Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: विहिबारदेखिको बर्षापछिको बितण्डाले देशभरमा शनिबार बिहान १० बजेको सरकारी तथ्याङ्क अनुसार हालसम्म २५ जनाको बाढी, पहिरो र अन्य दैवी प्रकोपका कारण मृत्यु भएको सरकारले जनाएको छ। अहिले गृहमन्त्रालयमा विपद व्यवस्थापन कार्यकारी समितिको बैठक जारी छ। बैठक संघिय सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले बोलाएका हुन् । बैठकमा गृह, रक्षा, सामान्य प्रशासन, र अन्य सम्बन्धित मन्त्रलायका पदाधिकारीहरुको उपस्थिति रहेको, गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए। हालसम्म देशभरमा धादिङ्गमा १, मकवानपुरमा २, काठमाडौँमा ३, ललितपुरमा ४, काभ्रेमा २, सिन्धुलीमा २, रामेछापमा १, पर्सामा १, बारामा १, रौतहटमा १, भोजुरमा २, खोटांगमा ३, ओखलढुंगा १, इलम र झापामा…

Read More

बर्दिवास: पुर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नगरपालिका स्थित भप्सी पुल बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरूद्ध भएको छ । बाढीले पुलको बिच भाग नै बगाएको छ भने पुर्व पश्चिम राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकाल जानकारी दिए । पुल बगाएपछि यात्रुहरु बाढी तरेर जोखिम यात्रा गरिरहेको छन् । पुल बगाएको ठाउँ बर्दिबास चोकबाट पश्चिमतर्फ करिब १ किलोमिटर पर पर्छ। प्रहरीका अनुसार सो खोला त्यति ठूलो नभएकाले वैकल्पिक डाइभर्सन सोही खोलामा बनाउन मिल्छ तर पानी निरन्तर परिरहे यातायात अवरूद्ध भइराख्ने प्रहरीको भनाइ छ।

Read More

काठमाडौँ: मलेसियामा जारि आइसीसी टी-२० एशिया छनोट फाइनलको तयारीका लागि भएको आजको खेलमा नेपाल मलेसियालाई ७ विकेटले हराएको छ। नेपालसामु जीतका लागि १ सय २९ रनको लक्ष्य प्रस्तुत गरेको मलेसियाले नेपालको पारीमा कप्तान पारस खड्काले सर्वाधिक ५० बलमा ८६ रन जोड्दै नेपाललाई जित दिलाएका हुन् । नेपालले मलेसियाको चुनौती ९ बल बाँकी छंदै भेटाएको हो। आइसीसी टी–२० विश्वकप एशिया छनोट फाइनलको तयारीका लागि नेपाल मलेसियाको भ्रमणमा रहेको छ । किनरारा ओभल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २८ रन बनाएको थियो । मलेसियाका लागि वीरनदिप सिंहले…

Read More

काठमाडौँ: मनसुन सक्रिय भएसँगै निरन्तर वर्षाका कारण देशका विभिन्न खोला र नदीमा बाढी आइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार कमल नदी, बागमती नदी र सप्तकोशी नदीमा जलसतह खतरा तहभन्दा माथि पुगेको छ । महाशाखाका अनुसार सप्तकोशी नदी चतारामा शनिबार बिहान ६ बजे जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह अझै बढ्दो क्रममा रहेको कारण सुनसरी र सप्ती जिल्लाका नदीतटीय क्षेत्रमा बेलकी सम्मै उच्च सर्तकता अपनाउन अनुरोध गरिएको छ । त्यस्तै, धनुषा तिरिुया बाढी केन्द्रमा कमला नदीको जलसतह खतरा तहभन्दा ज्यादै माथि पुगेको छ । त्यस क्षेत्रमा पनि वर्षा हुने क्रम जारी रहने…

Read More

काठमाडौँ: विहिबारदेखी देशभरी सक्रिय मनसुनी बर्षाले बाढी र पहिरो लगेपछि र जुन धनको क्षती हुन थालेपछि सुरक्षा अंगका तीनै शक्ति अहिले परिचालित अवस्थामा छ। सेनाले देशको राजधानी र अन्य जिल्लामाहरुमा सक्रियता साथ् खोज उद्धारमा खटिएको जनाएको छ। यस्तो छ सेनाको उद्धार र खोजको तयारी १. देशभर भइरहेको अविरल वर्षाका कारण देशका विभिन्‍न स्थानहरुमा आएको बाढी/पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यको लागि नेपाली सेनाका विभिन्‍न स्थानहरुमा तैनाथ युनिटहरुबाट उक्त क्षेत्रहरुमा आवश्यक उद्धार सामग्रीहरुका साथ फौज परिचालन भएको छ । २. परिचालित फौजहरुबाट हालसम्म भएका उद्धारका विवरणहरु निम्न अनुसार रहेको छ । (क) श्री पूर्वी पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गत (१)…

Read More

काठमाडौँ: काठमाडौं । बिहीबार रातिदेखि मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । हालसम्म रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, काठमाडौं, खोटाङ, सिन्धुली, धादिङ मकवानपुर र पर्सामा गरी १९ जनाले जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार सबैभन्दा बढी काठमाडौं र खोटाङमा ३/३ जनाले ज्यान गुमाएका छन् । कार्यालयका एसपी रमेश थापाका अनुसार विपदमा परेर ७ जना घाइते छन् भने ४ जनाको उद्दार गरिएको छ । पछिलो घटनामा ओखलढुङ्गा र बारमा एक एक जनाले ज्यान गुमाएका हुन्। प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार सबैभन्दा बढी काठमाडौं र खोटाङमा ३/३ जनाले ज्यान गुमाएका छन्…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट पीडितको तत्काल उद्दार गरी राहत र उपचारमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् । सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले अबिरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट पीडितहरुको तत्काल उद्दार गरी राहत र उपचारमा जुटन प्रधानमन्त्री ओलीले मातहतका सबै निकायलाई निर्देशन दिएको जानकारी दिए । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रालयहरुको समीक्षात्मक बैठकमा प्रधानमन्त्री ओलीले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्दारमा जुटन मातहतका सबै निकायलाई निर्देशन दिएका हुन् । मन्त्री बास्कोटाका अनुसार प्रधानमन्त्री ओलीले सर्लाहीको मलंगवाको डुबान समस्या समाधान गर्न भारतसँग कुरा गरेका…

Read More

काठमाडौँ: यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएपछि अवरुद्ध भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण सुरु भएको छ । । साँझ ७ बजेदेखि भने उडान र अवतरण सञ्चालन भएको छ । नेपालगञ्जबाट यात्रु लिएर आएको यती एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । त्यसपछि विहान ११ बजेर ५ मिनेटदेखि अन्तरिक तथा बाह्य उडान तथा अवतरण अवरुद्ध हुँदै आएको छ ।

Read More

काठमाडौँ: लगातारको वर्षासँगै उपत्यकाका नदी किनारमा बस्तीहरु डुवानमा पर्न थालेका छन् । कलंकी, कुलेश्वरलगायतका स्थानमा बाढी बस्तीमा पसेको छ भने हनुमन्ते खोलाको पानी पनि बस्तीतिर सोझिएको छ । तर अझै वर्षा रोकिने छाँटकाँट देखिएको छैन । जल तथा मौसम विज्ञान विभागकाअनुसार अझै दुई दिन पानी पर्छ । मौसमविद् समिर श्रेष्ठ भन्छन्, ‘अझ भोलि त आजको जस्तै लामो झरी पर्ने सम्भावना छ ।’ काठमाडौंमा एक सय १५ मिलिलिटर वर्षा परेको छ। बिहीबारदेखि शुक्रबार साँझसम्म निरन्तर वर्षा हुँदा काठमाडौं उपत्यकामा ३ जनाको मृत्यु भएको छ भने बागमती, विष्णुमति नदी कोरिडोर क्षेत्र डुवानमा परेका छन्। जल तथा मौसम विज्ञान विभागले…

Read More

काठमाडौँ: शुक्रबार विहान धावनमार्गबाट चिप्लीएर घाँसे मैदानमा पुगेको यतिको जहाज पन्छ्याउन थप समय लाग्ने देखिएपछि विमानस्थलले थप दुई घण्टा नोटाम जारी गरेको छ। विमानस्थलले ७ बजेसम्मका लागि आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्नका लागि पुनः नोटाम जरी गरेको जनाएको छ। भारी वर्षाका कारण जहाज भएको ठाउँमा हिलो र दलदले भएको कारण जहाज पन्छ्याउन अप्ठेरो भइरहेको विमानस्थलले जनाएको छ। ‘हामी प्रयासरत छौँ। सुरक्षाकर्मीहरु जहाज पन्छ्याउन लागिपर्नुभएको छ। तर पानी परेर हिलो र भासिने समस्या सिर्जना भएको कारण कारण जहाज पन्छ्याउन अफ्ठेरो भइरहेको छ।’ विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने। शुक्रबार विहान यति एयरलाइन्सको जहाज चिप्लिएपछि…

Read More