Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: उपत्यकामा तरकारीको मूल्य अस्वभाविक रुपमा बढेपछि सरकारले तरकारी बजारको अनुगमनलाई तीव्र पारेको छ । केही दिनअघि कालीमाटी र बल्खुस्थित तरकारी बजारको अनुगमन गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज बानेश्वरको शान्तिनगरस्थित तरकारी बजारको अनुगमन गरेको छ । अनुगमनका क्रममा सात वटा पसलले तरकारीको मूल्यवृद्धि गर्न सहयोग गरेको भेटिएपछि अनुगमन टोलीले कारवाही गरेको छ । किसान, ढुवानीकर्ता वा कृषिउपज सङ्कलन केन्द्रबाट खरिद गरिएको तरकारीको बिल, भरपाइ वा किसानलाई तिरेको रकम पुष्टी हुने कागजात नदेखाएका कारण ती पसललाई जरिवाना गरिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिनुभयो । छ वटा पसलले प्रत्येकलाई रु पाँच हजार र अर्को एउटा…
काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक ५.९४ अंकले बढेर १२७७.१७ अंकमा उक्लिएको हो। कारोबार रकम ३६ करोड ८९ लाख रुपैयाँमा उक्लिएको छ। आजको कारोवारमा १६९ कम्पनीका १४ लाख ४४ हजार कित्ता शेयर ३६ करोड ८९ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढि कृषि बिकास बैंकको चार करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भयो। कारोबार रकमकै आधारमा नेपाल बैक दोस्रो भएको छ। तीन करोड ३६ लाख रुपैयाँको शेयर कारोबार गर्दै नेपाल बैक दोस्रो भएको हो। उपसूचक मिस्रित देखिएको छ। ११ समूहको कारोबारमा सात समूहको उपसूचक बढेको छ भने चार समूहको उपसूचक घटेको छ। सबैभन्दा बढि बीमा समूहमा…
लन्डन : बेलायतको युरोपेली युनियन पक्षधर विपक्षी दल लिबरल डेमोक्र्याटिक पार्टीको नेतामा पहिलो पटक महिला नेत्री चुनिएका छन । ब्रेक्जिट बिरोधी यस ३१ वर्ष पुरानो पार्टीमा महिला नेतृ जो स्वीनसन निर्वाचित हुनुभएको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) लाई कुनै पनि हालतमा पारित हुन नदिनु उहाँको पहिलो चुनौती रहेको छ । बेलायत आगामी अक्टोबर ३१ मा युरोपेली युनियनबाट अलग्ग हुँदैछ । तर ब्रेक्जिटका जटिलता अद्यापी छन् । यसबीच, युरोपेली संसदको नयाँ निर्वाचन भएको छ भने युरोपेली युनियनमा नयाँ पदाधिकारीहरु निर्वाचित भएका छन् । अर्कातर्फ बेलायतमै प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जिटमा सहमति जुटाउन नसकेको भन्दै प्रधानमन्त्री…
काठमाडौँ : जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक तत्काल मर्मतसम्भार गरी सहजरुपमा यातायात सञ्चालन गराएर कालोपत्र गर्ने काम अघि बढाउन जनप्रतिनिधि सहमत भएका छन् । गत भदौमै कालोपत्र भइसक्नुपर्ने गरी ठेक्का भएको सडक थपिएको म्याद सकिन लाग्दासमेत काम शुरु हुन सकेको छैन । गत वर्ष सकिएर थपिएको म्याद पनि आगामी भदौमा सकिँदैछ तर सडक सार्वजनिक जग्गा भएको स्थानमा मात्र विस्तार गर्न लागेजस्तो देखिन्छ । जीर्ण बनेको सडकका कारण यातायात सञ्चालनमा समस्या आउन थालेपछि हिजो सोमबार काठमाडौँ उपत्यका सडक विस्तार आयोजनामा जनप्रतिनिधिसँग छलफल भएको थियो । छलफलमा काठमाडौँ निर्वाचन क्षेत्र नं ३ का सांसद कृष्ण राई, प्रदेशसभा सदस्य रामेश्वर फुयाँल,…
काठमाडौं : आज र भोली कन्काई,कमला,बागमती, पूर्वी राप्ती लगायतमा बहाव उल्लेख्य बढ्न सक्ने भन्दै सरकारले सबैलाई सतर्क रहन आग्रह गेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सन्चालन केन्द«ले केही शाखा नदीमा बहाव खतरा तह सम्म पुग्न सक्ने उल्लेख गरेको छ । प्रदेश १,२,३ र ५ का तराई र पहाडका केही साना नदीमा आकस्मिक बाढीको संभावना रहेकाले तटिय क्षेत्रमा सतर्क रहन केन्द«ले अनुरोध गरेको छ ।
काठमाडौँ : सरकारले संविधानको मर्म र भावनाअनुरुप नेपाली सेनामा भर्ना छनौटदेखि वृत्तिविकासका सबै क्षेत्रमा समावेशी सिद्धान्तलाई कडाइसाथ कार्यान्वयन गरेको जनाएको छ । संविधानमा भएको समावेशीकरणको सिद्धान्तलाई आत्मसात् गरी महिला, विभिन्न जाति, समुदाय, धर्म तथा पिछडिएका वर्गलाई समेत सेनामा भर्ना हुने यथेष्ट मौका प्रदान गरिएको उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिनुभयो । सैनिक नियमावली, २०६९ को नियम ५ मा भर्ना छनौटमा समावेशीकरणको व्यवस्था गरिएको छ । नेपाली सेनाले प्रत्येक भर्ना छनौटमा कूल पद सङ्ख्याको ४५ प्रतिशत आरक्षण कायम गरिरहेको छ । अन्य निकायको जस्तै सेनाले आरक्षितका लागि छुट्याइएको पद सङ्ख्यालाई १०० प्रतिशत मानेर त्यसबाट महिला २०, आदिवासी…
राजविराज : आज बिहान सप्तरीमा मेघगर्जनसँगै वर्षासँगै परेको चट्याङ्मा परेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका–३ बस्ने ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कङ्कालिनी नगरपालिका–११ का ४५ वर्षीया शिवसती देवी पण्डित रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो । खेतमा काम गरिरहेको अवस्थामा चौधरीको र खेतबाट घर फर्किने क्रममा पण्डितको चट्याङ् लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चट्याङ् लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि तत्कालै सप्तऋषि अस्पताल लहान लगेकामा उपचारका क्रममा मृत्यु भएको छ । खेतमा काम गरिरहेका आफ्ना पतिलाई खाना पु¥याएर घर फर्कने क्रममा चट्याङ् लागेर पण्डितको ज्यान गएको…
वासिङ्टन : अमेरिका भ्रमणमा रहनुभएका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आतंकवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेन पाकिस्तानमा रहेबसेको ठाउँका बारेमा पाकिस्तानी गुप्तचर निकायहरुले नै अमेरिकालाई सूचना दिएको बताउनुभएको छ । पाकिस्तानले हालसम्म बिन लादेन पाकिस्तानको कुन ठाउँमा बस्थे भन्ने आफूहरुलाई आधिकारिक जानकारी नभएको बताउँदै आएको थियो । अमेरिकी विशेष फौजले पाकिस्तानभित्रै प्रवेश गरेर सन् २०११ मे २ तारिखमा गरेको कारबाहीमा बिन लादेन मारिएका थिए । अमेरिकी गोप्य कारबाहीका कारण पाकिस्तान र अमेरिकाबीच लामो समयदेखि विवाद हुँदै आएको छ । पाकिस्तानले अमेरिकामाथि आफ्नो सार्वभौमसत्ता हनन गरेको आरोप लगाउँदै आएको छ । पाकिस्तानी चिकित्सक शकील अफ्रिदीले खोप अभियानका नाममा…
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताको प्रक्रिया अब करीब करीब निष्कर्षमा पुगिसकेको बताउनुभएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानले आज राजधानीमा आयोजना गरेको ‘४१ औं पुष्पलाल स्मृति दिवस’मा बोल्दै उहाँले एकता प्रक्रिया साउनभित्र सकिने जिकिर गर्नुभयो । “एक दुई वटा औपचारिकता दिन मात्र बाँकी रहेको छ । केही दिनभित्र हामी सबै पार्टी एकता टुङ्ग्याउँछौँ”, उहाँले भन्नुभयो, “हाम्रो लक्ष्य यही साउन महीनाभित्र पार्टी एकताका बाँकी रहेका काम पनि टुङ्ग्याउने छौँ, स्थायी कमिटी तथा केन्द्रीय कमिटीको बैठक पनि बस्ने छौँ ।” उहाँले केन्द्रीय कमिटी बैठकबाट देशव्यापीरुपमा कार्यक्रम बनाएर जनतासमक्ष समेत जाने बताउनुभयो । उहाँले…
पोखरा : गृहकार्य नगरेको आरोपमा विद्यार्थीलाई कुटपिट गर्ने पोखराका एक शिक्षक आज पक्राउ परेका छन् । विद्यार्थीलाई कुटपिट गरेको आरोपमा पोखरा–२५ स्थित हेम्जा आवासीय विद्यालयका शिक्षक श्रीराम त्रिपाठीलाई पक्राउ गरिएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो विद्यालयमा अध्ययनरत १४ वर्षीय एक विद्यार्थीलाई यही साउन ५ गते कक्षा कोठा भित्रै कुटपिट गरेर घाइते बनाएको आरोपलमा अभिभावकको जाहेरी परेपछि ती शिक्षकलाई पक्राउ गरिएको हो । घाइते विद्यार्थीे पोखरास्थित अस्पतालमा उपचार पछि घर फर्किसकेको बताइएको छ ।