Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पार्टीको मूल कार्यदिशा जनताको जनवाद भएको बताएका छन्। पार्टीको कार्यदिशाबारे विवाद भइरहेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एउटै मञ्चबाट जनताको जनवादमा जाने बताएका हुन्। तत्कालीन एमालेले अंगीकार गर्दै आएको जनताको बहुदलीय जनवाद (जबज) र माओवादी केन्द्रको एक्काईसौं शातब्दीको जनवाद दुवैलाई छाड्दै नेकपाले जनताको जनवादलाई कार्यदिशा बनाएको हो। अध्यक्षद्वयले जबजको सारतत्व र विशेषतालाई आधार मानेर पार्टीको कार्यदिशा जनताको जनवाद अंगीकार गरिएको बताएका हुन्। मदन भण्डारीको ६८औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा ओली र दाहालले सामाजवादसम्म पुग्ने लक्ष्य जबजकै हो तर त्यसको नाम जनताको जनवाद राखिएको…
काठमाडौँ: गत असार १ गते रुपन्देहीको तिलोत्तमामा रहेको गौसालामा राता पहेला ज्याकेट र टोपी लगाएका एक हुल मानिस प्रवेश गरे । करिब एक सयको संख्यामा रहेका ती कामदारले गौसाला परिसरको झाडीँ फाँडे । वरपर छरिएका सानातिना ढुंगा जम्मा गरे । मलखातो कोतारकुतुर गरेर छितरिएको मल थुपारे । टिपनटापन काम गरेर करिब एक घण्टामै टोली त्यहाँबाट निस्कियो । बेल्चा, हसिया र कोदालो बोकेका ती व्यक्ति प्रधानमन्त्री रोजगार कार्यक्रममा छानिएका कामदार थिए । कार्यक्रमका लागि दुई सय ४७ जना छनौटमा परे पनि दुई सय २६ जना काममा आएको नगरपालिकाले जनाएको छ । ती कामदारलाई असार महिनाभर गौसाला, वनवाटिका, नगरका…
काठमाडौँ: काठमाडौं चन्द्रागिरी नगरपालिका–१२ बलम्वु दुरसञ्चार नजिकै एसईई परिक्षाको नतिजाको कारण शनिबार दिउँसो एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन् । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका –७ घर भई चन्द्रागिरी १२ बलम्वु श्री बलम्बु माविबाट यस वर्ष एसईई परिक्षा दिएकी सदीक्षा पौडेलले झुण्डिएर आत्महत्या गरेकी हुन् । महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख शंकर खड्काका अनुसार एसईईमा ‘ए प्लस’ नतिजा नआएको भन्दै सदीक्षाले आत्महत्या गरेको हुनसक्ने जानकारी दिए । बलम्वु माध्यामिक विद्यालयबाट पौडेलको एसईईमा ३ जिपीए ३.६ आएको थियो । सदीक्षाको शव शिक्षण अस्पताल महाराजगञ्ज पोस्टमार्टमको लागि पठाइएको प्रहरीले बताएको छ । पछिल्लो समय बालबालिकाहरुलाई एसईईको…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राम्रा काम गर्दै गएको बताएका छन्। काठमाडौंलगायत देशभर एक हजार किलोमिटरभन्दा धेरै सडक कालोपत्रे गरिएको, कानुन निर्माण गरेको र लोकतन्त्रको रक्षा गर्दै सरकार अघि बढेको उनले बताए। सरकारप्रति जनताले गरेका विश्वास डगमगाउन नदिने उनले बताए। ‘भ्रष्टाचार गर्न दिन्नँ, म पनि गर्दिनँ,’ मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंमा गरेको विचार गोष्ठीमा प्रधानमन्त्री ओलीले भने, ‘सुशासन कायम गरिन्छ। संविधान कार्यान्वयन र मौलिक हक सुनिश्चित गर्न कानुन बनाइएको छ।’ उनले सरकारप्रतिको आलोचना कम हुँदै गएको र आउँदो दसैंसम्म आलोचना समाप्त भइसक्ने दाबी गरे। ‘काठमाडौंमा मास्क लगाएर हिँड्ने कोही भेटिँदैन,’ उनले भने, ‘सडक कालोपत्रे…
काठमाडौँ: देवः विकास बैंक लिमिटेडले बनेपा नगरपालिकाको बनेपा शाखा कार्यालयको औपचारिक उद्घाटन गरिएको छ । कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका हुन् । बैंकका संचालक समितिका अध्यक्ष अवकाश प्राप्त उपरथी बज्र गुरुङ्गज्यूको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य दिंदै बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले एक दशक अगाडी बनेपा एक्सटेन्सन काउण्टरबाट सेवा प्रदान गर्न शुरु गरेको बैंकले यस क्षेत्रमा बढ्दै गएको आर्थिक गतिविधीलाई मध्यनजर गरी एक्सटेन्सन काउण्टरलाई शाखामा स्तरोन्नती गरी सेवाग्राहीलाई सम्पूर्ण बैकिङ्ग सेवासहित सेवा प्रदान गर्न शाखा कार्यालय सञ्चालन गरिएकोे जानकारी दिए । सोही अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय…
काठमाडौँ: उर्जामन्त्री वर्षमान पुनले नेपालका लागि चिनियाँ राजदूत होउ याङचीलाई मंगलबार सोधे, चिनियाँ कम्पनीहरुले चीन र अन्य विश्व राम्रो काम गरिरहेका छन्, यहाँ किन गर्न सकिरहेका छैनन् ? सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत याङचीले यसबारे गहिरो अध्ययन र अनुसन्धान गरिरहेको कुटनीतिक जवाफ दिएर फर्किइन् । यो भेटबारे मन्त्री पुनको सचिवालयले सञ्चारमाध्यमलाई विज्ञप्ति पठायो । मन्त्रीले राजदूतलाई गरेको प्रश्नको समाचार बन्यो । भेटघाटको तस्विरसमेत सार्वजनिक भयो । चर्चा यत्तिमै सेलाएन । राजदूत याङचीले दूतावास फर्केपछि त्यही साँझ ट्वीट ७ः४४ बजे ट्वीट गरिन्, ‘नेपालमा निर्माण भइरहेका ठूला आयोजनामध्इे सबभन्दा ठूलो आयोजना चीन जलविद्युत् संस्थाले गरेको हो…
काठमाडौँ: काठमाडौँको जमलमा शनिबार बिहान एउटा कार दुर्घटनामा भएको छ । केशरमहलबाट जमलतर्फ जाँदै गरेको कार जमलको होटेल याल्लो प्यगोडा अगाडि दुर्घटना भएको हो । बिहान करिब सवा ७ बजे बा ११ च ३६०४ नम्बरको कार दुर्घटना भएको थियो । दुर्घटनामा कारको इन्जिन नै निस्किएको छ भने कार केही पर गएर उल्टिएको छ । कुमारीपाटीस्थित मच्छिन्द्र आयाल स्टोरका संचालक डिए दवल श्रेष्ठको कार रहेको खुल्न आएको महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका इन्स्पेक्टर दयाकृष्ण भट्टले जानकारी दिए । मापसे गरेर कार श्रेष्ठ आफैंले हाकेको उनले बताए । चालकसहित कारमा ३ जना सवार थिए । चालाक श्रेष्ठ गम्भीर घाइते…
काठमाडौँ: वैदेशिक रोजगार विभाग अन्तरगतको कोरिया शाखाले जेठ २६ र २७ गते लिएको कोरियन भाषा परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरेको छ । परीक्षामा १२ हजार नौ परीक्षार्थी उत्तीर्ण भएका छन् । यो वर्षदेखि भाषा परीक्षा उत्तीर्ण गरेकै भरमा कोरिया जान नपाउने शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले बताए । रोजगारी अनुमति प्रणाली (इपिएस) अन्तरगत रोजगारीका लागि कोरिया पुगेका युवाले डिप्रेसनमा पर्नुका साथै आत्महत्या गर्ने क्रम बढेपछि कोरिया सरकारले पहिलोपटक सीप परीक्षणको व्यवस्था गरेको शाखाले जनाएको छ । यो वर्ष कोरियन भाषा परीक्षामा सहभागी हुन ९२ हजार ३ सय ७६ युवाले फारम भरेकोमा ८४ हजार ३ सय आठ…
काठमाडौँ: एमबीबीएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न अयोग्य छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स परीक्षामा फेल हुँदा उनीहरु अयोग्य ठहरिएका हुन् । लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन् । विश्वविद्यालयबाट हुने परीक्षा उत्तीर्ण भए पनि बिरामी जाँच्ने वैधानिकता लिन काउन्सिलले लिने लाइसेन्स परीक्षा पास हुनैपर्छ । काउन्सिल स्रोतका अनुसार फेल हुने अधिकांश बंगलादेशमा अध्ययन गरेर आएकाहरु छन् । काउन्सिलले १० पटकसम्म निरन्तर फेल भएपछि लाइसेन्स परीक्षामा सामेल नै हुन नपाउने नियम बनाएर स्वास्थ्य मन्त्रालयमा पठाएको छ । तर यो फाइल मन्त्रालयमा नै अड्किएको छ । यो खबर आजको नयाँ…
काठमाडौँ: नेकपाका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँग शुक्रबार बिहान बालुवाटारमा भेट गरे । आफ्नो निवास कोटेश्वरबाट हिँडेका नेपाल बालुवाटर जानुअघि अर्का अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार छिरे । नेता नेपालले बुधबार प्रधानमन्त्री ओली र दाहालबीच भएको पछिल्लो कुराकानीको ब्रिफिङ लिए । प्रधानमन्त्री ओलीले पार्टीका नेताहरुलाई एक्लाएक्लै बोलाएर भेट्न खोजेपछि नेपाल शुक्रबार बालुवाटार जानअघि दाहालसँगको कुराकानीको स्पिरिट बुझ्न खुमलटार पुगेका थिए । एक दिनअिघ ओलीले दाहालसँग धेरै वादविवाद नगरौँ मिलेर जाऔँ भन्ने प्रस्ताव राखेका थिए । त्यस्तै प्रस्ताव ओलीले शुक्रबार नेता नेपालसँग पनि राखेका थिए । विगतमा ओलीसँग बढी निकट…