Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: एक वर्षमै ३ सय ३० जना निजामती कर्मचारीले आफूलाई जटिल बिरामी तथा कडा रोग लागेको मेडिकल बोर्डबाट सिफारिस बताएका छन् । समायोजन भई स्थानीय तहमा खटिएका कर्मचारी संघमा आउन उनीहरुले बोर्डबाट कडा रोग लागेको सिफारिस गराएका हुन् । त्यस्तो सिफारिस ल्याउने कर्मचारीमध्ये अधिकांश स्वास्थ्य तथा प्रशासन सेवाका छन् । कर्मचारी समायोजन ऐन २०७५ मा मानसिक बिरामी तथा कडा रोग लागेको भनी मेडिकल बोर्डबाट सिफारिस ल्याएका कर्मचारीलाई संघमा समायोजन गर्न सकिने व्यवस्था छ । उक्त व्यवस्थाको दुरुपयोग गर्दै स्थानीइ तहमा समायोजन भएका कर्मचारीहरुले पुल दरबन्दीमा आउन कडा रोग लागेको सिफारिस गराएका हुन् । यो समाचार आजको…

Read More

म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरमा चट्याङ लागेर भेडा मर्दा रु १० लाख मूल्य बराबरको क्षति पुगेको छ । शुक्रबार राति ११ः३० बजे परेको चट्याङ लागेर खर्कमा बास बसेका ६१ वटा भेडा मरेका छन् । करीब रु १० लाख मूल्य बराबरको क्षति पुगेको कृषकसमेत रहनुभएका वडा सदस्य राजेश तिलिजा पुनले जानकारी दिनुभयो । सबैभन्दा धेरै तिलिजाका २६ वटा भेडा मरेका छन् । लालवीर तिलिजा, मिनबहादुर गुरुङ, टिकजित तिलिजा, यामबहादुर पाइजा, डिलप्रसाद शेरपुञ्जा र कमल तिलीजाका भेडा पनि मरेका छन् । एक वटा भेडाको मूल्य रु १५ हजारदेखि रु २५ हजार छ । सबै कृषकका भेडालाई गोठालाले एउटै…

Read More

काठमाडौं:  वरिष्ठ कलाकार शुभद्रा अधिकारीको पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको छ । दम र निमोनिया रोगले पीडित अधिकारीको आज बिहान निधन भएको थियो । नृत्य, रङ्गमञ्च हुँदै चलचित्र कलाकारका रुपमा समेत लामो समय कलाकारिता गर्नुभएकी अधिकारीलाई सरकारले विशिष्ट श्रेणीको सुविधा दिँदै आएको नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्काले जानकारी दिनुभयो । स्व अधिकारीले लामो समय सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा समेत सेवा गर्नुभएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराई पशुपति आर्यघाट पुग्नु भई स्व अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । विसं २००४ भदौ २० गते जन्मनुभएकी अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको हो । कलाकारमाझ मिलनसार…

Read More

काभ्रेपलाञ्चोक: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा वर्तमान अवस्थामा भ्रष्टाचार बढेको नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय भएको बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी सङ्गठन प्रदेश नं ३ को घोषणासभालाई आज बनेपामा सम्बोधन गर्दै उहाँले अख्तियारलाई सक्रिय बनाइएका कारण भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउने काम भइरहेको बताउनुभयो । “एकपछि अर्को भ्रष्टाचारी समातिएका छन्, यसबाट भ्रष्टाचार बढेको ठान्नु गलत हो, यो अख्तियारलाई सक्रिय बनाइएको प्रतिफल हो”, उहाँले भन्नुभयो । उहाँले यसअघिका सरकारका समयमा पनि अख्तियार भए पनि यत्तिको सक्रिय नभएको दाबी गर्नुभयो । मन्त्री बाँस्कोटाले विभिन्न निकायका कर्मचारीलाई काम छिटो र नाफामूलक बनाउने प्रवृत्तिका कारण भ्रष्टाचार हुने गरेको बताउनुभयो । उहाँले…

Read More

सप्तरी: तीन पुस्तादेखि मुआब्जाका लागि सङ्घर्ष गरिरहेका कोशी कटान पीडितले आजदेखि सप्तरी र सुनसरीको सीमामा रहेको कोशी ब्यारेजमा रिले अनशन शुरु गरेका छन् । नेपाल–भारत कोशी सम्झौताअनुसार कोशीको कटानमा परी सयौँ बिघा जग्गा गुमाएकाले मुआब्जा र क्षतिपूर्ति रकम उपलब्ध गराउन माग गर्दै रिले अनशन शुरु गरेका हुन् । कोशी नदी कटान डुबान पीडित सङ्घर्ष समितिको अगुवाइमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले सप्तकोशी ब्यारेजमा आमसभा गरेपश्चात् रिले अनशन शुरु गरे । रिले अनशनको शुरुआत गर्दै आज पहिलो दिन कोशी नदी कटान डुबान पीडित सङ्घर्ष समिति सप्तरी, सुनसरी उदयपुरका संयोजक महिदेवप्रसाद चौधरी, संविधानसभाका पूर्वसदस्य मानपुर चौधरी, उमेश मिश्र, घनश्याम झा, विजय…

Read More

काठमाडौँ: राष्ट्रकवि माधव घिमिरे विशेषाङ्क ‘राष्ट्रयभाषा २९’ को लोकार्पण गरिएको छ । नेपाली शिक्षा परिषद्ले प्रकाशन गरेको पुस्तकको वरिष्ठ साहित्यकार चित्तरञ्जन नेपालीले विमोचन गर्नुभयो । परिषद्को ६९औँ वार्षिकोत्सव तथा संस्थापक गोपाल पाँडे (असिम)को १०७औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा साहित्यकार नेपालीले परिषद्ले नेपाली भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै यसलाई निरन्तरता दिन सुझाव दिनुभयो । उहाँले भाषा, साहित्यको विकासबिना मुलुक समृद्ध हुन नसक्ने भन्दै समग्र क्षेत्रको विकासले मात्र राष्ट्रको उन्नति हुने धारणा राख्नुभयो । कार्यक्रममा विभिन्न व्यक्तिलाई पुरस्कृत तथा अभिनन्दन गरियो । यस वर्षको गोपाल पाँडे असिम पुरस्कार शेषराज शिवाकोटीलाई प्रदान गरिएको छ । उहाँलाई नगद…

Read More

गोरखा:समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नो पार्टीले देखेको समाजबाद कम्युनिष्टहरुले भने जस्तो नहुने बताउनु भएको छ । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजबादी फोरम नेपाल बिचको शनिबार यहाँ आयोजित जिल्ला एकता घोषणा सभामा उहाँले सो कुरा बताउनु भएको हो । ‘हाम्रो समाजबाद पुँजीबादको टिको मात्र लगाउने खालको प्रजातान्त्रिक समाजबाद पनि होइन, उहाँले भन्नुभयो, ‘कम्युनिष्टहरुले भनेको जस्तो साम्यबादको खुड्किलो जस्तो समाजबाद पनि होइन ।’ अध्यक्ष डा भट्टराईले समाजबादी पार्टीले ल्याउने समाजबाद सर्वहारा बर्गको अधिनायकत्वको हुने खालको समाजबाद नभई फरक पहिचान हुने बताउनुभयो । उहाँले फरक पहिचान र चिन्तन सहितको समाजबाद निर्माणको बाटोमा पार्टी अघि बढेको उल्लेख गर्दै…

Read More

काठमाडौँ: ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणलाई एक नम्बर अब्बल संस्थाका रुपमा स्थापित गरेरै छाडिने दृढता व्यक्त गर्नुभएको छ । प्राधिकरणको ३४औँ वाषिकोत्सवका अवसरमा आज आयोजित पदक उपहार तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले सरकारी स्वामित्वका संस्थानमध्ये प्राधिकरणलाई एक नम्बरको संस्थाका रुपमा विकास गरिने बताउनुभएको हो । पछिल्ला वर्षमा लगातार नाफामा गइरहेको संस्थालाई क्रमशः नाफा बढाउँदै लगिने र प्राधिकरणलाई थप व्यावसायिक संस्थाका रुपमा विकास गर्ने योजनाअनुसार नै काम भइरहको बताउनुभयो । प्राधिकरणमा चमत्कार नै भएको जस्तै भइरहेको उल्लेख गर्दै उहाँले राजनीतिक स्थायित्वसँगै संस्थाको व्यावसायिक, कार्यशैलीगत र प्रशासनिक क्षमतामा समेत वृद्धि भएको उल्लेख गर्नुभयो । विगतमा भाषणमा…

Read More

गोरखा: समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टी संविधान संशोधन गर्र्ने शर्तमा दुईतिहाइ पु¥याइदिन सत्ता गएको बताउनुभएको छ । नयाँ शक्ति पार्टी नेपाल र सङ्घीय समाजवादी फोरम नेपालबीचको जिल्ला एकता घोषणासभामा सहभागी हुन आज गोरखा आइपुग्नुभएका अध्यक्ष यादवले सदरमुकाममा पत्रकारसँगको भेटघाटमा सो कुरा बताउनुभएको हो । उहाँले जुन शर्तमा पार्टी सत्तामा गएको छ, त्यही शर्त पूरा नभए सरकारमा बस्नुको औचित्य नहुनेसमेत बताउनुभयो । संविधान संशोधन हुने वा नहुने भन्ने विषय आफूहरुको भन्दा पनि सरकारको नेतृत्व गरेको पार्टीको विषय भएको उहाँले बताउनुभयो । “अहिलेसम्म संविधान संशोधनको विषयमा कुनै कदम चालिएको छैन, हामीले जनतालाई यर्थाथ भन्नुपरेको…

Read More

काठमाडौँ: धितोपत्र बजारमा यस साता कूल १७१ कम्पनीको शेयर कारोवार भयो । चालू आर्थिक वर्ष लागेदेखि नै निरन्तर आरोलो लागेको बजार यस साताको अन्तिम दिन एक हजार २२४.०३ मा पुगेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता कूल ७५ लाख ४४ हजार १३ कित्ता शेयर रु एक अर्ब ७८ करोड ९२ लाख २३ हजार ६६६ मा मूल्यमा खरीद बिक्री भए । गत साताको अन्तिम दिनअर्थात् यही साउन २३ गते एक हजार २३८.५६ मा बन्द भएको थियो । यस साताको शुरुआती दिनअर्थात् आइतबार नेप्से परिसूचक ४.८४ बिन्दुले घटेर एक हजार २३३.७१ बिन्दुमा झ¥यो । आइतबार कूल १६६…

Read More