Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
- उद्धार गरिएका साह भन्छन्: पावर हाउस भित्र ४०/४५ जना थियौं, सबैको ज्यान बचाउन लाग्दा म आफैभित्र परे
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । भूकम्पको तीव्रता ७.१ रेक्टर स्केल मापन भएको छ । भूकम्पको केन्द्र दक्षिणपश्चिम क्षेत्रको मियाजाकी प्रान्तमा थियो । भूकम्पको कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको अधिकारीहरुको भनाइ छ । जापानको सरकारी समाचार संस्था एनएचेका अनुसार भूकम्पले क्षति पुर्याएको विवरण भने आइसकेको छैन । गत जनवरी (२०८० पुस) मा जापानको इशिकावामा भूकम्प जाँदा कम्तिमा ४८ जनाको मृत्यु भएको थियो । उक्त भूकम्पको तीव्रता ७.६ थियो । बीबीसीका अनुसार जापानमा भूकम्पको शक्ति म्याग्निच्युडमा भनिँदैन । जमिनको कम्पनको आधारमा मापन गरेर त्यसको आधारमा एकदेखि सातसम्म मान दिइन्छ ।
काठमाडौँ: अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाएको छ । मंगलबार र बुधबार रेकर्ड बनाएको डलरले बिहीबार पनि अर्को रेकर्ड कायम गरेको हो । नेपाल राष्ट्र बैंकका अनुसार बिहिबार अमेरिकी डलरको खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरोको खरिद दर १४६ रुपैयाँ ३९ पैसा र बिक्री दर १४७ रुपैयाँ ०५ पैसामा कारोबार भइरहेको छ । आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी, बिहीबार बेलायती पाउण्ड एकको खरिद दर…
काठमाडौँ: सरकारले नुवाकोट हेलिकप्टर दुर्घटनाको छानबिन गर्न आयोग गठन गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँच आयोग गठन गरेको हो। आयोगमा विष्णु बस्न्यात र तनुजा पोखरेल सदस्य छन्। बस्न्यात सिम्रिक एयरका मेन्टिनेन्स मेनेजर र पोखरेल पर्यटन मन्त्रालयकी सीडीई (एरोनटिकल) हुन्। पोखरेलले आयोगको सदस्यसचिवका रूपमा पनि काम गर्नेछन्। आयोगलाई ३० दिनको समयावधि दिइएको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा बुधबार ५ जनाको मृत्यु भएको थियो। काठमाडौँबाट रसुवाको स्याफ्रबेसीतर्फ गइरहेको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनामा परेको थियो। हेलिकप्टर क्याप्टेन अरूण…
काठमाडौं: शिवपुरीमा भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचैजनाको मृत्यु भएको पुष्टि भएको छ । घटनास्थलमा रहेका शिवपुरी गाउँपालिका ७ सूर्यौचरका वडाध्यक्ष वीरबहादुर तामाङले दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको बताए । घटनास्थलबाट नेपाल प्रेससँग टेलिफोनमा कुरा गर्दै तामाङले भने, ‘हामी सबै जम्मा भइसक्यौं । यहाँ ५ जनाको शव छ । अहिले शवहरू जम्मा गरिरहेका छौं ।
काठमाडौं । नुवाकोटको शिवपुरी गाउन्पालिकाको सुर्य चौर नजिकको जंगलमा भएको हेलिकप्टर दुर्घटनाको विषयमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । सिंहदरबारमा उपत्यका मेयर्स फोरमका पदाधिकारीसँगको भेटघाटको क्रममा दुर्घटनाको खबर सुनेका प्रधानमन्त्री केपी शर्मा ओलीले दु:ख व्यक्त गरे । २ सातापछि अर्को हवाई दुर्घटना हुनु दुःखद् भएको भन्दै दुर्घटनाबारे केही बेरपछि मन्त्रिपरिषद्को आकरिस्मक बैठक बसेर आवश्यक निर्णय लिने जानकारी गराए ।
काठमाडौँ:नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनामा परेको हेलिकप्टरमा सवार सबैको निधन भएको छ। एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेर भएको दुर्घटनामा उद्धार कार्य जारी छ। प्रहरीका अुनसार १ जना महिला र ४ जना पुरुषको शव निकालिएको छ।
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा दुर्घटनामा परेको एयर डाइनेस्टीको हेलिकप्टरमा ५ जना सवार रहेको बताइएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । काठमाडौंबाट रसुवा स्याप्रुङबेँसीका लागि उडेको उक्त हेलिकप्टर एयरपोर्टबाट उडेको ३ मिनेटमै सम्पर्कविहीन भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । हेलिकप्टर अरुण मल्लले उडाउका थिए । जसमा चार चिनियाँ सवार रहेको बताइएको छ । नुवाकोटका एसपी शान्तिराज कोइरालाले प्रहरी दुर्घटनास्थमा पुगेको बताए । उनले दुई पुरुष, एक महिला, र अर्का एकजना चिन्न नसकिने अवस्थामा रहेको बताए ।
काठमाडौँ: रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दिउँसो २ बजेपछि सम्पर्कविहीन भएको खुलेको छ। त्रिभुवन विमानस्थल टावरका अनुसार २ बजेसम्म हेलिकप्टर सम्पर्कमै रहेको थियो। त्यसपछि टावरसँगको सम्पर्क टुटेको थियो।
काठमाडौँ : मंगलबार नेप्से सूचक १४५ अंकले घटेर करेक्सनमा गएको सेयरबजार आज १०८ अंकको वृद्धिसहित हरियो बनेको छ। लामो समय बढेको बजारले मंगलबार करेक्सन लिँदा राताम्मे बनेको बजार बुधबार पुन बढेको हो। बुधबार नेप्से १०८.३५ अंकले बढेर २७५९.७६ अंकमा आइपुगेको हो। मंगलबार घटेका कम्पनीहरुको मूल्य बुधबार सर्किट लेभलमै बढेका हुन्। बुधबार फाइनान्स, जलविद्युत्, होटल व्यापार तथा अन्य समूहमा रहेका कम्पनीको मूल्यमा उछाल देखिएको हो। करेक्सनपछिको बजारमा लगानीकर्ताले १७ अर्ब ९५ करोड रुपैयाँको कारोबार गर्दा बोटलर्स नेपाल (बालाजु), गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, नेपाल रिइन्स्योरेन्स, मैलुङ खोला जलविद्युत्, डोल्टी पावर कम्पनी, सिटी होटल र हिमालयन रि इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा १०…
काठमाडौं । बंगलादेशमा अन्तरिम सरकारको प्रमुख मुहम्मद युनुस बनेपछि त्यहाँका अवस्था पहिलेजस्तो भयावह नरहेको त्यहाँ रहेका नेपाली विद्यार्थीले जनाएका छन । एक महिना अघिदेखि सुरु भएको कोटा विरोधी आन्दोलन हिंसात्मक बन्दै गएसँगै प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर भारततिर लागेकी छन् । त्यसपति युनुस आजमात्रै सरकार प्रमुख बनेका हुन । उनले सरकारको बागडोर सम्हालेलगत्तै स्थिती सामान्य बन्दै गएको त्यहाँ रहेका नेपाली विद्यार्थीहरुले बताएका छन । बंगलादेशस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई यसअघि नै सुरक्षित रहन आग्रह गरेको थियो । हाल बंगलादेशमा करिब ४०० जना नेपाली विद्यार्थी छन् । उनीहरू सुरक्षित रहेको समेत दूतावासले जनाएको छ । दूतावासले उनीहरूलाई सम्पर्क गरेर सुरक्षित…