Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाले पूर्वमाओवादी कार्यकर्तालाई बिनाप्रतिस्पर्धा धमाधम ठेक्का दिन थालेको छ। आयोजनाले साविकको ठेकेदार सीएमसीले छाडेर बाँकी रहेका कामको जिम्मेवारी सेटिङमा पूर्वमाओवादी कार्यकर्तालाई दिएको हो। आयोजना प्रमुख सूर्यराज कँडेलले बिनाप्रतिस्पर्धा तीन करोड रुपैयाँको मेलम्चीको मुहान (हेडवक्र्स) मध्येको काम श्रेष्ठ कन्स्ट्रक्सन भन्ने ठेकेदारलाई दिएका थिए। कन्स्ट्रक्सनले पूर्वमाओवादीका तीन कार्यकर्तालाई उक्त ठेक्काको पनि उपठेक्का लगाएको छ। मन्त्रिपरिषद्ले गत जेठ ६ गते कुल ४३ करोड रुपैयाँका काम बिनाप्रतिस्पर्धा जसलाई दिए पनि हुने गरी निर्णय गरेको थियो। सोही निर्णयको आडमा अहिले ती ठेक्का धमाधम पूर्वमाओवादी कार्यकर्तालाई वितरण सुरु भएको हो। डेढ अर्ब रुपैयाँमा पूरै मेलम्चीको काम सकिने भए पनि मन्त्रिपरिषद्ले…

Read More

काठमाडौँ: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेका बेला प्रमुख विभागको नेतृत्वमा विवाद उत्पन्न भएको छ । एक साताअघिनै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालय सदस्यलाई विभागीय प्रमुख टुंग्याउने क्रममा स्कुल विभाग विवादमा परेको हो । ‘अब बैठक स्कुल विभागको टुंगो लागेपछि मात्रै बस्छ’ सचिवालयका एक सदस्यले भने । आर्थिक विभाग र प्रचार विभाग भने सुरुमा पूर्वमाओवादीको भागमा परेको थियो । नारायणकाजी श्रेष्ठले जनताको जनवादमा आफ्नो योगदान रहेको भन्दै स्कूल विभागमा दाबी सबै स्कुल विभाग, प्रचार विभाग र आर्थिक विभाग अब कसको भागमा पर्छ भन्ने अन्योल भएको सचिवालय सदस्यले…

Read More

काठमाडौँ: डोटीको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षको उमेरसम्म अविवाहित रहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को नीति, कार्यक्रम तथा बजेटबाट त्यस्ता महिलालाई सामाजिक सुरक्षा भत्ता दिने नीति लिएको दिपायल सिलगढी प्रमुख मञ्जु मलासीले जानकारी दिइन् । पाँचौ नगरसभामा प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेटमा यसलाई समेटिएको छ । यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।

Read More

काठमाडौँ: निजी क्षेत्रले आर्थिक ऐन, २०७६ ले व्यवस्था गरेका केही प्रावधानले व्यवसाय विस्तारमा समस्या ल्याउन सक्ने सम्भावना औँल्याउँदै सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले आज अर्थमन्त्री डा युवराज खतिवडासँग भेट गरी आर्थिक ऐनका कारण आर्थिक क्षेत्रमा देखिएका कठिनाइबारे अवगत गराएको थियो । सो अवसरमा चेम्बर अध्यक्ष श्रेष्ठले ‘भेहिकल एण्ड कन्साइमेन्ट ट्र्याकिङ सिस्टम’ (भीसीटीएस) प्रणाली नेपाली व्यवसायीका लागि पूर्णतः नयाँ भएको उल्लेख गर्दै तत्कालका लागि परीक्षणका रुपमा लागू गर्न आग्रह गर्नुभयो । सरकारले यही साउन १ गतेदेखि व्यापारिक प्रयोजनका लागि मालवस्तु एक स्थानबाट अर्कोस्थानमा ढुवानी गर्दा राजश्व अनुसन्धान विभागको…

Read More

बेइजिङ: चीनले आगामी सन् २०२० भित्र देशभर २९ हजार फुटबल मैदान बनाउने योजना सार्वजनिक गरेको छ । चिनियाँ शिक्षा मन्त्रालयका एक जना वरिष्ट अधिकारी वाङ डेङफेङले चीनमा अझै पनि फुटबल मैदानको संख्या सानो रहेकाले त्यसलाई विस्तार गर्न लागिएको बताउनुभयो । गत वर्ष सेप्टेम्बरसम्ममा देशभर करिब एक लाख २० हजार फुटबल मैदान थिए । उहाँले भन्नुभयो – सबै आकारका फुटबल मैदान गणना गर्दा प्रत्येक स्कुलमा ६०० विद्यार्थीका लागि १ प्रतिशत मात्र मैदान उपलब्ध हुन्थ्यो । सन् २०१५ देखि २०१८ सम्म मुलुकभरका स्कुलमा करिब ३२ हजार फुटबल मैदान निर्माण र स्तरोन्नति गरिएको पनि वाङले बताउनुभयो ।…

Read More

बेइजिङ: चीनको राष्ट्रिय जन काङ्ग्रेस (एनपीसी) स्थायी समितिका पूर्व प्रमुख तथा पूर्व प्रधानमन्त्री ली फङ को निधन भएको छ । उहाँ ९० बर्षको हुनुहुन्थ्यो । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति, चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समिति, चीनको राज्य परिषद, चीनको जनराजनीतिक परामर्शदात्री सम्मेलनले मङ्गलबार एक विज्ञप्ति जारी गरी राज्य परिषदका पूर्व प्रधानमन्त्री ली को मृत्यु भएको जानकारी गराइएको हो । उहाँको सोमबार राति ११ बजेर ११ मिनेट जाँदा बेइजिङमा बुढ्यौलीसम्बन्धी रोगका कारण निधन भएको उल्लेख गरिएको छ । उहाँलाई चिनियाँ कम्युनिष्ट पार्टीको वरिष्ठ सदस्य, वफादार कम्युनिष्ट योद्धा, वरिष्ठ सर्वहारा क्रान्तिकारी, राजनीतिज्ञ, पार्टी र देशका वरिष्ठ नेताका रूपमा…

Read More

काठमाडौँ: उपत्यकामा तरकारीको मूल्य अस्वभाविक रुपमा बढेपछि सरकारले तरकारी बजारको अनुगमनलाई तीव्र पारेको छ । केही दिनअघि कालीमाटी र बल्खुस्थित तरकारी बजारको अनुगमन गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज बानेश्वरको शान्तिनगरस्थित तरकारी बजारको अनुगमन गरेको छ । अनुगमनका क्रममा सात वटा पसलले तरकारीको मूल्यवृद्धि गर्न सहयोग गरेको भेटिएपछि अनुगमन टोलीले कारवाही गरेको छ । किसान, ढुवानीकर्ता वा कृषिउपज सङ्कलन केन्द्रबाट खरिद गरिएको तरकारीको बिल, भरपाइ वा किसानलाई तिरेको रकम पुष्टी हुने कागजात नदेखाएका कारण ती पसललाई जरिवाना गरिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिनुभयो । छ वटा पसलले प्रत्येकलाई रु पाँच हजार र अर्को एउटा…

Read More

काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक ५.९४ अंकले बढेर १२७७.१७ अंकमा उक्लिएको हो। कारोबार रकम ३६ करोड ८९ लाख रुपैयाँमा उक्लिएको छ। आजको कारोवारमा १६९ कम्पनीका १४ लाख ४४ हजार कित्ता शेयर ३६ करोड ८९ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढि कृषि बिकास बैंकको चार करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भयो। कारोबार रकमकै आधारमा नेपाल बैक दोस्रो भएको छ। तीन करोड ३६ लाख रुपैयाँको शेयर कारोबार गर्दै नेपाल बैक दोस्रो भएको हो। उपसूचक मिस्रित देखिएको छ। ११ समूहको कारोबारमा सात समूहको उपसूचक बढेको छ भने चार समूहको उपसूचक घटेको छ। सबैभन्दा बढि बीमा समूहमा…

Read More

लन्डन : बेलायतको युरोपेली युनियन पक्षधर विपक्षी दल लिबरल डेमोक्र्याटिक पार्टीको नेतामा पहिलो पटक महिला नेत्री चुनिएका छन । ब्रेक्जिट बिरोधी यस ३१ वर्ष पुरानो पार्टीमा महिला नेतृ जो स्वीनसन निर्वाचित हुनुभएको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) लाई कुनै पनि हालतमा पारित हुन नदिनु उहाँको पहिलो चुनौती रहेको छ । बेलायत आगामी अक्टोबर ३१ मा युरोपेली युनियनबाट अलग्ग हुँदैछ । तर ब्रेक्जिटका जटिलता अद्यापी छन् । यसबीच, युरोपेली संसदको नयाँ निर्वाचन भएको छ भने युरोपेली युनियनमा नयाँ पदाधिकारीहरु निर्वाचित भएका छन् । अर्कातर्फ बेलायतमै प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जिटमा सहमति जुटाउन नसकेको भन्दै प्रधानमन्त्री…

Read More

काठमाडौँ : जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक तत्काल मर्मतसम्भार गरी सहजरुपमा यातायात सञ्चालन गराएर कालोपत्र गर्ने काम अघि बढाउन जनप्रतिनिधि सहमत भएका छन् । गत भदौमै कालोपत्र भइसक्नुपर्ने गरी ठेक्का भएको सडक थपिएको म्याद सकिन लाग्दासमेत काम शुरु हुन सकेको छैन । गत वर्ष सकिएर थपिएको म्याद पनि आगामी भदौमा सकिँदैछ तर सडक सार्वजनिक जग्गा भएको स्थानमा मात्र विस्तार गर्न लागेजस्तो देखिन्छ । जीर्ण बनेको सडकका कारण यातायात सञ्चालनमा समस्या आउन थालेपछि हिजो सोमबार काठमाडौँ उपत्यका सडक विस्तार आयोजनामा जनप्रतिनिधिसँग छलफल भएको थियो । छलफलमा काठमाडौँ निर्वाचन क्षेत्र नं ३ का सांसद कृष्ण राई, प्रदेशसभा सदस्य रामेश्वर फुयाँल,…

Read More