Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : पार्टीका तल्ला तहका अन्तरिम संरचना गठन गर्नेबारे छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । १४ औँ महाधिवेशनको तयारी र पार्टीको अन्तरिम संरचना गठन गर्न बसेको बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम हिजो सकिएको छ । बैठक ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा दिउँसो १ वजेपछि बस्दैछ । आज पदाधिकारीले धारणा राखेपछि निर्वाचनमा जाने या सहमतिबाट अन्तरिम संरचना गठन गर्ने भन्ने निर्णय लिईने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । पार्टीको अन्तरिम संरचनाको बिषयलाई लिएर नेताहरुले फरक फरक धारणा राखेका कारण यो बैठक गएको असार २२ गतेदेखि जारी छ

Read More

काठमाडौं : साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले घर शान्तिको कामनासहित घण्टाकर्णको पूजा गर्दै गठामुंगः पर्व मनाउँदैछन् । यस दिन नेवार समुदायले आफ्नो घरगृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधी नलागोस् भनेर घण्टाकर्णको पूजा गरी घर–घरबाट भूतप्रेत मन्छाउने गर्दछन् । विशेषगरी किसानले वैशाख महीनामा पर्ने अक्षय तृतीयाका दिन रोपाइँलगायतका बढी बल प्रयोग हुने कामका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले तान्त्रिक विधिले आह्वान गरेर बोलाएका भूतप्रेत, डाकिनी, शाकिनी, पिशाच आदिलाई तान्त्रिक विधिद्वारा नै बिदा गर्ने पर्वको रूपमा समेत लिइन्छ । यस दिन शिवपुत्र भगवान् कुमार कार्तिकेयको पूजाअर्चना गरिन्छ ।…

Read More

काठमाडौँ ः मुलुकभर लागुऔषध ओसारपसारका मुद्दामा वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४र७५ को तुलनामा आव २०७५÷७६ मा लागुऔषधका मुद्दामा वृद्धि भएको हो । आव २०७४र७५ मा तीन हजार ८८ मुद्दा दर्ता भएकामा आव २०७५र७६ मा तीन हजार ३५७ मुद्दा दर्ता भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल प्रहरीको सक्रियता बढेसँगै लागुऔषध दुव्यर्सनी तथा ओसारपसारका घटनामा वृद्धि भएको बताउनुहुन्छ । “खुला सिमानाका कारण तराई क्षेत्रबाट लागुऔषध धेरै ओसारपसार हुने गरेको छ”, उहाँ भन्नुहुन्छ । लागुऔषध सेवनले व्यक्ति, घरपरिवार, समाजलाई मात्र नभएर सिङ्गो देशलाई नै असर गर्ने…

Read More

काठमाडौं ः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परिवारलाई लिएर संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् । नेकपा अध्यक्ष प्रचण्ड आज मंगलबार बिहान पत्नी सीता, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित ५ दिन लामो युएई भ्रमणका लागि निस्किएका हुन् । यो भ्रमण राजनितिक नभई विशुद्ध पारिवारिक भएको बताईएको छ ।

Read More

भक्तपुर : भक्तपुरका विभिन्न शक्तिपीठमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन शुक्ल चतुर्दशी दिन मनाइने घण्टाकर्ण अर्थात् गठेमङ्गल पर्वका अवसरमा आज बिहानैदेखि विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको हो । नेवार समुदायले आज बिहानै घरघरमा लिपपोत गरी शुद्ध भएर विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँबाट ल्याएको जल घरघरमा छर्कने प्रचलन रहँदै आएकाले मन्दिरमा भीड लागेको हो । नेवार समुदायमा रोपाइँ सकिएको पर्वका रुपमा पनि गठेमङ्गललाई ‘सिनाज्या ब्यङ्केगु’ अर्थात् रोपाइँ सकिएको पर्वका रूपमा मनाउने प्रचलन छ । आजकै दिनदेखि नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन शुरु गर्ने गरिन्छ । त्यसका साथै गाइजात्रामा प्रदर्शन गरिने भैरवलगायतका…

Read More

काठमाडौँ ः सरकारले ज्येष्ठ नागरिकलाई सम्बोधन गर्ने गरी ज्येष्ठ नागरिकसम्बन्धी विधेयक संशोधन गरी कानून ल्याउने तयारी गरेको छ । सङ्घीय संसद् सचिवालयले छलफलका लागि ल्याएको उक्त विधेयकको नाम ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को संशोधन गर्न बनेको विधेयक, २०७५’ रहेको छ । नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने संवैधानिक व्यवस्था रहेको छ । उक्त व्यवस्थाअनुसार कानून बनाउन सरकारले सो विधेयक ल्याएको हो । उमेर बढ्दै गएपछि मानिसहरु बिस्तारै ज्येष्ठ नागरिकमा परिणत हुन्छन् । ती नै ज्येष्ठ नागरिक समाजमा बिस्तारै अपहेलित हुँदै जान्छन् र वृद्धाश्रममा बसेर जीवनयापन…

Read More

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले चाबहिल, माइतीघर, जय बागेश्वरी लगायतका स्थानमा आकाशे पुल निर्माण गर्ने भएको छ । आकाशे पुल निर्माणका लागि ‘डिजाइन’को काम भइसकेको छ । सवारी चाप बढी भएका स्थानमा आकाशे पुल निर्माण गर्न लागिएको कामपाले जनाएको छ । यी स्थानमा आकाशे पुल निर्माणका लागि डिजाइन सकिएकाले छिट्टै ठेक्का सम्झौतामार्फत काम अघि बढाइने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए। विभिन्न स्थानमा आकाशे पुलको माग भइरहेकामा बढी आवश्यक स्थानलाई छनोट गरिएको उनको भनाइ थियो । प्रवक्ता डङ्गोलले भने , “माग भएकामध्ये पनि बढी आवश्यक ठाउँमा अहिले बनाएर अरु स्थानमा प्रक्रिया अघि बढाइनेछ ।” टेकु, त्रिपुरेश्वर…

Read More

काठमाडौँ : नेपाल राष्ट्र बैंकले कृषिमा अनिवार्य १० प्रतिशत लगानी पु¥याउन गरेको अनुरोधलाई नेपालका प्रायःसबै वाणिज्य बैंकले बेवास्ता गरिदिएका छन् । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीतिमा नेपालका वाणिज्य बैंकहरूले कृषिमा गत आवको जेठ मसान्तसम्ममा जम्मा ८।६ प्रतिशत मात्र कर्जा लगानी गरेको उल्लेख छ । साना किसान राष्ट्रिय महासङ्घका पूर्वअध्यक्ष उद्धव अधिकारीले कृषि क्षेत्रमा युवाको आकर्षण बढ्दै गए पनि वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा लगानी गर्न आनाकानी गर्ने, झण्झटिलो प्रक्रिया बनाइदिने र ढिलासुस्ती गरिदिनाले कृषि कर्जा सर्वसुलभ नभएको बताउनुभयो । राष्ट्र बैंकले मौद्रिक नीति साउन ८ गते सार्वजनिक गरेको थियो । सामान्यतया बजेट पेश भएको एक महीनापछि…

Read More

काठमाडौँः प्रेस काउन्सिल नेपालले ‘पत्रकार आचारसंहिता, २०७३’ लाई संशोधन गर्ने भएको छ । आचारसंहितालाई समयसापेक्ष बनाउने उद्देश्यले संशोधन गर्ने तयारी गरिरहेको काउन्सिलले जनाएको छ । संशोधनका लागि काउन्सिलले सरोकारवाला सङ्घसंस्था तथा सञ्चार क्षेत्रका विज्ञहरुसँग छलफल गर्नाका साथै रायसुझाव सङ्कलनको लागि पत्राचारसमेत गरेको मुख्य अधिकृत झबिन्द्र भुसालले जानकारी दिए । समयसापेक्ष संशोधन गर्नुपर्ने छुट विषय र सुझावहरू भए एक हप्तासम्ममा रायसुझाव दिन पत्रमार्फत् काउन्सिलले सम्बन्धीत सबै पक्षलाई आह्वान गरिएको छ । यो वर्ष काउन्सिलको स्वर्णजयन्ती वर्ष भएको अवसरमा संशोधित तथा परिमार्जित आचारसंहिता सार्वजनिक गर्नाका साथै प्रेस काउन्सिल एवं पत्रकारितासँग सम्बन्धित पुस्तक प्रकाशन गर्ने तयारी गरिएको छ ।…

Read More

काठमाडौं : साँखुदेखि– रत्नपार्क –सातदोबाटो र चक्रपथ गुड्ने अधिकांश सार्वजनिक यातायातमा आरक्षित सिटको कानून अझै पनि कार्यान्वयनमा आएको छैन । विशेषगरी साँखुको रुटमा चल्ने सार्वजनिक सवारी साधानमा यात्रुले आरक्षित सिटको सुविधा उपभोग गर्न पाएका छन । आरक्षित सिट र त्यसको संख्या तोकिएको भएपनि कानून कार्यान्वयनमा नआएकाले ज्ेयष्ठ नागरिक, अपाङगता भएका व्यक्ति, महिला, अझ विशेष गरी बच्चाका आमाहरु मरमा परेका छन । साँखुको पुकुलाछि निवासी ३५ वर्षीया फुलमाया लामाका अनुसार उनकी छोरी जन्मिएको १५ दिन भयो, गर्भावस्था बेलामा नियमित स्वास्थ्य जाँचका लागि जोरपाटी जानुपर्दा सार्वजनिक सवारीमा कठिन यात्रा गर्नुप¥यो । त्यस्तै सलम्बुटार बस्ने १९ वर्षकी आशा…

Read More