Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाली सेनाले विकास निर्माणका काममा प्रयोग हुने विस्फोटक पदार्थ (इमल्सन प्लान्ट)को उत्पादन क्षमता दोब्बर बनाउने तयारी गरेको छ । सेनाले विस्फोटक पदार्थको माग बढ्दै गएपछि वार्षिक ३ हजार ६ सय मेट्रिक टनबाट उत्पादन क्षमता ७ हजार २ सय पु¥याउन तयारी थालेको हो । हाल सेनाले मकवानपुरको सुनाचरीमा रहेको इमल्सन प्लान्टमार्फत वार्षिक ३ हजार ६ सय मेट्रिक टन विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ । अघिल्लो वर्षसम्मको यसै अवधिसम्म भने सो प्लान्टबाट वार्षिक १ हजार २ सय मेट्रिक टन मात्रै विस्फोटक पदार्थ उत्पादन हुँदै आएको थियो । सेनाले एक वर्ष्भित्रै १ हजार २ सयबाट २ हजार ४…
चितवन : नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मौवाखोला–मुग्लिन सडकमा दुर्घटना भइरहन्छन्। अधिकांश दुर्घटनामा सवारीसाधन सोझै त्रिशूलीमा खस्छन्। कतिपय सवारीसाधन नदीमै हराउँछन्। दुर्घटनाको तथ्यांक हेर्दा त्रिशूलीले धेरै मान्छे खाएको छ। अघिल्लो दुई आवमा चितवनतर्फबाट ३३ वटा सवारीसाधन त्रिशूलीमा खसे। भरतपुरको जुगेडीदेखि धादिङ सिमाना मौवाखोलासम्म भएको दुर्घटनामा ५१ जनाले ज्यान गुमाए। जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार आव ०७४/७५ मा १४ वटा गाडी नदीमा खसेका थिए। तिनमा २२ जनाको मृत्यु भयो। ०७५/७६ मा १५ वटा गाडी त्रिशूली खसे भने २६ जनाले ज्यान गुमाए। साउनमा मात्रै चार वटा सवारीसाधन त्रिशूलीमा खसेका छन्। त्यसअघि पनि थुप्रै गाडी त्रिशूलीमा खसेर बेपत्ता भएका छन्। ०७३ असोज ९…
इटहरी : ब्राउन सुगरसहित नेपाली सेनाका मेजर अजित प्रताप सिंह पक्राउ परेका छन्। उनलाई नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरी छेउबाट इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो। पूर्वी पृतना हेडक्वाटर इटहरीमा कार्यरत उनको साथबाट डेढ ग्राम ब्राउन सुगरसमेत बरामद भएको छ। उनीबाहेक थप दुईजना पक्राउ परेपनि उनीहरुको संलग्नताबारे छानबिन भइरहेको प्रहरीले बताएको छ। सिंह भने लामो समयदेखि कारोबारमा संलग्न रहेको बताइएको छ। सिंह नेपाली सेनाका अधिकारी भएपनि प्रहरीले भने उक्त विषय खुलाएको छैन। इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी समीरचन्द्र खरेलले भने, ‘लागु औषधसहित सिंहलाई पक्राउ गरिएको हो, उनको अरु संलग्नता अहिले नभनौं।’. पक्राउ परेकाहरुबारे थप अनुसन्धान भइरहेको बताइएको…
सुर्खेत :आत्महत्या समाज विकासको निकै ठूलो बाधक घटना बन्दै गएको छ । समाजमा घट्ने यस्ता प्रकारका घटनाले पारिवारिक मात्र होइन, सांस्कृतिक, सामाजिक र आर्थिक वातावरणमा समेत प्रभाव पार्न थालेको छ । आत्महत्याका घटनाको प्रभाव गाउँभन्दा शहरमा बढी भएको पाइएको छ । पछिल्लो समयमा यो समस्या र चुनौतीका रुपमा देखापरेको छ । यद्यपि हाम्रो समाजमा आत्महत्या किन बढ्दै गएको छ र यसको रोकथाम के हो ? भन्ने विषयमा त्यति गहिरो अध्ययन अनुसन्धान गरेको पनि पाइँदैन । सरकारले भने आत्महत्याको नकरात्मक प्रभाव रोक्न एवं व्यक्तिको बाँच्न पाउने अधिकार सुरक्षित गर्न थुप्रै जनचेतनामूलक कार्यक्रम गर्नुको साथै आपराधिक गतिविधि गराउनेविरुद्ध कडा कानूनी कारवाहीको व्यवस्था…
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासको जति अन्वेषण गर्नसक्यो राष्ट्र त्यति नै समृद्ध बन्ने बताएका छन् । हिलिहाङ फाउन्डेसनद्वारा आज ललितपुरको खुमलटारमा आयोजित हर्कबहादुर योङ्हाङ, लिम्बूद्वारा लिखित ‘हिलिहाङ इन द हिस्टोरी अफ नेपाल’ पुस्तक विमोचन गर्र्दै अध्यक्ष दाहालले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधता भएको देश नेपालमा विशाल संस्कृति रहेको बताए । यस्ता संस्कृतिको अध्ययनको खाँचो रहेको र जति अध्ययन ग¥यो त्यति नै गहिरिँदै जाने उल्लेख गर्दै अध्यक्ष दाहालले भने, “इतिहासको जति राम्रो अन्वेषण हुन्छ, वर्तमानमा राष्ट्र त्यति नै समृद्ध बन्छ ।” पुस्तकले वर्तमानमा केही सहयोग गर्ने र भविश्यको निम्ति आधार निर्माण गर्ने काम गरेको उल्लेख…
काठमाडौं : सरकारले चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सहज बनाउने लक्ष्यका साथ २० वटा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई जोड दिँदै पेट्रनेलियम पदार्थको परनिर्भरता कम गर्ने लक्ष्यका साथ चार्जिङ स्टेशन निर्माणमा विशेष जोड दिइएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको चालु आर्थिक वर्षको कार्ययोजनामा विद्युतीय सवारी साधनको प्रयोगलाई देशवयापी बनाउन प्रर्याप्त मात्रामा चार्जिङ स्टेशन निर्माण गर्ने कार्यक्रम समावेश छ । सरकारले केही दिन पहिले मात्रै साझा यातायातलाई ३०० विद्युतीय बस खरीदका लागि रु तीन अर्ब बजेट उपलब्ध गराइसकेको छ । यस्तै प्रदेश नं ३ सरकारले पनि साझा यातायातसँगको…
धादिङ: बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पुगेको छ । मृतकमध्ये दुई जनाको मात्र सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका एक महिला, एक बालिका र चार पुरुषको सनाखत हुन सकेको छैन । शुक्रबार बिहान सर्लाहीको मङ्लगवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख ७४६९ नं बस सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको थियो । प्रहरी उपरीक्षक राजकुमाव वैदवारका अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमा र दुई जनाको चितवनको मुग्लिङ क्षेत्रमा शव भेटिएको थियो । यसैगरी कृष्णभिरमा एक पुरुषको शव तथा चितवनको देवघाटमा दुई महिलाको शव भेटिएको थियो । मृत्यु हुनेमा सर्लाहीका ३५ वर्षीय अजय दास र २५ वर्षीय…
काठमाडौँ : सैनिक कल्याणकारी कोषले आफ्ना हिताधिकारीलाई रु चार अर्ब ४३ करोड ११ लाख ८६ हजार लघुवित कर्जा उपलब्ध गराएको छ । सेवामूलक व्यवसाय सञ्चालन गरी लाभग्राहीको आय आर्जन वृद्धि गराउने उद्देश्यले सञ्चालन गरिएको लघुवित कर्जा तथा सुलभ घरकर्जा कार्यक्रमबाट हालसम्म २६ हजार ६४१ जना लाभान्वित भएको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिए । नेपाल इन्भेष्टमेन्ट बैंकको सहकार्यमा सहुलियत ब्याजदर(वार्षिक ४.५ प्रतिशत) मा कर्जा दिने व्यवस्था गरिएको छ । सैनिक सेवाबाट अवकास भएका व्यक्तिको जीवनलाई सवल र सक्रिय तुल्याउन योगदान पुगोस् भन्ने हेतुले कोषले परिवार तथा आवास अनुदान सहुलियत कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रमअन्तर्गत प्रतिव्यक्ति मासिक…
सिन्धुली: आज दिउँसो एक महिलाको सुनकोशी नदीमा डुबेर मृत्यु भएको छ । काभ्रे पाँचखाल नगरपालिका–१० निवासी ३४ वर्षीया सरस्वती रायमाझीको सुनकोशी नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । माइती घर रामेछाप बेथान गाउँपालिका–६ जुङ्गेपानी जान भनी श्रीमान् ओमबहादुर रायमाझीसँग हिँडेकामा सरस्वतीले सिन्धुलीको सुनकोशी गाउँपालिका–१ कुशेश्वर मन्दिर नजिक सुनकोशी नदीमा हामफाली बेपत्ता भएको सरस्वतीका श्रीमान् ओमबहादुर रायमाझीले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीलाई जानकारी हुनेबित्तिकै खोजी गर्दा घटनास्थलभन्दा २१ किलोमिटर तल सुनकोशी गाउँपालिका–६ खहरे दोभानमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । श्रीमान् र श्रीमतीसँगै…
काठमाडौँ: धितोपत्र बजारमा यस साता कूल १७२ कम्पनीका ७४ लाख ३८ हजार ८४८ कित्ता शेयर रु दुई अर्ब २८ करोड ७३ लाख ८७ हजार ६३६ मूल्यमा खरीद बिक्री भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर शेयर बजारमा कारोवारमापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । पूँजीगत लाभकरलगायतका विषयमा देखिएको विवादका कारण बजारले लय समात्न नसकेको बताइन्छ । आइतबार कूल १६९ कम्पनीका १४ लाख ६७ हजार ४६४ कित्ता शेयर रु ४७ करोड ४१ लाख ५१ हजार ७२९ मूल्यमा खरीद बिक्री भए । बिहिबारको तुलनामा कारोवार रकम समेत ओरालो लागेको हो । बिहिबार रु ५९ करोड पाँच लाख ८८ हजार २३९ मूल्यमा…