Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: वैदेशिक रोजगारमा गएकाहरुको ज्यान गुमाउनेको संख्या उच्च रहेको छ । मलेसिया, साउदी अरेबिया र कतारलगायत देशमा पछिल्ला ११ महिनामा श्रमको सिलसिलामा ५ सय २ जनाले ज्यान गुमाएको वैदेशिक रोजगार वोर्डको तथ्याकं छ । मलेसिया लगायतका यी खाडी मुलुक नेपालका लागि वैदेशिक रोजगारको मुख्य गन्तव्य मानिएको छ । वैदेशिक रोजगारका लागि बिदेसिने कुल संख्याको ८६.४२ प्रतिशत कामदार मलेसिया, कतार, साउदी अरेबिया र यूएईमा छन् । तर यिनै मुलुकमा सबैभन्दा धेरै संख्यामा कामदारले ज्यान गुमाउने गरेको वैदेशिक रोजगार बोर्डका प्रवक्ता दीनबन्धु सुवेदी बताउँछन् । यो समाचार आजको कान्तिपुर दैनिकमा सुविना आचार्यले लेखेकी छिन् ।
काठमाडौँ: गुठीको जग्गा संरक्षण गर्ने जिम्मा लिएको निकायले आँखा चिम्लिदा सिंहसार्थ गरुड भगवान बहाल गुठीका नाममा रहेको अर्बौं रुपियाँ पर्ने जग्गामा भव्य भवन ठडिएको छ । काठमाडौं महानगरपालिका, गुठी संस्थान, पुरातत्व विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरणलगायतका निकायले सो गुठीको नाममा रहेको जग्गा जोगाउने पहल नगर्दा करिब १५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको हो । सो जग्गामा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादर पाण्डेले १५ तले भब्य भवन बनाई छायाँ सेन्टर सञ्चालन गरेका छन् । स्थानीय जनताले पटक–पटक आन्दोलन गर्दासमेत कुनै सुनुवाइ हुन सकेको छैन । विवाद चलिरहेकै अवस्थामा काठमाडौं महानगरपालिकाले सो भवनको नक्सा पास र निर्माण सम्पन्नसमेत…
काठमाडौँ: अभियन्ता राजाराम तण्डुकारले गुठी सञ्चालनमा गुठियारको अधिकार समाप्त गरी कर्मचारीमार्फत गुठी सञ्चालन गर्ने उल्लेख हुनु विधेयकको मुख्य त्रुटि रहेको बताए । उनले भने, ‘कतिपय जात्रा, पूजा तथा पर्वमा सम्बन्धित समुदायका सीमित व्यक्तिबाहेक सहभागी हुन नपाउने चलन हुन्छ, यस्तोमा प्रमाणपत्रले मात्र परम्परा जोगिन सक्दैन, सद्भाव बिथोलिने सम्भावना रहन्छ ।’ अभियन्ताहरूले अहिलेको विधेयक खारेज गर्दै आवश्यक छलफल गरी समयसापेक्ष रूपमा ल्याउनुपर्नेमा जोड दिँदै आएका छन् । उनीहरूले गुठीको प्रभावकारिता बढाउने किसिमले प्राधिकरणको अवधारण ल्याउन माग गरेका छन् । अभियन्ता तथा गुठी संरक्षण पुःचका महासचिव भरत जंगमले विधेयक गुठी संरक्षण गर्ने आशयका लागि ल्याएको भए तापनि विधेयकका…
काठमाडौँ: खानेपानी मन्त्री बिना मगर र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का महाप्रबन्धक महेश भट्टराईबीचको विवाद उत्कर्षमा पुगेको छ । मन्त्रालय स्रोतका अनुसार मन्त्री मगर महाप्रबन्धक भट्टराईसँग असन्तुष्ट छिन् । भट्टराईमाथि मन्त्रीको निर्देशन अवज्ञा गरेको आरोप छ । त्रिभुवन विश्वविद्यालयको प्राध्यापकसमेत रहेका भट्टराई बेतलबी काज बिदा लिएर चार वर्षका लागि केयुकेएलको व्यवस्थापनमा आएका हुन् । हरेक वर्ष त्रिविले उनको काज बिदा नवीकरण गर्दै आएको थियो । तर गत माघदेखि त्रिविबाट उनको काज बिदा नवीकरण भएको छैन । काजबिदा स्वीकृत नहुनुमा मन्त्रीको हात रहेको भट्टराई पक्षको आरोप छ । त्रिविबाट बिदा नवीकरणको प्रक्रिया अघि बढेको केयुकेएल प्रशासनले जनाएको छ…
काठमाडौँ: सामाजिक सञ्जाल फेसबुकमा सरकारविरुद्ध स्टाटस लेखेका कारण नेपाल वायुसेवा निगमका एक पाइलट जापान जानबाट बञ्चित भएको छन् । निगमका कार्यकारी मदन खरेलले क्याप्टेन विजय लामालाई भ्रमण टोलीबाट हटाएका हुन् । आगामी भदौ १२ देखि जापानको ओासाका उडानको तयारी गरिरहेको निगमले अध्यक्ष खरेल, वाणिज्य विभागका निर्देशक टंकनिधि दाहाल र पाइलट लामालाई सोमबार जापान पठाउन लागेको थियो । निगमका एक उच्च अधिकारीका अनुसार तीनै जनाको होटल र टिकटसमेत बुकिङ भइसकेको थियो । पाइलट लामाले आफ्नो फेसबुकमा सरकारले ल्याएको गुठी विद्येयकविरुद्ध स्टाटस लेखेका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
वीरगन्ज : घर पुनर्निर्माणको सूचीबाट नाम हटाइएपछि बाराका हुरीपीडितले जनप्रतिनिधिप्रति आक्रोश पोखेका छन्। फेटाका भरवलिया, पुरैनिया, सुवर्ण–४ हर्दिया, प्रसौनी–७ खुटुवा जब्दी र परवानीपुर–४ चैनपुरका पीडितले दिनहुँ प्रदर्शन गरिरहेका छन्। उनीहरूले केही वडा कार्यालयमा तालाबन्दीसमेत गरेका छन्। भरवलियाका हुरीपीडितले सोमबार गाउँपालिका कार्यालयमा तालाबन्दी गर्न खोज्दा झडप भएको छ। त्यस क्रममा आठ जना सामान्य घाइते भएका छन्। प्रदर्शनमा उत्रिएका महिलालाई गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादनिकट व्यक्तिले रोक्न खोजेपछि झडप भएको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थिति सामान्य बनाएका थिए। फरक राजनीतिक आस्था राख्ने प्रभावितको नाम वडाध्यक्ष र गाउँपालिका अध्यक्षले घर पुनर्निर्माणको सूचीबाट हटाएर सिफारिस गरेको भरवलियाकी मीना देवीले बताइन्। ‘सुरुमा…
काठमाडौँ: काठमाडौंको पाँचतारे होटल हायातले सेवा सुविधा बन्द गरेको छ। होटल सञ्चालक तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले सार्वजिनक सुचना जारी गर्दै होटल बन्द भएको जानकारी गराएको हो। होटलमा कार्यरत मजदुरहरुले माग पुरा गराउन हडतालमा उत्रिएपछि होटलको सबै सेवा बन्द गरिएको कम्पनीले जानकारी दिएको छ। नेपाल स्टक एक्सचेन्ज मार्फत् कम्पनीले मजदुर आन्दोलनका कारण सबै सेवा र सुविधा दिन असमर्थ रहेको जानकारी गराएको छ। तर मजदुरहरुले भने व्यवस्थापनले पहिले नै प्रतिबद्धतता जनाइसकेका मागहरु पूरा नगरेकाले दबाबमा उत्रिन बाध्य पारिएका बताएका छन्। होटलमा कार्यरत मजदुरहरु गएको पाँचदिनदेखि आन्दोलनमा उत्रिएका छन्। सेवा सुविधा र सम्ममानपूर्वक काम गर्ने वातावरणको माग गर्दै…
धरान: अत्याधिक गर्मीका कारण धरानका निजी तथा संस्थागत विद्यालय आजदेखि पाँच दिनका लागि बन्द गरिएको छ । गर्मीका कारण पठनपाठनमा समस्या आएपछि प्याब्सन, एनप्याब्सन र एसीसीले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । ‘गर्मी बिदामा समायोजन गर्ने गरी विद्यालय बन्द गर्ने निर्णय गरेका छौँ’, विद्यालय संयोजन कमिटीका अध्यक्ष राजेन्द्र गुरुङले भने । धरानमा पछिल्लो समय डेङ्गुको प्रकोपसमेत फैलिएको छ । डेङ्गुको प्रकोपलाई समेत हेरी विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । धरानमा एनप्याब्सनमा आवद्ध ३९ तथा प्याब्सनमा आबद्ध ४४ विद्यालय रहेका छन् । सामुदायिक विद्यालय भने गर्मीमा समेत सञ्चालनमै रहेका छन् ।
काठमाडौँ: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जनप्रतिनिधिहरुले गुठी विधेयक फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । प्रस्तावित गुठी विधेयकलाई लिएर आन्दोलन चर्किएपछि प्रधानमन्त्री ओलीले सोमबार नेकपासम्वद्ध उपत्यकाका जनप्रतिनिधि, पार्टी अध्यक्षहरुलाई बोलाएर छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले भने मन्त्रिपरिषदबाट आवश्यक निर्णय लिने बचन दिएका छन् ।उनले भने, ‘यसबारे क्याबिनेटबाट आवश्यक निर्णय लिन्छु ।’ गत बैशाख १६ गते भुमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मकुमारी अर्यालले राज गुठी, निजी गुठी र सार्वजनिक गुठीलाई व्यवस्थित गर्न विद्यमान गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक–२०७५ राष्ट्रिय सभामा दर्ता गरेकी थिइन् । यो विधेयक…
बझाङ: बझाङको मष्टा गाउँपालिका १ मा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । जीप दुर्घटनामा परी मृत्यु हुने नौ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । जयपृथ्वी नगरपालिकाको डुग्रीबाट मष्टा गाउँपालिकातर्फ जादै गरेको से १ झ १०७२ नम्बरको जिप डौठ्या खोलाको घुम्तीबाट खसेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । ठूलो वर्षा र हावाहुरी चलेका कारण उद्धारमा कठिनाई भएको घटनास्थलमा रहेका डीएसपी सुर्यबहादुर केसीेले बताए । उद्धार कार्यको लागि नेपाल प्रहरी, ससस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ । जिल्ला अस्पताल बझाङको चिकित्सकको टोलीले घटनास्थलमै घाइतेको प्राथमिक उपचार…