Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
पोखरा: पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको छ । मंगलबार पाँचौ नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले गत वर्षभन्दा करिब करोड बढीको बजेट प्रस्तुत गरेकी हुन् । चालु आर्थिक वर्षमा महानगरले साढे ६ अर्बको बजेट ल्याएको थियो । महानगरले संघीय सरकारबाट ३ अर्ब ३३ करोड ७८ लाख, प्रदेशबाट ४७ करोड ९६ लाख र आन्तरिक आयबाट २ अर्ब ५० करोड २९ लाख रुपैयाँ अनुमान गरेको छ । कुल बजेट विनियोजनमा अपुग हुन जाने रकम वैदेशिक अनुदान तथा ऋणबाट १० करोड र जनसहभागिताबाट ३६ करोड ५० लाख व्यहोर्ने महानगरको योजना छ । महानगरको…
काठमाडौँ: काठमाडौं महानगरपालिकाले आर्थिक बर्ष २०७६/०७७ का लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँको बजेट ल्याएको छ। महानगरपालिकाले भौतिक पूर्वाधार विकास कार्यक्रम आफ्नै स्रोतबाट ४ अर्ब ३१ करोड ३५ लाख,संघीय तथा प्रदेश सरकारबाट सशर्त अनुदान १ अर्ब १५ लाख गरि जम्मा ५ अर्ब ३१ करोड ५० लाख रुपैया अनुमानित खर्चको सीमा निर्धारण गरेको छ। यो कुल बजेटको ४९.१२ प्रतिशत हो। महानगरपालिकाले सबैभन्दा बढी बजेट पूर्वाधार विकासका लागि छुट्याएको छ। सामाजिक विकास कार्यक्रम शीर्षकमा २७ करोड ६ लाख ९० हजार ,संघीय तथा प्रदेश सरकारबाट सशर्त अनुदान१ अर्ब २५ करोड ९ लाख रुपैयाँ गरि १ अर्ब ५२…
ललितपुर:ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आर्थिक वर्ष २०७६/७७ का लागि रु पाँच अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट पेश गरेका छन्। महानगरपालिको चौथो नगरसभामा मंगलबार गत वर्षभन्दा रु ७५ करोड २३ लाख ४५ हजार रकम बढी बजेट विनियोजन गरेका हुन्। महानगरले गत आवको रु चार अर्ब ६० करोड ७२ लाख ८७ हजार बजेट विनियोजन गरेको थियो। चालू आवमा गत जेठसम्ममा महानगरपालिकाको वास्तविक खर्च गरेको रकम रु एक अर्ब ७५ करोड ६४ लाख २४ हजार ९६१ रहेको छ। महानगरले प्रस्ताव गरेको आगामी आवको बजेटमा चालू खर्चतर्फ रु एक अर्ब १२ करोड ५९ लाख ५५ हजार विनियोजन गरेको छ।Sipradee…
काठमाडौँ: सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोगमा बढेको छ । उत्पादनशील क्षेत्रतर्फ़ कर्जा प्रवाह तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले राष्ट्र बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग बढेकोराष्ट्र बैंकले जनाएको छ । २०७६ बैशाख मसान्तसम्ममा यस बैंकको रु.२५ अर्ब २८ करोड पुनरकर्जा लगानीमा रहेको छ । यस अन्तर्गत साधारण पुनरकर्जा रु. २१ अर्ब ५४ करोड र निर्यात पुनरकर्जा रु. १ अर्ब १९ करोड उपयोग भएको छ । भूकम्प पीडितहरुलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराइएको पुनरकर्जाको बक्यौता २०७६ बैशाख मसान्तमा रु.२ अर्ब ५१ करोड रहेको…
काठमाडौँ: विप्लव नेतृत्वको नेकपाले मंगलबार आहृवान गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ । आफ्नो समूहका सर्लाही इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा बन्द आहृवान गरेका विप्लव नेतृत्वका बन्दकर्ता सडकमा नदेखिए पनि काठमाडौं उपत्यकामा बिहान बन्दको असर देखिएको छ । अन्य दिनको तुलनामा काठमाडौं उपत्यकाका सडक बिहान सुनसान देखिएका छन् । निजी सवारी फाट्टफुट्ट चले पनि बन्दको त्रासले सार्वजनिक सवारी नगन्य मात्रामा चलेका छन् । सडकमा साविकअनुसार सवारी साधन नचल्दा जनजीवन प्रभावित भएको छ । महानगरीय ट्राफिक प्रहरी कार्यालयले बिहान कम सवारी साधन चले पनि विस्तारै सडकमा चाप पर्दै गएको जनाएको छ । काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका…
काठमाडौं : सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले आगामी आर्थिक वर्षमा ४८ अर्बको हाराहारीमा आम्दानी गर्ने लक्ष्य राखेको छ। आव २०७६/७७ बजेटमार्फत विभिन्न नयाँ कार्यक्रममार्फत आम्दानीलाई वृद्धि गर्ने टेलिकमको योजना छ। टेलिकमको आव २०७६/७७ मा प्रस्तावित बजेट एक खर्ब ३ अर्ब रहेको छ। टेलिकम स्रोतका अनुसार एक खर्ब ३ अर्बको बजेट टेलिकम बोर्डमा पेश भएको छ। बजेटमा अहिले छलफल भइरहेकाले यो साता बजेट पास हुने स्रोतले जनाएको छ। बजेटको सारांशमा टेलिकमले आव २०७५/७६ को संशोधित आम्दानीभन्दा ९.२९ प्रतिशतले वृद्धि गरी ४७ अर्ब ७२ करोडभन्दा बढी आम्दानी गर्ने उल्लेख छ। चालु आवमा टेलिकमको संशोधित आय अनुमान ४३ अर्ब…
काठमाडौँ: सरकारले विभिन्न देशका अस्पतालको कोमामा उपचारत २८ जना नेपाली नागरिकलाई स्वदेश ल्याई यहीँको अस्पतालमा नै उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । वैदेशिक रोजगारका क्रममा गम्भीर चोटपटक लागेर अस्पतालको कोमामा रहेका ती नागरिकलाई स्वदेश ल्याएर उपचार गराउने निर्णयले ती बिरामीका परिवारलाई धेरै सहयोग पुग्ने विश्वास गरिएको छ । वैदेशिक रोजगार बोर्ड सचिवालयका अध्यक्षसमेत रहनुभएका श्रममन्त्री गोकर्ण विष्टको अध्यक्षतामा बसेको बैठकले करार अवधि नसकिँदै दुर्घटनामा परी गम्भीर चोटपटकका कारण कोमामा उपचाररत तथा पक्षाघातबाट हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका कतार, साउदी अरब, कुवेत, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरियालगायत देशका अस्पतालमा वर्षौंदेखि रहेका नेपालीलाई स्वदेशमा ल्याएर उपचार…
काठमाडौँ: मलेसिया रोजगारीको बाटो रोकिएको १३ महिना पुग्यो। दुई देशबीच ‘ऐतिहासिक’ श्रम सम्झौता भएकै ८ महिना बितिसक्यो। तर, गतिरोध अझै हट्न सकेन। गाँठो कहाँ छ त ? विज्ञहरूको निचोड छ, ‘ श्रममन्त्रीको इगो (अहम्) ले अड्काइरहेको छ ।’ गत वर्ष जेठ २ गते मन्त्री गोकर्ण विष्टले मलेसियाका लागि काम गरिरहेका विभिन्न संस्थाका सञ्चालकलाई व्यापक धरपकड गरे । तिनीहरूविरुद्ध सरकार अदालत गयो। तिनलाई लगाइएको आरोप थियो, श्रमिकसँग अनावश्यक शुल्क उठाएको । उनको कठोर निर्णयबाट भेन्डर संस्थाका सञ्चालकको भागाभाग भयो । कतिपय पक्राउ परी धरौटीमा छुटे। तिनले क्रमशः सफाइ पाउँदै आगएका छन् । त्यही क्रममा २०७५ कात्तिक १२ गते मन्त्री…
काठमाडौँ: १० महिनामा मुलुकको शोधनान्तर स्थिति ६८ अर्ब २० करोड रुपैयाँ घाटामा पुगेको छ । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १८ अर्ब ९३ करोड रुपैयाँले घाटामा थियो । चालू आर्थिक वर्षको १० महिनामा यो अबस्था डरलाग्दो देखिएको हो । मुलुक भित्रिने भन्दा बाहिरिने रकम बढेकाले शोधनान्तर घाटा फराकिलो बन्दै गएको छ । गत माघ महिनासम्म केही सुधारको गतिमा रहेको शोधनान्तर फागुनदेखि लगातार फेरि बढ्यो, फलस्वरुप बैशाखसम्म शोधनान्तर घाटा ६८ अर्ब २० करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महिनाको आर्थिक तथा वित्तीय स्थितिमा सो कुरा उल्लेख छ ।
काठमाडौं: प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका युवा नेता नरबहादुर कार्की पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदीले कार्की पक्राउ परेको पुष्टि गरे । नो ट्याक्स नो एनसेल अभियान चलाइरहेका कार्कीलाई महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले सोमबार अपरान्ह काठमाडौंको बालुवाटारबाट पक्राउ गरेको एसएसपी सुवेदीले जानकारी दिए । पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।