Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

ललितपुर: राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनस्थित कृष्ण मन्दिरको दर्शन गर्नुभएको छ । प्रत्येक वर्ष श्रीकृष्णाष्टमीका दिन यस मन्दिरको राष्ट्रप्रमुखले दर्शन गर्ने परम्परानुसार आज दिउँसो उहाँ पाटन आउनुभएको हो । राष्ट्रपति भण्डारीलाई मन्दिरका मूल पूजारी प्रतापधर शर्माले प्रसाद तथा टीका ग्रहण गराउनुभएको थियो । उहाँलाई मन्दिरका नौ जना पूजारीले हातमा पाती, फलफूल, सगुन, माला र खादा अर्पण गरेका थिए । उहाँले झण्डै १० मिनेट मन्दिरमा पूजाआजा गर्नुभएको थियो । उहाँलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याल, ललितपुरका सांसद र प्रदेशसभाका सदस्य, वडाध्यक्ष, वडा सदस्यलगायतका जनप्रतिनिधिले स्वागत गर्नुभएको थियो । उहाँले पाटन दरबार क्षेत्रमा रहेका स्मारकहरुको अवलोकन गर्दै पुनःनिर्माणका…

Read More

काठमाडौं ः पार्टीमा अनुशासन खस्कँदै गएकामा अध्यक्ष दाहालको चिन्ता काठमाडौँ ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रको अनुशासन विस्तारै खस्कँदै गएकोमा चिन्ता व्यक्त गरेका छन । ललितपुरमा आज आयोजित प्रोग्रेसिभ इञ्जिनीयरिङ एशोसिएशन नेपालको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजोभन्दा आज कम्युनिष्टको अनुशासनको स्तर गिर्दै गएकामा आश्चर्य व्यक्त गरे । कम्युनिष्टमा वैचारिक विचलन आएको उल्लेख गर्दै अध्यक्ष दाहालले पछिल्लो समय सामूहिकताभन्दा पनि व्यक्तिगत निर्णयतर्फ केन्द्रित भएको महसुस भइरहेको टिप्पणी गरे । “हिजो हामी निकै अनुशासित थियौँ, आत्म अनुशासनबाट मात्र हामी अहिलेको अवस्थामा आइपुगेका हौँ”, उनले भने , “आज अनुशासनको स्तर गिरेर जसलाई जे मन लाग्यो…

Read More

काठमाडौँ ः राष्ट्रियसभा बैठकले ‘वातावरण संरक्षण विधेयक, २०७६ विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । आजको बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावमाथि सांसदहरुले उठाएका जिज्ञासा प्रस्ट पार्दै मन्त्री बस्नेतले विधेयकमा कुनै पनि आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनलाई कडाइका साथ लागू गर्न विभिन्न व्यवस्था गरिएको जानकारी गराए । उनले जलवायु परिवर्तन गम्भीर विषय भएकाले अनुकूलन र न्यूनीकरणका कार्यक्रम समुदायमा आधारित भई स्थानीय स्तरमा लागू गरिएको बताए । मन्त्री बस्नेतले विधेयकले सङ्घीयताको नयाँ व्यवस्थाअनुसार, प्रदूषण नियन्त्रणको विषय, विकास र वातावरणबीचको नयाँ बहसलाई पनि आत्मसात् गरेको उल्लेख गरे। प्रस्तावमाथिको छलफलमा भाग लिँदै…

Read More

काठमाडौँ ः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झरेको छ । आइसिसीले सार्वजनिक गरेको एक दिवसीय नयाँ वरियतामा एक स्थान तल झरेर नेपाल १६औँ स्थानमा पुगेको छ । यसअघि नेपाल १५औँ स्थानमा थियो । वरियताको शीर्ष स्थानमा इङल्याण्ड छ भने दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा अष्ट्रेलिया, पाँचौँमा दक्षिण अफ्रिका, छैटाँैमा पाकिस्तान र सातौँ स्थानमा बङ्गलादेश छ । त्यस्तै आइसिसी टी–ट्वान्टी वरियतामा भने नेपाल एघारौँ स्थानमा यथावत् रहेको छ । टी–ट्वान्टी वरियतामा नेपालभन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड छन् । टी–ट्वान्टी वरियतामा पाकिस्तान पहिलो स्थानमा छ भने इङल्याण्ड दोस्रो र दक्षिण…

Read More

काठमाडौं : परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सिजरियन सेक्शनबाट सुत्केरी हुने महिलाको संख्या बढ्दै गएको छ । अस्पतालका कार्यकारी निर्देशक प्राडा जागेश्वर गौतमका अनुसार अस्पतालमा दैनिक ६६ महिला सुत्केरी हुने गरेको छन, तीमध्ये २१ जनाको शल्यक्रिया (सिजरियन सेक्शन) बाट सुत्केरी हुने गरेको छ । पछिल्लो समय अस्पतालमा नै सिजरियन सेक्शनबाट बच्चा जन्माउनेको सङ्ख्या वृद्धि भइराखेको छ । अस्पतालले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा अस्पतालमा कूल ३० हजार ६२७ महिला भर्ना भएकामध्ये २४ हजार १४७ ले बच्चा जन्माएका थिए । यसैबीच उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सुत्केरी हुन नसकी अकालमा कुनै आमा तथा नवजात शिशुको…

Read More

लहान : करेन्ट लागेर सिरहाको बरियारपट्टि गाउँपालिका–४ सोहपुरमा आज एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीय श्यामलाल यादव रहेका प्रहरीले जनाएको छ । धान खेतमा पानी हाल्नका लागि मोटर चलाउने क्रममा करेन्ट लागेर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शवपरीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा ल्याइएको छ ।

Read More

काठमाडौं: नेपाली सेनाले सकल दर्जालाई सहुलीयतपूर्ण किस्ताबन्दीमा घडेरी उपलब्ध गराउने नीति परिवर्तन गरेको छ । जग्गा किनेर प्लटिङ गरी घडेरी बनाएर सकल दर्जालाई उपलब्ध गराउने नीति परिमार्जन गरी त्यसको साटो सहुलियतपूर्ण ब्याजदरमा घरकर्जा उपलब्ध गराउने योजना रहेको नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले जानकारी दिए । विगतमा राम्रो उद्देश्य राखेर सकल दर्जालाई आवास उपलब्ध गराउन मुलुकका विभिन्न ठाउँमा जग्गा खरीद गरिएको भए पनि सेना जग्गा प्लटिङको माध्यमबाट व्यापारमा लाग्यो भन्ने विभिन्न आरोप र टिकाटिप्पणीबाट छुटकारा पाउन तथा सहुलियतपूर्ण घरकर्जाका माध्यमबाट धेरैभन्दा धेरै हिताधिकारीलाई सम्बोधन गर्न सकियोस् भन्ने हेतुले सेना यसअघिको निर्णयबाट पछि हटेको बुझिएको छ । सेनाले…

Read More

काठमाडौं: नेपाल प्रहरीमा रिक्त रहेका विभिन्न पदहरुमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल ३ हजार ८ सय ३१ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ । नयाँ भर्नामध्ये प्रहरी जवानमा ३ हजार ५ सय ९६ जना र प्रहरी कार्यालय सहयोगी तथा खेलाडीतर्फ २ सय ३५ जनाका लागि दरखास्त आव्हान गरिएको हो । प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा ७४ वटै…

Read More

चितवन: भरतपुर महानगरपालिकाले पत्रकार शालिकराम पुडासैनीको मृत्युका सम्बन्धमा भइरहेको उत्पन्न असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महानगरपालिकाले विज्ञप्ति जारी गरी प्रमुखप्रति कपोलकल्पित, मनगढन्ते, अनर्गल तथा भ्रामक विचार सम्प्रेषण गर्ने, अपशब्द प्रयोग एवं गालीगलौज गरी व्यक्तिको वैयक्तिक स्वतन्त्रतामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दुःखद भएको जनाएको छ । कुनै पनि व्यक्तिको अस्वाभाविक मृत्यु हुनु दुःखद विषय भएको उल्लेख गर्दै विज्ञप्तिमा अस्वाभाविक मृत्युको कारणका लागि निष्पक्ष छानबिन गर्नु राज्य र सरकारको दायित्व भएको जनाइएको छ । महानगरपालिका प्रमुख रेनु दाहालद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि मुद्दामा अनुसन्धान गर्ने जिम्मा प्रहरीको,…

Read More

काभ्रेपलाञ्चोक: जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले गैरसैनिकलाई ‘कम्ब्याक्ट’ पोशाक निषेध गरेको छ । कार्यालयले गैरसैनिकलाई कम्ब्याक्ट पोशाक लगाउन निषेध गरिएकाले यसलाई कडाइका साथ लागू गर्न स्थानीय तहका प्रमुख प्रशाकीय अधिकृतलाई निर्देशनसमेत दिएको छ । नेपाली सेनाका सकल दर्जाले लगाउने कम्ब्याक्ट पोशाक स्थानीय बजारमा सहजरूपमा बिक्री वितरण हुने हुँदा गैरसैनिकले ‘फेशन’का रूपमा प्रयोग गरेकाले यसलाई निषेध गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिनुभयो । जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको बैठकमा उहाँले भन्नुभयो, “यो कुनै पार्टी विशेष जस्तो पनि देखिने हुँदा सर्वसाधारण अर्थात् गैरसैनिकलाई यस्तो पोशाक लगाउनबाट रोकिन्छ, तपाईंहरुले आ–आफ्नो क्षेत्रमा कडाइका साथ लागू…

Read More