काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन्।
आज (मंगलबार) साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको उनले बताए।
बैठकमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषयमा छलफल तथा आफ्नो उपचारका लागि पुनः सिंगापुर जाने कार्यक्रमबारे जानकारी गराउने अनुमान गरिएको छ।
संसदमा हाल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०, नेपाली कांग्रेस, समाजवादी र राजपा गरी ४ दल छन्।
Facebook Comments Box