Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख समान्तकुमार गोयल आइतबार नेपाल आउनुभएको छ । गोयलसहित पाँच जनाको टोली आइतबार दिउँसो काठमाडौं आएको हो । गोयल नेतृत्वको टोली पाँचदिने भ्रमणका लागि नेपाल आएको सुरक्षा निकायको उच्चस्रोतले जनाएको छ । ‘तत्कालका लागि पाँच दिन नेपाल बस्ने सूचना प्राप्त भएको छ’, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल स्रोतले नेपाल समाचारपत्रसँग भन्यो– ‘उहाँहरुको नेपाल बसाइ अझ लम्बिन सक्ने बुझेका छौं ।’ रअ प्रमुख गोयलसहितको टोली बौद्धस्थित हायात होटलमा बसेको छ । सो होटलको कोठा नं ३ सय २४ नम्बर गोयलका लागि बुकिङ भएको बताइएको छ । गत…
काठमाडौं : सेवाग्राहीकै भेषमा अख्तियारको ‘र्यापिड एक्सन फोर्स’ देशभर खटिएको छ। उनीहरू स्थानीय तह, मालपोत, नापी, यातायातलगायत सार्वजनिक सरोकारका कार्यालयमा खटिएका छन्। अख्तियारका कर्मचारी भनेर कसैले चिन्दैनन्। उनीहरूले कार्यालयका कामकारबाहीको सूक्ष्म निगरानी गरिरहेका हुन्छन्। ढिलो गर्ने, झुलाउनेदेखि घुस माग्नेसम्मको गतिविधि उनीहरूको निगरानीमा हुन्छ। यस्ता कार्य नियन्त्रणमा आफू अग्रसर हुँदैनन्। उनीहरू अर्को टोलीलाई खबर गर्छन्। त्यसले नियन्त्रणमा लिन्छ। त्यस बेला पनि अघिल्लो टोलीका कर्मचारी सेवाग्राहीजस्तै हुन्छन्। फोर्सकै कारण ‘स्टिङ अपरेसन’सहित अख्तियारको क्रियाशीलता बढेको प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले बताए। ‘अपरेसन बढेको छ’, प्रवक्ता कोइरालाले भने। प्रमुख आयुक्त नवीनकुमार घिमिरेको अगुवाइमा फोर्स परिचालित छ। टोलीले शनिबार दोलखाको जलस्रोत तथा सिँचाइ…
काठमाडौँ: सरकारले ढुवानी व्यवसायमा भ्याट, पारिश्रमिकका लागि अनिवार्य प्यान र भेहिकल एण्ड कन्साईनमेन्ट ट्रयाकिङ सिस्टम(भिसिटीएस)कार्यान्वयनमा आउने जटिलताको अध्ययन गर्न पाँच सदस्यीय कार्यदल बनाउने निर्णय गरेको छ। अर्थमन्त्री डा.युवराज खतिवडा र नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधीमण्डलबीच भएको छलफलमा निजी क्षेत्रसहितको सहभागितामा कार्यदल बनाउने निर्णय गरेको हो।कार्यदलमा राजस्वका दुई, महासंघको दुई र एक जना कर विज्ञ राख्ने सहमति भएको महासंघद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ । आइतबारको बैठकमा महासंघकी अध्यक्ष भवानी राणाले पारिश्रमिकमा प्यान अनिवार्य गर्दा १० हजार रुपैयाँ भन्दा माथि मात्रै गर्न आग्रह गरेकी थिईन्। ‘पारिश्रमिकका लागि प्यान अनिवार्य गर्ने कुरामा हाम्रो विमति होइन। तर यसको सीमा एक हजारमा…
काठमाडौँ ः राष्ट्रिय मानव अधिकार आयोगले आगामी कात्तिकमा काठमाडौँमा ‘आप्रवासी कामदारको मानव अधिकार संरक्षण विषयक अन्तर्राष्ट्रिय सम्मेलन’ को आयोजना गर्ने भएको छ । आयोगले आज पत्रकार सम्मेलन गरी आप्रवासी कामदार स्वच्छ र जवाफदेही भर्ना प्रक्रिया, कामदारको सुरक्षा, परिवारको अधिकार तथा न्यायमा पहुँचजस्ता विषयमा सम्बोधन गर्न आगामी कात्तिक २६ गतेदेखि २८ गतेसम्म काठमाडौँमा सो सम्मेलन गर्न लागेको जानकारी दिएको छ । आयोगका अध्यक्ष अनुपराज शर्माले आप्रवासी कामदारको अधिकार संरक्षण र विषय अहिले संसारकै चासो र महत्वको बनेको हुनाले नेपाल तथा दक्षिण एशियाबाट खाडी मुलुकलगायतमा काम गर्ने लाखौँ कामदारको मानव अधिकारको विषयलाई लिएर सम्मेलन गर्न लागेको जानकारी दिएका छन। आप्रवासी कामदारको अधिकार…
काठमाडौँ ः साझा पार्टीले केन्द्रीय कार्यसमितिमा सात नयाँ सदस्य थपेको छ । पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा आज बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । नयाँ सदस्यहरुमा कीर्ति तुलाधर, सुमित्रासिंह लामा, नारायण कोइराला, विकल शेरचन, रोहित थापा, भीमप्रसाद अधिकारी र विकु लामा रहेको पार्टी प्रवक्ता डा सूर्यराज आचार्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । नयाँ सदस्य थपिएसँगै साझा पार्टीको केन्द्रीय समिति ३३ सदस्यीय भएको छ । साझा पार्टीले देशैभरिबाट उल्लेख्य सङ्ख्यामा महिला र युवालाई पार्टीको केन्द्रीय समितिमा छिट्टै सामेल गर्ने जनाएको छ । पार्टीका संयोजक रवीन्द्र मिश्रले विविध क्षेत्रमा उपलब्धि हासिल गरेका फरक पृष्ठभूमिका व्यक्ति…
काठमाडौँ : बिजुलीबजारस्थित धोबीखोलामा निर्माणाधीन ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको पुल आगामी तीन चार महीनामा सम्पन्न हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । पछिल्लो समय विश्वभर रुचाउन थालिएको यो प्रविधिको पुल बलियो मात्रै नभएर सौन्दर्य प्रवद्र्धनको पक्षले पनि उत्कृष्ट मानिएको आयोजनाले जनाएको छ । सरकारले चार वर्ष पहिले एउटै ठेक्कामार्फत दुई पुलको निर्माण शुरु गरेको थियो । धोबीखोला पुल र वाग्मती पुल निर्माणको जिम्मेवारी दुई फरक ठेकेदार कम्पनीलाई दिइएको थियो । वाग्मती पुलको निर्माण लामो समयदेखि ठप्प भए पनि…
काठमाडौँ : नेपाली काङ्ग्रेसले सातै प्रदेशमा पार्टीको महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । काङ्ग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आज बसेको बैठकले यही साउन १६ गतेदेखि सातै प्रदेशका १२ स्थानमा दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । काङ्ग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले डा जगदीशचन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समिति गठन गरेको काङ्ग्रेस केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिएका छन। समितिका सदस्यमा डा आरजु देउवा, हरिहर विरही, राजु नेपाल र प्रशिश महरा रहेका छन । बैठकले तारानाथ दाहालको संयोजकत्वमा निर्देशिका निर्माण समिति गठन…
मकवानपुर ः मकवानपुरको मनहरी गाउँपालिका ९ रजैया राप्ती खोलाबाट राक्सिराङ गाउँपालिका १ ढुङ्गेन बस्ने ४३ वर्षीय कुमार स्याङतानलाई कटुवा पेस्तोल १ नाल, सो पेस्तोलमा लाग्ने गोलीको खोका १ राउण्ड, जंगी गोली ५ राउण्ड र करिब ३५ केजी लागूऔषध गाँजा सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरीलाई गाँजा लैजाँदै गरेको ४र५ जनाको समूहमध्ये स्याङतानले कटुवा पेस्तोलबाट १ राउण्ड फायर गरेकोले प्रहरीले समेत जवाफी फायर गरी स्याङतानलाई पक्राउ गरेको हो । अन्य फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ: नेपाल टेलिकमले इन्टरनेट सेवाको महशुल नबढाउने भएको छ । नेपाल सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरिसकेको अवस्थामा पनि टेलिकमले ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी कम्पनीद्वारा प्रदत्त इन्टरनेट सेवाको महशुल दरमा कुनै वृद्धि नगरेको टेलिकमले जनाएको छ । सेवाग्राहीलाई अझ बढी सहुलियत दरमा सेवा उपलब्ध गराउन हालै कार्यान्वयनमा ल्याइएको समर अफरमा इन्टरनेट लगायतका सेवाहरुमा थप सहुलियत सहितका प्याकेजहरु प्रस्तुत गरी सेवालाई अझ कम खर्चिलो बनाइएको छ । नेपाल टेलिकमले देशका सुगमदेखि दुर्गम हरेक स्थानमा सहुलियत दरमा गुणस्तरीय दूरसञ्चार सेवाहरु प्रदान गर्ने आफ्नो नीतिलाई निरन्तरता दिइरहेको छ ।
ललितपुर : ललित स्मृति अण्डर १८ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज ब्रिगेड ब्वाईज क्लब र विभागीय टोली नेपाल पुलिसबीच प्रतिस्पर्धा हुदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा अपरान्ह ३ बजे मैदान उत्रँदा पुलिसको लक्ष्य डिफेण्डिङ च्याम्पियन ब्रिगेडलाई रोक्दै उपाधि हात पार्नु रहेको छ । पहिलो पटक फाइनलमा पुगेको पुलिस, अवसरको उचित सदुपयोग गर्दै उपाधि जित्न चाहान्छ । ब्रिगेड भने विभागीय टोलीको चुनौती पन्छाउँदै उपाधि रक्षाको योजनामा रहेको छ । सेमिफाइनलमा पुलिसले जावलाखेल युथ क्लबलाई तथा ब्रिगेडले मनाङ मर्स्याङदीलाई हराउदै उपाधि भेट पक्का गरेका हुन् । च्याम्पियनसीपको उपाधि बिजेताले ३ तथा उपबिजेताले १ लाख ५० हजार रुपैयाँ…