Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
हेटौँडा: विप्लव नेतृत्वको समूहले गए राति मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन् । विप्लव समूहले आव्हान गरेको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा१४च ८२३४ नंको कार र मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा५ख १७३९ नंको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । कार पूर्णरूपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको उहाँले बताउनुभयो । यसैगरी हेटौँडाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला परेको छ । हेटौँडाको थानाभ¥याङ, चौकीटोल र हुप्राचौर क्विक २० पार्टीप्यालेस नजिकै शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । सबै शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले…
गलकोट: मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउनेलाई कारवाहीपश्चात सफलता प्राप्त गरेको नेपाल प्रहरीलाई फेरि लागु पदार्थ सेवन (लापसे)को चुनौती थपिएको छ । मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउनेलाई प्रहरीले कारवाही गरेपछि सवारी चलाउने सङ्ख्यामा ह्वात्तै कमी आए पनि पछिल्लो समय लागु पर्दाथ सेवन (लापसे) गरेर सवारीसाधन चलाउने बढ्न थालेपछि बागलुङ जिल्लामै पहिलोपटक लापसे परीक्षण गरिने भएको हो । सवारी चालकहरुले शरीरलाई लठ्ठ बनाउनका लागि मादक पदार्थको ठाउँमा लागु पदार्थ सेवन गर्न थालेको जनगुनासो बढ्न थालपछि जिल्ला प्रहरी कार्यालय बागलुङले लापासे जाँच गर्ने किट भित्र्याएको छ । जिल्लामा लापसे जाँच गर्ने किट भित्रिएसँगै सवारी चालकहरु मात्र…
भक्तपुर: प्रत्येक श्रावण कृष्ण चतुर्दशीका दिन नेवार समुदायले मनाइने घण्टाकर्ण अर्थात् गठामुग पर्व आज भक्तपुरमा पृथक शैलीमा मनाइएको छ । विशेष गरी नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामुग नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप आज साँझ भक्तपुरको टोलटोलबाट हरियो नर्कट, निगालो र गहुँको छ्वालीबाट तीनखुट्टे राक्षसको रुप बनाएर टोलटोल घुमाउँदै दोबाटो र चौबाटोमा पु¥याई जलाएर पर्व मनाइएको हो । भक्तपुरको भेलुखेल र दत्तात्रयमा भने पृथक शैलीमा यो पर्व मनाउने परम्परा छ । निगालोको चोयाबाट पूर्ण राक्षसरुपी गठामुग बनाएर बाहिर कपडाले मोडेर विभिन्न रङ लगाइ राक्षसको स्वरुप बनाएर टोलटोलमा घुमाएर जगाती लगेर बिसर्जन गरिएको…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार सक्रिय रहेको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग आज उहाँले भन्नुभयो, “सरकारले भ्रष्टाचार गर्नेलाई अहिले धमाधम पक्राउ गरिरहेको छ, अहिले भ्रष्टाचार बढेको होइन गिरफ्तारी बढेको हो ।” प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा संलग्नलाई सानो ठूलो भनेर नहेरे सबैलाई कारवाही हुनेसमेत उल्लेख गर्नुभयो । सरकारी जग्गा अतिक्रमण गर्नेलाई पनि सरकारले नछोड्ने बताउँदै उहाँले विभिन्न ठाउँमा अतिक्रमण भएका र भू–माफियाले कब्जा गरेका सरकारी जग्गा सरकारले विधि पु¥याएर फिर्ता लिने प्रतिबद्धता जनाउनुभयो । “ललिता निवासको जग्गा पनि वर्तमान सरकारले छानबिन थालेको हो, तर यही सरकारले जग्गा हडपेको…
काठमाडौं: राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रशाद बडालले सहकारीको सन्दर्भ ब्याजदर साढे १६ प्रतिशतभन्दा कम बनाउन नहुने बताएका छन् । नेपाल सहकारी पत्रकार समाजले मंगलबार राजधानीमा आयोजना गरेको ‘सहकारीको सन्दर्भ ब्याजदर निर्धारण’ विषयक छलफल कार्यक्रममा बोल्दै अध्यक्ष बडालले सहकारीको सन्दर्भ ब्याजदर साढे १६ प्रतिशतभन्दा कम निर्धारण भए सहकारी मर्कामा पर्ने दावी गरे । ‘सहकारीको सन्र्दभ ब्याजदर निर्धारण गर्न अपरिहार्य भइसकेको छ’,उनले भने,‘साढे १६ प्रतिशत भन्दा तल झारिए सहकारी मर्कामा पर्ने निश्ति छ ।’ ब्याजदर निर्धारणका लागि महासंघले साढे १७ प्रतिशत सिफारिस गरेपनि समितिले उचित निर्णय गर्ने बडालले बताए । ‘सहकारीलाई सिद्वान्तभन्दा बाहिर जाने कसैलाई छुट छैन’,उनले भने, ‘सहकारीले…
हेटौंडा: प्रदेश ३ सरकारले कृषकहरुलाई अनुदान र सहुलियत ऋण उपलब्ध गराउन उसले मंगलबार कृषि विकास बैंकसँग १४ बुँदे सम्झौता गरेको छ । प्रदेशका कृषक, कृषक समूह, सहकारी एवंम उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन र प्रवर्द्धन गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास वैंक लिमिटेडबीच आज हेटौंडामा एक समारोहबीच ‘सहुलियतपूर्ण ऋण र अनुदान’ समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा मन्त्रालयको तर्फबाट सचिव डाक्टर योगेन्द्र कुमार कार्की र कृषि विकास बैकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले अवको चारवर्षमा कृषि क्षेत्रमा…
काठमाडौं ः प्रदेश नं १ मा गत आइतबारसम्म ७२ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालयका अनुसार प्रदेश नं। १ का तीन लाख ४० हजार ८२९ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । सबै ठाउँमा सिँचाइ सुविधा नपुग्दा समयमै वर्षा नहुँदा आइतबारसम्म ७१ दशमलव ७८ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको हो । गत वर्ष सोही अवधिमा ८२ दशमतलव ८९ प्रतिशत रोपाइँ भएको प्रदेश नं १ का भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले जानकारी दिनुभएको छ । प्रदेशको १४ जिल्लामध्ये उच्च पहाडी तीन जिल्ला (ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बु) मा ७७ दशमलव १३ प्रतिशत,…
मकवानपुर ः हेटौडा जिल्ला अदालत मकवानपुरको राजस्व चुहावट तथा विदेशी बिनिमय अपचलन मुद्दामा फरार रहेका ४४ वर्षका कमल बहादुर श्रेष्ठ पक्राउ परेका छन । गोप्य सुचनाका आधारमा महानगरिय अपराध महाशाखाबाट खटि गएको बिशेष टोलीले का।जि।का।म।न।पा।वडा नं। ७ सुकेधाराबाट आज बिहान ८ बजे उनलाई पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तलाई आवश्यक कार्वाहीको लागि जिल्ला अदालत मकवानपुर पठाईएको महाशाखाले जनाएको छ ।
काठमाडौं : ललितपुर महानगरपालिका १८ बुङमतीमा ग्याँस सिलिण्डर लिक भई सोमबार राति आगलागी भएको छ । बुङमती बस्ने काभ्रे नमोबुद्ध घर भएका ४५ वर्षीय शंकर थापाको टहरामा आगलागी हुँदा करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यसैबीच भोजपुर नगरपालिका १० बस्ने शेरबहादुर राईको घरमा सोलारको लाईन सर्ट भई हिजो सोमबार दिउँसो आगलागी हुँदा करिब १ लाख ५६ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
डोल्पा : डोल्पामा निरन्तरको वर्षात्पछि आएको बाढीले सिँचाइ कुलाको बाँध बगाएको छ । बाढीले त्रिपुरासुन्दरी नगरपालिका– १ मा पर्ने धुमा सिँचाइ कुलोको २० मिटर बाँध बगाएको हो । त्रिपुराकोटका १०० घरधुरीले प्रयोग गर्दै आएको सिँचाइ कुलोको बाँध बगाएपछि कृषक सिँचाइ सुविधाबाट बञ्चित भएका छन् । बाँधको पुनःनिर्माणका लागि रु पाँच लाख रकम लाग्ने अनुमान गरिएको स्थानीयवासी दिलबहादुर विष्टले बताउनुभयो । यस सिँचाइ कुलोबाट माथिल्लो धुमा, घारी धुमी, तल्लो धुमा, सिमलगायत सिञ्चित हुँदै आएको थियो ।