Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: आर्थिक वर्ष २०७६/ ७७ को प्रथम महिनामा निर्यात व्यापारमा सुधार देखिएको छ । चालू आवको पहिलो महिनामा ८ अर्ब ८३ करोडको निर्यात भएको छ भने आयात एक खर्ब ६ अर्बको भएको छ । गत वर्षको सोहि अवधिको तुलनामा निर्यात व्यापार २७ दशमलब ६८ प्रतिशतले वृद्धि भयको छ भने आयात ११ दशमलब ५१ प्रतिशतले घटेको छ । त्यस्तै, कुल वस्तु व्यापार घाटा ९७ अर्व ८८ करोड पुगेको छ । व्यापार घाटा चालू आवको प्रथम महिनामा अघिल्लो वर्षको पहिलो महिनाको तुलनामा १३ दशमलब ९० प्रतिशतले घटेको छ । पहिलो महिना मुलुकले १ सयभन्दा धेरै मुलुकसँग व्यापार गरेको छ। सधंै जस्तै सबैभन्दा…

Read More

बैतडी: चितुवाको आक्रमणबाट बैतडीको तल्लोस्वराडमा एक बालकको ज्यान गएको छ । शिवनाथ गाउँपालिका–२ टाणीखर्कका रामसिंह मडैका ७ वर्षीय छोरा सुदीपको चितुवाको आक्रमणबाट ज्यान गएको हो । शुक्रबार बेलुका ७ः३० बजेतिर घरको आँगनमा खेलिरहेका बेला एक्कासि चितुवाले बालकलाई आक्रमण गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो । चितुवाले आक्रमण गरी बेपत्ता बनाइएका बालकको शव राति १० बजेतिर घरभन्दा ५०० मिटर टाढा दक्षिणतिरको जङ्गलमा फेला परेको उहाँले बताउनुभयो । बालको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र लगिने भएको प्रहरीले जनाएको छ । यसैबीच चितुवाको आक्रमणबाट बालकको ज्यान गएपछि त्यस क्षेत्रका वासिन्दा त्रसित बनेका स्थानीय वीरेन्द्र महताले जानकारी दिनुभयो…

Read More

काठमाडौं : काठमाडौं महानगरपालिका–१ नक्साल नारायणचौरस्थित हरिहर नारायण गुठीको करोडौंको सम्पत्ति दुरुपयोग भएको छ। गुठी संस्थानले हरिहर नारायण गुठीको ६ रोपनी १४ आना ३ पैसा १ दाम जग्गा अत्यन्त कम मूल्यमा भाडामा लगाएको हो। राष्ट्रिय सतर्कता केन्द्रको छानबिनमा गुठीबाट सस्तोमा लिएर महँगोमा भाडा लगाएको पाइएको छ। केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले कौडीको भाउमा लिएर महँगोमा भाडा लगाएको उजुरीका आधारमा छानबिन गरेको बताए। टेन्डरै नगरी कौडीको भाउमा भाडामा लगाएको उजुरी परेपछि केन्द्रले छानबिन गरेको हो। छानबिन प्रतिवेदनअनुसार संस्थानले उक्त जग्गा सत्य साई केन्द्र र हरिहर नारायण समाजलाई मासिक तीन–तीन हजारमा भाडामा लगाएको छ। समाजले गुठी जग्गामा बनेका सटरबाट मासिक २० हजारका…

Read More

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्षसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । महोत्तरीको भँगाहा नगरपालिका ८ का वडाध्यक्ष मोहमद रफिक आलमविरुद्ध विषेश अदालतमा मुद्दा दायर भएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । वडाध्यक्ष आलमले वडा सदस्य कारी साहु तेलीका छोरा मुकेश शाहमार्फत घुस उठाएका थिए । सेवाग्राहीसँग एक लाख ६० हजार घुस लिँदालिँदै पक्राउ वडा सदस्य कारी साहुका छोरा मुकेश अख्तियारको फन्दामा परेका थिए । वडाध्यक्षसहित तीनै जनाविरुद्ध जनही १ लाख ६० हजार विगो कायम गर्दै मुद्दा दायर गरिएको छ । त्यस्तै अख्तियारले सुलक्षणा माध्यमिक विद्यालय विदुर, नुवाकोटका तत्कालीन प्रधानाध्यापक हरिराम भण्डारीसहित ३ जनाविरुद्ध विशेषमा मुद्दा…

Read More

काठमाडौँ: सरकारले दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । स्वदेशमा निजी क्षेत्रलाई पनि साथमा लिएर जाने सरकारको खुला र स्पष्ट लक्ष्य छ । सोहीअनुसार काम पनि भइरहेको छ । निजी क्षेत्रले राखेका अधिकांश माग पनि सरकारले पूरा गर्दै आएको छ । सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणकै करीब हाराहारीमा ऊर्जा उद्यमीले पनि विद्युत् उत्पादन गरिरहेको छ । सरकारी तहमा १०८ वर्षमा कूल ३० वटा आयोजनाबाट ५६३ मेगावाट विद्युत् उत्पादन गर्दा निजी क्षेत्रले २५ वर्षमा मात्रै ८३ वटा आयोजनाबाट ५६१ मेगावाट विद्युत् उत्पादन गरेको छ । सरकारले हाल निर्माण गरिरहेका नौ आयोजनाबाट ९५७ मेगावाट विद्युत् उत्पादन हुनेछ…

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली सिङ्गापुरबाट स्वास्थ्य उपचार गराएर आज फर्किएपछि उनको स्वास्थ्योपचारबारे जानकारी लिन अध्यक्ष दाहाल बालुवाटार गएका थिए । सो अवसरमा उनिहरुबीच समसामायिक राजनीतिक विषयमा छलफल भएको दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए । प्रधानमन्त्री ओली उपचारका क्रममा सिङ्गापुर रहँदा अध्यक्ष दाहालले सचिवालय बैठक राखेर एकताका कामसमेत गरेका थिए । यही भदौ ५ गते उपचारका लागि सिङ्गापुर जानु भएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किएका हुन् ।

Read More

काठमाडौँ: मेडिकल कलेजको शुल्क विवादलगायत विषयमा अध्ययन गर्न गठित उपसमितिले अधिकांश मेडिकल कलेजले नेपाल सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी शुल्क लिएको जनाएको छ । मन्त्रिपरिषद्को विसं २०७५ असोज २६ गतेको बैठकले उपत्यकाभित्र एमबीबीएसका लागि काठमाडौँ उपत्यकाभित्र रु ३८ लाख ५० हजार र उपत्यका बाहिर रु ४२ लाख ४५ हजार निर्धारण गरेको थियो । यसैगरी बीडीयसतर्फ रु १९ लाख ३२ हजार निर्धारण गरेको थियो । हाल त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालय, शैक्षिक प्रतिष्ठानअन्तर्गत २२ वटा मेडिकल कलेजमा सो तहको अध्ययन हुँदै आएको छ । उपसमितिले आज आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै मन्त्रिपरिषद्को सो शुल्कसम्बन्धी निर्णय स्पष्टसमेत नभएको निष्कर्ष निकालेको छ । प्रतिनिधिसभा,…

Read More

काठमाडौँ: नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ (अठार वर्षमुनी) च्याम्पियनसिप फुटबलका लागि दोस्रो चरणमा २५ खेलाडी छनोट गरिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले आज प्रारम्भिक चरणमा रहेका ३० खेलाडीमध्येबाट २५ खेलाडी छनोट गरिएको जानकारी दिनुभयो । हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा उक्त च्याम्पियनसिप आगामी असोज ३ देखि १२ गतेसम्म सञ्चालन हुनेछ । छनोट भएका खेलाडीमा गोलरक्षकमा विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी र पुजन होना, डिफेन्डरमा विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, एरिक रुम्बा र एन्जल महर्जन, मिडफिल्डरमा शिशिर लेखी, दिपेश गुरुङ, रोशन राना मगर, आकाश बुढा मगर, जया गुरुङ,…

Read More

काठमाडौँ : नेपाली सेनाको मुख्यालयमा आज भाद्र २० गतेदेखि २३ गतेसम्म तीन दिने ‘पृतनापति समन्वयात्मक बैठक २०७६’ शुरु भएको छ । बैठकको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले एक समारोहबीच उद्धघाटन गरेका हुन् । प्रधानसेनापति, रक्षा मन्त्रालयका पदाधिकारीहरु, रथीबृन्द तथा पृतनापतिहरुको उपस्थितीमा शुभारम्भ भएको छ । उक्त कार्यक्रममा माननीय उपप्रधान तथा रक्षामन्त्री श्री ईश्वर पोखरेलले आफ्नो मन्तव्य व्यक्त गर्नुहुंदै अन्तर्राष्ट्रिय जगतको समग्र सुरक्षा स्थितीको सम्बन्धमा जानकार रही देशको सुरक्षा स्थितीको मुल्यांकन गर्ने महत्वपूर्ण कामको विविध पक्षहरुको समिक्षा र पुनरावलोकन गरि थप परिस्कृत बनाउदै लैजाने तथा भविष्यमा तय गर्नुपर्ने नीति सम्बन्धमा हुने छलफलले नेपाली सेनालाई थप व्यवसायीक बनाउदै…

Read More

काठमाडौँ: काठमाडाँै उपत्यकाभित्र डेङ्गु रोगको प्रकोप बढ्न थालेपछि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले सो रोगको सेवा आजदेखि शुरुआत गरेको छ । डेङ्गु रोग परीक्षण गर्ने कीट अस्पतालले आफँै खरीद गरी अस्पतालमा आउने बिरामीलाई सो सेवा दिन थालेको अस्पतालका निर्देशक प्रा डा केदार सेञ्जुरीले जानकारी दिनुभयो । डेङ्गु परीक्षण एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा मात्र हुने गर्दछ । टेकु अस्पतालमा बिरामी रिफर गर्दा अस्पतालले धान्न नसक्ने अवस्था आएपछि सबैभन्दा पुरानो अस्पतालले सेवा शुरुआत गरेको जनाएको छ । वीर अस्पतालले पनि आजदेखि डेङ्गु रोगको परीक्षण शुरु गरेको छ । परीक्षण गर्ने कीट आफैँ खरीद…

Read More