Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: बुधबार बिहान आँखा उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङ कार्यालय जाने तयारीमा थिए । त्यहीबेला उनले गोली पड्केको आवाज सुने । त्यसलगत्तै अलि पर सडकमा मान्छे ढलिरहेको देखियो । सो घटनाका कारण उनको घरका सबैजना त्राहिमा देखिए । त्यसैबेला गोलीको अर्को आवाज सनियो । त्यसबारे विजय अझै खुलेर बताउन सक्दैनन् । उनी मात्र होइन, भोजपुर बजारवासी कोही पनि खुला ठाउँमा सुने/देखेका कुरा गर्दैनन्/गर्न चाहँदैनन् । प्र्रतिबन्धित नेकपा (विप्लव समूह) का कार्यकर्ता र प्रहरीबीच बुधबार भएको मुठभेडपछि सदरमुकाममा छाएको सन्नाटा कायमै छ । कसैले केही कुरा गर्न खोज्यो भने सदरमुकामवासी केही थाहा नभएको भन्दै तर्किन्छन् । ‘को…
काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले देशका २५ जिल्लामा साताभर मेघ गर्जनसहित पानी पर्ने भविष्यवाणी गरेको छ । सक्रियता बढाउँदै गएको मनसुनले देशभर आफ्नो फैलावट बढाइसकेको अवस्थामा २५ जिल्लामा बढी पानी पर्ने भविष्यवाणी गरेको हो । यो बेला खाद्यान्नका बीउ र मानिसको जीउ जोगाउन सतर्क रहनुपर्ने मौसमविद्हरू बताउँछन् । महाशाखाले बिहीबार विशेष भविष्यवाणी गर्दै ती २५ जिल्लामा कहिले हल्का, कहिले मध्यम तथा कहिले भारी वर्षाको अवस्था रहने जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले शुक्रबारसम्म देशका अधिकांश क्षेत्रमा भारी वर्षा हुने जानकारी दिए । उनले भने, “भारी वर्षाले पूर्वी, मध्य क्षेत्रको पहाडी भेग र तटीय क्षेत्रमा…
काठमाडौँ: एक लाख राष्ट्रिय परिचयपत्रसमेत समयमै छाप्न नसकेको फ्रान्सेली कम्पनीलाई सरकारले बिनाप्रतिस्पर्धा १६ मिलियन अमेरिकी डलर (पौने दुई अर्ब रुपैयाँ) को ठेक्का दिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभागले मध्यराति फ्रान्सेली कम्पनी आइडेमियासँग ठेक्का सम्झौता गरेको हो । विभागका प्रवक्ता शिवराज जोशीले बुधबार राति सम्झौता भएको बताए । परिचयपत्र छपाइको पूर्वाधार निर्माण र ४ वर्षका लागि सेवा दिने गरी सम्झौता गरिएको हो । मन्त्रिपरिषद् बैठकले केहिसमयअघि आइडेमियासँग छलफल र ठेक्का सम्झौता गर्न विभागलाई निर्देशन दिएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा विजय तिमल्सिनाले लेखेका छन् ।
काठमाडौं: जारी विश्वकप क्रिकेटको दोश्रो सेमिफाइनल समीकरणमा आयोजक राष्ट्र इंग्ल्याण्ड अस्ट्रेलियालाई ८ विकेटले हराउंदै फाइनल प्रवेश गरेको छ। शुक्रबार इंग्ल्याण्डको इजब्यास्टनमा भएको खेलमा अस्ट्रेलियालाई आयोजकले ३२.१ ओभरमै अलआउट गर्दै फाइनल भेट न्युजिल्याण्डसंग पक्का गरेको हो। अस्ट्रेलियाले पेश गरेको २२४ रनको मध्यम स्कोर इंग्ल्याण्डले मात्र दुई विकेट गुमाएर १०७ बल बाँकी छँदै लक्ष भेटाएको हो। जीतका लागि इंग्ल्याण्डका लागि सर्वाधिक ८५ रनको योगदान जेसन रोयले गरेका थिए भने उता अस्ट्रेलियाका कप्तानको पनि ८५ रनको योगदान जितका लागि प्रयाप्त गन्न सकेन। यो खेलसंग अब आयोजक राष्ट्र इन्ग्लांडलाई पहिलो पल्टा विश्वकप क्रिकेट ट्रफी आफ्नै घरमा राख्न सफल हुने नहुनेमा फाइनल…
काठमाडौं: सरकारले आफ्नै विद्युतीय बस खरिद गर्ने निर्णय गरेको छ । असार १९, २३ र २४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बास्कोटाले यस्तो जानकारी गराएका हुन् । कुन प्रक्रियाबाट बस खरिद गर्न लागिएको हो भन्ने सार्वजनिक गरिएको निर्णयमा खुलाइएको छैन । नेपालले एकैपटक ३ सय वटा सार्वजनिक विद्युतीय बस खरिद गर्ने प्रक्रिया अघि बढाएपछि बस बेच्न लागि चीनदेखि विभिन्न मध्य एसियाली र युरोपेली देशहरुले गर्भमेन्ट टू गर्भनमेन्ट (जीटूजी)का लागि प्रस्ताव गरेका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले किन्न लागेको ३०० वटा विद्युतीय बसका लागि सरकारले हालसालै मापदण्ड…
काठमाडौैं: सरकारले नेकपा विप्लव समूहको हिंसाबारे प्रमुख प्रतिपक्षको धारणा माग गरेको छ । हिंसा गर्ने विप्लव समूह र हिंसा नगर भन्ने सरकारलाई एउटै नजरले हेर्ने हो भने कांग्रेस बेलैमा स्पस्ट हुनुपर्ने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोलुक बास्कोटाले बताए । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले भने, ‘हिंसाबारे कांग्रेसको धारणा के ? बन्द हुनुपर्छ वा विप्लवजीहरुले गरेको हिंसा बैध हो ?’ उनले अघगाडि भने ‘कांग्रेसले हिंसा र निषेधको राजनीतिलाई एउटै घानमा मुछ्ने हो भने दिनभरि वीपी, रातभरि विप्लव हो ?’ भोजपुरमा प्रहरी मारिएको स्मरण गर्दै मन्त्री बास्कोटाले हिंसा आतंकलाई प्रोत्साहित…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई झुक्याइएको बताएका छन् । भारतबाट आएको पत्र गोप्य राख्दा आफू लज्जित हुनुपर्ने अवस्था आएको भन्दै उनले यसबारे खोजबिन भइरहेको बताए । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतबाट आएको पत्रबारे आफूलाई झुक्याइएको बताए । ‘भारतबाट पात्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमा बोलेँ,’ उनले भने, ‘विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु र मलाई जानकारी नदिनुले म लज्जित हुनुपर्यो । यसप्रति म क्षमाप्रार्थी छु ।’ आफूलाई झुक्याएको विषय सामान्य लापरवाही हो वा जानीबुझी हो भन्ने बुझ्ने काम भइरहेको उनले बताए । नेपालीको भान्सामा विषादी पाक्न…
चितवन: भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको तरकारी तथा फलफुल थोक बजारमा आँप ल्याएको भारतीय ट्रकमा आज बिहान आगजनीको प्रयास भएको छ। बिहान करीब ३ बजेतिर आँप लिएर बजार क्षेत्रमा प्रवेश गरेको य“पि ४! एटी २६(! नम्बरको भारतीय मालबाहक ट्रकमा तीन य’वाले तोडफोड गर्न’का साथै आगजनीको प्रयास गरेको प्रत्यक्षदर्शीले बताएका छन्। स्कुटरमा आएका युवाले गाडीको अगाडिको सिसा फुटाइदिएका छन् भने, पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेको फलफुल तथा तरकारी व्यवसायी सङ्घका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिनुभयो। स्थानीयका अनुसार सलाइ ओसिएर नबलेपछि निजहरू भागेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले घटनाको विषयमा अनुसन्धान भइरहेको बताउनुभयो।…
काठमाडौँ: स्वदेश तथा विदेशमा उत्पादित सिमेन्ट लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर मात्र बजारमा पठाउनुपर्ने भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले बिहीबार विज्ञप्ति जारी गरी सिमेन्टलाई लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर मात्र बजारमा पठाउन सिमेन्ट उत्पादक सङ्घलाई आग्रह गरेको छ । विभागले सर्वोच्च अदालत, संयुक्त इजलासको आदेश ०६९ डब्लुओ ०२१४ समेतको मुद्दामा २०६९ भदौ १९ मा जारी अन्तरिम आदेश निष्कृय हुनेगरी फैसला भएअनुसार सबै सिमेन्ट उद्योगलाई लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर बजारमा पठाउन आग्रह गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर बजारमा पठाउँदा गुणस्तर लामो समयसम्म ह्रास नहुने र सिमेन्टको बोराबाट…
काठमाडौँ: खार्पुनाथ गाउँपालिकाको बेडू बिसौनीमाभएको जिप दुर्घटनामा परेर कर्णाली नदीमा बेपत्ता भएका उपाध्यक्ष सिन्धु शाही हमालको शव आज फेला परेको छ। सर्केघाड गाउँपालिका–४ साँयाको नागरास्थित कर्णाली नदीको किनारमा आज फेला परेको शव गाउँपालिकाका उपाध्यक्ष शाहीकै भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामप्रसाद घर्ती मगरले पुष्टि गरेका छन्। शव फेला परेको खबर पाउनेबित्तिकै हेलिकप्टरबाट सम्बन्धितस्थलमा पुगेका प्रहरी टोलीसहित उनका श्रीमान् धीरेन्द्र शाही र खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावललगायतका आफन्तले पहिचान गरेपछि शव उपाध्यक्षकै भएको पुष्टि भएको हो। शवको पहिचान गरेपछिसँगै गएका जिल्ला स्वास्थ्य कार्यालयका डा दुर्गा सुर्खाली, प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, प्रहरी प्रमुख घर्ती मगरको संयुक्त…