Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सरकारले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई कडाइ गरेको छ । शिक्षा मन्त्रालयले एक वर्षभन्दा कम अवधिको कोर्स अध्ययन गर्न जाने विद्यार्थीलाई अध्ययन अनुमतिपत्र (नोअब्जेक्सन लेटर–एनओसी) नदिने निर्णय गरेको छ । निर्णय कार्यान्वयन गर्न बुधबार सम्बन्धित शाखामा पत्राचार गरिएको मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव महेश्वर शर्माले जानकारी दिए । उनका अनुसार डिप्लोमा तहको कोर्स अध्ययनमा जान खोजेका विद्यार्थीलाई एनओसी रोकिएको हो । विश्वविद्यालयमा भर्ना हुने प्रमाण भएका विद्यार्थीलाई भने एनओसी दिन रोक लगाइएको छैन । डिप्लोमा भनिए पनि यसमा कति अवधिसम्मको अध्ययनलाई मान्यता दिने भन्ने स्पष्ट व्यवस्था छैन । यसबारे मन्त्रालयका अधिकारी पनि अन्योलमा छन्।…

Read More

काठमाडौँ: अव्यवस्थित र अनियन्त्रित रुपमा गिटी, बालुवा, ढुंगा झिक्दा कमला नदी संकटमा परेको छ । जनप्रतिनिधि र सुरक्षा अधिकारीको मिलेमतोमा नदी दोहन बढेको हो । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले कमला नदीको बहाव फर्काउने बहाना बनाएर खुलमखुला एक्साभेटर र डोजर लगाई दोहन तीव्र परेको हो । नदीवरपर सञ्चालित ढुंगारोडा उद्योगले नगरपालिका, जिल्ला समन्वय समिति र स्थानीय प्रशासनसँग गोप्य छलफल गरी कमला नदीमा एक्साभेटरमार्फत उत्खनन तीव्र बनाएका हुन् । जिल्ला समन्वय समिति धनुषाले २०७५ फागुन ३० मा गणेशमान चारनाथ नगरपालिकालाई पठाएको पत्रमा उल्लेख छ, ‘त्यस नगरपालिकाबाट २०७५ माघ ८ गते (च.नं ७७२) प्राप्त पत्रमा कमला नदीको बीचभागमा पानीको बहाव…

Read More

काठमाडौँ: बेलायतका रक्षा राज्यमन्त्री मार्क लाँकास्टरले बेलायतीहरूको हृदयमा नेपाली गोरखा सैनिकको विशेष स्थान रहेका बताएका छन् । बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा ब्रिटिस गोरखा ब्रिगेडले आयोजना गरेको कार्यक्रममा बोल्दै लाँकास्टरले सो कुरा बताएका हुन् । गोरखाहरू गतिशील, खुसी, समुन्नत र दुरदर्शी नेपालका असाधारण राजदूतहरू रहेको बताउँदै प्रधानमन्त्री ओलीसँग नेपालमा भेट हुँदा आफूले गोरखा व्रिगेडमा काम गर्दा उनीहरूसँगको सम्बन्ध विशेष सम्बन्ध भएको बताएको स्मरण गराए । उनले दोस्रो विश्वयुद्धका बेला गोर्खा ब्रिगेडका सबै मुख्य कम्पनीहरूले युद्ध लडेको र उनीहरूको इतिहास उन्नाइसौं, बीसौं र एक्काइसौं शताव्दीका मुख्य द्वन्द्वहरूमा अदम्य सहासका कथाहरूले भरिएको बताए । यो…

Read More

काठमाडौँ: त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीले ‘बदनियतपूर्वक’ कानुनविपरीतका क्रियाकलाप गरेर आफन्तलाई उत्तीर्ण गराएको भेटिएको छ । उच्च स्रोतका अनुसार प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनसम्ममा उनीहरुले अस्वाभाविक चलखेल गरेका हुन् । सेवा आयोगका पदाधिकारीहरुले प्रश्नपत्र निर्माणदेखि उत्तरपुस्तिका कोडिङ, परीक्षण र नतिजा प्रकाशनका क्रममा लोकसेवा आयोगका पदाधिकारी संलग्न गराएनन् । त्रिवि सेवा आयोगमा लोकसेवा आयोगका सदस्य पदेन सदस्य रहने व्यवस्था छ । उत्तरपुस्तिकामा तीन पटकसम्म केरमेट गरिएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा सुदिप कैनी र कृष्ण ज्ञवालीले लेखेका छन् ।

Read More

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हजयात्रीका लागि हवाई टिकट खरीद गर्ने क्रममा अनियमिता गरेको भन्दै हज कार्यसम्पादन उपसमितिका पदाधिकारी तथा ट्राभल एण्ड टुर्सका सञ्चालक विरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । हज समितिको सचिवालयले २०७४ जेठ ११ मा प्रकाशित सार्वजनिक सूचनाअनुसार रीतपूर्वक दर्ता हुन आएका बोलपत्रमध्ये कम अङ्कमा कबोल गर्नेलाई पाखालगाई बढी अङ्क पेश गर्नेसँग घुस लिई स्वीकृति दिएको भन्दै अख्तियारले उनीहरु विरुद्द आरोपपत्र दायर गरेको हो । अख्तियारले हज कार्यसम्पादन उपसमितिका अध्यक्ष मोहम्मद शोऐब, उपसमितिका सदस्य अताबुल अन्सारी, मोहम्मद ईब्राहिम राइन, महमद जबारदिन मियाँ, जमिला मियाँ, मोमिना वानु मुस्लिम, मजिबुल शेष, हजसमिति सचिवालयका सदस्यसचिव…

Read More

काठमाडौं: प्रधानसेनापति पूर्णचन्द्र थापा चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आगामी असार १ गतेदेखि ७ गतेसम्म चीन भ्रमणमा जाने भएका छन्। छिमेकी मुलुक चीनको साताव्यापी भ्रमणका लागि प्रधानसेनापति थापा असार पहिलोसाता त्यसतर्फ प्रस्थान गर्नुहुने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए। असार १ देखि ७ गतेसम्मको उक्त भ्रमणका क्रममा प्रधानसेनापति थापा छेन्दुहुँदै बेइजिङ पुगेर आफ्ना समकक्षीसँग आपसी हित र चासोको विषयमा विचार विमर्श गर्नु हुनेछ ।

Read More

काठमाडौँ: वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव दिएको छ। राष्ट्र बैंकलाई संघले दिएको सुझावमा स्प्रेड दर अरु नघटाउन भनिएको छ। यसअघिको नीतिमार्फत स्प्रेड दर ०. ५ प्रतिशतले घटाइएकाले अब थप नघटाउन संघले भनेको छ। सो नीतिले स्प्रेड दरको अधिकतम सीमा आगामी असार मसान्तसम्म साढे ४ प्रतिशतमा झारेको हो। बैंकहरुले पैसा जम्मा गरेवापत ग्राहकलाई दिने औसत व्याज र ऋण लैजानेसँग लिने औसत व्याजदरको अन्तरलाई स्प्रेड दर भनिन्छ। आधार दरमा २ प्रतिशत तरलता र संचालन लागत पर्ने भएकाले हालको स्प्रेड दर साढे ४ प्रतिशतबाट सो दर घटाउँदा साढे २ प्रतिशत मात्रै…

Read More

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रुप अफ २० बैठक (जी २०) मा चिनियाँ राष्ट्रपतिसँग व्यापारिक सम्झौता नभए चीनको सामानमा अभैm कर वृद्घि गरिने चेतावनी दिएका छन् । उनले आगामी महिना जापानमा हुन लागेको जी २० बैठकमा चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता गरी व्यापारिक सम्झौताका लागि पहल गर्ने बताएका छन् । यही जुन २८ र २९ तारेखमा हुने जी २० बैठकमा ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भट्ने बताए पनि चीनयाँ पक्षबाट भने अहिलेसम्म कुनै पनि आधिकारिक जानकारी आएको छैन । ट्रम्पले विश्वका ठूला अर्थ व्यवस्था भएका नेताहरुसँगको भेटवार्तापछि मात्र ३ खर्ब डलर चिनियाँ सामानमा कर लगाउने निर्णय गर्नेछन् । ट्रम्पले…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले स्थानीय तहमा कर्मचारी भर्नाका लागि खोलिएको विज्ञापन किन रद्द नगर्ने भनेर लोक सेवा आयोगलाई सोधेको छ । रिट निवेदकले अन्तरिम आदेश माग गरेकाले यसबारे छलफल गर्न दुबै पक्षलाई ३ गते बोलाएको छ । लोकसेवाले विभिन्न स्थानीय तहका लागि ९ हजार १६१ कर्मचारी माग गर्दै १५ जेठमा विज्ञापन खुलाएको थियो । तर समावेशी नभएको भन्दै विरोध भयो । संसदको राज्य व्यवस्था समितिले पनि संविधान र स्थानीय तह संचालन ऐनको मर्म अनुसार नभएको भन्दै विज्ञापन रद्द गर्न निर्देशन दिएको छ । आयोगको विज्ञापन रद्द गर्न माग गर्दै अधिवक्ता विकास ठाकुर सर्वोच्च गएका थिए । बुधबार न्यायाधीश पुरुषोतम…

Read More

काठमाडौँ: शेयर बजार थप ३.५० अंकले घटेको छ। विगत ७ कारोबार दिनमा ६ कारोबार दिन बजार लगातार ओरालो लागिरहेको छ। मंगलबार शेयर बजार झिनो अंकले सुधार देखिएको थियो। बुधबार शेयर बजार बढ्ने अपेक्षा गरिए पनि घटेर १२७२.४८ अंकमा रोकिएको छ। बजार लगातार घट्न थालेसँगै कारोबार रकम पनि घट्दै जान थालेको छ। बुधबार दोस्रो बजारमा १७४ कम्पनीको ५० करोड २६ लाख रुपैयाँको कारोबार भएको छ। व्यापार, होटल र अन्य सूचकमा सुधार आए पनि बाँकी सूचक ओरालो लागेका छन्। सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको संस्थापक शेयर ७ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ। विगतका दिनमा जस्तै सबै भन्दा…

Read More