काठमाडौँ: देवः विकास बैंक लिमिटेडले बनेपा नगरपालिकाको बनेपा शाखा कार्यालयको औपचारिक उद्घाटन गरिएको छ । कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका हुन् ।
बैंकका संचालक समितिका अध्यक्ष अवकाश प्राप्त उपरथी बज्र गुरुङ्गज्यूको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य दिंदै बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले एक दशक अगाडी बनेपा एक्सटेन्सन काउण्टरबाट सेवा प्रदान गर्न शुरु गरेको बैंकले यस क्षेत्रमा बढ्दै गएको आर्थिक गतिविधीलाई मध्यनजर गरी एक्सटेन्सन काउण्टरलाई शाखामा स्तरोन्नती गरी सेवाग्राहीलाई सम्पूर्ण बैकिङ्ग सेवासहित सेवा प्रदान गर्न शाखा कार्यालय सञ्चालन गरिएकोे जानकारी दिए ।
सोही अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुर कृष्ण श्रेष्ठले शुभकामना मन्तव्य दिंदै समग्र काभ्रे र आसपासका क्षेत्रको आर्थिक उत्पादकत्व बृद्धि गर्नका लागि बैंकको शाखाबाट सहयोग पुग्ने विचार व्यक्त गरे ।
मन्तव्यको क्रममा बनेपा नगरपालिका, वडा नंं ८ का वडा अध्यक्ष दान बहादुर मानन्धरले महिला सशक्तिकरण र लघु तथा साना व्यवसायको विकासमा बैंकले लगानी केन्द्रित गर्नु पर्ने र यसका लागि स्थानीय निकाय सहाकर्य गर्न तयार रहेका बताए।
उदघाट्न कार्यक्रममा बिशेष मन्तव्य दिंदै प्रमुख अतिथि, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उद्यमशीलताको विकास र निजी क्षेत्र मैत्री बैकिङ्ग प्रणालीका लागि सरकारी नीति र व्यवस्थाको बारेमा प्रकाश पार्दै देशको आर्थिक बृद्धिदरलाई बृद्धि गर्न नेपाल राष्ट्र बैंकले गर्दै आएको गतिविधीका बारेमा चर्चा गरे ।
निर्यातमुखी व्यवसायमा जोड दिंदै बैकिङ्ग सेवालाई गाउँ गाउँमा पु¥याउन सकेमात्र समग्र देशमा रोजगारका अवसरहरु सिर्जना भई देश समृद्ध हुने बिचार व्यक्त गरे ।
यसैगरी पनौति नगरपालिका, वढा नं २, कुशादेवीमा आयोजित अर्को समारोहमा कुशादेवी शाखा कार्यालयको देवः विकास बैंक लि., संचालक समितिका अध्यक्ष, अवकाश प्राप्त उपरथी बज्र गुरुङ्गज्यूले समुद्घाटन गरे।
कार्यक्रममा स्वागत मन्तव्य दिंदै बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठज्यूले ग्रामिण तथा पहाडी क्षेत्रका सेवाग्राहीहरुमा वित्तीय पहँुच पु¥याउन र स्थानीय उत्पादकत्व बढाउन कुशादेवी शाखाबाट सहयोग पुग्ने बताए ।
सोही अवसरमा पनौती नगरपालिका वडा नं. ०२ का वडा अध्यक्ष, पूरुषोत्तम अधिकारीले यस क्षेत्रको मुख्य पेशाको रुपमा रहेको कृषि तथा पशुपालन व्यवसायलाई अझ परिष्कृत बनाउन बैंकले लगानी गर्नु पर्नेमा जोड दिए। कार्यक्रममा पनौती नगरपालिका वडा नं. ०१ का वडा अध्यक्ष, गुणनाथ सापकोटा र पनौती नगरपालिका, वडा नंं ०३ का वडा अध्यक्ष किशोर थापाले शुभकामना मन्तव्य दिंदै स्थानीयवासीको आर्थिक उन्नतिका लागि वडाबाट बिशेष कार्यत्रम संचालन गरी बैंकसँग सहकार्य गरी अगाडी बढ्ने जानकारी गराए।
आज आयोजित दुवै कार्यक्रममा देवः विकास बैंक लि., संचालक समितिका सदस्य विजयराज शर्मा भुसालले बैंकका गतिविधी माथी प्रकाश गरे ।
सभापतिका आसनबाट संचालक समितिका अध्यक्ष बज्र गुरुङ्गज्यूले स्थानीय निकायसँग हातेमालो गरी सेवाग्राहीलाई अधिकतम सेवा प्रदान गर्न बैंक तत्पर रहेका बताए ।
कार्यक्रममा देवःविकास बैंक लि.का संचालक समितिका सदस्य लगायत स्थानीय व्यवसायी, गृहणी,पत्रकार, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, भद्र भलादमीहरुको उपस्थिति रहेको थियो ।