Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं, साउन १८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडलले शुक्रबार अरुणकुमार चौधरी, रुपा विक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा चौधरी, विक र तामाङलाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो । चौधरीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन, विकले वन तथा वातावरण, तामाङले ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । यससँगै गत असार ३१ गते ओलीको नेतृत्वमा गठित मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

Read More

काठमाडौँ, साउन १८ गते । सरकारले मत्स्येन्द्रनाथको भोटो देखाउने दिन यही साउन २० गते आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यस दिन काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी सूचनामा उल्लेख छ । सरकारले परम्परागत रूपमै भोटो देखाउने जात्राका अवसरमा प्रत्येक वर्ष उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।

Read More

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण ) भएका छन् । नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् । यसैगरी ग्रेड वृद्धितर्फ २०७८/७९ का २८.२६ प्रतिशत पास भएका छन् भने २०७६/०७७ का ६२.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बसेको थियो । बैठकले नतिजा वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय गरेको हो । Nabil bankगत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा कुल चार…

Read More

काठमाडौँ: सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड बनेको छ । तोलामै मूल्य करिब डेढ लाख पुगेको छ । यसअघि साउन २ गते भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार तोडिएको हो । यस दिन सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ ५ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन तोलाको १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ प्रतितोला १७९५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदी ५ रुपैयाँ घटेको…

Read More

काठमाडौँ: सहकारीपीडितले रत्नपार्क र टुँडिखेलमा बिहीबार मानव साङ्लो प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) को नेतृत्वमा रत्नपार्क तथा टुँडिखेललाई मानव साङ्लो बनाएर घेरिएको हो । विभिन्न चरणका आन्दोलनमा गरिएको सहमतिअनुसार पीडितले पैसा नपाएको भन्दै सहकारीपीडित प्रदर्शनमा उत्रिएका हुन् । सरकार मुकदर्शक र संवेदनहीन देखिएको पनि उनीहरूको आरोप छ ।

Read More

काठमाडौं: संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयकका विवादित विषयमा सहमति जुटेको छ । तीन दलका तीन नेता, कानुन समितिका सभापति र कानुनमन्त्रीबीच बिहीबार भएको छलफलमा विवादित सबै विषयमा सहमति जुटेको छ । गृहमन्त्री रमेश लेखकका अनुसार द्वन्द्वकालमा भएको हत्यालाई कसरी परिभाषित गर्ने भनेर सहमति जुटेको छ । मनसायपूर्वक अथवा स्वेच्छाचारीपूर्वक गरिएको हत्यालाई मानवअधिकारको गम्भीर उल्लंघनमा राख्ने सहमति भएको छ । मानवअधिकारको उल्लंघनका घटनामा सहमतिका लागि पीडितको सहमति अनिवार्य गरिएको छ । पीडितको सहमति नभएमा के गर्ने भन्ने विवाद थियो । ‘सरकारवादी फौजदारी मुद्दा भयो भने मुद्दा चल्नसक्छ, दुनियाँवादी फौजदारी मुद्दा भए के गर्ने भन्ने अधिकार पीडितलाई दिने सहमति गरेका छौं,’ गृहमन्त्री लेखकले…

Read More

काठमाडौं । सेयर बजारले २८०० अंक नाघेको छ । बिहीबार कारोबार भइहरँदा १२ : ३८ बजे नेप्से परिसूचक २८०३ अंक कायम भएको छ । यो बेलासम्म ८ अर्ब ४४ करोडको कारोबार भएको छ । १५८ कम्पनीको मूल्य बढेको छ भने ७८ को घटेको छ । त्यस्तै ५ कम्पनी स्थिर रहेका छन् । बिहीबार मध्यान्हसम्म बीमा सेक्टरले बजारमा नेतृत्व गरेको छ । जीवन बीमा समूह सबैभन्दा धेरै ५.८९ प्रतिशत बढेको छ । त्यस्तै लगानी समूह ४.२८ तथा निर्जीवन बीमा समूह ४.३१ प्रतिशत बढेको छ । हाइड्रोपावर समूह १ प्रतिशतमुनि रातो देखिएको छ । सिटी होटल, कुथेली बुकरी स्मल हाइड्रोपावर, श्रीइन्भेस्टमेन्ट फाइनान्सको…

Read More

काठमाडौँ:नेपाल प्रहरीले मिनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोपमा १७ वर्षपछि एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ। मंगलवार नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वर्ष ३९ का रञ्जन खड्कालाई पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ परेका खड्का काठमाडौंको साविक काठमाडौं महानगरपालिका–३५ हाल कामनपा–३२ बस्ने वर्ष ३९ का रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले बताए। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडीबाट साउन १५ गते पक्राउ गरिएको हो। सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि सविता थापा र विनोद थापालाई पक्राउ गरी कारबाही अघि बढाएको थियो। खड्का र जिल्ला भक्तपुर मध्यपुर ठिमी लोकन्थली…

Read More

काठमाडौँ:सेयर कारोबार रकमले नयाँ कीर्तिमान कायम गरेको छ। यसअघिको २१ अर्ब ६४ करोडको कारोबारलाई उछिन्दै २१ अर्ब ९१ करोडको नयाँ कीर्तिमान बनाएको हो। सूचकमा देखिएको निरन्तरको वृद्धिसँगै कारोबार रकमले अहिलेसम्मकै रेकर्ड तोडेको हो। बुधबार लगानीकर्ताले २१ अर्ब ९१ करोड रुपैयाँको सेयर कारोबार गर्दा २०७८ साउन ३१ गतेको २१ अर्ब ६१ करोड रुपैयाँको कारोबारलाई उछिनेको हो। अघिल्लो पटकको बुलमा अधिकतम २१ अर्ब ६१ करोडको कारोबारले रेकर्ड बनाउँदा नेप्से सूचक २७६० अंकमा पुगेको थियो। बुधबार नेप्से सूचक बढेर उत्साहित बनेका लगानीकर्ताले अन्तिम ४ मिनेटमा करिब १ अर्ब बराबरको कारोबार गरेका छन्। दिउँसो २ः५६ मा २१ अर्बको कारोबार गरेका लगानीकर्ताले ३ बजेसम्म २१…

Read More

काठमाडौँ । केहि हप्तादेखि ठुलो मनसुनी वर्षा नभइरहेको अवस्थामा मंगलबार मध्यरातीदेखि परेको ठुलो तथा अविरल वर्षाले देशभर करोडौंको भौतिक क्षती गरेको छ भने कतै कतै मानवीय क्षतिसमेत भएका छन् । मध्यरातदेखि परेको ठुलो वर्षाले काठमाडौँ उपत्याकाको प्रमुख नदि नालामासमेत जलसतहलेसमेत खतराको सिमा पार गरेको थियो। यसैक्रममा, अविरल वर्षाकै कारण काठमाडौँको कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी एरियामा फसेका १५ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ । नेपाल नं १८ निलबाराही गणबाट खटिएको सुरक्षा फौजले बाढीमा फसेका १५ जनाको उद्धार गरेको हो । अविरल वर्षाको कारण बाढीमा फसेको खबर पाएपछि बिहान ५:०० सो गण बाट फौज परिचालन गरिएको थियो ।…

Read More