Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं, मंसिर २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फेरि सरकारको नेतृत्वमा फर्किने दाबी गर्दै राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेका छन्। काठमाडौँमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले एमाले पुनः सरकारमा जाने र यसअघि अघि सारेका विकासका योजनालाई निरन्तरता दिने बताएका हुन्। एमाले कुनै राजनीतिक शक्तिको कृपा वा आशीर्वादले नभई जनताको समर्थन र पार्टीको आफ्नै संघर्षबाट सरकारमा पुगेको उनको दाबी थियो। ‘फेरि नेकपा एमाले सरकारमा जान्छ, कान खोलेर सुने हुन्छ,’ भन्दै ओलीले आफ्नो पार्टीको राजनीतिक पुनरागमनबारे खुलेरै अभिव्यक्ति दिएका छन्। उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यबाट एमाले पछि नहट्ने पनि बताए।

Read More

काठमाडौं, मंसिर २ । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई लिएर कूटनीतिक तयारी तीव्र पारिएको छ। नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्दै भ्रमणको कार्यसूची तय भइसकेको जानकारी दिएका छन्। सिंहदरबारमा भएको भेटमा दलेलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीच हुने भेटवार्ता ऐतिहासिक तथा महत्त्वपूर्ण हुने बताएका छन्। भ्रमणलाई उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायले तयारी गरिरहेको उनको भनाइ थियो। भेटमा प्रधानमन्त्री शाहले भारतीय राजदूतलाई सफल कार्यकालको शुभकामना दिँदै रसुवा–भोटेकोशी बाढीपछि भारतले गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए।

Read More

काठमाडौं, मंसिर २ । प्रहरी नेतृत्वबाट हटाइएपछि न्यायको ढोका ढकढक्याउन पुगेका दानबहादुर कार्कीको मुद्दा अब सर्वोच्च अदालतको आदेश पर्खिरहेको छ। कार्कीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइको बहस सकिएको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा भएको सुनुवाइपछि अब अदालतको आदेश आउन बाँकी छ। गत कात्तिक १८ गते सरकारले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको थियो। त्यसलगत्तै एआईजी डा। मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो। सरकारको उक्त निर्णय गैरकानुनी भएको र आफू अन्यायमा परेको जिकिर गर्दै कार्की सर्वोच्च पुगेका हुन्। उनले मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गरेका छन्।

Read More

सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आइजीपी दान बहादुर कार्कीलाई कुनै कारवाही नगरिएको र सरुवा बढुवा पनि नभएर उहाँको जिम्मेवारी फेर बदल मात्रै गरिएको बताएका छन् ।कार्कीलाई हटाएर सरकारले उनलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको रुपमा खटाउने समेत निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिए ।

Read More

काठमाडौं, कात्तिक १८सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई प्रहरीको सर्वोच्च पद महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो । हालका आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ । को हुन् केसी?प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर सरकारले नेतृत्व दिएका एआईजी मनोज केसी प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको नेतृत्वमा थिए। ५ असोज २०८२ मा सरकारले उनलाई प्रहरीको प्रदेश समन्वय विभागबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा गरेको थियो। त्यहाँबाट उनी अपराध अनुसन्धान विभागमा पुगेका थिए। दानबहादुर कार्कीको आईजीपी नियुक्तिका बेला कार्कीसहित एआईजीहरू राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाह…

Read More

काठमाडौं: नेपालका मौलिक चाडपर्व, संस्कृति र परम्परालाई डिजिटल प्रबर्द्धनका लागि पहिलोपटक ‘कुकुर तिहार रील प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ ।कुकुर तिहारको सांस्कृतिक महत्त्व, मानिस र कुकुरबीचको आत्मीय सम्बन्ध तथा नेपाली परम्परालाई डिजिटल सामग्रीका माध्यमबाट विश्वभर चिनाउने लक्ष्य राखिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुकले कुकुर तिहारसँग सम्बन्धित मौलिक तथा सिर्जनात्मक भिडियो रील तयार गरी आफ्नो इन्स्टाग्राम वा फेसबुकमा सार्वजनिक गर्नुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट रिल बनाउने व्यक्तिलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । नेपाली संस्कृतिमा कुकुरलाई निष्ठा, सुरक्षा र आत्मीयताको प्रतीकका रूपमा सम्मान गर्दै तिहारको अवसरमा पूजा गर्ने परम्परा रहेको छ । तिहारको दोस्रो दिन मनाइने…

Read More

काठमाडौँ: राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको पछिल्लो भदौ मसान्तसम्मको तथ्यांकअनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप १०० हेक्टर र बबई सिँचाइ आयोजना बर्दियाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ सुविधा पुर्याएको हो । सिक्टा आयोजनाले रु. ५४ करोड ३ लाख लागत अनुमानका ४ वटा बोलपत्र आह्वान गरिसकेको छ । पुस मसान्तसम्म रु. २ अर्ब ४८ करोड ३० लाख बराबरका १७ वटा बोलपत्र आह्वान गर्ने र ३०० हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य आयोजनाले राखेको छ । बबई आयोजनाले पनि पुस मसान्तसम्म ३०० हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य लिएको विभागका सूचना अधिकारी राम प्रसाद…

Read More

विश्व समुदायसमक्ष नेपालका चार प्रस्ताव, ५३ देशले गरे समर्थन काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिएका सङ्कटहरू कुनै एक देशको भौगोलिक सीमाभित्र मात्र सीमित नरहने बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन इएससीएपी) को मुख्यालय बैंककमा आयोजना गरिएको ‘सगरमाथादेखि समुद्रसम्म’ विषयक उच्चस्तरीय क्षेत्रीय संवादलाई सम्बोधन गर्दै उहाँले हिमाल जोगाउन विश्वले सहकार्य गर्नुपर्ने बताउनुभएको हो । नेपाल सरकार र यूएन इएससीएपीको संयुक्त आयोजनामा सुरु भएको उक्त संवादमा मन्त्री श्रेष्ठले गत २६ अगस्टमा भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी पहिरो र बाढीको भयावह अवस्थाबारे विश्व समुदायलाई…

Read More

काठमाडौँ: लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा भारतीय पर्यटकको सङ्ख्या २४ प्रतिशतले वृद्धि भएको हो। कम्पनीको मङ्गलबार सम्पन्न २३ औँ वार्षिक साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले यसबारे जानकारी दिनुभएको हो। अध्यक्ष ढकालका अनुसार केबलकार यात्रा गर्ने कूल पर्यटक सङ्ख्यामध्ये भारतीय पर्यटकको हिस्सा २९ प्रतिशत रहेको छ। भारतको उत्तर प्रदेशसहित दिल्ली, झारखण्ड, बिहार, केरला तथा आन्ध्र प्रदेशसम्मका पर्यटकले केबलकारमार्फत पाल्पाको वसन्तपुर डाँडास्थित कामाख्या देवी तथा प्राचीन दुर्गा मन्दिरको दर्शन र भ्रमण गर्ने क्रम बढेको उहाँले बताउनुभयो।…

Read More

काठमाडौँ: कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले टोल शुल्क तिर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले बिहीबार सूचना जारी गर्दै सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि टोल शुल्क निर्धारण गरिएको जनाएको हो। सडक बोर्ड नेपालको कार्यकारी समितिको निर्णय तथा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सवारीसाधनको वर्ग र यात्राको दिशाका आधारमा फरक–फरक शुल्क तोकिएको छ। निर्धारित शुल्कअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौँबाट बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। त्यसैगरी, मिनी बस तथा मिनी टिपर/ट्रकले काठमाडौँ प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। बस तथा…

Read More