Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: भ्रष्टाचार आरोपमा विश्व बैंकले कालोसूचीमा राखेको र दक्षिण अफ्रिकी अदालतमा मुद्दा परेको फ्रान्सेली विवादास्पद कम्पनी थेल्स ग्रुपसँग नेपालले स्याटेलाइट खरिद सम्झौता गर्ने भएको छ । तीन महिनाअघि समझदारीपत्रमा हस्ताक्षर भइसकेको यो कम्पनीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको फ्रान्स भ्रमणकाक्रममा सम्झौता गर्ने तयारी छ । हतियार, अन्तरिक्ष र सुरक्षासम्बन्धी सामान उत्पान गर्ने थेल्स ग्रुपको पृष्ठभूमि विवादास्पद छ । कम्बोडियामा एक आयोजनामा भ्रष्टाचार गरेको भन्दै थेल्स ग्रुपअन्तर्गतको थेल्स इन्जिनियरिङ कन्सल्टिङ कम्पनीलाई विश्व बैंकले सन् २००४ मा एक वर्ष कालोसूचीमा राखेको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा विजय तिमल्सिनाले लेखेका छन् ।

Read More

काठमाडौँ: उहिले उहिले असार लाग्दै गर्दा आकाशको बादल हेरेर किसान धानका बिउ राख्थे । तर अब मौसम हेर्ने चलन बदलिएको छ । मनसुन भित्रिनै लाग्दा नेपालका किसान आकाश हेरेर हैन, मौसम पूर्वानुमान हेरेर खेती लाउने तयारी गरिरहेका छन् । जल तथा मौसम विज्ञान विभाग महाशाखा अन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले यतिबेला हरेक तीन दिनको मौसम पूर्वानुमान गरिरहेको छ । तीनदिनको पूर्वानुमानलाई सात दिनमा बदलेर कृषि वातावरण विभागले किसान समक्ष कृषि मौसमका रूपमा पु¥याइरहेको छ । यसवर्षको मनसुनको जानकारी दिने तयारी विभागले गरिरहेको छ । नेपालमा मनसुन भित्रिने दिनका हिसाबले जुन १० अर्थात् सोमबार हो । तर नेपालमा…

Read More

काठमाडौँ: आईसीसी विश्व कप एक दिवशिय क्रिकेटमा हिजो राति भएको भारत र अस्ट्रेलियाबीच भएको खेलमा भरतल ३६ रनले बिजयी भएको छ। ३५३ रनको लक्ष्य पाएको अस्ट्रेलिया पूरै ५० ओभरको खेलमा अल आउट हुँदै मात्रै ३१६ रन बनाउन सफल रह्यो। भारतको पहिलो पारीमा उसका लागि म्यान ओफ दी म्याच बनेका शिखर धावनले सर्बाधिक ११७ रन र कप्तान बिराट कोहोलीले ८७ रनको योगदान दिएका थिए। त्यस्तै सुरुवाती क्रममा आएका रोहित शर्माले ५७ रन बनाएका थिए। त्यस्तैम, भारतले पस्किएको ३५३ रन पछ्याउने क्रममा उसका लागि इस्टेभन स्मिथले ६९ रन, र डेभिड वार्नरले ५६ रनको योगदान दिए। अन्य खेलाडी दोहोरो अंक…

Read More

वीरगन्ज: आइतवार साँझ वर्षासँगै आएको हावाहुरीले पर्सामा फेरि क्षति पुगेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद घट्टराईका अनुसार हुरीले वीरगन्ज महानगरपालिकामा मात्रै आइतबार पाँचजना घाइते भएका छन्। वीरगन्ज ७ रामटोलमा महेस साहको निर्माण भइरहेको घरको पर्खाल भत्किदा त्यसमा च्यापिएर स्थनीय १६ वर्षीय ओमप्रकाश साह, १८ वर्षीय दिपेन्द्र पटेल र १५ वर्षीय सुनिल पटेल तथा वीरगन्ज १६ इनरुवामा नेक महम्मदको आफ्नै घर भत्किदा १४ वर्षीया छोरी गुल्सन खातुन र ३८ वर्षीया पत्नी शायदा खातुन घाइते भएका हुन्। पाँचैजना घाइतेको नारायणी अस्पतालमा उपचार भइरहेको छ। वीरगन्जको लिंकरोडमा रहेको सामुदायिक रेडियो नारायणी एफएमको टावर र सोलार प्यानलमा क्षति पुगेपछि…

Read More

गोरखा : नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले वर्तमान सरकारले अघि सारेको कतिपय नीति तथा कार्यक्रमलाई ‘अलोकतान्त्रिक’ संज्ञा दिएका छन्। नेपाली कांग्रेस गोरखा नगर समितिको आइतबार आयोजित सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै नेता देउवाले प्रेस काउन्सिल, गुठी विधेयक, मानव अधिकार हनन गर्ने विधेयक लोकतान्त्रिक मूल्य र मान्यता विपरीत रहेको भन्दै यसकाविरुद्ध सडक आन्दोलन गर्ने चेतावनी दिए। ‘नेपालमा अहिले वलीको सरकार आएको छ। यो सरकारले अहिले सबैतिर बर्बाद गरेको छ’, उनले भने, ‘मानव अधिकार, नागरिक अधिकार सबै खोसेर निरङ्कुशता लाद्ने तयारी गरिरहेका छन्।’ सुरक्षा परिषदको निर्णयले मात्र परिचालित सेना प्रधानमन्त्री वलीले आफ्नो हातमा लिएर निरंकुशता लाद्ने…

Read More

काठमाडौँ: रोजगार अनुमति प्रणाली ईपीएस अन्तरगतको कोरियन भाषा परीक्षामा ८४ हजार २ सय १५ जना सहभागी भएका छन् । ९२ हजार ३५६ जनाले आवेदन भरेका थिए । तर, ८ हजार १४१ जना अनुपस्थित रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । शनिबार १५६ जना परीक्षार्थी निष्कासित तथा पक्राउ भए । अरुको नाममा परीक्षा दिन आएहरुलाई नियन्त्रणमा लिइयो भने नियम विपरित परीक्षामा सहभागीहरु निष्कासित भएको विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए । पक्राउ परेकामध्ये नक्कली परीक्षार्थीलाई सार्वजनिक मुद्दा चलाइनेछ । आगामी वर्षका लागि कोरियाले १० हजार ५० जना नेपाली कामदारको कोटा दिएको छ । परीक्षाको नतिजा नतिजा असार १३ गते…

Read More

काठमाडौं: नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको साधारण सभामा खड्का प्रतिद्धोन्दी सरिता लामिछानेलाई हराउदै विजयी भएका हुन् । २१८ मत प्राप्त गरेका खड्काले लामिछानेलाई ५७ मत अन्तरले हराएका थिए । संघको उपाध्यक्षमा सानुकुमार ताम्राकार, रेजिना उप्रेती, मनोजकुमार केसी र विनोदकुमार भट्टराई प्रतिस्पर्धामा थिए । जसमध्ये रेजिना र सानुकुमार विजयी भएका छन् । रेजिनाले २४३, सानुकुमारले १७५, प्राप्त गरेका थिए । महासचिव पदका लागि चेतबहादुर सिंह (राजा) र सञ्जय खतिवडा बीच प्रतिस्पर्धा भएको थियो । जसमा चेतबहादुर १८७ मत ल्याई विजयी भएका छन् । सचिव पदमा पनाह अधिकारी, कोषाध्यक्ष पदमा सुनिल…

Read More

काठमाडौँ: रुपन्देहीको देवदहमा एक युवकको हत्या भएको छ। देवदह नगरपालिका ८, विशालनगरका २८ वर्षीय सुमन थापाको शनिबार राति हत्या भएको प्रहरीले जनाएको हो। ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले अज्ञात समूहको कुटपिटबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए। मल्लका अनुसार, बेहोस अवस्थामा फेला परेका उनको निधार र छातीमा निलडाम भेटिएको थियो। थापाको मृत्युपछि प्रहरीले हत्यामा संलग्न भएको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेहरूमा देवदहकै लक्ष्मण थारु, रमेश थारु, सुवास क्षेत्री र रुपन्देही तिलोत्तमाका रेखबहादुर महतो र हिरा महतो रहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरू ट्रयाक्टर चालक…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले पुनः ४ अर्ब ९ करोडको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। भोलि सोमबार राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट उक्त ट्रेजरी बिक्री गर्न लागेको हो। ट्रेजरीको बोलकबोल सोमबार हुने भए पनि मंगलबार मात्रै जारी हुनेछ। राष्ट्र बैंकले ९१ दिने २ अर्ब २६ करोडको र एक वर्ष अवधिको १ अर्ब ८३ करोडको ट्रेजरी बिक्री गर्न लागेको हो। ९१ दिने ट्रेजरी भदौ २४ मा परिपक्व हुनेछ भने एक वर्ष अवधिको ट्रेजरी ०७७ जेठ २७ मा परिपक्व हुनेछ। ट्रेजरी खरिदका लागि बैंक तथा वित्तीय संस्थाहरु सहभागी हुन पाउनेछन्। अनलाइन बिडिङ प्रणालीबाट बिक्री हुन लागेको ट्रेजरी राष्ट्र बैंकको सार्वजनिक…

Read More

काठमाडौँ: कास्की प्रहरीले जिल्लाको अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेता-कार्यकर्तालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति उनीहरुलाई अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेहरुमा विप्लव समूहका कास्की सेक्रेटरी आक्रोश भनिने विवेक भण्डारी, विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष काजी गुरुङ, केन्द्रीय सदस्य मिलन राईलगायत रहेका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। सो क्षेत्रमा केही दिनयता विप्लव समूहको गतिविधि बढेको भन्ने सूचनाका आधारमा केही दिनअघि देखि नै प्रहरीले अप्रेशन चलाएको थियो। उनीहरुलाई आमा समूहको भवनबाट नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। विप्लव समूहका नेता-कार्यकर्ता आमा समूहको भवनमा पार्टीको बैठकमा बसिरहेको अवस्थामा प्रहरीले…

Read More