Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

हेटौंडा: प्रदेश ३ सरकारले कृषकहरुलाई अनुदान र सहुलियत ऋण उपलब्ध गराउन उसले मंगलबार कृषि विकास बैंकसँग १४ बुँदे सम्झौता गरेको छ । प्रदेशका कृषक, कृषक समूह, सहकारी एवंम उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन र प्रवर्द्धन गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास वैंक लिमिटेडबीच आज हेटौंडामा एक समारोहबीच ‘सहुलियतपूर्ण ऋण र अनुदान’ समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा मन्त्रालयको तर्फबाट सचिव डाक्टर योगेन्द्र कुमार कार्की र कृषि विकास बैकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले अवको चारवर्षमा कृषि क्षेत्रमा…

Read More

काठमाडौं ः प्रदेश नं १ मा गत आइतबारसम्म ७२ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालयका अनुसार प्रदेश नं। १ का तीन लाख ४० हजार ८२९ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । सबै ठाउँमा सिँचाइ सुविधा नपुग्दा समयमै वर्षा नहुँदा आइतबारसम्म ७१ दशमलव ७८ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको हो । गत वर्ष सोही अवधिमा ८२ दशमतलव ८९ प्रतिशत रोपाइँ भएको प्रदेश नं १ का भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले जानकारी दिनुभएको छ । प्रदेशको १४ जिल्लामध्ये उच्च पहाडी तीन जिल्ला (ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बु) मा ७७ दशमलव १३ प्रतिशत,…

Read More

मकवानपुर ः हेटौडा जिल्ला अदालत मकवानपुरको राजस्व चुहावट तथा विदेशी बिनिमय अपचलन मुद्दामा फरार रहेका ४४ वर्षका कमल बहादुर श्रेष्ठ पक्राउ परेका छन । गोप्य सुचनाका आधारमा महानगरिय अपराध महाशाखाबाट खटि गएको बिशेष टोलीले का।जि।का।म।न।पा।वडा नं। ७ सुकेधाराबाट आज बिहान ८ बजे उनलाई पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तलाई आवश्यक कार्वाहीको लागि जिल्ला अदालत मकवानपुर पठाईएको महाशाखाले जनाएको छ ।

Read More

काठमाडौं : ललितपुर महानगरपालिका १८ बुङमतीमा ग्याँस सिलिण्डर लिक भई सोमबार राति आगलागी भएको छ । बुङमती बस्ने काभ्रे नमोबुद्ध घर भएका ४५ वर्षीय शंकर थापाको टहरामा आगलागी हुँदा करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यसैबीच भोजपुर नगरपालिका १० बस्ने शेरबहादुर राईको घरमा सोलारको लाईन सर्ट भई हिजो सोमबार दिउँसो आगलागी हुँदा करिब १ लाख ५६ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

डोल्पा : डोल्पामा निरन्तरको वर्षात्पछि आएको बाढीले सिँचाइ कुलाको बाँध बगाएको छ । बाढीले त्रिपुरासुन्दरी नगरपालिका– १ मा पर्ने धुमा सिँचाइ कुलोको २० मिटर बाँध बगाएको हो । त्रिपुराकोटका १०० घरधुरीले प्रयोग गर्दै आएको सिँचाइ कुलोको बाँध बगाएपछि कृषक सिँचाइ सुविधाबाट बञ्चित भएका छन् । बाँधको पुनःनिर्माणका लागि रु पाँच लाख रकम लाग्ने अनुमान गरिएको स्थानीयवासी दिलबहादुर विष्टले बताउनुभयो । यस सिँचाइ कुलोबाट माथिल्लो धुमा, घारी धुमी, तल्लो धुमा, सिमलगायत सिञ्चित हुँदै आएको थियो ।

Read More

कास्की : पर्यटकीय शहर पोखरामा आगामी भदौ १४ गते ‘प्रथम नेपाल फुलकन्टयाक्ट प्रेसिडेन्ट कप कराँते ग्राण्ड म्पियनसीप’ आयोजना हुने भएको छ । नेपाल फुलकन्ट्याक्ट कराते महासङ्घको आयोजनामा हुने प्रतियोगितामा १५ सङ्घका ३२ पुरुष र ३२ महिला गरी ६४ खेलाडीले प्रतिस्पर्धा गर्ने महासङ्घका अध्यक्ष दमन बस्नेतले बताउनुभयो । प्रतियोगितामा पुरुष तथा महिला खुला तौल समूहमा महासङ्घमा आबद्ध सबै सङ्घका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । विजेताले नगद रु एक लाख, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः रु ५० हजार र रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । खेलको पहिचान, खेलाडीको उत्साह तथा प्रशिक्षकको परिश्रमबाट अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गरी…

Read More

काठमाडौँ ः मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भागभन्दा दक्षिणतिर अवस्थित रहेकाले मनसुनी गतिविधि कम सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा अहिले नेपालबाट टाढा रहेकाले मनसुन कमजोर रहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले बताउनुभयो । “उक्त प्रणाली विस्तारै नेपालसम्म आइपुग्न अझै तीन– चार दिन लाग्ने भएकाले तत्काल मनसुन पूर्ण सक्रिय हुने अवस्था छैन्”, उहाँले भन्नुभयो । यो समयमा वर्षा नै नहुने भने होइन । ‘आइसुलेटेड’ जुन स्थानमा पर्छ । सोही स्थानमा छोटो समयमा भारी वर्षा पनि हुन सक्छ तर त्यसलाई देशव्यापीरुपमा मनसुन पूर्ण सक्रिय भएको भन्न नमिल्ने मौसमविद् कँडेलको भनाइ थियो । राति देशको…

Read More

चितवन : गत आर्थिक वर्षमा नारायणी र राप्ती नदीमा तिहारी जालमा परेर नौ वटा घडीयाल गोही मरेका छन् । सङ्कटापन्न अवस्थामा रहेको गोही जालमा परेर मरेपछि संरक्षणमा थप चुनौती देखिएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार नौ वटा गोही तिहारी जालमा परेर मरेका थिए भने जालमा परेका १२ वटा गोहीलाई उद्धार गरिएको थियो । सात वटा राप्तीमा र दुई वटा नारायणी नदीमा जालमा परेर मरेका हुन । जसमध्ये एउटा ठूलो हो भने अन्य साना हुन । अघिल्लो आर्थिक वर्षमा तिहारी जालमा परेर एउटा मात्र भाले गोही मरेको थियो । निकुञ्जका…

Read More

रियो डि जेनेरो : ब्राजिलको उत्तरी राज्य पारामा रहेको एक कारागारमा भएको दङ्गामा परी ५७ जनाले ज्यान गुमाएका छन । यस झडपमा परी १६ जनाको तत्कालै मृत्यु भएको र अन्य ४१ जनाको जेलभित्र फैलिएको विषाक्त धुवाँका कारण ज्यान गएको छ । यद्यपी १६ जनाको घाँटी काटिएको थियो भने अन्य ४१ जनाको मृत्यु जेलको एउटा भागमा आगो लगाइएपछि धुवाँमा निसासिएर भएको अधिकारीहरूले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । कारागारभित्र रहेका दुई परस्पर विरोधी समूहबीच भएको हिंसा भड्किएको अधिकारीहरूले जनाएका छन् । पारा प्रान्तको अल्टामिरास्थित जेलभित्रको एउटा भवनमा राखिएका बन्दीले अर्को भवनमा आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका…

Read More

नगरकोट : सूर्योदयको दृश्यावलोकनका लागि नेपालमा मात्र नभई विश्वमै प्रसिद्धि कमाएको नगरकोटले प्रदुषित नगरको रुपमा स्थापित हुन थालेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमशृङ्खला, वरिपरि देखिने सुन्दर एवं हरिया डाँडा र उपत्यकाको सबैजसो भाग हेर्न पाउने नगरकोटको अर्को आकर्षण हो । यही आकर्षणले छ वर्षअघिसम्म नेपाल आउने प्रायः पर्यटक नगरकोट पुग्थे । तर छ वर्षअघि शुरु भएको कमलविनायक–तेलकोट–नगरकोट (१७ किमी) सडक बिस्तार, स्तरोन्नति र कालोपत्रको काम सम्पन्न नहुँदा पर्यटकिय क्षेत्र नगरकोटकै उपमा फेरिने चिन्तामा स्थानीय छन । तीन पटक म्याद थपिँदा पनि ६५ प्रतिशतभन्दा बढी भौतिक प्रगति हुन नसक्दा धुलो र हिलोका कारण नगरकोटको आकर्षण घटने…

Read More