Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
हेटौँडा:प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौँडा नै उपयुक्त हुने बताउनुभएको छ । जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्ला सभामा उहाँले आफूले प्रदेशको राजधानी हेटौँडाबाट अन्यत्र सार्न लागेको भन्ने कुरा निराधार भएको बताउनुभयो । मुख्यमन्त्री पौडेलले स्थायी राजधानी तोक्ने विषय आफूले मात्र चाहेर नहुने विषय भएको बताउनुभयो । राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले मात्र तोक्न सक्ने संवैधानिक व्यवस्था भएको र आफू प्रदेशसभा सदस्यको हैसियतले एउटा मतदाता मात्र भएको उहाँको भनाइ थियो । “हेटौँडालाई राजधानीका रुपमा टिकाइ राख्न जोडबल गरिरहेको छु”, उहाँले भन्नुभयो । मुख्यमन्त्री पौडेलले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा बजार क्षेत्रमा सडकको दायाँ–बायाँ १६÷१६ मिटर मात्र…
काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८४ बिन्दुले घटेर एक हजार २३३.७१ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४० बिन्दुले घटेर २६७.६० बिन्दुमा पुगेको छ । नेप्से ओरालो लागेसँगै कारोवार रकमसमेत सस्तैमा समेटिएको छ । कूल १६६ कम्पनीको ११ लाख ४५ हजार ५०७ कित्ता शेयर रु ३१ करोड १७ लाख ५६ हजार ८५६ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार १३.७७, होटल १६.४६, वित्त…
काठमाडौँ : सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक आरक्षण सिट, भाडामा दिइँदै आएको छुट र उहाँहरुले यात्रामा भोग्नु परेका समस्याबारे अनुगमन गरिने भएको छ । सार्वजनिक यातायातमा प्रभावकारी अनुगमनको माग गर्दै आज यातायात व्यवस्था विभाग पुगेका अग्रज समाज नेपाल र ज्येष्ठ नागरिक सङ्घर्ष समितिका प्रतिनिधिसँगको भेटघाटका क्रममा विभागले सो प्रतिबद्धता जनाएको हो । विभागका निमित्त महानिर्देशक प्रेमकुमार सिंहले विगत एक दशक पहिलेदेखि अनुगमन हुँदै आएकामा आगामी दिनमा अझै बढाइने बताउनुभयो । सवारी साधनले ज्येष्ठ नागरिकका लागि सिट आरक्षण नगरेर वा ५० प्रतिशत छुट नदिँदा कारवाही गरिने उहाँले बताउनुभयो । ज्येष्ठ नागरिकसमेत सङ्लग्न गराएर अनुगमन गराइने उहाँले प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “अहिले…
काठमाडौँ: भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक विद्युत् सेवा उपलब्ध गराउन अन्तरसरकारी निकायबीच आवश्यक समन्वय गरिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको छलफलमा नेपाल विद्युत् प्राधिरकण, सडक विभाग तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबीच समन्वय गरेर काम गर्ने विषयमा सहमति भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, पर्यटन राज्यमन्त्री धनबहादुर बुढालगायतले निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक डेडिकेटेड प्रसारण लाइन निर्माणका क्रममा देखिएका समस्या निरुपण गर्ने उपायको खोजी गर्ने लक्ष्यका साथ छलफल भएको हो । छलफलमा नेपाल विद्युत् प्राधिकरणका तर्फबाट गरिने सम्पूर्ण काम प्राधिकरणले तत्काल शुरु गर्ने, सडक…
चितवन: देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पश्चिम चितवनको चनौलिकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको जन्म दिएकी थिइन् । प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार जन्मिएका शिशुमध्ये एकको मृत्यु भएको र अर्को एक जीवित रहेको अवस्थामा अस्पतालले घर पठाएको थियो । घर पुगेपछि अर्को शिशु पनि मृत्यु भयो भनी अन्त्येष्टिका लागि देवघाट लगिएको थियो । मल्लका अनुसार खाल्डोमा राख्ने क्रममा एउटा शिशु चल्मलाएपछि अस्पताल फर्काइएको हो । शङ्कास्पद देखिएपछि अर्को शिशु…
रोल्पा: रोल्पाको एक स्थानीय सरकारले सुन चालेर स्वरोजार बन्ने योजनाका लागि अनौठो प्रस्ताव अघि सारेको छ । सो प्रस्ताव गाउँपरिषद्बाट पारितसमेत भई यसै वर्षदेखि कार्यान्वयन हुने भएको छ । जिल्लाको सुनिल स्मृति गाउँपालिकाले सुन चालेर युवायुवतीलाई स्वरोजगार बनाउने उद्देश्यले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाले जनाएको छ । उक्त योजना कार्यान्वयनका लागि चालू आर्थिक वर्षमा रु दुई लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरले बताउनुभयो । गाउँपालिका भएर बग्ने लुङ्ग्री नदीमा विगतदेखि सुन खोज्ने परम्परा रहँदै आएको थियो । सुनछहरी झरना रहेको स्थानमा सुनखानी रहेकाले सो झरना लुङ्ग्री नदीमा मिसिने भएका कारण स्थानीयवासीले लामो समयदेखि सुन चाल्ने काम गर्दै आएका…
पाल्पा: कालीगण्डकी करिडोर कार्यालय पाल्पाबाट रु एक अर्ब ५० करोड ७१ लाख खर्च हुनुपर्ने थियो । गत आव २०७५÷७६मा रु एक अर्ब २२ करोड २९ लाख मात्र खर्च भयो । पूँजीगततर्फ रु २८ करोड ४२ लाख खर्च हुन सकेन । गत आवमा ठूलो मात्रा खर्च गर्न नसक्ने कार्यालयमा सडक डिभिजन कार्यालय पाल्पाको नाम समावेश छ । रु ३८ करोड ८७ पूँजीगत कूल बजेट रहेको ३३ करोड ४६ लाख गत असार मसान्तसम्म खर्च भयो । बाँकी रु पाँच करोड ४१ लाख खर्च हुन सकेन । यसरी पाल्पा जिल्लाको विकास बजेटमध्ये रु दुई अर्बभन्दा बढी रकम फिर्ता भएको छ । जिल्लामा सङ्घीय…
काठमाडौँ: उपचारको सिलसिलामा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किने कार्यतालिका फेरि सरेको छ। यसअघि उनी आइतबार नेपाल आउने भनिएको थियो। अब उनी सोमबार दिउँसो साढे १२ बजेमात्रै नेपाल फर्किने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीको सिंगापुरमा गरिएको स्वास्थ्य परीक्षणको रिपोर्टहरु भने सन्तोषजनक रहेको बताइएको छ । सिंगापुरमा रहेका प्रमुख सल्लाहकार बिष्णु रिमालका अनुसार प्रधानमन्त्री अस्पतालमा भर्ना भएर बसेनन् । अपार्टमेन्टमा बसेका प्रधानमन्त्री चिकित्सकको परामर्शका लागि नियमित अस्पताल गएका छन् । स्वास्थ्यजाँचका लागि ओली साउन १८ गते सिंगापुर गएका थिए। यसअघि ओली गत शुक्रबार नै नेपाल फर्किने भनिएको थियो।
एजेन्जी: राहुल गान्धीले अध्यक्ष पदबाट राजिनामा दिएको अढाई महिनापछि पार्टी नेतृत्व चयनको लागि शनिबार कंग्रेसको वर्किङ कमिटीको बैठक बस्यो । तर १२ घण्टासम्म चलेको वैठकले स्थायी अध्यक्ष चुन्न सकेन । त्यसका लागि पाँच अलग अलग समिति पनि बनाएर छलफल चलाइएको थियो । तर पनि कुनै नेतामा आम सहमति बन्न सकेन । कंग्रेस अहिले गान्धी परिवारभन्दा बाहिरको नेतृत्व चयन गर्ने हिसाबले लागि रहेको छ । छलफलका क्रममा नेताले राजिनामा दिइसकेका राहुललाई नै पुनः अध्यक्षमा फर्कन आग्रह गरे । तर राहुलले आफू अब अध्यक्षमा फिर्ता नहुने स्पष्ट बताए । अध्यक्ष चयन निष्कर्षविहिन रहने अवस्थामा राती ११ बजे पार्टीले पत्रकार सम्मेलन गर्यो र…
काठमाडौं : देशका पूर्वी, मध्य तथा पश्चिमका स्थानहरूमा भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको आइतबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर अवस्थित भएकाले नेपालमा मनसुन कम सक्रिय अवस्थामा रहेको उल्लेख छ। मनसुनको न्यून चापिय रेखा विस्तारैमाथि सरेर औसत स्थानमा आउने सम्भावना रहेको छ। मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ। आइतबार दिउँसो देशका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षा हुने विभागले जनाएको छ।…