Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर रिक्त पदपूर्तिका लागि आगामी मंसिर तेस्रो साता उपनिर्वाचन गर्न उपयुक्त हुने बताएका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ पद रिक्त रहेको जानकारी गराएको हो । प्रधानमन्त्री ओलीले जाडो समय अगावै हुने गरी निर्वाचनको मिति तय गर्न आग्रह गरेका छन् । निर्वाचनमा मितव्ययीता अपनाउन पनि आयोगलाई प्रधानमन्त्री ओलीको आग्रह छ । मिति घोषणा अघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आह्वान गर्नेछ…

Read More

काठमाडौँ: सोमबार एक सय ७१ कम्पनीको मूल्य बढ्दा कारोबार २७ अर्ब नाघेको छ । जुन हालसम्म कै उच्च हो ।आइतबार २५ अर्ब २७ करोडको कारोबार भएर रेकर्ड बनाएको बजारमा आज २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्से परिसूचक ७०।८१ अंक बढेर २९३१ अंकमा कायम भएको छ । आज कुल १७१ कम्पनीको मूल्य बढ्दा ६८ को घट्यो भने ३ को स्थिर रहेको छ । आज बैंकिङ २.९५, विकास बैंक ३.००, फाइनान्स ४.८१, होटल तथा पर्यटन २.९४, हाइड्रोपावर ३.४३, जीवन बीमा ५.८५, माइक्रोफाइनान्स १.०८, निर्जीवन बीमा २.९७, अन्य १.०० तथा ब्यापार समूह ४.१३ प्रतिशत बढेका छन् ।…

Read More

काठमाडौँ :नेपालको एक मात्र निजी अन्तर्राष्ट्रिय एअरलाइन्स्, हिमालय एअरलाइन्स्ले आउँदो अगस्ट २०, २०२४ देखि कुवेतमा आफ्नो सीधा उडान पुनः सुरु गर्दैछ ।हाम्रा यात्रुहरूको आवश्यकता पूरा गर्ने हाम्रो प्रतिबद्धतालाई देखाउँदै कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीहरूको अत्याधिक मागलाई सम्बोधन गर्दै हिमालय एअरलाइन्स्ले आफ्नोे सीधा उडान पुन: सञ्चालन गर्न लागेको हो ।यसैगरी, काठमाडौँ–कुवेत–काठमाडौँमा पुनः सुरु गरिएको यस उडानले हाम्रो एअरलाइन्स्को दुई राष्ट्रका नागरिक– नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्दछ ।हाम्रो सेवा र ग्राहक अनुभवलाई अझ सुदृढ बनाउनका लागि, हामीले कुवेतका लागि जनरल सेल्स एजेन्ट (GSA_) पार्टनरको रूपमा सिजर्स ट्राभल गु्रपलाई नियुक्त गरेका छौँ ।सुरुवातमा, हामी…

Read More

काठमाडौं: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरूबीच कार्य सम्पादन करार सम्झौता भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव डा. रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक विनोदप्रकाश सिंहबीच छुट्टा–छुट्टै कार्य सम्पादन करार सम्झौता भएको हो । कार्य सम्पादन सम्झौतामा चालु आर्थिक वर्षमा गरिने कार्यक्रमहरू, लक्ष्यहरू र समयसीमा उल्लेख गरिएको छ । अर्थमन्त्री पौडेलले कार्य सम्पादन सम्झौता मूल्यांकनको महत्वपूर्ण आधार हुने उल्लेख गर्दै सिङ्गो टिमलाई परिचालन गरेर सचिवहरू र महालेखा नियन्त्रक सम्झौतामा उल्लेखित कार्यक्रम कार्यान्वयनमा खरो रुपमा उत्रिने विश्वास व्यक्त गरे । अर्थसचिव डा.घिमिरेले वार्षिक कार्यक्रम र नीतिसँग सामजस्यता कायम गरी सम्झौतामा उल्लेखित…

Read More

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले बेचन झालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश महेन्द्रराज काफ्लेले उनलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएका हुन् । शरणार्थी प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौँले झासँग बयान लिइसकेको छ । उनी असार १४ मा पक्राउ परेका हुन् । काठमाडौँ महानगरपालिका–१० बानेश्वर बस्ने झाले वीरगन्ज उप–महानगरपालिका–७ ठेगाना उल्लेख गरेर नागरिकता बनाएको भेटिएको छ । उनको साथमा फेला परेको आधार कार्डको अधिकारिकताबारे प्रहरीले भारतमा पत्राचार गरेको छ । नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउन खोजेको घटनामा आफ्नो संलग्नताबारे उनले ‘इन्कार’ गरेका छन् ।

Read More

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जलनकाे उपचार निःशुल्क हुने बताएका छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश र सङ्घ अन्तर्गतका अस्पतालमा जलनको उपचार निःशुल्क हुने बताएका हुन् । प्रदेश र सङ्घ अन्तर्गतका अस्पतालमा जलन सेवा नभएमा सेवा थप गरेरै भएपनि निःशुल्क रूपमा सो सेवा दिने उनले बताए । मन्त्री पौडेलले बर्सेनि एक पटक राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण हुने समेत बताए । हिद गङ्गालाल राष्ट्रिय ह्रदयरोग केन्द्रमा खेलाडीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिने मन्त्री पौडेलले बताए ।

Read More

काठमाडौँ: साताको पहिलो दिन आइतबार सेयर बजारमा हालसम्म कै धेरै कारोबार भएको छ । आइतबार कुल २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साउन २२ गते सर्वाधिक कारोबार भएको थियो । साउन २२ गत २३ अर्ब ७१ करोडको कारोबार भएको थियो । कारोबार मात्रै नभई बजारको परिसूचक नेप्सेले २८०० अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९४.४६ अंक बढेर २८६० अंकमा कायम भएको छ । आज १७ कम्पनीमा सकरात्मक सर्किट लागेको छ । आज नेसनल हाइड्रोपावर, नेरुडे मिर्मिरे लघुवित्त, एचआईडीसीएल, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत्, माथिल्लो तामाकोशी, शुभम् पावर, आत्मनिर्भर लघुवित्त, मिडसोलु हाइड्रोपावर, युनाइटेड इदी मर्दी,…

Read More

काठमाडौँ: आफुले खाई नखाई सहकारीमा बचत गरेको पैसा गुमे पछि उपचारको लागि समेत रकम अभाव भएको र सहकारी पीडितको मृत्यु समेत भएको भन्दै आज राजधानीमा पीडितसमूले सडकमै शवसहितको र्‍याली निकालेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले र्‍याली निकालेको हो। ‘मृतक पीडित ८० वर्षीय राजेन्द्र स्थापितलाई ब्रेन ह्यामरेज भएको थियो,’ महासंघका अध्यक्ष कुशलव केसीले भने, ‘हामीले उनले रकम राखेको सहकारीका अध्यक्ष र डाक्टरलाई राखेर कुराकानी पनि गरेका थियौं, अध्यक्षले पैसा दिने कबुलेका पनि थिए।’ पाँच लाख रूपैयाँ नहुँदा स्थापितको उपचार नै नभई मृत्यु भएको दाबी संघले गरेको छ। संघका अनुसार चार दिनसम्म उनको उपचार भएको थिएन भने शनिबार बिहान स्थापितको…

Read More

काठमाडौं: नेपाल विद्युत प्राधिकरणले विगत आठ वर्षको अवधिमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ । आर्थिक वर्ष (आव) २०७२÷७३मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत भइरहेको विद्युत चुहावटलाई यस अवधिमा आधा घटाएर गत आव २०८०÷८१मा १२ दशमलव ७३ प्रतिशतमा सीमित गरिएको छ । विद्युत् चुहावटमध्ये प्रसारण लाइनतर्फ तीन दशमलव ३३ प्रतिशत र वितरणतर्फ नौ दशमलव ४० प्रतिशत रहेको छ । आठ वर्षअघि २५ दशमलव ७८ प्रतिशत चुहावटमध्ये १९ दशमलव ८० प्रतिशत वितरण र बाँकी प्रसारणतर्फ थियो । विद्युत् चुहावटलाई आव २०७३÷७४मा २२ दशमलव ९० प्रतिशत, २०७४÷७५मा २० दशमलव ४५प्रतिशत, २०७५÷७६मा १५ दशमलव ३२ प्रतिशत, २०७६÷७७मा १५ दशमलव…

Read More

काठमाडौं: परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणमा काठमाडौं आइपुेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले उनलाई स्वागत गरिन् । परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्र सचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुने छ । साथै, भारतका विदेश सचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भारतका विदेश सचिवको यो भ्रमण नियमित हो । उनी हालै विदेशसचिवमा नियुक्त भएका हुन् । उनको यो भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै भारतको ‘छिमेक पहिलो नीति’अन्तर्गत…

Read More