Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: ठेक्का सम्झौता भएको १४ वर्ष वित्दासमेत निर्माण हुन नसकेको हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषा र सिराहाको सीमानामा पर्ने कमला नदीमा निर्माणाधीन वहुचर्चित कमला पुलको बाँकी काम भइरहेको छ । आगामी चैतभित्र कमला पुल निर्माण सम्पन्न गरी यातायात सञ्चालन गर्ने कार्यतालिकाकासाथ निर्माण व्यवसायीबाट काम भइरहेको छ । निर्माण व्यवयासीले नै पुलको डिजाइन गरी निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको कमला पुलको लम्बाइ ४६९ मिटर रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले गत ५ मंसिरमा स्थलगत अनुगमन गरी पुल निर्माण तथा पुनस्र्थापनाको काम तत्काल अघि बढाएर जतिसक्दो छिटो पुल निर्माण सम्पन्न गर्न…

Read More

काठमाडौं: नेपालको सबैभन्दा ठूलो रोजगारदाता र निर्यातमूलक कम्पनी रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्वसाधारणतर्फ मागभन्दा ३३ गुणा बढी आवेदन परेको छ । कूल ९ लाख २४ हजार ७६८ कित्ताको लागि खुला गरिएकोमा अन्तिम समय शुक्रबारसम्म ३ करोड ५ लाख ४ हजार ८ सय कित्ताको लागि आवेदन परेको छ । आईपीओमा ५ लाख ८३ हजार ८९६ आवेदकबाट ३ करोड ५ लाख ४ हजार ८०० कित्ताको लागि आवेदन परेको छ । प्रतिकित्ता ८२० रूपैयाँ ८० पैसाको दर अनुसार कुल २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८४० रुपैयाँको सेयर माग भएको हो । कम्पनीको आईपीओमा पुस ७ गतेदेखि आवेदन खुलेको हो ।…

Read More

काठमाडौं: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले नेकपा एमालेका केन्द्रीय सदस्य लेखमान थापा, पर्सा जिल्ला नेकपा एमालेका पूर्वअध्यक्ष जयप्रकाश थारु सहित ५६ जनालाई नेकपामा स्वागत गर्नुभएको छ। आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा एमाले लगायत विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्ने विभिन्न तहका नेताकार्यकर्तालाई संयोजक प्रचण्ड, सहसंयोजक नेपाल लगायतका नेताहरूले खादा र माला लगाएर स्वागत गर्नुभयो। पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुका तर्फबाट सम्बोधन गर्दै पर्सा जिल्ला एमालेका पूर्वअध्यक्ष जयप्रकाश थारुले अब पर्सा जिल्लाबाट एमाले बढारिने दाबी गर्नुभयो। उहाँले पर्सामा नेकपाको प्रभाव अझ मजबुत हुने विश्वास व्यक्त गर्नुभयो। नवप्रवेशीलाई स्वागत गर्दै संयोजक प्रचण्डले…

Read More

काठमाडौं: वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रुपमा छलफल सुरु गरेको छ । आज सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनको महाराजगञ्जस्थित निवासमा छलफल गरिरहेका छन् । मन्त्री खरेलको सचिवालयका अनुसार आजै उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेग्लाबेग्लै छलफल गर्ने कार्यक्रम छ ।

Read More

काठमाडौं: सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको क्षेत्रको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार राइट अफ वेमा पर्ने जग्गाको क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने नयाँ व्यवस्था गरिएको छ । प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधान गर्न गरिएको उक्त व्यवस्था गत २७ कात्तिकको राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आइसकेको छ । नयाँ व्यवस्था अनुसार प्रसारण लाइन मुनिको जग्गा कित्ताकाट गर्न पाइने भएता पनि सुरक्षाका मापदण्ड भने यथावत् रहने छन् । प्रसारण लाइनको राइट अफ वेमा पर्ने जग्गाको क्षेत्रभित्र घरलगायतका संरचना निर्माण, अग्ला रुख रोप्न वा जोखिमयुक्त…

Read More

काठमाडौँ: मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आज एकैदिन सुन तोलामा ५ हजार ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ । जुन ऐतिहासिक मूल्य हो । सोमबार सुन प्रतितोला २ लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, सोमबार चाँदीको मूल्यमा पनि रेकर्ड कायम भएको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेसँगै प्रतितोला ४ हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । सोमबार प्रतितोला चाँदी ४ हजार २३५ रुपैयाँमा खरिदबिक्री भएको थियो…

Read More

काठमाडौँ: राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध(हेडवक्र्स), विद्युतगृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानको कामको ठेक्का तोडेपछिको मूल्याङ्कन भइरहेको छ । आयोजनाले २४ कात्तिकमा उक्त प्याकेज निर्माणका लागि पटेल—रमण जेभी, जनकपुर—९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने १४ दिने सार्वजनिक सूचना जारी गरेको थियो । सम्झौतामा भएको व्यवस्था बमोजिम गत ८ मंसिरबाट ठेक्का तोडिएको थियो । सम्झौताबमोजिम ठेक्का तोडेपछि निर्माण व्यवसायीका सम्पूर्ण उपकरण, साइट कार्यालय, निर्माणस्थल आयोजनाले आफ्नो नियन्त्रणमा लिएको छ । आयोजनाको अहिलेसम्म भएको काम, त्यहाँ रहेका उपकरण, बाँकी रहेका तथा थप गर्नुपर्ने कामलगायतको मूल्याङ्कन गरी लागत अनुमान तय गर्ने एवम् टेण्डरका कागजात बनाउने काम भइरहेका छन्…

Read More

काठमाडौं: कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि उपजको नयाँ बिक्री मूल्य तोकेको छ । मंसिर २८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार धान, मकै, गहुँ, दलहन तथा तेलहन बालीको नयाँ दररेट स्वीकृत गरिएको हो । नयाँ मूल्य सूची अनुसार बिउबिजनतर्फ सबैभन्दा महँगो उन्नत जातको हाइब्रिड मकैको बिउ प्रतिकेजी ३०० रुपैयाँ र हाइब्रिड धानको बिउ २०० रुपैयाँ तोकिएको छ । बास्नादार धानको बिउ १०५ रुपैयाँ, गहुँको ८० रुपैयाँ, मुसुरो १६० रुपैयाँ र तोरीको बिउ १७० रुपैयाँ मूल्य कायम गरिएको छ । प्रमाणित बिउको मूल्य भने केही कम रहेको छ। हरियो मलको रूपमा प्रयोग हुने ढैंचाको बिउ १२० रुपैयाँ तोकिएको छ ।…

Read More

काठमाडौँ: नेपाली बजारमा सुनचाँदीकै मूल्य अहिलेम्मकै महँगो भएको छ। सुनको मूल्य तोलामा तीन हजार चारसय रुपैयाँ बढेर आज दुई लाख ६१ हजार सातसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो। शुक्रबार तोलामा दुई हजार र आइतबार तोलामा एकसय रुपैयाँ घटेको सुनको मूल्य आज फेरि उच्च भएको हो। हिजो सुनको भाउ तोलाको दुई लाख ५८ हजार तीनसय रुपैयाँ थियो। गएको मंसिर २९ गते सुनको मूल्य तोलाको दुई लाख ६० हजार सातसय रुपैयाँ पुगेर घटेको थियो आज चाँदीको मूल्य तोलामा एकसय ३५ रुपैयाँ बढेरको छ। चाँदीको मूल्य आज तोलाको चार हजार दुईसय ३५ रुपैयाँ…

Read More

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । काठमाडौं–४ बाट निर्वाचित नेताकार्यकर्तासँगको छलफलका क्रममा महामन्त्री थापाले आफू सभापतिमा लड्ने मात्र नभई सभापति बन्ने स्पष्ट दाबीसमेत गरेका हुन् । काठमाडौंमा आयोजित छलफल कार्यक्रममा बोल्दै थापाले पार्टीलाई नयाँ दिशामा लैजान नेतृत्व परिवर्तन आवश्यक रहेको धारणा व्यक्त गरे । उनले भने, ‘म अहिले पार्टीको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार हुँ। म पार्टीको सभापति बन्छु, बन्न चाहन्छु ।’ उनको यो अभिव्यक्तिलाई कांग्रेसभित्र नेतृत्वको दौड औपचारिक रूपमा सुरु भएको संकेतका रूपमा हेरिएको छ । महामन्त्री थापाले पार्टीभित्रको आन्तरिक लोकतन्त्र सुदृढ गर्दै संगठनलाई जनमुखी र समयअनुकूल बनाउने आफ्नो…

Read More