिम ब्याज असुल्छ। समाजमा परम्परादेखि चल्दै आएको छ यो व्यवस्था। तर यस्ता साहु पनि भेटिए जसले ऋण लगानी गरेर मनलाग्दी ब्याज असुलेको छ। ऋण लिएभन्दा चार गुणासम्म बढी रकम राखेर ऋणीलाई तमसुक गराएको छ। नतिरे धम्की दिएको छ। प्रशासन लगाएको छ। मुद्दा लगाएको छ। मानसिक तनाव दिएको छ र कतिलाई आत्महत्या गराउन विवश बनाएको छ। कुनै फिल्मका खलनायक जस्ता लाग्ने यस्ता साहु हुन् सर्लाही मलंगवा–४ का श्यामकृष्ण साह कलवार (परदेशी)। उनकै कारण एक–दुई जना मात्र हैन, झन्डै ३ सय जना पीडित बनेका छन्। लालबन्दी नगरपालिका ३ की दुर्गा चौधरीले कलवारको ऋण तिर्न नसकेपछि तीन…

Read More

काठमाडौँ: हावाहुरी, असिनापानीसहितको चक्रपातबाट ठूलो जनधनको क्षतिभएको बारा र पर्साका पीडित जनताका लागि निर्माण गरिएको घर यसैसाता हस्तान्तरण गरिने भएको छ । कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखलले आवास निर्माण गरिएको क्षेत्रमा आयोजित समारोहमा आगामी बुधबार स्थानीयवासीलाई नवनिर्मित भवन हस्तान्तरण गर्नुहुने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । गत चैत १७ गते साँझ आएको उक्त चक्रपातबाट २७ जनाको मृत्यु हुनका साथै अर्बाै मूल्य बराबरको धनमाल क्षति भएको थियो । सरकारले नेपाली सेनालाई क्षतिग्रस्त घरको पुनःनिर्माण गर्न चैत २१ गते निर्णय गरेको थियो । नेपाली सेनाको २८ नं बाहिनी अड्डा नेतृत्वको कार्यदलले १२ वटा क्लष्टरमा विभाजन गरी तीन चरणमा निर्माण…

Read More

काठमाडौं: दुध उत्पादक किसानहरुले तत्काल दुधको मुल्य बढाउन सरकारसंग माग गरेका छन । शनिवार रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय व्यवसायी पशुपालन तथा दुध उत्पादक कृषक समाज, नेपालले पत्रकार सम्मेलन गर्दे यस्तो माग गरेको हो । विगत तीन वर्षदेखि सरकारले दुधको मूल्य यथावत राख्दा किसानहरु मारमा परेको भन्दै समाजले तत्काल मूल्य बढाउन माग राखेको हो । आफुहरको उत्पादन लागतमा बिगत तीनबर्ष यता ३० प्रतिशतभन्दा बढि मुल्य बृद्धि भएको जनाउदै दुधको मुल्यमा प्रतिलिटर १० रुपियाँ बढाउनुपर्ने उनीहरुको माग छ । उक्त मूल्य निर्धारण नगरिए यो क्षेत्रका दश लाख किसानको प्रत्यक्ष रोजगारि गुम्ने र खर्बाै रुपैयाँका गाई, भैंसी नासिने भई राज्यको खरबको व्यापार…

Read More

काठमाडौँ: भारतले नेपाललाई पराजित गर्दै पाँचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिपको उपाधि हात पारेको छ । भारतको कोलकातास्थित कल्याणी रङ्गशालामा आज भएको फाइनल खेलमा भारतले नेपाललाई ७–० गोलअन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । यू–१५ मा नेपालले अहिलेसम्म च्याम्पियन हुनसकेको छैन । त्यस्तै यससँगै तेस्रोपटक फाइनल पुगेको नेपाललाई उपाधि जित्न फेरि पनि भारत नै तगारो बन्यो । यसअघि सन् २०१३ र २०१७ मा फाइनल खेल्दा नेपाल दुवैपटक भारतसँग नै पराजित भएको थियो । त्यतिबेला उक्त च्याम्पियनसिप यू–१६ का नाममा हुने गर्दथ्यो । नेपालले खेलको पहिलो हाफमा तीन गोल खायो भने खेलको दोस्रो हाफमा चार गोल खायो…

Read More

काठमाडौँ: नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नयाँ कार्यसमिति चयन भएको छ । सेजनको यहाँ आज सम्पन्न २०औँ साधारणसभा एवं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले अध्यक्षमा भीमप्रसाद गौतम, उपाध्यक्षमा सरस्वती ढकाल, महासचिवमा सुजन ओली, सचिवमा कृष्ण रिजाल र कोषाध्यक्षमा हिमाल पौडेललाई चयन गरेको छ । यस्तै सदस्यमा विनय बञ्जरा, कमला अर्याल, मुना कुँवर, सुजन ढुङ्गाना र हिमा विक निर्वाचित हुनुभएको छ । अधिवेशनको आज नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले उद्घाटन गर्नुभएको थियो । उहाँले सामाजिक सञ्जालमा आउने गलत सूचनाले पत्रकारिता क्षेत्रमा नयाँ चुनौती थपेको भन्दै संवेदनशील भई सञ्चार कर्ममा क्रियाशील हुन पत्रकारलाई आग्रह गर्नुभयो…

Read More

काठमाडौँ: सरकारले विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्ने र विद्युत् खपत बढाउने लक्ष्यका साथ युद्धस्तरमा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । त्यसका लागि केही नीतिगत व्यवस्थासमेत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव प्रविण अर्यालको संयोजकत्वमा गठित कार्यदलले यही भदौ ११ गते मन्त्री वर्षमान पुनलाई प्रतिवेदन बुझाइसकेको छ । सरकारले पेट्रोलियम पदार्थको आयात क्रमशः घटाई विद्युतीय सवारीसाधनको प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । सोही लक्ष्यलाई पूरा गर्न पनि राजधानीभित्र अत्यावश्क चार्जिङ स्टशेन निर्माण गर्नुपर्ने हुन्छ । कार्यविधि तयार भएपछि नेपाल विद्युत् प्राधिकरणले थप प्राविधिक तथा अन्य व्यवस्था गर्नेछ । राजधानीमा मङ्गलबारदेखि जारी सवारीसाधनको व्यावसायिक मेला नाडा अटो…

Read More