Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: काठमाडौं महानगरपालिकाले आ.व. २०७५/०७६ मा २५ वटा स्थानीय कानुन बनाई कार्यान्वयनमा ल्याएको छ । ती कानुनहरूमा काठमाडौँ महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्य्विधि), सार्वजनिक निजी साझेदारी तथा लगानी, विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन, सवारी तथा यातायात व्यवस्थापन, शिक्षा, सार्वजनिक खरिद र विवाद निरुपण ऐन, (२०७५) लगायत छन् । उक्त महानगरपालिकाले ती कानुनहरू बनाउनुका अतिरिक्त अन्य विभिन्न कार्यलाई व्यवस्थित रुपमा अघि बढाइरहेको कामपाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए । उनका अनुसार सबै वडा कार्यालयमा मेलमिलाप केन्द्र खोली मेलमिलाप हुने प्रकृतिका विवाद वडास्तरमै सल्ट्याउने, महानगरपालिका क्षेत्रमा अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण र सुशासन…

Read More

काठमाडौँ: रेजा फादे, इरानी नागरिक । उनी स्पेनको नक्कली राहदानीमा साउन ३ गते नेपाल भित्रिए । उनको उद्देश्य थियो, नेपाललाई ‘ट्रान्जिट’ बनाएर स्पेन जानु । उनलाई नक्कली राहदानीमा कसले प्रवेश दियो, अनुसन्धानको विषय हो । तर अध्यागमन अधिकारीहरुसँग नक्कली राहदानीवाहक व्यक्तिलाई किन आगमन छाप दिएको भनेर सोध्दा एउटै जवाफ दिन्छन्, ‘अध्यागमनको प्राविधिक पक्ष कमजोर छ । फादेबारे पनि त्यही भयो ।’ अध्यागमनको कर्मचारीको भनाइ एउटा सीमासम्म सत्य छ । ‘बायोमेट्रिक्स’ सहितको सप्टवेयर प्रणाली छैन । गतिलो प्रविधि नहुँदा अवाञ्छित विदेशीले सहजै प्रवेश पाउने गरेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शम्भु कट्टेलले लेखेका छन्…

Read More

काठमाडौँ: विसं २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा ताप्लेजुङमा भएको चुनावीसभालाई सम्बोधन गर्दै तत्कालीन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘योगेशलाई जिताएर पठाउनुहोस्, म मन्त्री बनाउँछु’ भन्नुभएको थियो । निर्वाचनका क्रममा भट्टराई अत्यधिक मतका साथ विजयी हुनुभयो । प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धनले झण्डै दुई तिहाइ मत प्राप्त ग¥यो । लगत्तै अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मन्त्रिमण्डल गठन भयो । सो मन्त्रिमण्डलमा भट्टराई समेटिनुभएन । वाचाअनुसारको प्रतिबद्धता पूरा नभएको भन्दै कहिलेकाहीँ आलोचना पनि हुने गरेको थियो । अहिले आएर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको भनाइअनुसार भट्टराई मन्त्री बन्नुभएको छ…

Read More

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुुमार भट्टराईलाई पद तथा गोपनीयताको शपथ गराउनुुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज अपराह्न आयोजित विशेष कार्यक्रममा राष्ट्रपति भण्डारीले नव नियुक्त मन्त्री भट्टराईलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सो मन्त्रालयको कार्यभार सम्हाल्दै आउनुुभएको थियो । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको विस २०७५ फागुन १५ गते ताप्लेजुुङमा भएको हेलिकप्टर दुुर्घटनामा निधन भएको थियो । यसपछि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्दै आउनुभएको थियो । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनः, प्रधानमन्त्री ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश…

Read More

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् । उनको सपथ ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुँदैछ । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि खाली रहेको यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका थिए । यो मन्त्रालयमा जिम्मेवार मन्त्रीपद खाली हुँदा भिजिट नेपाल २०२० को कार्यक्रम अगाडि बढन सकेको थिएन ।

Read More

काठमाडौं : सन् २०१८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बंगला विमान दुर्घटनामा ज्यान गुमाएका ७ जनाका परिवारले क्षतिपूर्तिको माग गरेका छन । विमान दुर्घटनामा मृत्यु भएका सात जना एमबीबीएस विद्यार्थीहरुमा आश्रित पीडित परिवारले युएस–बंगला एयरलाइन्स लिमिटेडको सञ्चालक कम्पनीका विरुद्ध २ अर्ब १० करोड रुपैंया अर्थात १९ मिलियन ९० हजार अमेरिकी डलरभन्दा बढी क्षतिपूर्ति रकम दावी गरी मुद्दा दायर गरेका छन् । दुर्घटना भएको १६ महिना भइसक्दा पनि कम्पनीले अन्तराष्ट्रिय कानून बमोजिम क्षतिपूर्ति प्रदान गर्न अस्वीकार गरिएपछि पीडितहरुले अदालत मुद्दा दायर गरेका हुन् । उक्त दुर्घटनामा मृत्यु भएकी एन्जिला श्रेष्ठ, आसना शाक्य, मिली महर्जन, निगा महर्जन, प्रिन्सी…

Read More

काठमाडौं : नेपाल र भारतको सिमामा रहेको क्वारेन्टाइनका बारेमा दुई देशबीच छलफल हुने भएको छ । क्वारेन्टाइनमा भारताट आयात हुने तरकारी तथा फलफूल चेकजाँचका विषयमा ठोस निर्णय गर्नका लागि दुईदेशबीच छलफल हुन लागेको प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका प्रमुख डिल्लीराम शर्माले जानकारी दिएका छन । तीन दिन अघि मात्र भारतले त्यहाँबाट नेपालमा निर्यात हुने तरकारी तथा फलफूलको चेकजाँच तथा नेपालबाट जाँचका क्रममा पाइएको गुणस्तरका विषयमा छलफल गर्न आवश्यक रहेको भन्दै नेपाललाई पत्र पठाएको थियो । पत्रका बारेमा केन्द्रले हिजो मात्र जवाफ पठाउँदै आगामी अगष्टको १२ तारिखमा छलफल गर्न प्रस्ताव गरिएको जनाएको छ । तर यो…

Read More

काठमाडौँ: पछिल्लो समय नेपालमा लागुऔषध ओसारपसारका मुद्दामा वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा लागुऔषधका मुद्दामा वृद्धि भएको देखिन्छ । आव २०७४/७५ मा ३ हजार ८८ मुद्दा दर्ता भएकामा आव २०७५/७६ मा ३ हजार ३५७ मुद्दा दर्ता भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल प्रहरीको सक्रियता बढेसँगै लागुऔषध दुव्यर्सनी तथा ओसारपसारका घटनामा वृद्धि भएको बताउँछन् । ‘खुला सीमानाका कारण तराईं क्षेत्रबाट लागुऔषध धेरै ओसारपसार हुने गरेको छ,’ प्रवक्त पोखरेल भन्छन् । लागुऔषध सेवनले व्यक्ति, घरपरिवार, समाजलाई मात्र नभएर सिङ्गो देशलाई नै असर…

Read More

काठमाडौँ: सर्लाही घटनाका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी ९राजपा० ले प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गरेका छन् । सभामुख कृष्णबहादुर महराले बैठक शुरु गर्नासाथ दुवै दलका सांसदहरु उठेर विरोध जनाउनुभएको थियो । सांसदहरुले विरोध गरिरहेकै बेला उहाँले बैठकको कारवाही अघि बढाउन खोजेपछि दुवै दलका सांसदले वेल घेराउ गर्नुभएको थियो । बसेर संसद्को कारवाही अघि बढाउन सभामुख महराले पटकपटक अनुरोध गरे पनि विरोधसँगै नाराबाजी जारी रहेकाले बैठक स्थगित गर्नुभएको हो । अर्को बैठक यही साउन १६ गते बिहीबार अपराह्न २ बजे बस्ने जनाइएको छ ।

Read More

काठमाडौं: नुवाकोट र रौतहटका वडा कार्यालयमा अज्ञात समूहले बम विस्फोट तथा आगजनी गरेका छन् । नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएका हुन् । विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण उपकरण तथा कागजपत्र जलेका छन् । ककनी गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडा लामाले बम विस्फोट भएको पुष्टि गर्दै वडा कार्यालयमा रहेका कागजपत्र, कम्प्युटरलगायतका महत्त्वपूर्ण सामग्री जलेको जानकारी दिइन् । बम विस्फोटबाट क्षतिग्रस्त बनेको नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालय । बम विस्फोटमा विप्लव समूह संलग्न रहेको अनुमान गरिए पनि यो समूहले अहिलेसम्म यसको जिम्ममा लिएको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान…

Read More